बालकमा जालझेल, कपट, बेइमान केही हुँदैन । बालकको स्वभावले वाल्यावस्थामा उसको रूपर इश्वरको रूपजस्तै हुन्छ । तर ऊ जब बढ्दै जान्छ तब समाजका विभिन्न परिस्थिति, विसंगति आचार व्यवहारले ऊ खराब व्यक्तिको रूपमा बदलिन्छ । हामी यस कुरालाई कथा मार्फ बुझ्न सक्छौँ । महान चित्रकार लियोनार्दो दा भिन्ची द्वारा मिलान भन्ने नगरको एउटा गिर्जाघरका भित्तामा जिजस क्राइष्टलाई मृत्युदण्ड दिनुभन्दा अघिल्लो रात आफ्ना प्रिय चेलाहरूसित बसेर भोज खाएको चित्र बनाइएको छ । अन्तिम रात्रिभोज नाम दिइएको त्यो चित्र विश्व प्रसिद्ध छ । त्यससमय भिन्चीले एउटा बालकको अनुहार हेर्दै क्राइष्टको चित्र बनाएका थिए । अरू विभिन्न मानिसहरूलाई आलोपालो गरेर गिर्जाघरका नजिक उभिन लगाएर उनीहरूका अनुहारको तस्वीर त्यहाँ उतारेका थिए । भिन्चीले क्राइष्ट र उनका अरू चेलाहरूको अनुहारको चित्र त बनाए तर जुडास भन्ने चेलाको अनुहार बनाउन सकेनन् । जुडास ज्यादै नीच व्यक्ति थियो । ऊ लोभी र पापी थियो । उसले केही चाँदीका सिक्का पाउने लोभमा परेर लुकेर बसेका आफ्ना धर्मगुरुलाई देखाइदिएको थियो । भिन्चीको कलाकारितामा मनको भाव मुखमा झल्कनु पर्दथ्यो । त्यसैले जुडासको अनुहार उनले कही भेट्टाउन सकेनन् । उनले धेरै जेलमा गएर अपराधीहरूको अनुहार हेरे तर उनले आफ्नो कल्पनाको जुडाससँग मिल्दोजुल्दो अनुहार फेला पार्न सकेनन् । अनुहार भिल्दो जुडास फेला पार्न नसक्दा झण्डै धेरै वर्षम्म त्यो महान चित्र अघुरो रह्यो ।
धेरैवर्षछि सडकमा हिँड्दाहिँड्दै एकजना मान्छेसित भिन्चीको जम्काभेट भयो । त्यस व्यक्तिको अनुहार उनले धेरैवर्षेखि खोजेको जुडासको अनुहारसित काटिकुटी मिल्दोजुल्दो थियो । त्यस व्यक्तिलाई भिन्चीले गिर्जाघरसम्म जान अनुरोभ गरे । भिन्चीको अनुरोधलाई त्यस व्यक्तिले अस्वीकार गर्न सकेन । भिन्चीले त्यही व्यक्तिको अनुहार हेरेर अपूर्ण रहेको अन्तिम रात्रिभोजको जुडासको अनुहारको चित्रलाई पूरा गरे । चित्र पूराभएपछि जुडास बनेको व्यक्ति गम्भीर बन्यो । केहीबेरपछि ऊ धुक्कधुक्क गर्दै रोयो । कारणसोध्दा उसले भन्यो ऊ सानो बालक हुँदा उसैलाई त्यस गिर्जाघरका भित्ताका छेउमा बस्न लगाएर जिजस क्राइष्टको अनुहारको चित्र भिन्चीले बनाएका रहेछन् । उसले् आँसु चुहाउँदै भन्यो म सानो छँदा जिजस क्राइष्ट रहेछु अहिले जुडास भएछु । मैले आफ्ना सबै नराम्रा काम छो्डनु पर्छ अब मैले सुध्रिनु पर्दछ ।
कतै हामी पनि यसै कथाका बालकमा जिजस बनेका व्यक्तिझैँ जुडास बनेका त छैनौँ । जन्मदा हामी सबै जिजस बनेर जन्मेका हुँदा रहेछौ तर उमेरसँगै हामी नराम्रा विचार, आचार र अहम् मा लागेर जुडास बनिरहेका हुन्छौ । हामी आफैलाई थाहा हुँदैन । मानिस जुडास बन्ने आधारहरू हामीसँग प्रशस्त छन् । हामीले यसबाट जोगिएर हिँड्न सके मात्र जिजसबन्न सक्छौँ । मसँग बालकसम्बन्धी यस्ता केही घटनाहरू छन् । जुन घटनालाई जुडासे प्रवृत्तिले सङ्क्रमित गरेको छ । मैले अध्यापन गराउन थालेको त्यस्तै चारपाच वर्षभएको हुँदो हो - एउटा स्कुलमा । म विषय शिक्षिका रूपमा तेस्रो घण्टीमा तीन कक्षामा जानु पर्दथ्यो । जब म कक्षामा प्रवेश गरे त्यहाँका विद्यार्थीअघि देखि नै उभिरहेका थिए । मैले 'बस' भने, पटक्कै मानेनन् । पहिलो घण्टीमा गएका सरले उनीहरूले पढेनन् भनेर दिइएको सजाय रहेछ । उनीहरूले पहिलो घण्टी उभिएर नै पढेछन् । दोस्रो घण्टीमा एकजना मीस जानुभएछ । उनीहरूले सरले बसे कडा सजाय दिन्छु भन्नुभएको छ भनेर बस्न मानेनछन् । उक्त मीसले नबसाई पढाउनु भएछ । दोस्रो घण्टी बितेपछि ब्रेक हुन्थ्यो । त्यो बेलामा पनि उनीहरू पानी खान र दिशापिसाब गर्न जान्थे त्यो पनि डरले कोही गएनछन् । तेस्रो घण्टीमा म पस्दा सबैजना रुन खोजेर सरले हामीलाई यो सजाय दिनुभएको भन्दै बिलौना सुनाए । मेरो बालबालिकाप्रतिको कोमल हृदय नराम्ररी दुख्यो । मैले कति 'बस' भन्दा पनि ती अवोध बालबालिका पटक्कै बस्न मानेनन । मैले प्रिन्सिपलको गई भन्ने विचार गरे । म दोस्रो घण्टीको शिक्षिकाझैँ कठोर हुनसकिनँ । प्रिन्सिपलको कोठामा छिर्न मात्र के आँटेकी थिए फेरि सोचेँ यो सानोतिनो झमेला के प्रिन्सिपललाई भनिहाल्नु । त्यसैले पहिला भाइसप्रिन्सिपललाई भन्न गएं । उहाँले अत्तालिदै भन्नुभयो 'यस्तो सजाय दिनुहुन्न ।' कक्षामा आइ सबैलाई बस्न लगाउनु भयो । त्यसको जिम्मा म लिन्छु भन्नुभयो । त्यसपछि मैले सबैलाई पहिला बाहिर जान दिएँ र कक्षा लिएँ । त्यसपछि खाजा खाने समय भयो । क्यान्टिनमा सबै भेला भयौँ । उक्त सजाय दिने सर मसँग बाझुलाझैँ गरेर बुरुक्कबुरुक्क उफ्रिनुभयो । मैले भाइस प्रिन्सिपललाई भनेर गरेकोभन्दा पनि जुडासे प्रवृत्ति देखाउनुभयो । त्यहाँ भाइसप्रिन्सिपलको पनि उपस्थिति थियो । तर उहाँ केही बोल्न सक्नुभएन । उहाले छेपारोले झैँ रङ्ग बदल्नुभयो । एक शब्द बोल्न सक्नुभएन । उहाँको गजर्नयुक्त बोलीले हामी शिक्षिकाहरू त्यसै नर्भस भयौँ । तर पुरुष साथीहरू आफूलाई बौद्धिक मान्नेहरू पनि प्रशस्त थिए त्यहाँ । उनीहरू पनि बोलेनन । पुरुषहरू आफ्नो जातको गलत कार्यलाई पनि कसरी मौन र्समर्थन गर्न सक्दा रहेछन् यो साक्षात प्रमाण थियो । यदि त्यो ठाउँमा महिला भएको भए नङ्ग्याएर छोड्न पनि बाकी राख्दैनथे होलान् । मभित्र कट्टर नारीवादी भावना मौलायो । मेरो हृदयमा कहिले निको नहुने चोट लाग्यो । साथीको भलो सोच्दा आफ्नै कुभलो हुन्छ भनेको यही रहेछ भन्ने सोचेँ र अघि प्रिन्सिपललाई नभनेकोमा पछुतो माने अहिले म सोच्दै छु पक्कै पनि जुडासे प्रवृत्ति देखाएका ती सरले सुध्रनै पर्दछ ।
यस्ता जुडासे प्रवृत्ति हामीले जानेर वा नजानेर पनि गरेका हुन्छौँ । तर हामीले हाम्रो गलत व्यवहारको आत्मालोचनाचाहिँ गर्नै पर्छ । अरूको सातो खाएर आफ्नोजुडासे प्रवृत्तिलाई मलजल गर्नचाहिँ हुँदैन । यस्ता जुडासे प्रवृत्ति मैले त्यसठाउँको जागिरे अवस्थामा धेरै भोग्ने अवसर पाएँ तर पनि मैले सत्यको पक्ष लिन कहिले छोडिनँ । जुडासे प्रवृत्तिमा मान्छे जानअनजानमा पनि पर्दोरहेछ । मैले पनि त्यही स्कुलमा एउटा जुडासे प्रवृत्ति देखाएको छु । जुन प्रवृत्तिले मलाई धेरै समयसम्म आत्माग्लानी गराइरर्यो । साना कक्षामा खाजा चोरेर खाने प्रवृत्ति धेरै हुन्छ । त्यसमाथि त्यो स्कुलमा यो समस्या अझ गाहिरो गरी गाडिएको थियो । त्यसलाई उखेल्न मुश्किल परिरहेको थियो हामीसबैलाई । म केजी कक्षामा पढाउथेँ । एकपल्ट के भयो भने एउटी बच्चीले खाजा चोरेर खाएको सबुत प्रमाण भेटियो । अब यस्तो कार्यलाई निरुत्साही पार्न मैले त्यसकेटीलाई खेल मार्फ 'म चोर हुँ' भनेर अगाडि कागज मा लेखेर टाँसिदिए र उसलाई नर्सरीका भाइबहिनीलाई पनि देखाएँ । यसबाट अरू केटाकेटी डराए र रमाए पनि । तर बाटामा जाँदा अरू साथीहरूले त्यही कुरालिएर जिस्काएछन् । अझ उनको आमालाई पनि भनिदिएछन् । उनकी आमालाई श्रीमानले पनि राम्रो नहेर्ने समाजमा तल्लोस्तरको भएर बाँच्नुपर्ने पीडा रहेछ । उनलाई यो कुराले निकै दुखाएछ र प्रिन्सिपल कहाँ आइभनेछिन् । तर मैले थाहा जुडासे प्रवृत्तिको अवश्य माफी माग्ने थिएँ। यो कुराको चर्चा पछि निकै दिनसम्म भयो । तर मैले त्यही स्कुलमा एउटा इश्वरीय प्रवृत्तिपनि देखाएकी थिएँ तर त्यसको चर्चाको कुरा त परै जाओस् । आफै सुनाउँदा पनि नसुन्ने धेरै भए । कसैले देखाइदिँदा पनि नदेख्ने धेरै भए ।। कुरा त्यसै बेलाको हो । मेरो छोरी केजीमा नै पढ्दथी । ऊ परीक्षामा प्रथम आएकी थिई । कक्षा शिक्षिकामा म र अर्की एकजना थियौँ ।ती मीसले मेरी छोरीलाई ट्युसन पनि पढाइ रहेकी थिई । मेरो छोरीको पर्ढाई नर्सरी देखि नै राम्रो थियो । भनौ प्रथम भएकी थिई । ऊ केजीको अन्तिमपरीक्षामा पनि प्रथम आइ प्रथममात्र हैन पूर्व प्राथमिक तहमा नै बढी नम्वर ल्याउन सफल भई । यसबाट उसले दुईवटा पुरस्कार पाउँथी ।एउटा पूर्व प्राथमिक तहमा प्रथम भएको र अर्को कक्षामा प्रथम भएको । तर आफ्नै कक्षामा आफ्नै छोरीलाई बढी नम्बर दिएर दुइटा पुरस्कार प्राप्त गरेकोमा मैले मुटुभेदन आरोपहरू सहनु पर्दथ्यो । त्यो आरोप सहनुभन्दा बरु मैले आफ्नै छोरीको नम्बर घटाएर दोस्रो स्थान ल्याउन उचित ठाने“ । मेरी छोरीमा साँच्चै योग्यता छ भने भविष्यमा उसले यस्ता पुरस्कार कति पाउछे, पाउछे । वास्तवमा त्यो पाउनु पो गौरव हो अहिले आफ्नै आमाले दिएको के महत्व होस् । यही सोचेर मैले आफ्नै छोरीलाई अन्याय गरे । मैले स्कुलमा काम गर्दा प्रिन्सिपलले आफ्नै छोरीलाई प्रथम पारिदिनु भन्ने अभिव्यक्ति सुनेकी थिएँ । तर मैले त्यो जुडासे प्रवृत्तिको अन्त्य हुनु पर्छ भन्ने संदेश दिनका लागि पनि यसो गरेकी थिएँ । साँच्चै मेरी छोरी पछिपछि विभिन्न प्रतियोगितामा जित्दै स्थानिय तथा क्षेत्रियस्तरमा धेरै पुरस्कार प्राप्त गर्न सफल भई । अहिले मलाई आफ्नो इश्वरीय प्रवृत्ति आफैलाई गर्व लागेको छ । तर मेरो यो इश्वरीय प्रवृत्ति सुनेर र नसुनेझैँ भए धेरैजना देखेर पनि नदेखेजस्तो नहुने धेरै भए किनभने हामी सबैलाई जुडासे प्रवृतिले आक्रन्त पारेको छ ।
त्यही स्कुलमा मेरो अर्को घटना छ । अब सत्यको उजगार हुनै पर्दछ । मैले जीवनमा सत्यको पक्षमा लड्ने कसम खाएकी छु भने पक्कै यो सत्य उद्बोधन गर्नैपर्छ । त्यही स्कुलमा मेरी ठूली छोरीसँग एकजना कर्र्णोलको छोरी पढ्थिन् । स्कुलमा ती कर्सावको छोरीको निकै खातिरदार हुन्थ्यो । अन्य कतिले पढ्न सीट नपाए पनि तिनले ढिलै भए पनि पाए । तिनलाई स्कुलका कुनै नियम कानूनले छुदैन थियो । तिनी कक्षमा नेपाली विषय पढ्दिन थिन् । नेपाली पुस्तक नै ल्याउदिन थिन र परीक्षामा पनि दिन्नथिन् । अन्य विद्यार्थीले नेपाली पुस्तक एकदिन ल्याएनन् भने कडा सजाय पाउँदथे । उनीहरूले दिनभर भोको हुनुपथ्र्यो कि त मधेशको तातो घाममा उभिनु पर्दथ्यो । तर तिनको अभिभावकबाट यस्तो उर्दी भएको हुनाले यो पालना भएको थियो । सरकारी कर्मचारी मान्छे नेपाली जनताको पसिनाले बाँचेको मान्छेले नेपाली भाषालाई अपहेलना गरको देखेर मभित्रको राष्ट्रिता रुन खोज्दथ्यो । म सोच्दथेँ मेरो जीवनको कुनै कालखण्डमा यो सत्य अवश्यै उजगार गर्नेछु । अझ कर्सावनी निकै ठूलो थियो । उनकी छोरी मेरी छोरीकी साथी थिइन् । उनी मायालु र आज्ञाकारी थिइन् । उनी मेरो घरमा खेल्न आउने गर्थिन । स्कुलबाट र्फकदा कहिलेकाहीँ गाडी नभएको बेला उनलाई म रिक्सामा मेरो खुट्टानेर मेरी छोरीहरूसगै राखेर ल्याउने गर्दथे । एकपल्ट उनी आफै छोरी लिन स्कुल आएकी थिइन् हामीलाई उनको गाडीमा चढ्ने संयोग मिल्यो । गाडीमा उनी उनको आफन्तसँग अङ्गेजी मात्र बोलिन । सायद उनलाई नेपाली बोल्न पर्दा आफ्नो गौरव घटेझैँ लाग्दथ्यो क्यारे । वास्तवमा राणाशासकहरूले दरवारमा अङ्ग्रेजी मात्र बोल्ने एउटा राम्रो परम्परा छोडेर गएका थिए । त्यसको प्रभाव त पर्ने भइहाल्यो । यसरी नेपाली भाषाको अपमान भएको देख्दा मन काटिन्थ्यो । जुडासे प्रवृत्तिमा नाची, खाई, खेली गरेर हुर्केका शाहीशासन आयु यति छिटो होला भन्ने त्यसबेला कसले सोचेको थियो होला र ?
समय परिवर्तनशील छ । हामी सबैले ढिलोछिटो आफ्नो जुडासे प्रवृत्ति त्याग्नै पर्छ । अनि मात्र हामी सबैको भलो हुन्छ । नत्र भए २०८ वर्षटिकेको नेपालको शाहवंश जस्तो ह विगत हाम्रो पनि हुन्छ सक्छ । जुडासेप्रवति भनेको हामीभित्र नै भएका नराम्रा वा कुभावानाहरु हुन् । यी सबै कुभावाना त्यागेर हामीले राष्टियहित समाजपर्ति र्समपित हुनै पर्छ । नजिकै आएको महान पर्व दसैलाई पनि यिनै कुभावनाप्रति विजय पाउने उत्सवको रुपमा मनाऔ । यस महान पर्वमा सबै मानवतामा मेलमिलाप , सहिष्णुता समृद्धि र शान्ति छाओस् ।
2 comments:
यस्तै जुडासे प्रवृतिले त राष्ट्रलाई खाक बनाएका छन् नि दिदि | युरोप तिरका स्कुलमा child psychology लाई ध्यानमा राखीनछ हाम्रो पद्दतिमा डर र भयलाई थुपरिन्छ | एकपल्ट यस्तै होमवर्क नगरेको सजायमा सानी बालिकालाई शिक्षिकाले गोबर खुवाएको घटना नया पत्रिका मा आएको थियो तेस्मा मैले बाल मनोविज्ञान बाल अधिकार र असरको कुरा गरेको थिए लेखमा पछि उक्त मिसलाई सजाय भयेछ | भनाइ नै छ नि नराम्रो सबैले टड्कारै देख्छन राम्रो आँखै अगाडी भए पनि नदेखे झैँ गर्छन | तेस्मा पनि हामी मानब जतिको अहमको कुराछ कसले आफ्नो गल्ति सुइकार्छ र ? आफै मपाई भन्ने चलनमा | जेहोस हजुर सब्द र कलमका माध्यमबाट ससक्त भूमिका निर्बाह गर्दै हुनुहुन्छ | हामीले पनि यस्ता बकम्फुसे कुराहरुलाई सामाजिक रुपमा थप्पड हान्न अघि सर्ने हो भने पक्कै पनि नया नेपालको खाका तयार हुनेछ | अंग्रेजी भाषा बोल्दा सान हुने र नेपाली भाषा बोल्दा आफु गिर्ने भन्ने सोचाई त युबा माझा लोकप्रिय भैसकेको छ | देशकै ठुला र पढेका भन्ने मान्छेले नेपाली भाषा साहित्यलाई हेर्दै नहेरी हो हो रे का पछि दौदिनछन | भन्छन नेपाली भाषा साहित्यमा पदन लायकका पुस्तक नै हुदैनन् | अनि हाम्रो देसमा भाषा साहित्यको विकास भएर अन्य देसमा नेपाली भासी पुस्तकले बजार कहिले लेला | पश्चिमा कुरीतिले जरा गाडेको ठाउमा यो सब त हुने नै भयो नि | हेर्न बकिछ अब आमाले कहिले पुन गर्ब बोक्छिंन बुद्ध हरु जनमाउनलाई |
दिदि हजुरका बिसयागत लेख पढेर हजारौ सब्दाका गुच्छाले समर्पण गर्न मन लाग्छ समय सोमरस हुदोहोत केहि घन्टाका लागि मा तनतन पिएर भए पनि सब्दका फोहोराहरु छरेर तपाइको ब्लगलाई हराबरा बनाउने थिए |
पुन एकपल्ट साहित्यिक अभिबादन
मिरा वहिनी धेरै खुसी लागेको छ । तपाइको विचार र भावनालाइ म ह्रदयदेखि नै स्वागत गर्छु हो अब हामी नारीले चुप लागेर वस्न हुन्न । म सत्यको पक्षमा कलम चलाउदै छु र चलाइरहने छु । तपाइहरु जस्तो नारीसग भेट हुदा मलाइ निकै खुसी लाग्छ । अव समाजमा नया चेतना आउनै पर्छ त्यसको लागि हामी आफै जागरक हुनु पर्छ । मेरो व्लग राम्रो लागेमा साथीहरु माझ सेयर गर्नु हुनेछ भन्ने आशा गरेको छु ।
Post a Comment