प्रिय पाठकमित्रहरु, तपाईहरुले यति मिठो प्रतिक्रिया दिनुभएको रहेछ तर
मेरो ब्लग कतै रोकिएको रहेछ त्यसैले प्रतिक्रियाहरु समयमा पाउन सकिन । आज एक्कासी सबै प्रतित्रियाहरु पढन पाउदा ज्यादै हषिर्त भएको छु । आज सबै पाठकमित्रको प्रतिक्रिया एकै पल्ट दिनेप्रयास गर्दैछु । र पाठकमित्रहरुलाइ ब्लग हेर्दै गर्नुहुन हादिक अनुरोध पनि गर्दछु किनभने अझै धेरै राम्रा रचना आउन बाकी छन्.........शखदा
बिष्णु भाइ, पुस्तक पढिदिनु भएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु । अब मेरो एउटा सस्मरणात्मक निबन्ध सिर्जना र सन्त्रास आउदैछ । र सानी र सानीको साहसको अग्रेजीमा अनुवाद भएर आउदैछ । र समयको क्यानभासको कथोपन्यास श्रृखलाबदरुपमा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरे्र आउदैछन् । पाठकमित्रहरुबाट धेरै माया पाएको हुनाले छिटै यसको श्रृखला पुस्तकको रुपमा आउनेछ ।
बसिबियालबोभाइ, कथा लेख्न वा कुनै सिर्जना गर्न साधाना गर्नुपर्छ । पहिले कथाहरु प्रशस्त पढनुपर्छ र कल्पनामा डुबुल्की मार्दै भावसँग खेल्नुपर्छ । पहिलो कुरा कसरी प्रस्तुति र शैली राम्रो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।
सुशिलजी, धेरै खुसी लाग्यो तपाई र तपाईको जीवनसँगिनीलाई धेरैधेरै धन्यवाद छ । मसँग अवश्य भेट गर्न सक्नुहुनेछ । मेरो मेल ठेगाना र मोबाइल नम्बर ब्लगमा छ ।
दीपनारायण भाइ, धेरैधेरै धन्यवाद छ । वेव हेर्दै गर्नुहोला ।अझ धेरै राम्राराम्रा रचना आउदैछन् ।
्
रचनाजी, सुरुसुरुमा रचना छापिन गारो हुन्छ । मलाई पनि गारो भएको थियो । मधर्ुपर्क, गरिमा पत्रिका पारिश्रामिक दिने पत्रिका हुन त्यसैले गारो हुन्छ सुरुसुरुमा पारिश्रामिक नदिने पत्रिकाहरुमा प्रयास गर्नुपर्छ । त्यसपछि रचना उत्कृष्ट हुदै गएपछि ठाउ पाइन्छ । चिनजान र सर्म्पर्क पनि चाहिन्छ । तर असफल भएपनि प्रयास गरिरहनुपर्छ ।
सीता सन्ध्याजी , तपाई धरानको हुनुहुन्छ भने भेटने इच्छा छ । मेरा रचना भर्खर तयार भएको होइन । पन्ध्रवर्षो साधाना हो । अहिले जागिर छोडेपछि यसैमा समर्पित छु ।
जगालीजी मेरो कथाहरु प्राय अतृप्त यौन वासनाले भरिएका हुन्छन् । किनभने यसभित्र मैले ठूलो रहस्य देखेको छु । त्यसैलाइ बाहिर निकाल्ने प्रयास गरिहेछु ।
कृष्णजी साहित्यमा मेरो परिचय बालसाहित्यबाट भएको हो । सानी पहिलो पुस्तकले साझा बालसाहित्य पुस्तक प्राप्त गरेपछि म सम्पूर्णरुपले यसैमा समर्पित भए । यसको दोस्रो भागले पनि अनेसासभनौ अमेरिकाको राम्रै पुरस्कार पाएको छ ।अहिले मेरो पुस्तकहरु पुतलीसडको प्रगतिबुक्स स्टेशनरीमा फोन न ४२२५९४६ मा ४०% छुटमा पाठकलाई बिक्रीको लागि राखेको छु ।पसल बाहिर मेरो पुस्तकको फ्लेश टागिएको छ । मैले पाठकलाइ सुलभमूल्यमा प्राप्त होस भनी यसो गरेको हु । अन्य केही पसलमा पनि छ ।f
रोशनजी , धेरै खुसी लाग्यो यो अर्थमा होइन कि तपाईले राम्रो भन्नुभयो । किनभने मेरो कथा पढेर नरुचाउने शायदै कोही हुनुहुन्छ । तर यस अर्थमा की तपाईले साहित्यको रसलिन जान्नुभएको रहेछ ।
September 30, 2009
1 comment
सम्प्रेषण
4:35 AM
सम्प्रेषण
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
Thank you for suggetions.
Post a Comment