October 23, 2009

मनको कुनामा

मनको कुनामा बाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ

हावा आउँदा सुभाष चल्छ तिम्रो अधरको
खोजी हिँड्छु आफूभित्र लुकी हिँड्ने को हो
छायाँ बनी पछ्याउछ यो मन तिम्रो समिपको
तिमी बिनाको यो मन औशीको रातझैँ भो

कहाँ दुख्छ के ले यो मन थाहा पाउनै सकिनँ
तिमी पराइ हौ भनेर भन्नै सकिनँ

मायाको सागर साह्रै नै गहिरो पौडन गाहो भो
पानी बिनाको माछा सरी यो जिन्दगी साह्रो भो
जहाँ जाऊ जे गरु याद आउँछ सधैँ तिम्रो
ढुकढुकीले बोल्छ तिमी नै मेरो आत्मा हौ

मनको कुनामाबाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ

म, मेरो कविता र माछापुच्छ्रे

"तपाईँको कविता मलाई असाध्यै मन पर्यो । बधाई छ । यस्तो सुन्दर कविताको लागि ।"
"तपाईँको परिचय "
"म स्पन्दना ।"
"ओहो † कति सुन्दर नाम घर कहाँ -"
"झापा, चारआली ।"
"मेरो मोबाइल नं. कहाँबाट पाउनुभयो -"
"कविता छापिएको पत्रिकामा मेरो दाजु काम गर्नुहुन्छ । उहाँबाट ।"
"ओहो † त्यसो हो भने तपाईँ कविताको फ्यान हो ।
"हो भन्नुपर्यो, तर आफूलाई लेख्न आउँदैन ।"
"प्रयास गर्दा भइहाल्छ नि ।"
"सिकाईदिने हो ।"
"कसरी - एसएमएसमा सम्भव छ -"
"भैगो त ।"
मेरो कविता 'अधुरो जीवन' राष्ट्रिय पत्रिकामा छापिएको दिन । वास्तवमा कलाका फ्यानहरू पनि आ-आफ्नैखाले हुन्छन् । अझ टिनएजरलाई लाग्ने कलाको नशा नै अर्के हुन्छ । उनीहरू यति भावुक भएर लाग्छन् कि घर परिवार, समाज, समय केही कुराको हेक्का राख्दैनन् । यस्ता कलाको नशामा डुब्नेहरूमा किन हो युवकभन्दा युवतीहरू नै बढी देखिन्छन् । गायकका फ्यान हुने, कलाकारका फ्यान हुने, कविका फ्यान हुने, चित्रकारका फ्यान हुने, खेलाडीका फ्यान हुने प्राय जसो युवतीहरू नै हुने गर्दछन् युवतीहरू यस्ता क्रेजमा धेरै अगाडि हुन्छन् । यस्तै मेरो कविताको प्रशंसकको लाइनमा निस्फिक्री र निर्धक्कका साथ आएर ऊ उभिएकी छे ।
ऊ-अर्थात स्पन्दना ।
फेरि उसको नम्बरबाट एसएमएस आउन थाल्दछ ।
"भेट दिने हो
"कहिले - कहाँ -"
"म काठमाडौँ आउँदैछु ।"
"मेरो घर पोखरा हो ।"
"के भो त काठमाडौँ आए भइहाल्छ नि ।"
"मलाई गाहृो छ ।"
"एउटा फ्यानको हृदय बुझनसक्नुहुन्न -"
"तपाईँको भावनाको सम्मान गर्न सक्छु । र्सार्थकता दिन सक्दिनँ ।
"भैगो कविहरू निठुरी हुँदा रहेछन् ।"
"तिमीले सोचेजस्तो होइन ।" म तपाईँबाट तिमी भन्न पुग्छु ।
"त्यसो हो भने भेट दिए भइहाल्यो त ।"
"म प्रयत्न गर्नेछु ।"
एसएमएसको जवाफ दिएपछि म झ्यालबाट बाहिर टोहलाउँछु । माछापुच्छ्र्रे हिमाल मलाई हेरेर मुसुक्क हाँसेजस्तो लाग्छ । ऊ प्रसन्न छ । सायद ऊ कविता हो र उसले प्रशंसकको लामो लिस्टमा एउटा नयाँ नाम थपिएको विजय उत्सवमा हर्षोल्लासित मुस्कान छरिरहेछ ।
केही दिनपछि उही नम्बरबाट एसएमएस आउँछ ।
"मलाई हेर्ने केटा आएको छ ।"
"खुसीको कुरा हो, बिहे गर्दैछौ -"
"अहँ गर्दिनँ, तर सबजना कर गरिरहेछन् ।"
"किन नगरेकी त ।"
"तपार्इँलाई भेटेपछि गर्छु "
"मलाई किन -"
"तपार्इँसँग सल्लाह लिन चाहन्छु ।"
"म को हो र -"
"सबैथोक हो ।"
"कसरी -"
"यति धेरै एसएमएस गरिसके ।"
"एसएमएस गर्दैमा आफ्नो हुन्छ ।"
"किन हुँदैन एसएमएसमा आत्मा राखेर पठाएकी छु ।"
"अचम्मकी रहेछौ ।"
"कविको सङ्गगतले ।"
"ठीकै छ भेटमा सल्लाह दिनेछु ।"
"म तपाईँलाई मन पराउन थालिसकेँ ।"
"तर मैले छैन ।"
"आफैंलाई ढाट्तै हुनुहुन्छ ।"
"कसरी सम्झाऊँ ।"
"बोलीबाट सम्झाउन सक्नुहुन्छ ।"
त्यसपछि मैले उसलाई फोन गरेँ । फोनमा निकैबेर उसँग मेरो गफ भयो । यसरी कसैलाई देख्दै नदेखी भेट्दै नभेटी मन पराइन्छ र - मैले उसलाई निकैबेर सम्झाए । ऊ केही आश्वस्त भई ।
त्यसपछि उसले मलाई बारम्बार फोन गर्न थाली । एउटा प्रशंसकको भावनाले म पग्लन थालेँ । मेरो सिर्जनालाई यति नजिकबाट र्स्पर्श गरिदिएर प्रशंसाको चुली भरिदिएको हुनाले म पनि उसका भावुक कुराबाट पग्लन थालिसकेको थिएँ । आफ्नो प्रशसकसँगफोनमा दुइचार कुरा मीठो बोल्दैमा के बित्छ र - भन्ने सोच्तै आफ्नो एकांकीपन मेटाउन उसँग भावना साट्न थालेँ। म पनि उसको बोलीको क्रेजी हुनथालेँ । कहिलेकाही लाग्थ्यो, बोल्दाबाल्दै त्यो भौतिक स्वरुपअगाडि प्रकट भइदिए हुन्थ्यो जस्तो लाग्दथ्यो । उसलाई देखेको छैन चिनेको छैन तर पनि हामी बीच सुमधुर आत्मीय सम्बन्ध गाँसिएको थियो । हामी भावना विचार र लक्ष्यहरू साट्न थाल्यौँ । बोल्दाबोल्दै कहिलेकाहीँ उसलाई गाह्रो हुन्थ्यो । किनभने उसका वरिपरि समाज छन् र समाजका थुप्रैँ आँखाहरूले उसलाई जिज्ञासा र प्रश्नका अस्त्रहरूले घाइते बनाएका हुनसक्थे । त्यसैले बोल्दा नचाहँदा नचाहँदै पनि फोन राख्नुपर्ने हुन्थ्यो ।
एसएमएस., फोन हुँदै हाम्रो आत्मीय सम्बन्ध उक्लदै पत्राचारमा पुगिसकेको थियो । एक दिन उसको पत्र आयो ।
'कुनै मान्छे किन राम्रो लाग्छ - मलाई थाहा छैन । जब उसको भावना र विचारमा पौडँदै जाँदा आफूलाई आनन्द आउँछ अनि मन पर्दै जाँदो रहेछ । सधै उसको समीपको चाहना बढ्न थाल्दछ । ढुकढुकी बढ्छ अनि मुटु दुख्न थाल्दो रहेछ । तिर्सना जाग्दो रहेछ । त्यो छटपटी कहाँ हुन्छ - थाहा छैन । सायद हाम्रो अप्रत्यक्ष भेट नभएको भए पनि हुने । यसरी मुटु दुख्ने त थिएन । तर त्यो दुखाइमा एउटा असीम आनन्द लुकेको हुन्छ । त्यो आनन्दमा मोहकता हुन्छ । त्यो मोहकताले र्स्पर्शको चाहना गर्न थाल्दछ । शारीरिक आकर्षाको चाहना त्यसबखत हुन थाल्दछ जब मायाका सम्पूर्ण भूमिका पूर्ण हुन पुग्दछन् । त्यो आकषर्ण आफैमा एउटा अद्भुत चमत्कार हो । सधैं साथ रहूँ अनि सधैं हराइरहुँ उसको मायामा जस्तो लाग्दछ । एउटा विश्वासको दरिलो आधार हुनपुग्दछ । त्यो आकर्षामा विश्वास हुन्छ , दृढ सङ्कल्प हुन्छ अनि मोहकता हुन्छ । संसार सायद यही आकर्षणले बनेको छ । नत्रभने यो ब्रह्माण्ड विलीन भई सक्थ्यो शून्यमा । अनि शून्यबाहेक कुनै अङ्ग सिर्जना हुन सक्दैनथ्यो ।
भौतारिरहन्छ यो मन काकाकुलजस्तो केही शान्ति मिल्दैन । जताततै उही सम्झना र तिर्सनाका झलकहरू छन् । एक नजरको तिर्सनामा छट्पटिन्छ यो मन । जताततै अशान्ति र असन्तुष्टि छरिएका छन् । आफैँभित्र कुण्ठित हुन्छ यो मन । जब व्याकुलता बढ्दै जान्छ अनि शीतलताको खोजिमा यो मन भौँतारिदै शब्दमा छरिन पुग्दछ ।
देख्दै नदेखी, भेट्दै नभेटी पनि कोही मानिस यति मन पर्न सक्छ - मलाई अचम्म लाग्छ । कहिलेकाहीँ सपना हो कि जस्तो लाग्दछ । तपार्इ“का सुन्दर कवितासँगै तपाईँको जीवनकी कविता हुन मन लाग्छ । मलाई सधैँ जीवनभर कोरिरहनोस । शब्दशब्दमा छरिरहन दिनोस् , भावहरूमा बाँचिरहन दिनोस्- भन्न मन लाग्दछ ।
उनका भावकुतापूर्ण पत्र पढेर म संवेदीत हुन्छु । वास्तवमा हाम्रो सम्बन्ध आत्मीयरूपले एकात्मक भइसकेको थियो । तर मेरो जीवनले अन्धकारसँग युद्ध लडिरहेको थियो । मेरो जीवन शरदको चिसोझैं चिसो थियो । कहिले नतातिने गरि । मेरो जीवनले उसलाई कहिले उज्यालो दिन सक्दैनथ्यो । मेरा विवशता र बाध्यताले मेरा भावनाहरूलाई कैद बनाएका थिए । म उनलाई अन्धकारमा राख्न चाहन्नथेँ। म उनलाई भेटेर मेरो जीवनको सम्पुर्ण विगत र आगतको सचित्र व्याख्या गर्न चाहन्थेँ । त्यसैले मैले उनलाई भेट्ने निर्णय गरेँ ।
मनमा कौतूहल, शरीरमा रोमाञ्चकता र हृदयमा उमङ्ग लिएर निश्चित ठाँउमा उ मलाई भेट्न आई ।
वास्तवमा नाम जस्तै सुन्दर थिई -स्पन्दना । धेरैसमय अघिदेखिको कल्पनामात्र सीमित रहेको उसको भौतिकस्वरुप मेरो अगाडि थियो । उमेरले मेरोभन्दा झन्डै आधा सानो पाएँ।
उसले लजाउँदै भनी - "म तपाईँकी जीवनको कविता बन्न चाहन्छु ।"
म उसको भावानाको सम्मान गर्दै भन्न थाल्दछु - "तिमीले सोचेजस्तो र कवितामा पढेजस्तो मेरो जीवन सुन्दर छैन स्पन्दना † पहिला तिमी मेरो जीवन पढ र बुझ अनि जीवनसम्बन्धी महत्वपुर्ण निर्णय लेऊ । हुन त तिमीलाई म फोनमा भन्न सक्थेँ तर तिमीले पत्याउने छैनौ भनेर मलाई थाहा छ । त्यसैले तिमीलाई प्रत्यक्षरूपमा भेटेर यो कुरा भन्न चाहेको हुँ। ल सुन -
पोखराको माछापुच्छे्रमा सूर्यको पहिर्लो झुल्को मेरो जीवनको पहिलो झुल्को भएर झुल्केको थियो । पञ्चायती व्यवस्थामा अञ्चलाधीश भएको बाबुको एकलौटो छोरो म -राकेश । प्रत्येक राम्रा वस्तुहरू मेरो साथमा हुनुपर्दथ्यो । बजारमा आउने पहिलो र महङ्गो कपडा मेरो शरीरमा हुनुपर्दथ्यो । महङ्गो रेमन्डको चस्मा मेरो आखाँमा हुनु पर्दथ्यो । महङ्गो बुसनीको जुत्ता पहिले मेरो खुट्टामा हुनुपर्दथ्यो । नायक देखि गायकसम्मले लागाउने महङ्गो कपडा सबैभन्दा पहिला मैले लगाएको हुनु पर्दथ्यो । बोडिङ्ग स्कुलको पढाइ एसएलसी पास गर्न कुनै कठिनाइ थिएन । त्यसपछि क्याम्पस भने मेरो रवाफ, हैकम र फैसन प्रदर्शन गर्ने थिएटर भएको थियो । त्यस थिएटरमा म जुनसुकै नाटक मञ्चन गर्न सक्थेँ । सबैले प्रशंसाले ताली बजाउनै पर्दथ्यो । प्रत्येक शनिबार देवीको मन्दिर देवीहरूको दर्शन गर्न म पुग्दथेँ। मलाई नराम्री केटीहरू देखे भने रिस उठिहाल्दथ्यो । त्यसैले सधैँ सुन्दरी केटीहरूको अघिपछि हुने गर्दथे । पोखराको पर्यटकीय स्थलमा घुम्न आउने फूलहरूको वासना सुध्दै हिँड्नु मेरो दिनचर्या हुन्थ्यो । जब राम्रा फुल भेटिन्थे, तिनलाई दुःख दिनु, पीडा दिनु र प्रेमजालमा फसाएर रस चुस्नु मेरो नाटकको उत्कर्षहुन पुग्दथ्यो । कुनैकुनै फुललाई भने सौर्न्दर्यको रसास्वदान गरेर मात्र पनि छोडिदिन्थे । त्यसैपनि पोखरा नमिता, सुनीताको हत्याकाण्ड भएको ठाँउ, मेरो आचरणमा थप पौष्टिकताको काम गर्दथ्यो त्यस हत्याकाण्डले । क्याम्पसका प्रायजसो सुन्दर फुलहरूलाई म मेरो पैसा, रूप र रवाफले आफ्नो वशमा पारिसकेको हुन्थे । तर एक दिन मैले नसोचको घटना घट्यो । एउटी सुन्दर फुल कसैगरी पनि मप्रति आकषिर्त भएकी थिइन । उसलाई प्रेमपत्र पठाएँ। तर उसले त्यो प्रेमपत्र क्याम्पस प्रमुखलाई लागेर दिइछ । त्यो केटी निडर र स्वाभिमानी पनि भएकीले क्याम्पस प्रमुखले मलाई बोलाउन पठाए । उसलाई देखाउन मात्र भएपनि क्याम्पस प्रमुखले मलाई गाली गरेजस्तो गरे । यसरी केटीका अगाडि गाली खानु मेरोलागि ठूलो अपमानबोध थियो । त्यो अपमानबोध सहन नसकी त्यो केटीलाई कसरी बद्ला लिने भनेर लेकसाइडको एउटा होटलमा योजना बनाउन साथीहरू लिई भेला भएँ । योजना बनाएर र्फकदा मैले निकै पिएछु, मोटरसाइकलको स्पीड नियन्त्रण गर्न नसकी ठूलो दुर्घटना भयो । त्यस दुर्घटनामा मेरो एउटा खुट्टा कामनलाग्ने भयो । एउटा स्प्रीङ लगाएर मुस्किलले टेक्न सम्म भयो । दाँत पनि सबै हल्लिएर फुस्किए । एउटा हात पनि काम नलाग्ने भयो । एउटा हातचाहिँ भगवानले लेख्नका लागि जोगाई दिएछन् । म महिनौं दिनसम्म अस्पताल बस्नुपर्यो । म आफूले चुँडेर फ्याकेका फुलहरूको पीडालाई आफ्नो पीडासँग तुलना गर्न थालेँ । वास्तवमा प्रकृतिले फुलाएका ती सुन्दर फुलहरूको आत्माले सरापेका होलान् भन्ने भान भयो मलाई आफूले गरेको कुकृत्यप्रति पश्चात्ताप लागेर आयो । आत्माग्लानिले मन कुँडियो । त्यसपछि झ्यालबाट टाढाको माछापुच्छ्रे् हिमालको मनमोहक दृश्यलाई अघाउन्जेल हेर्नु र प्रकृतिको सुन्दरतामा आफूलाई हराउनु नै मेरो जिन्दगीको नियति भयो । हजारौँ सपना बोकेको जिन्दगीलाई हिलचियरलाई बोकाएर बाँच्नुको र्सार्थकता खोज्न थालेँ । वर्णमालाको पहिलो अक्षर 'क'संग म सम्झौता गर्न पुगेँ । मेरो जीवनका सपनाहरू कलम, कापी, कुची र क्यानभासमा छरिन थालेँ । मेरी आमा कवयत्री र चित्रकार भएकी हुनाले उनको गुण ममा पनि सरेको थियो । त्यसपछि मेरो जिन्दगीले कविको उपाधि पायो र तिमीजस्ता धेरै प्रशंसकहरूको मायामा बाँच्ने बानी पर्न थाल्यो । अब तिमी आफ्नो भविष्यको निर्णयलिन सक्दछौ । जीवन सोचेजस्तो सुन्दर हुँदैन स्पन्दना । त्रि्रो यो अपरिपक्व सोचाई हो र यो एउटा क्रेज हो भोलि तिमीले धेरै कठिन सङ्रघर्षमय दिन देख्न थाल्नेछौ र कहालिएर जीवनदेखि भाग्न सक्दछौ । त्यसैले अहिले समय छ । तिमी र्फक । तिमीजस्ती सुन्दरीले मेरा सुन्दर कविता भन्दा सुन्दर युवक पाउन सक्छौं । हो, तिमी मेरो कवितालाई सधैभरि हृदयमा राखेर बाँच्न सक्छ्यौं ।
मेरो कथा सुनेर ऊ स्तब्ध भई । उसलाई अप्रत्यासित करेन्टको झट्का लागेझैं भयो । ऊ निशब्द भई त्यसपछि ऊ केही नबोली त्यहाँबाट हिँडी ।
म फेरि माछापुच्छे्को सौर्न्दर्यमा हराउन पुग्छु । म कवितामा हराउन थाल्छु । मेरो कविता र माछापुच्छे्रको सौर्न्दर्य पर्याय भएका छन् । जसरी म र माछापुच्छे् पर्याय भएका छौँ। माछापुच्छे्रको सौर्न्दर्यमा हजारौ पर्यटक मन्त्रमुग्ध हुन्छन् तर वर्षौदेखि सम्पूर्ण प्राकृतिक पीडा खपेर ऊ बाच्न बाध्य छ मेरो जीवनजस्तै ।

श अर्थात् स को महिमा

साहित्यको पछाडि कारको उपहार पाएर फुरुङ्गपरेपछि केही लेख्नै पर्ने बाध्यताले जकडिएँ म । केही लेख्नु पर्यो भनेर घोत्लिन थालेँ । कुनै नयाँ रचना सिर्जना गर्न त खारिएको मस्तिष्क र माझिएको परिपक्वता हुनु पर्दछ । शायद यस्तै कुराको अभावले होला धेरै प्रयास गर्दा पनि मेरो दिमागमा केही फुर्न सकेन । म शुन्यतामा हराउन पुगेँ । यसै शुन्यतामा म 'श' अर्थात् 'स' अक्षरसँग साँठगाँठ गर्न पुगेँ । 'श' अर्थात् 'स' अक्षरले त मेरो जीवनमा ठूलो महत्वपूर्ण भूमिका खेलेको रहेछ । कुनै चलचित्रमा प्रमुख नायकले सम्पूर्ण कथावस्तु ओगेटेको जस्तो । यसपछि म शब्दकोश पल्टाउन पुगेँत्यहाँ मैले श अथार्त श ले ससार गाँजेको देखेँ। हाम्रा अग्रज साहित्यकाहरूले 'म' कि 'त' को मात्र महिमा गाएका रहेछन् । मलाई अचम्म लाग्यो 'म' र 'त' लाई सजिलै पोल्टामा हाल्ने 'श' अर्थात् 'स' को महिमा किन नगाइएको होला भनेर ।
लौ अब तयार हुनुहोस् 'श' अर्थात् 'स' को अपरिमित महिमा सुन्नलाई । 'श' अर्थात् 'स' ले 'म' अर्थात् मलाई कसरी कुम्ल्याएको रहेछ भनेर म यहा“ वृतान्त सुनाउन गइरहेको छु । म अर्थात् मेरो नाम श बाट उच्चाहरण भएको छ अनि मेरा चार वटा छोराछोरीको नाम पनि 'श' अर्थात् 'स' बाट शुरु भएको छ । मेरो जीवनको धेरै जसो शुभकार्य शुक्रबार सम्पन्न हुँदै आएको छ । मेरो शुभविवाहको सुकार्य पनि फागुन सड्क्रान्तिको दिन शुक्रबार नै सुसम्पन्न भएको थियो भने त्यसको ठीक सात वर्षछि एसओएस मा मेरो सुकार्य शुभारम्भ पनि सोही दिन अर्थात् फागुन सड्क्रान्तिको शुक्रबारदेखि शुरु भएको थियो । जहाँबाट मेरो साहित्यिकयात्रा शुरु भएको थियो । मेरो दुइ छोरी एक छोरा पनि शुक्रबार नै जन्मेका छन भने धेरै जसो शुभकार्य शुक्रबार नै सम्पन्न हुँदै आएका छन् । त्यस्तै 'सानी पुस्तकमा मैले पाएको पुरस्कारको घोषणा पनि मैले माघे सड्क्रान्तिको दिन शुक्रबार साँझ करीब साढे सात बजे शुभ समाचार सुनेको थिएँ भने उक्त पुस्तकको विमोचन पनि साट्ठी सालको शिक्षा दिवसको दिन भएको थियो । यस्तै सानीको दास्रो भाग सानीको साहसले अन्तर्राष्टिय नेपाली साहित्य समाजको पुरस्कार पाएको शुभसमाचार पनि मैले सावने सङ्क्रान्तिको दिन विहान सात बजे थाहा पाएकी थिएँ । यस्ता अन्य पनि धेरै घटनाहरू छन् जो मेरो जीवनमा 'श' अर्थात् 'स'ले बेरेर राखेको छ । यो त भयो 'श' अर्थात् 'स' ले मसँग गाँसेको नड. मासुको सम्बन्ध । यसरी मलाई 'श' अर्थात् 'स'ले हाड नाताको साइनो गाँसेपछि मैले पनि श अर्थात् स सँग हाडनाताको साइनो गाँस्न मेरा पुस्तकहरूको शीर्षक 'श' अर्थात 'स' बाट नै सुरु गर्न थालेँ । यसको सबुतप्रमाण 'सिन्केको सफलता' 'सवत्-अफिस', 'समयको क्यानभासमा', आदि हुन ।
अब हेरौँ 'श' अर्थात् 'स' ले 'त 'अर्थात् तपाईँसँग खेलेको पोठेजौरी । तँ अथवा तपाईसँग 'श' अर्थात् 'स' अक्षरकेा सम्बन्ध तपाईँको शरीरको सास पसेदेखि प्रत्येक श्वास प्रश्वासमा समाहित भएको हुन्छ । तपाईँको मृत्यु भइसकेपछि पनि तपाईँप्रति गरिने श्रद्धाञ्जली सम्वेदना र सालै पिच्छे गरिने श्राद्धमा पनि तपाईँलाई यो 'श' अर्थात् 'स' ले छोडेको हुँदैन । हुन त 'श' अर्थात् 'स' को महिमा हजारौँ मुख भएको शेषनागले त गर्न सक्दैन भने म सुक्ष्म जीवले त के सुकुला र - हुन त भाषाविद्हरूले जानेरै नै 'श' लाई तीन प्रकारमा श ष स पारेका रहेछन् । किनभने तीनवटै श एउटैभएको भए त यो संसारमा मात्र हैन सौर मण्डल , सम्पूर्ण बद्म्राण्डमा नै 'श' अर्थात् 'स' को साम्राज्य फैलन्थ्यो होला । प्रकृतिको सम्पूर्ण सजीव वस्तुमा सजिएको छ 'श' अर्थात् 'स' शायद तपाईँ विश्वास गर्नूहुन्न होला संसारमा सबैभन्दा शक्तिशाली सम्पत्ति हो भनेर । तर म त विश्वास गर्छु किनभने जहाँ सम्पत्ति छ त्यहाँ शक्ति छ । तपाईँसँग सम्पत्ति छैन भने तपाइँको श्रीमान वा श्रीमती सासूससुरा साढुभाइ सालासाली यहाँ सम्मकी गाँस बाँस कपासले पनि तपाईँलाई छोडर हिँडने छ अनि कसरी हुनु भयो तपाईँ सग्लो सिगो सजीव मानव - र्सवशक्तिमान, र्सर्वेर्सवा, सर्वोच्व, सम्पूर्ण संलग्नता रहेको सम्माननीय 'श' अर्थात् 'स' को साम्राज्य कहाँ कहाँ फैलिएको छैन भनी तपार्इँ सम्झना गर्नुहोस् अनि संकोच नमानी र्समर्थन गर्नुहोस् मेरो तर्कलार्इ। । 'श' अर्थात् 'स' ले भगवान शंकर, सरस्वती, सन्तोषी, साबित्री, सबैलाई आफ्नो बशमा पारेको छ । समाजमा रहेको संस्कृति साहित्य, संस्कार, सबैलाई गा“जेको छ 'श' अर्थात् 'स' ले । साहित्यकार कालिदासको शकुन्तला देखि लिएर सरुभक्तको स प्रतिको प्रेमसम्म फैलिएको छ 'श' अर्थात् 'स' को साम्राज्य स्वास्नीलाई दास सम्झेर सातफेराको सुत्रलाई सुहागरातको सुखभोगको सोपानपछि सम्पूर्ण सम्बन्ध नै समाप्त पार्ने स्वाँठदेखि लिएर स्त्रीको सम्झनामा सम्पूर्ण स्वभाव नै बदेलर संवेदनशील हुने पुरुषहरूप्रति संप्रेषित छ 'श' अर्थात् 'स' । आफ्नो सीमित आयलाई सम्पन्नता, शालिनता र सक्षमता देखाउन सप्तकोशीको पानी बगेझैं सम्पत्ति बगाउनेहरू स“ग सहनुभुति जागेर आउ“छ मलाई । आफ्नो संन्तानका भविष्य बारे संवेदनशील नभई तास, रक्सी, सुरा र सुन्दरीमा फसेर सम्पत्ति स्वाहा पार्नेहरूलाई 'श' अर्थात् 'स' को महिमा सुनाउन मन लाग्छ मलाई ।
आदरणीय पाठकवृन्द, सौर्न्दर्यले सजिएको शहाजहाँकी श्रीमतीको स्मृतिमा सम्पन्न गरिएको ताजमहलदेखि विश्व प्रसिद्ध पेरिसको आइफल टावर जस्तै सुन्दर छ 'श' अर्थात् 'स' को महिमा षेाडसी श्रृगारले सम्पन्न भएकी सुन्दरी जस्तै सुन्दर र साबित्री जस्तै शुद्ध र सत्य छ 'श' अर्थात् 'स'। जहाँ सत्य छ , त्यहाँ शान्ति छ, स्थिरता छ , सदविचार, सदभावना, सहयोग र सतकर्म अवश्य नै हुन्छ भनेर तपाई“ले स्वीकार गर्नै पर्छ । अनि सत्यम् शिवम् सुन्दरम्को मन्त्रमा यो संसार अडेको छ भन्ने कुरामा तपाईँले विश्वास गर्नै पर्छ । अब भन्नुहोस, तपाईँको जीवन पनि शान्त, सुन्दर र र्सार्थक र्पान 'श' अर्थात् 'स' को महिमा गाउनै पर्छ कि पर्दैन - 'श' अर्थात् 'स' ले सडकदेखि सदनसम्म तानेको छ । अनि सडकदेखि सदन पुगेका र गाउ“ देखि सहर पुगेका र्सवशक्तिमानहरूले घुसले नअघाएर जुससम्म खाँदा त्यसमा संलग्न हुने सहयोगीहरू सीमित स्वादमा शान्त हुन्छन् भन्ने कुरा सुन्दा तपाईँलाई अचम्म लाग्दैन होला - सवुत प्रमाण सहित प्रमाणित भएर भ्रष्टाचारी सावित भएका ती र्सवशक्तिमानलाई कसले शीतल सान्तावना दिने त -
पाठकवृन्द, मैले 'श' अर्थात् 'स' को महिमा यथाशक्ति जेताभक्ति भनेझैं मैले आफ्नो सामर्थले भ्याएसम्म गाइसकेको छु । अन्तमा पनि म 'श' को महिमा गाएरै समाप्त गर्दैछु । यदि 'श' अर्थात् 'स'
नभएको भए तपाईँको सामु म यो सबै संप्रेषित गर्न सक्दिनथेँ हुलाँ । सात पल्टसम्म खेस्रा तयार पारेर मात्र सम्पन्न भएको यो महिमा सकुन्जेल सम्म पनि म 'श' अर्थात् 'स' को दासताबाट मुक्त हुन सकिनँ । त्यसैले पनि होला यो पुस्तकको शीषर्क पनि स बाट उठ्न गई सिर्जना र सन्त्रास रहन गयो । हुन पनि हो मेरा सिर्जनाहरू सन्त्रासमा नै त बाचेका छन् । यसमा भएका मेरा सिर्जनाले गरेका घोचपेचले म स्वयं पनि सन्त्रासमा त छु नि † तर मलाई त्यो सन्त्रासबाट पनि 'श' अर्थात् 'स'को महिमाले मुक्त गराउने छ भन्ने पूर्ण विश्वास गर्दछु । त्यसैले आउनुहोस म अर्थात् म र त अर्थात् तपाईँ भएर एकपल्ट फेरि श अर्थात् सको महिमालाई जय भनौँ ।

हामीभित्रको जीवन रोइरहेको थियो

जन्मदा हामी सबै रोइरहेका हुन्छौँ किनभने हामीभित्रको मृत्युले हामीलाई रुवाइरहेको हुन्छ । जीवनको विजयमा मृत्यु रोइरहेको हुन्छ त्यो बेलामा । तर उपस्थित हामी सबै हाँसिरहेका हुन्छौँ । जब जीवनको पराजय हुन्छ मृत्युको विजय हुन्छ तब हामीभित्रको मृत्यु हाम्रो लाशमाथि हाँसिरहेको हुन्छ । तर उपस्थित हामी रोइरहेका हुन्छौँ। जीवन र मृत्युको यो खेल निरन्तर चलिआएको छ । यो खेलको अगाडि समय कति निरङ्कुश भयो - बि. स. २०६५-७- २४ गते साझ ४ बजेतिर पशुपतिको आर्यघाटमा । साँच्चै मृत्यु हाँसिरहेको थियो शारदा अधिकारीको लासमाथि । हामीलाई एउटा नयाँ अध्यायको चुनौति दिइरहेको थियो । हामी स्तव्ध थियौँ भावविहीन र आत्माविहीन भएर । हामीभित्रको जीवन रोइरहेको थियो शारदा अधिकारीको मृत्युको यो निरङ्कुश खेलमा ।
भर्खर अमेरिकामा राष्ट्रपति ओवामाले चुनाव जितेको विजयी माहौलमा रङ्गिएको नेपाल बालसाहित्य समाजको चुनावी माहौल । चुनाव आखिर चुनाव नै हुन्छ । सबैलाई आफ्नो गुट, आफ्नो पार्टीलाई जिताउन जोडतोडका साथ तयारी र कटिबद्धता । यस्तै कटिवद्धताका क्रममा उहाँ तेजप्रकाश श्रेष्ठसग रमेश विकलको घर जाँदै हुनुहुन्थ्यो । घाँटीमा बाँधेको सल मोटरसाइकलको पङ्ग्रामा अल्झेर उहाँको मृत्यु भएको थियो । हाम्रो जीवन धेरै भागमा बाँडिएको हुन्छ । जति नै भागमा बाँडिए पनि त्यहाँ हामी पराजयको स्थान शून्य देख्छौँ । जीवनको आफ्नै चक्र हुन्छ । त्यो चक्रले पराजयलाई कहिल्यै स्वीकार गर्दैन । जीवन जित्ने लालसामा मान्छे पराजयको आभाषसम्म पनि लिन चाहँदैन । ऊ पराजयको सङ्केतले मात्र पनि तर्सन्छ र सम्पूर्ण शक्ति र सीप प्रयोग गरेर विजयीको सपना बोकेर उडिरहेको हुन्छ । तर उसलाई थाहा हुँदैन ती सपनारूपी चङ्गाको धागो मृत्युको नियन्त्रणमा हुन्छ भनेर । केही मिनेट, केही सेकेण्डमा ती सपनाहरू ब्रद्माण्डमा विलीन हुनसक्दछन् । तर पनि हामी प्रत्येक पल प्रत्येक क्षेत्रमा विजयको लागि मृत्युसँग सङ्धर्षगरिरहेका हुन्छौँ । जीवन बाँच्ने क्रममा आज यस्तै एउटा सङ्धर्षील नारीको जीवनमा मृत्युको विजय भएको थियो जसले जीवनमा कहिल्यै हार्न जानेको थिएन । हिजोसम्म धेरै सपना बोकेर हि“डेका जीवन आज सपनाविहीन भएर शून्यमा बिलाएको थियो । अतीतको गर्तमा भासिँदै गएको थियो । कल्पना नै नगरेको कुरालाई मृत्युले कति सजिलै साक्षात्कार गराइदिएको थियो हाम्रो आँखामा । त्यसैले ऊ अट्टहास लिएर हाँसिरहेको थियो त्यस आलाङ्कारिक उत्सवमा । यो अकल्पनिय घटना केही घण्टा अघिसम्म हामी कसैले कल्पना पनि गरेका थिएनौँ शारदा अधिकारीलाई यसरी आर्यघाटमा विदा गर्दै छौ भनेर । समय कति क्रुर भइदियो हामी सबैका लागि । केही घण्टामा नै यो सब भयो । पराजय आखिर पराजय नै हुन्छ । शारदा अधिकारीको जीवन पराजय भएको थियो मृत्युको अनौठो खेलमा । उहाँको पार्थिव शरिर आर्यघाटको चिसो भुइँमा लडिरहेको थियो । हिजोसम्म आफ्नो अस्तित्त्व, आत्मास्वाभिमान र अस्मिताको रक्षाका लागि सक्रिय हातखुट्टाहरू आज निस्क्रय थिए । वौद्धिकताका लर्डाई लडिरहने मस्तिष्क शून्य थिए । आज मृत्युको विजयमा ती अवयवहरू लाचार र विवश थिए । उहाँका निर्जीव शरिरझै हामी पनि भावशून्य थियौँ । हामी उहाँको विवशतामा आँसु बगाउन सिवाय केही गर्न सक्दैन थियौँ । हामीभित्रको जीवन रोइरहेको थियो त्यस क्षणमा । म शारदा अधिकारीको मृत्युमा रोएकी थिइनँ मात्र मभित्रको जीवन रोइरहेको थियो उहाँको जीवनको पराजयमा । उहाँको एकलौती छोरी अद्धचेतन अवस्थामा थिइन् । उनलाई लाग्दथ्यो होला- मेरी आमा अहिले आर्यघाटबाट उठेर 'छोरी किन रुवेकी मलाई केही भएकै छैन ' भन्नेछिन् भनेर । तर यथार्थ अर्कै थियो । यथार्थ भोग्नेको अवस्था अत्यन्तै हृदयविदारक थियो । केही क्षणपछि मृत्युले आगोको हुँकार लिदै उहाँको पार्थिक शरिरलाई समाप्त पारिदियो । हामी निशब्द उहा“का विगतका चलचित्रहरू आँखामा पदार्पण गर्न विवश थियौँ । कतै यो सपना पो हो कि - कतै यो फिल्मको जस्तो कथा पो हो कि - अविश्वासले विश्वासलाई जितिरहेको थियो । काल्पनिक कुरा विश्वास गर्न त समय लाग्छ भने यो अकाल्पनिक कुरा कसरी विश्वास गर्नू । सायद समयलाई पनि धेरै समय खर्च गर्नुपर्नेछ विश्वासलाई जिताउन । किनभने एउटा शक्तिशाली अध्यायलाई उसले सधैको लागि बन्द गदै छ - कहिले नउघ्रिनेगरी । त्यसैले उसले धेरै शक्ति र परिश्रम खर्च गर्नुपर्नेछ ।
साँच्चै धेरै शक्ति र समय खर्च गर्नु पर्यो यो यथार्थ स्वीकार गर्नलाई । आजभन्दा केही वर्षघि उहाँहरू साझाप्रकाशनको कार्यक्रम लिएर खरसाङ् जानुहुँदा जीप दुर्घटनामा साहित्यकार विनय रावलको मृत्यु हुँदा लेख्नुभएको संस्मरण पढेको मलाई हिजै जस्तो लाग्छ । तर समयले कति घोर अन्याय गर्यो, यति चाँडै उहाँको दुर्घटनालाई शब्दमा अंकित गर्नुपर्ने सजाय दियो मलाई । एउटा सङ्धर्षील, बौद्धिक, आत्मस्वाभिमानी नारीको देह शरीर यो ब्रद्माण्डमा विलीन हुँदै छ । त्यसै पनि नेपाली साहित्यिक क्षेत्र बौद्धिक र प्रतिभावान नारीको ठूलोखडेरी परेको क्षेत्रले उहाँको अभावलाई कसरी परिपूर्ति गर्ला यो क्षेत्रले -

यति थोरै समयमा उहाँले दिनुभएको साहित्यिक योगदानलाई राष्ट्रले कसरी सम्झेला - सायद राष्ट्रले पनि धेरै परिश्रम गर्नुपर्नेछ अर्को शारदा अधिकारी जन्माउन । राष्ट्रले छोटो आयूमा साहित्यिक प्रतिभावान व्यक्ति गुमाउनु परेको पीडा फेरि एकपल्ट बोक्नुपर्यो । छोटो आयूमा गुमाएका साहित्यिक व्यक्तित्त्वहरू मोतीराम भट्ट, पारिजात, हरिभक्त कटुवाल, लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछानेको इतिहासमा समयले एउटा अर्को इतिहास कोरिदिएको छ -शारदा अधिकारीको नाममा ।
म मोफसलको मान्छे तर काठमाडौको साहित्यिक माहौललाई नजिकबाट हेर्ने गर्दथे । यसैक्रमा शारदा अधिकारीको नाम पढिरहने मौका पाएकी थिएँ। मेरो पहिलो पुस्तक सानीले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्दा पुरस्कार ग्रहण गर्ने समय पार्क भिलेज रिर्र्सोटमा शारदा अधिकारीजीसँग मेरो पहिलो भेट भएको थियो । कसैले मलाई सोध्यो 'उहाँलाई चिन्नुहुन्छ -' मैले भने 'अ“, चिन्छु शारदा अधिकारी हो साझाको संचालक समितिमा पनि हुनुहुन्छ ।' उहाँले 'हो' भन्नुभयो । त्यसपछि नेपाल बालसाहित्य समाजको आजीवन सदस्य लिन म उहाँको घर गएकी थिएँ । उहाँबाट अत्यन्त आत्मीय व्यवहार प्राप्त गर्न पाएँ । त्यसबेला उहाँलेृ मलाई भन्नुभयो 'तपाईँलाई साझाबाल साहित्य पुरस्कार दिने बेलामा विवाद भयो । एउटै पुस्तकमात्र लेखेकोलाई कसरी दिने भनेर । मैले तपाईँले नै पाउनुपर्छ भन्ने कुरामा जोड गरे ।' यो कुराले मेरो उहाँप्रतिको सदासयता चुलिँदै गयो र वास्तवमा हो पनि एउटै पनि लेख रचना प्रकाशित नभएको मान्छे एउटै पुस्तकमा साझा बालसाहित्यजस्तो गरिमामय पुरस्कार पाउनु कम चानचुने कुरा थिएन । मेरो जीवनमा यो सबैभन्दा खुसीको क्षण थियो । मेरो जीवनमा सत्यको ठूलो जीत थियो । त्यो सत्यर् इश्वरको रूपमा शारदा अधिकारीको आत्मामा बसेको रहेछ । किनभने त्यो पुरस्कार पाएपछि मलाई साहित्य लेखन सहज बन्नको साथै हौसला र प्रेरणा पनि प्राप्त हुँदै गयो । त्यसपछि त्यसको दोस्रो भाग लेखे“ । त्यसले पनि अन्तरार्ट्रिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गर्यो । पुरस्कार प्राप्त गर्नु ठूलो कुरा थिएन ती दुवै पुस्तकलाई पढ्ने जतिले अत्यन्त राम्रो मानिदिनु भएको थियो । त्यो पुरस्कार प्राप्त नगरेको भए आज म साहित्यिक क्षेत्रमा यसरी समर्पित नहुन पनि सक्थे । साँच्चै मैले नढाटी भन्नुपर्दा शारदा अधिकारीले आफूपछि एउटा उत्तराधिकारी जन्माएर जानुभएको रहेछ बालसाहित्यिक क्षेत्रमा । किनभने जब म लामोसमयदेखि खाइ रहेको स्तरीय जागिर छोडेर यसै क्षेत्रमा समर्पित हुन काठमाडौ आइपुगेँ तब शारदा अधिकारीले हामी सबैलाई छोडेर जानुभयो । अहिले मलाई लाग्छ शारदा अधिकारीले बालसाहित्य क्षेत्रको विकासको लागि देख्नु भएको सपना मैले देख्नु पर्छ ।
त्यसपछि उहाँसँग मेरो त्यति धेरै सन्निध्यता रहेन तर पनि मेरो हृदयमा उहाँ एउटा सङ्धर्षील, वौद्धिक र क्रान्तिकारी नारीका रूपमा स्थापित हुनुहुन्थ्यो । उहाँलाई म हृदयदेखि नै सम्मान गर्दथे । किनभने साहित्यिक क्षेत्रमा लागेर यति सफलता पाउन नारीलाई धेरै साधाना र तपस्या गनुपर्छ भन्ने मैले पनि अनुभव बटुलेकी छु । त्यसै पनि एकल नारीले कति धेरै सङ्धषर्, त्याग, साधना गर्नुभएको थियो होला । अहिले कल्पनामात्र गर्न सक्छौ किनभने यथार्थ उहाँसँग अतीतको कुहिरोभित्र हराइसकेको छ । उहाँले साझा प्रकाशनमा दिनुभएको योगदान र लामो समयसम्म नेपाल बालसाहित्य समाजका लागि दिनुभएको योगदान अविस्मरणीय भएर रहने छन् । त्यस्तै साहित्यिक सिर्जनाको छुट्टै मूल्याङ्कन गर्न सकिन्छ भने शिक्षा क्षेत्रमा गर्नुभएको सेवालाई बैग्लै अध्ययन गर्न सकिन्छ । आफ्नो घरपरिवार बीचमात्र सीमित रहने नेपाली नारीको भीडमा एउटा बेग्लै अस्तित्त्व र पहिचान बनाएर बाँच्न सफल शारदा अधिकारी -ढकाल) नेपाली साहित्यिक आकाशमा कहिल्यै नअस्ताउने तारा भएर बाँचिरहनु हुनेछ । उहाँको आत्माको चीर शान्तिका लागि म भावपूर्ण हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौ ।

October 10, 2009

बन्द संस्करणभित्रको आत्मकथा

म साहित्यकार होइन , साहित्यकार नभएपछि कथाकार त पक्कै भइन् । तर पनि एउटा सफल कथा लेख्ने दुःप्रयास गर्दै छु । मेरो जीवनको भोगाई हो यो कथा । जीवनको भोगाईले थाहा नै नपाई भावनासँग सहवास गरेर एउटा दरिलो आत्मकथा जन्माइसकेछ । जसलाई म साहित्यिक धर्म पूरा गर्दै भाषाको दरिलो डोरीमा शब्द, शैली, अलङ्कारले सुसज्जित पार्दै सुन्दर माला बनाई कथ्यको सुन्दर मूर्तिमा सजाउन गइरहेछु ।
म एउटा गैरसरकारी कार्यालयमा काम गर्ने दोस्रो दर्जाको हाकिम । म एउटा साधारण कर्मचारी तर कसरी असाधारण मनस्थिति अगाल्न पुगेँ , म आफैलाई थाहा छैन । यसमा धेरै थोरै मेरो गल्ती , केही परिस्थितिको र केही उनको पनि हुन सक्दछ ।
आजभन्दा करिब तीन वर्षअघि म यस कार्यालयमा हाकिम भएर आएको थिएँ । मैले मेरा सबै कर्मचारीलाई एउटै दृष्टिकोण र छत्रछायामा राखेको थिएँ । मेरा कर्मचारीहरू विभिन्न विचार, प्रवृति र स्वभावका थिए । मैले उनीहरूसँग त्यसैअनुसारको व्यवहार गर्नु पर्दथ्यो । तर एकजना कर्मचारी भने मेरो अँखाबाट सधैँ अलग देखिन्थ्यो । अरूमा भन्दा उसमा सिर्जनशील क्षमता बढी थियो अनि तार्किक शैली पनि ।
यौवनका छालहरू लहराउने समय भएपनि उनमा उन्मुक्तताको कुनै लक्षण देखिदैनथ्यो । उनको अत्यन्त शालीन व्यक्तित्व , गम्भीरपना र स्पष्ट विचारले प्रभावित भएको थिएँ म । कार्यालयमा उनीजस्तै अरू केटीहरू पनि थिए तर उनीहरूको स्वभावसँग उनको स्वभाव मिल्दैनथ्यो । उनी कामलाई पूजा गर्थिन् भने कर्तव्यलाई देवता ठान्थिन् । उनी काम गर्न कहिल्यै पछि र्सर्दैनथिन् , अझ भनू कतिपय कामहरू मेरो मनोविज्ञान बुझेर नै गरिसक्थिन । जसलाई मैलै प्रशसा नगरी धरै पाउँदिनथेँ । मलाई उनको कामप्रति निकै चाख लाग्दथ्यो । एउटा कर्तव्यनिष्ट हाकिमले एउटा कर्मचारीबाट चाहना गर्ने सबै गुण उनमा थिए । त्यसैले बेलाबेलामा बढुवाको आशा देखाउँदै मैले उनको कार्यक्षमतामा ऊर्जा थप्तै आएको थिएँ । नभन्दै उनी पनि अफिसका लागि व्यक्तिगत खुसीलाई तिलाञ्जलि दिँदै समर्पित हुँदै आएकी थिइन् ।
वास्तवमा हाम्रो भेट पनि अचम्मै पाराले भएकोथ्यो । म अकस्मात् खुट्टा भाँचिएर अस्पतालमा भर्ना भएको थिएँ । उनको र मेरो परिचय भएको नै थिएन । उनी मेरो नाम लिएर मलाई खोज्दै मेरो रुममा आइपुगिन् । निकै गफ भइसकेपछि मात्र हामीलाई थाहा भयो उनले वास्तवमा अर्कै व्यक्तिलाई खोजेकी थिइन् भनेर । उनी काकीको दाजुलाई भेट्न भनेर आएकी रहिछिन् । उनकी काकीको दाजु र मेरो नाम एउटै पर्न गएको हुनाले सोधपुछ गर्दा मेरो रुममा पठाइदिएका रहेछन् अस्पतालका कर्मर्चारीले । कस्तो संयोग परेको भनेर हामी छक्क पर्‍यौँ । त्यससमयमा उनले मेरो दुर्इघण्टासम्म सहयोग गरेर बसिन् । किनभने घरमा मैले  अस्पतालमा बसेको कुरा सुनाएको नै थिइनँ । बुबाआमा ब्यर्थै पिर मान्नु हुन्छ भनेर । काठमाडौँमा नै साथीभाइहरूले सहयोग गर्छन भनेर कसैलाई डाकेको थिइनँ । त्यसैसमय साथीलाई बाहिर जानुपर्ने भएकोले उनले औषधिपानी दिन सहयोग गरेकी थिइन् । उनको रूपरङ्ग र व्यवहार मेरो मस्तिष्कमा सजीव भएर चित्रित भइरहेकोथ्यो ।
समयको वेगले हामीलाई फेरि भेट हुने मौका नै दिएको थिएन । तर संयोगबश अहिले एउटै गैरसरकारी कार्यालयमा म हाकिम र उनी कारिन्दा भएर भेट गराइदिएको छ समयले  । त्यसैले पनि होला मेरो उनीप्रति विशेष सहनुभूति थियो ।
मैले बेलाबेलामा माथिको हाकिमसँग उनको बढुवाको माग राख्दै आएको थिएँ । तर मलाई थाहा थिएन माथिको हाकिमको उनीप्रति त्यस्तो कुन पूर्वाग्रह थियो । जसले गर्दा उसलाई उनको प्रशंसा सुनाउन हुदैनथ्यो झन् बढुवाको कुरा त भन्न नै हुदैनथ्यो ।
समय बित्दै गयो ।  केही समयको लागि म प्रशासनसम्बन्धी तालिम लिन बाहिर गएको थिएँ । त्यससमयमा मेरो कार्यालयको हाकिम भनौँ वा हर्ताकर्ता माथिल्लो हाकिम भए । तालिम सकिएर आउ“दा कार्यालयमा बढुवाको समय भएको थियो । मैले सबै कर्मचारीको बढुवा गराएर नयाँ जोश र जाँगरका साथ काम लगाउने विचार गरेँ। यसको लागि मैले माथिल्लो हाकिमसँग सरसल्लाह र अनुमति लिनु पर्दथ्यो । अनुमति  लिने कुरामा सबै कर्मचारीको बढुवाको कुरामा सहमत भयो सिवाय उनको । जसलाई चाहिँ म धेरै अघि बढुवा गराएर उनको सिर्जनशक्ति र लगनशीलतालाई धेरै अघिदेखि पुरस्कृत गर्न चाहन्थेँ । उनको बढुवा नहुने हुँदा म ठूलो अन्योलमा परेँ । जसले गर्दा म हारेको अनुभव गर्न थालेँ । ऊभन्दा कम शैक्षिक योग्यता भएको अनि काममा पनि ढिलासुस्ती गर्नेको बढुवा हुने भयो । तर उनको नहुने भयो । यो प्रशासनिक अन्याय ठहथ्र्यो । जसको दोषी म स्वयम्ं हुनसक्थेँ । मलाई कौतूहलताले पोल्न थाल्यो । उनले त्यस्तो के काम गरिन् जसले गर्दा माथिल्लो हाकिमको उनीप्रति यति धेरै पूर्वाग्रह थियो ।
सिक्काका दुर्इ पाटा भनेझै जुनसुकै अफिसमा पनि विचार र सिदान्तहरू दुइधारमा बगेको हुन्छन र यसैधारले उनको हाकिमसंगको असमझदारीको दूरी बढेको हुनुर्पर्छ । यो मेरो अनुमानित आँकडा थियो तर पनि एउटा कर्तब्यनिष्ट र प्रतिभावान कर्मचारीले सही न्याय पाउन नसक्नु ठूलो विडम्वना हुन जान्थ्यो यो । जसले गर्दा मभित्रको मानवीयता जुरमुराएको थियो ।
      जे भएपनि आफूभित्रको उत्सुकता मेटाउन एकदिन मैले उनलाई अफिसमा बोलाएँ । यो मेरो कर्तव्य मात्र हैन अफिसको लागि जरुरी पनि थियो । मैले दूधको दूध पानीको पानी छुट्टयाउने विचार गरेँ  । मैले उनलाई माथिल्लो हाकिम उनीबाट रुष्ट हुनुको कारण सोधेँ । सुरुमा त उनी सहज थिइन् तर पछि उनको असहजता बढ्दै गयो उनको पीडा बेथा यसरी पोखिन थाल्यो-  "सर, हजुर नभएको बेला मेरो माथिल्लो हाकिमसँग नराम्ररी असमझदारी बढ्यो । यसको कारण मैले उहाँको भनाइलाई अस्वीकार गर्नु थियो । उहाँले म भन्दा सिनियर कर्मचारीको पदमा मलाई बस्न भन्नुभएकोथ्यो मैले मानिनँ। मेरो नैतिकता र स्वाभिमानले त्यो गर्न दिएन । म कसैको आत्मालाई ठेस पर्‍याएर माथि जान चाहन्नँ , बरु मलाई कुनै बढुवाको लोभ पनि छैन ।  फेरि अफिसमा खुट्टा तान्ने , झोसपोल  लगाउने प्रवृत्ति पनि छ । जुसले गर्दा मैले धेरै हन्डर खानुपर्‍यो । मैले आफूभन्दा जुनियर कर्मचारीको अगाडि अपमानित हुनु पर्‍यो । मेरो विचार, भनाईको कुनै मूल्याङ्कन गरिएन । त्यतिमात्र हैन मैले मिटिङ्गमा पनि सबैको अगाडि अपमानित हुनुपर्‍यो , त्यो कुरा सम्झदा मेरो मुटु पोल्छ सर , मलाई अब त्यो बढुवाको कुनै लोभ छैन । जुन मलाई धेरै समयअघि देखि आशा देखाइरहनु भएको थियो । ... तर मप्रति गरिएको व्यवहारले मेरो मुटु दुख्छ अनि भक्कनिएर आउ“छ । आखिर म पनि मान्छे हुँ , ममा पनि संवेदनाहरू छन् । भावनाहरू छन् । जसलाई म जलाउन खोजेर पनि जलाउन सक्दिनँ । त्यसैले होला म समाजसेवाको सहारा  लिन्छु । जसले मलाई मानसिक शान्ति दिन्छ । फेरि म परित्यक्ता महिला पनि हुँ । लोग्नेबाट त्यागिएकी महिलालाई समाजले हेर्ने दृष्टिकोण नै अर्कै हुन्छ ।" यति भन्दै उनी रुन थालिन् । मभित्रको मानवीयताले मलाई पोल्न थाल्यो । उनको आँसुसंगै म बग्न थालेँ । अनि भावानासँगै पग्लन थालेँ । मैले आफूलाइै मुस्किलले संयमित बनाएँ अनि यथार्थसँग सम्झौता गर्दै सहनुभूतिका शब्द पोख्न थालें , "तपाईँले यी सब असमझदारी समयमा नै हाकिमको सामुन्ने राखेर स्पष्ट गर्नु पनि पर्दथ्यो । किन गर्नु भएन -"-  मैले आफ्नो हाकिमी रवाफ देखाउन कन्जुस्याई गरिनँ ।
 म आफ्नो हाकिमसम्बन्धित नकारात्मक कुरा उनीसँग गर्न पनि सक्दिनथेँ । यो मेरो अफिसियल दायित्व पनि थियो । उनी केही सामान्य भएर भन्न थालिन् -" यी सब भन्न मलाई समयले साथ दिएन । मन नपरेको मान्छे परबाट गन्हाउछ भन्छन् । त्यसैले झन् असमझदारी बढ्ला भनेर मैले भन्न नै सकिन“ । "
      मैले उनलाई सम्झाउन धेरै कोसिस गरेँ तर उनको पीडा, वेदना यति धेरै थियो कि उनको मनको ताप बुझाउन म असफल भइरहेँ । उनका तार्किक शक्तिले मेरा प्रत्येक तर्कका वाणहरू असफल बनाउन सक्षम हुन्थे । निकै समयपछि मैले गफको सर्न्दर्भ मोडेँ। उनी सहज हुँदै गइन् । म भने असहज हुँदै गएँ । किन यसरी एउटा कुशल कर्मचारीलाई अपमानित र कुण्ठित हुनु पर्‍यो । म निकै बेर घोरिए“ , मानसिक वेदनाले छटपटिएँ, त्यसपछि मैले अफिसमा आफ्नै काम गर्न सकिनँ । अफिसको समय बितेपछि म क्वार्टर आएँ । क्वार्टरमा उनकै शब्दहरू मेरा कानमा प्रतिध्वनित भइ रहे । उनले भनेको सायद सत्यको जीत हुन्छ भनेको यही होला । उनीसँग सत्य थियो । त्यही सत्यले मलाई पोलिरह्यो । मैले कतै शान्ति पाउन सकिन् । म रातभर छटपटिरहेँ । कसरी म उनको पीडा र वेदना कम गर्न सक्छु भनेर तडपिरहेँ ।
        मैले एक दुइजना कर्मचारीसँग उनको बारेमा सोधीखोजी गरे मैले ती इमान्दार कर्मचारीबाट उनी निर्दोष भएको थाहा पाएँ । उनी एक परित्यक्ता महिला रहिछिन् भन्ने कुरा पनि थाहा पाएँ । उनको श्रीमान र मेरा हाकिम आफन्त पर्ने हुनाले नै उनले यो सब सहनु परेको यथार्थता पनि थाहा पाएँ । किनभने उनको श्रीमान्सँग निक्कै लामो मुद्दामामिला गरेपछि मात्र उनले पारपाचुके पाएकी  थिइन् रे ।  मुद्दा त उनले सजिलै जितिन् रे तर त्यसको सजाय उनले आज अफिसमा भोगिरहेकी थिइन् । उनी आफूमा पनि केही बढी स्वाभिमान भएकी हुन र यही स्वाभिमानीपनाले पारपाचुके भएको भन्ने विचार अरू कर्मचारीबाट थाहा पाएँ तर यो कतिको सत्य थियो भन्ने कुराचाहिँ मलाई थाहा थिएन ।  । तर म अचम्ममा परेँ यति शालीन व्यक्तित्वको धनीमा यस्ता अवगुण हुन्छन् र - म उनको बारेमा विश्लेषण गर्न थालेँ ।  म हरसमय उनको सम्झनामा हराउन थालेँ, संवेदनशील हुन थालेँ आफूलाई भुलेर । म उनको बितेको समय त फर्काउन सक्दिनथेँ तर उनलाई वढुवा गराएर उनको मुहारमा खुसीको लहर ल्याउन चाहन्थे । मेरो जीवनको उद्देश्य नै उनलाई वढुवा गरेर उनको आत्मालाई न्याय दिनुमा गएर अडियो । मैले उनको वढुवाको बारेमा चर्काचर्की कुरा उठाएँ । यो कुरा केन्द्रमा लगेर पनि राखेँ । निकै गरमागरमीको वावजुद उनको वढुवा हुने भयो । म यो कुराले आश्वस्त भएकी उनी वढुवा पाएर अत्यन्त खुसी हुनेछिन् र विगतलाई भुलेर उत्साहीका साथ काम गर्नेछिन भनेर । म उनको जीवनमा खुसी ल्याउन चाहन्थेँ । मलाई थाहा छैन म किन उनीप्रति यति सहनुभूति राख्न थालेँ । अफिस कहिल्यै विदा नहोस जस्ता लाग्दथ्यो। म आफ्नो पदको मर्यादा अनुसार जुनसुकै समयमा पनि उनीसँग सर्म्पर्क राख्न सक्तिनथेँ । म आफ्नो बौद्धिकता उनको तार्किक शक्तिद्वारा निखार्न चाहन्थेँ ।  म हरसमय उनको सर्ंर्सगको खोजिमा रहन थालेँ । मैले पाउनु पर्ने भावी सहचारीको रूपरेखा उनमा कोर्न थालेँ । मसँग पनि समाजले उनलाई हेर्ने नजरजस्तै नजर थिएँ । तर म ती नजरहरूलाई परिष्कृत गर्न चाहन्थेँ । के परित्यक्ता महिलामा उनको मात्र दोष हुन्छ - यसै कारणले घरपरिवार , समाज र कार्यालयमा पनि तिरस्कृत हुनु पर्दछ र - म यस्ता भावानाहरूलाई बदल्न चाहन्थेँ। त्यसैले म उनीप्रति अलिक बढी नै आकषिर्त हुदै थिएँ ।  त्यो आकर्षाले कतै मलाई आफ्नो दायित्वबाट निर्वासित हुनुपर्ने हो की भनेर म र्सतक पनि हुन्थे,  तर पनि अप्रत्यक्ष रूपले म उनीसँग नजिकिदै गएको थिएँ । म उनको घरपरिवारको बारेमा पनि जानकारी लिन थालेँ । म उनको रुचि, स्वभावबारे पनि थाहा पाउने कोसिस गर्न थालेँ । मेरो अचेतन मन यस्तै कुरामा डोरिरहन्थ्यो । उनले राखेको कुनै पनि प्रस्ताव म नकार्न सक्दिनथेँ । प्रायः ती प्रस्तावहरू अफिसका लागि सकरात्मक हुन्थे । उनी अफिसियल प्रस्ताव मात्र हैन आफ्नो व्यक्तिगत सुविधाका लागि पनि केही प्रस्ताव ल्याएर आए हुन्थ्यो जस्तो मलाई लाग्दथ्यो । तर उनी कहिल्यै पनि अरू कर्मचारीझैँ व्यक्तिगत सुविधा प्राप्तिको लागि लालायित भइनन् । यो उनको स्वाभिमानको अर्को पक्ष थियो म उनको स्वभिमानको सम्मान पनि गर्दथेँ । उनको मानसिकता व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेको थियो । मेरो सहनुभूति र स्नेह पाएर उनको उर्जनशीलता अझ बढी झाँगिदै गएको थियो ।
      एकदिन अफिसमा मिटिङ्ग थियो । अफिसियल मिटिङ्गमा धेरै कुरा भएँ । मैले  भने मैले आफूले कुनै एकजना कर्मचारीलाई व्यक्तिगत रूपले खुसी पार्न वढुवा गर्दै छु । यो मैले ठीक गरेको छु । अनि मैले पनि यसको ठीक प्रतिक्रिया पाउनेछु  भनेर आशा गरेको छु । मैले यो मेरो कुरा सबैको सामुन्ने राखेँ । उनमा यो कुराले कस्तो प्रभाव होला यो मैले थाहा पाउन सकिनँ । तर पनि उनी वढुवा हुन्छ भन्ने कुरा थाहा पाएर खुसी हुनेछिन  भन्ने कुरा मा विश्वस्त थिएँ ।
      बिस्तारै म वढुवापत्र तयार पार्न थालेँ । म जतिसक्दो छिटो वढुवापत्र तयार पारेर उनलाई दिन चाहन्थेँ । त्यसैले मैले वढुवा हुने सबैको पत्र हतारहतार तयार पारेँ । त्यो पत्रको प्रतिलिपि केन्द्रमा पठाएँ अनि माथिल्लो हाकिमकोमा पनि । यो हाम्रो अफिसको नियम थियो । म छिटोभन्दा छिटो वढुवापत्र उनको हातमा राखेर उनको मुहारमा हर्षर हृदयमा शान्ति ल्याउन चाहन्थे“ । तर हस्ताक्षर गर्न पठाएको पत्रमध्ये उनको पत्र आएन । म निराश भएँ । उनको पत्र नआउञ्जेल अरूको पत्र पनि नदिेने विचार गर्न थाले“ । मैले माथिल्लो कार्यालयमा सोधपुछ गरेँ । बल्लबल्ल उनको बढुवाको पत्र मेरो हातमा आयो । वढुवाको पत्र पाएपछि मैले र्सवप्रथम उनलाई दिने विचार गरेँ । त्यसैले मैले हतारहतार उनलाई बोलाउन पठाएँ । उनले वढुवाको पत्र दिनलाई हो भनेर कसरी थाहा पाइछिन् क्यारे को नि - उनले सानो चिटमा 'वढुवाको पत्र दिने विषयमा हो भने मलाई अन्तिममा दिनु होला ।' लेखेर पठाइन् ।  म मर्माहत भए किन यसो भनिन् भनेर । मैले सोचेको थिएँ । उनी चाँडो भन्दा चाँडो प्रसन्न भएर वढुवाको पत्र लिन आउँनेछिन् भनेर । तर मेरो बिश्वासमा ठेस लाग्यो, म झस्केँ ।
      म उनको प्रस्तावलाई नकार्न सक्दिनथेँ। त्यसैले उनले भने बमोजिम अरू सबैलाई वढुवाको पत्र दिएँ । बढुवा पाउनेहरूसँग सामान्य अफिसियल गफ गरेँ । अन्त्यमा उनको पालो आयो । मैले उनलाई बोलाउन पठाएँ । उनी निकै गम्भीर  भएर आइन् ।
 म कुराको भारी बिसाउन थालेँ। "हेर्नोस् तपाईँको वढुवाको प्रक्रिया मैले आफ्नो अग्रसरतामा गरेको हुँ । म तपाईँप्रति सहनभूति राख्दछु । त्यसैले मैले धेरै प्रयास गरेर तपाईँलाई वढुवा गराउन र्समर्थ भएको छु । त्यसैले तपाईँले पनि मलाई काममा सन्तुष्टि दिनु हुनेछ भन्ने आशा राखेकी छु ।" भन्दै वढुवाको पत्र हस्ताक्षर गर्न उनको हातमा राखिदिएँ ।
उनले वढुवाको पत्र हातमा लिइन् , हेरिन् अनि आत्मविश्वासका साथ भन्न थालिन् -"सर, मैले यो वढुवाको पत्र लिए भने मैले धेरै कुरा गुमाउनु पर्नेछ । र्सवप्रथम त म आफ्नो स्वाभिमान गुमाउँदै छु अर्कोतर्फम माथि हजुरको एउटा यस्तो विजय हो जुन विजयमा मेरो अस्तित्व हार्नेछ । हजुरलाई थाहै छ । म अलिक बढी स्वाभिमानी पनि छु  । म कसैको कृपादृष्टिमा बाँच्न सक्दिन, अनुग्रहितामा सास फेर्न सक्दिनँ मैले अहिले आफ्नो जिन्दगीको उद्देश्य र भविष्य यही घृणा, तिरस्कार र अपमानबाट उजिल्याउने कोशिश गरिरहेछु । यदि मैले यो वढुवा अहिले लिएँ भने मेरो जीवनको लक्ष्य घुमिल हुँदै जानेछ । अनि म अस्तित्वविहीन हुन पुग्नेछु । हजुर त यही अफिसमा काम गर्नुहुन्छ । क्वार्टरमा बस्नुहुन्छु । सर, यहाँको र्सर्वेर्सवा हुनुहुन्छ । सरले ठान्नुभएको होला यो वढुवा मेरो जीवनको ठूलो उपलब्धि हो भनेर । तर होइन मेरो जीवनमा यो भन्दा ठूलो उपलब्धि अरू नै छ । हो सरले मलाई यो वढुवा दिएर सत्यको विजय गराउनु भएको छ  । तर मेरो हार भएको छ । जबसम्म हजुरको अनुग्रहिता देखाउनु हुन्न तबसम्म म यो वढुवा लिन सक्दिनँ । किनभने यो मेरो स्वाभिमानप्रति ठूलो कुठाराघात हो । मजस्तो अरू कर्मचारीलाई पनि यो उदाहरणीय होस् कि वढुवा जस्तो चीज पाउ“दा आफ्नो आत्माले पनि सन्तुष्टि पाउनुर्पर्छ । हजुरले मिटिङ्गमा मैले कुनै एक जना कर्मचारीलाई खुसी बनाउन वढुवा गर्दै छु भन्नुभएको थियो । अब त्यही मिटिङ्गमा फेरि भन्नोस् त्यो कर्मचारीले वढुवा लिन मानेन । उसले ठीक गरेको छ किनभने सबैको मन जितेर पाइएको वस्तुको मूल्याङ्कन अर्कै हुन्छ दया, माया वा सोर्सफोर्समा पाइएको वस्तुको कुनै मूल्याङ्कन हुँदैन ।"
उनको अभिब्यक्ति सुनेर म स्तब्ध भएँ । मस्तिष्क शून्य भयो । उनले भनेका कुरा सबै सही थिए । मैले मात्र उनलाई जागिरको सङ्किणाराभित्र उपलब्धिको तराजुमा वढुवालाई बढी मान्यता दिएको रहेछु । तर उनको उपलब्धिको घेरा त कल्पना गरिनसक्नुको रहेछ । उनको उपलब्धिको घेरा त समाज देश हुँदै विदेशसम्म फैलिएको थियो । मलाई आफ्नो सङ्कीण र सकुचित विचारप्रति लाज लागेर आयो । आत्मग्लानिले भिजेर न्रि्रुकै भएँ । उनले भनेझैँ वढुवा नपाएर असन्तुष्ट हुनेहरू पनि  अफिसमा प्रशस्त थिए । उनको यो वढुवाप्रतिको त्याग अरूको लागि चुनौति र पेरणा बन्न सक्दथ्यो । तर म कसरी भन्न सक्छु, आफ्नो हार आफ्नो कर्मचारीको सामु ।
 म कसैबाट पराजित भएको महसुस गर्न थालेँ । मैले निर्णयगर्न नै सकिनँ उनको कुरा नकार्नु वा सकार्नु भनेर उनी वढुवापत्रमा हस्ताक्षर नगरी गइसकेकी थिइन् । उनको अभिव्यक्तिले उनीप्रतिको मेरो सहनुभूति र मायाको सीमित घेरा नाघेर श्रद्धा र सम्मानको विशाल घेरा समेटन पुग्यो । उनको विशाल हृदय र परिपक्वतामा म सिकारु पौडिबाजझैँ पौडन थालेँ । उनीबाट मैले केही मात्रामा भएपनि बाहिरी संसार चियाउन पाएँ । म पनि उनीजस्तै आदर्शमय जीवन बिताएर नाम कमाउने चाहना गर्न थालेँ । तर ममा ती सब कुरा थिएन जुन कुरा उनमा थियो । म धेरैपल्ट आफ्नो आत्मस्वाभिमान गुमाएर पनि बाँच्न बाध्य थिए, भेाग्न बाध्य थिएँ । मैले उनले जस्तो कहिल्यै पनि जीवनलाई सूक्ष्मरूपले हेरेको रहेनछु । त्यसैले मैले उनलाई चिन्न सकेको रहेनछु । उनको आत्मा पढ्न सकेको रहेनछु । म त निर्देशनको सुगा रटाइमा रोबोटझैँ प्रत्येक क्रियाकलापलाई व्यवहारमा उतारिरहेछु । म त यन्त्रद्वारा चालित मेशिनझै जीवनसँग गाँसिने धेरै संवेदना र भावनाको मनमोहक सुगन्धबाट म धेरै टाढा रहेछु । किनभने मैले मेरो वढुवा पाउँदा उनले मलाई देखाएको व्यवहारको ठीक उल्टो व्यवहार गरेको थिएँ । मैले वढुवा पाउनका लागि धेरै उपाय, जुक्ति र हतकण्डाहरू को प्रयोग गरेको थिएँ । जसले गर्दा आज म यो ठाउँमा स्थापित भएर वरिष्ठताको वरमाला पहिरिएको थिएँ । तर आज मैले जीवनमा कहिल्यै देख्दै देखेको कुरालाई सोच्दै नसाचेको कुरा, उनले मलाइ आफ्नै हृ्रदयमा प्रतिबिम्बित पारिदिइन् । जसको चित्रणले मेरो मस्तिष्कमा कुनै दिव्यज्योति प्रकट भएको भान भयो मलाई । मैले जिन्दगीमा यो नौलो पाठ सिकेको थिएँ । जुन पाठ मैले न त गुरुबाट सिक्न पाएँ न त जिन्दगीबाट । तर म यो पाठलाई अनुकरण गर्न अर्समर्थ थिएँ । किनभने म उनीजस्तो भएर बाँच्नु भनेको मैले मेरो जागिरबाट सदाका लागि आँखा चिम्लनु थियो । ममात्र उनको आर्दशमय र स्वाभिमानी जीवनको रापिलो ताप लिन सक्दथेँ ।  उनी माथिको मरो श्रद्धा र सम्मानको चुली अझै अग्लिदै गयो । जुन अग्लाईलाई मेरो सोचाई र धाराणाले नाप्न सक्दैनथ्यो । उनको सम्झनालाई मैले मेरो हृदयमा जिन्दगीको सबैभन्दा अमूल्य संस्करणको रूपमा लाहा छाप लगाएर स्वीकारी रहेँ । त्यसै लाहाछापभित्र मेरो अन्तंस्करणका भावनाहरू जुन म उनको अगाडि राख्न चाहन्थेँ , सदाको लागि बन्द भए ।

बाँसुरीको धुन

तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए“ । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो । लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरो बुवाको नाक घोक्रेर घिरौला जत्रो भएको थियो । छोरीले राम्रो जुवाइँ पाएकी अनि विदेश गएर दुईचार लाख रूपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाँडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भावहरू छरिएका थिए ।


पहिलो दिन कति चाँडै बित्यो मलाई थाहा पत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र उत्सुकता घरको संघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । मैले आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना पुराना नमा छिमेकीको एउटा झ्यालसंग नाता गाँसिएको अनायास सम्झना गर्न पुगेँ । मेरो जीवनको पानामा त्यो झ्यालसँग अतीतका केही घटना गासिएको थियो । त्यहाँ सुधिरको चित्र थियो । मैले आमासँग सुधिरको बारेमा सोधीखोजी गरेँ । हाल सुधिर कुनै प्राइवेट स्कुलमा टिचिङ्ग गर्दैछ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमानको टहलपहल गर्नुपर्ने अभिभारा थियो । साँझ पर्‍यो, हामी खाना खाएर केही छिन सपरिवार गप्फिएर सुत्नतिर लाग्यौँ ।


राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यो बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ । मेरो श्रीमान्ले सोधे- के भयो - मैले भने- "हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै उत्तर दियो - "होला कोही आफ्नो प्रेयसीको विरहमा बजाउने ।" उसको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उसले थाहा पायो भने । हुन त हामी यस्ता कतिपय गफहरू खुल्लारूपमा गर्र्छौँ । ऊ पनि विवाहअघि आफूलाई मन पराउने केटीहरूको लिष्ट नै सुनाउँथ्यो । म पनि केही कम थिइन । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्दथ्यो । अनि अन्त्यमा मैले नै हार खानु पर्दथ्यो ।


म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहें । त्यो करुणरसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गति हुनथाल्यो । आजभन्दा करिब चारवर्षअघिको कुरो, म धकढ्य बाबुकी छोरी थिए । सुधिर उही बाँसुरी बजाउने युवक छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्षसिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । सुरुमा म उसलाई त्यति चासो राख्दिनथे“ । क्याम्पसमा आफ्नै व्याजको केटाहरू, त्यो पनि सम्पन्न परिवारको केटाहरूसँग मात्र मेरो सर्म्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको भव्यता, शान, शौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकषिर्त गरेको होला म ठान्दथेँ । तर होइन रहेछ ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलताको अनुभव गर्न चाहँदोरहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदोरहेछ । क्याम्पसमा पनि के के बहाना बनाएर मसंग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई 'साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु' भन्दथ्यो । आमा उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म वेवास्ता गर्दथेँ।


हाम्रो घरमा एकसेएक स्मार्ट र पढेलेखेको केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको भाइ, कोही भाउजूका दाजु, अनि कोही भाँडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । विस्तारै घरमा मेरो विहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइनँ । समय लम्बिदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यो झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई ऊप्रति किन हो विस्तारै दया र सहानुभूति जागेर आउँन थाल्यो । केही दिन पछि ऊ पुनः देखा पर्‍यो । किनभने उसले आफ्नो पढाइ खर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो- म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला । ममा कौतूहलता जाग्यो । कौतूहलतालाई मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ ।


उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ । मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एकदिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्‍यो । सायद गफ गर्दा डिर्स्र्टब हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नु भएको पाकोस न्' भन्दा 'हैन पाकिसक्यो' भनेर मलाई विशुद्ध झुटो बोल्यो । मैले त्यो का“चै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सर्न्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरें । उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएं । त्यही माथि यौवनका उन्मुक्त छालहरू हसीमजाकमा तरङ्गति हुने समय थियो । मैले उसलाई 'खाना खुवाउनु हुन्न' भनी ठट्टा गरे । उसले मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालई सत्य साबित गराउन 'खाना खुवाउनु हुन्न' भनेको थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चा मात्र मुखमा हालेर मिल्काइ दिएँ । उसलाई सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले सायद उसलाई चोट पर्‍यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाई । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूझिँदा पनि बजाइरहेको थियो । सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको आत्माबाट वेदनाहरू छरिएर बांसुरीको सुरसँग निस्किरहेको थियो । मलाई आत्मग्लानी भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेकी थिएँ ।


केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु पर्दथ्र्यो तर्सथ मैले उसको डेरा जाने निश्चय गरेँ ।


योजना मुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसकी आमा आउनुभएको रहेछ । ऊ निकै विमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।


"नानीको घर कहाँ हो -" उसको आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँले भन्न थाल्नुभयो- "हेर न्, नानी बाँसुरी नबजाउनू छातीको विमार छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जवरजस्ती घर जाँदा लिएर आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्नेमान्छे यसरी विमार भएर कहाँ हुन्छ र म यही समाचार सुनेर आएको नि नानी ।"


उसको आमाको कुरा सुनेर म स्तब्ध भए“, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बनाउन बाध्य गर्ने त म नै थिएँ । उसको पहेँलो अनुहार, दार्शनिक हेर्राई अनि असक्तताले मलाई पिरोल्न थाल्यो । उसको आमालाई सब कु 


रा भन्न पनि सकिनँ अनि असमञ्जस्यताको खाडलबाट उक्लदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।


मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने मेरी आमा मेरो प्रत्येक क्रियाकलापको निगरानी राख्नु हुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधिरको विषयमा भित्रभित्रै धेरै कु


रा मनन गरिरहनुभएको थियो । उहा“को पनि ऊप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भनेँ । आमाले पनि मैले भने मुताबिक नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सर्म्पर्क केही बढेकोले घरमा गाइगुइँ कुरा चल्न थाल्यो । म घरको जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैको आँखा र्सतक हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू असरल्ल छरिएका हुन्थे । त्यो समयमा छोरीलाई परपुरुषस“ग हेलमेल बढाएको राम्रो मानिदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराध जत्तिकै मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हिम्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बली दिएर सुधिरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म ऊप्रति कसरी हो धेरै नजिक हुँदै गएकी थिएँ ।


मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराए“ । ऊ मेरो सबै जसो कुरामा सहमत भयो । मैले अब उप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचा समेत गराएँ।


घरमा मेरो विवाहको कुरा चलिरहेकोथ्यो । भनेजस्तो कुलटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाह पश्चात म दुइपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिनँ । त्यसपछि म तीन वर्षा लागि विदेशिएको थिएँ ।


अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर ऊसँग भेटेर गफ गर्ने निश्चय गरेर निदाउन प्रयत्न गर्न थालेँ ।


विहान म उसको कोठामा पुगेँ। कोठामा ताला लगाइएको थियो । म छक्क परेँ । यति विहान ऊ कहाँ गयो भनेर । मैले उसको घरवेटीलाई सोधेँ। उसको घरवेटीले मेरो हातमा सानो पत्र राखिदियो ।


'सानु म तिम्रोजीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु ।तिम्रो सफल जीवनको लागि शुभकामना - उही सुधिर ।'


पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँलागि विदा भएँ। मन एक तमासको भइरह्यो । सुधिरको अनुहारले पछ्याइरह्यो......। उसले भनेझैँ लाग्यो - 'अब मेरो लागि कुनै सोधखोज नगर्नू ।'


बालसाहित्यमा शर्मिलाको क्रियाशीलताः सर्न्दर्भ उपन्यास र एकाङ्कीको

डा.टङ्कप्रसाद न्यौपाने 

१.विषय प्रवेशः
कथा, कविता र केही विचारप्रधान लेखहरूबाट नेपाली भाषा र साहित्यमा प्रवेश गरेकी शर्मिला खड्का -दाहाल-२०२३) पहिलो बाल उपन्यास सानी-२०६०) देखि बालसाहित्यमा क्रियाशील देखिएकी छन् । प्रवेशकालमै पहिलो उपन्यासले नै साझा बालसाहित्य पुरस्कार प्राप्त भएबाट पनि उनमा क्रियाशीलताको प्रेरणा प्राप्त भएको देखिन्छ । सानी उपन्यासको दोस्रो भाग सानीको साहस-२०६३) ले समेत अन्तर्राष्ट्रय नेपाली समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर सन् २००७ प्राप्त हुनाबाट शर्मिलामा बालसाहित्य लेखन र प्रकाशनमा ऊर्जा थपिएको पाइन्छ । परिणमतः बालसाहित्यका करिब एक दर्जन पुस्तकहरू प्रकाशित र प्रकाशोन्मुख अवस्थामा रहेका देखिन्छन् । बालसाहित्यका विधागत विविधतालाई समेट्ने उनको प्रयासपनि उत्तिकै सकारात्मक हुन पुगेको छ । सानी, सानीको साहस, सिन्केको सफलता, मित्रताको महत्व, आदि प्रकाशित भइसकेका बाल उपन्यास हुन भने साने बन्यो शान्तबहादुर, सुरिया र भकुल्ले,स्वणिर्मा तथा सुइरे र भुइँफुट्टे हास्यात्मक बालउपन्यास प्रकाशनका तयारीमा रहेको बुझिएको छ । त्यसैगरी बालएकाङ्कीसंग्रह उज्यालो बाटो शिक्षाको कृतिहरूले शर्मिलाको सिर्जनशील व्यक्तित्वलाई प्रकाशित गरेका छन् । यसरी बालसाहित्यमा शर्मिलाका हस्ताक्षरबाट यस क्षेत्रमा नयाँ सम्भावना देखा परेको छ ।
१.१ बालसाहित्यः परिचय र आवश्यकताः
विभिन्न आधारमा सहित्यको वर्गीकरण गरिने सर्न्दर्भमा सृजन तथा पठन, पाठकीय केन्द्र वा लक्षित समूहका आधारमा साहित्यलाई बालसाहित्य र साहित्य -प्रौढ) गरी दुइ शाखामा राख्ने गरिन्छ । अङ्गे्रजीमा राइटिङ्ग फर चिल्ड्रन वा चिल्डे्रन्स बुक भन्ने नाममा बालसहित्यलाई बुझने गरिन्छ । नेपालीमाचाहिँ बालसाहित्य नाममा दुई अर्थलाई लिने गरिन्छ । बालबालिकाका लागि साहित्य र बालबालिकाद्धारा लिखित साहित्य । अहिले चलचित्र, मूर्तिकला, चित्रकलाका कला बालबालिकालाई बालकलाकार र बालबालिकाका पत्रकारितलाई बालपत्रकारिता भनिँदैछ भने बालबालिकाद्धारा लेखिएका साहित्यलाई र बालबालिकाका लागि लेखिएको साहित्यका बीच विभेदक अर्को नाम अझै जुरिसकेको देखिँदैन । यस स्थितिमा अहिले बालबालिकाका मानसिक र बौद्धिक क्षमताका अत्तिरिक्त विस्तारका लागि तदनुकुल शैलीमा लिखित साहित्यलाई मात्र बालसाहित्य भनिन्छ । यस अनुसार बालसाहित्य बालबालिकाका लागि अत्तिरिक्त सामग्री हो, पथ्य खुराक हो, औपचारिक पाठ्यसामग्री होइन । पाठ्य सामग्री तथ्याकत शैलीमा सूच्य एवं सीमित हुन्छ भने बालसाहित्यचाहिँ तिनै तथ्यमा आधारित रहेरपनि त्यसका असीमित सम्भावनालाई र समय रोचक ढाँचामा प्रस्तुत गरिने हुन्छ पाठ्यपुस्तकका सँसारभन्दा बाहिर बालपुस्तकको अर्कै संसार पनि छ र बन्ध-२०४८ः२) यसैले बालबालिकाहरूमा पठनकार्यप्रति अभिरुचि जागृत गर्न, विचारशक्तिको परिवर्द्धन गर्न , शब्द भन्डारलाई विस्तार गर्न एवं जीवन र जगत्का बहुमूल्य ज्ञानको अभिवृद्धि गरी रचनात्मक दष्टिकोणको परिवर्द्धन गर्न पनि बालसाहित्यको महत्वपूर्ण भूमिका रहने तथ्य निर्विवाद छ प्रधान २०६१ः२७) । अहिले ज्ञानको क्षेत्र वयस्क र प्रौढहरूका लागि फराकिँदै जाँदैछ भने बालबालिकाका लागि विश्व साँघुरिएको छ । उनीहरू यन्त्रमानव बनाउँदै गएका देखिन्छन् । खास गरेर अङ्ग्रजी माध्यममा आफ्नो सन्तानलाई पढाउन अभिभावकहरूको तीव्र अभिलाषा र विद्यालयहरूमा नेपाली बोल्नसमेत प्रतिबन्ध लगाइएको स्थिति तथ आधुनिक गुणस्तरीय ज्ञानका नाममा बढ्दो विदेशी सभ्यता र संस्कृतिर्फ अभिमुख गर्ने वर्तमान शिक्षा प्रणालीका सांस्कृतिक दासत्वले गर्दा बालबालिकाका जिज्ञासाहरू नेपाली समाजका प्रतिकुल भइरहेका छन् भने यान्त्रिक परनिर्भरता समेतले उनीहरूका सिर्जनशीलतामा सीमा लगाएको छ । नेपालको यस जटिल विसङगत परिस्थितिबाट बालबालिकाका सम्भावनालाई जोगाइराख्न अत्तिरिक्त पूरक सामग्रीका रूपमा बालसाहित्यको अनिवार्यता देखिन्छ । यस्तो साहित्य कोमल संवेदनाले भरिएका र बालबालिकासँगका सान्निध्यमा रहेर उनीहरूको मनोविज्ञान बुझेकाले मात्र लेख्न सक्छन् । बालबालिकाको मनोविज्ञान बुझने क्षमता प्रकृतिले महिलालाई बढीदिएको छ । यस पर्रि्रेक्ष्यमा केही समय उनीहरूकै सामीप्यमा शिक्षण पेशामा संलग्न शर्मिलालाई सहजत छँदै थियो । त्यसबाट उद्बुद्ध संवेदनालाई अभिव्यक्त गर्न बालसाहित्यमा प्रवेश गर्दै निरन्तरता दिनु हाम्रा बालबालिकाका लागि सुखदसमेत भएको छ ।
१.२ बालसाहित्यको विद्यागत प्रसङ्गः
साहित्यका विद्याहरूजस्तै बालसाहित्यमा पनि अनेक विद्या विकसित हुँदै गएका छन् ः बाललोकगीत, शिशुगीत, बालकविता, बाललोककथा, बालकथा, बालउपन्यास बालनाटक, एकाङ्की  आदि, शर्मिलाले कविता, कथा, उपन्यास र एकाङ्की गरी चार विद्यामा हस्ताक्षर गरेपनि प्रस्तुत प्रसङ्गलाई दुई विद्यामा केन्द्रित गरिएको छ ः बालउपन्यास र बालएकाङ्की । यस चर्चामा परेका दुई विद्याका कृतिहरू यी हुन् ः बालउपन्यासमा सानी, सानीको साहस, मित्रताको महत्व र सिन्केको सफलता एवं बालएकाङ्की संग्रगहमा उज्यालो बाटो शिक्षको आदि हुन् ।
१.३ बालउपन्यास परम्परामा शर्मिलाको उपस्थिति र उनका उपन्यासहरूः
शर्मिलाको बालउपन्यासकारिताको स्थान निर्धारण गर्न यहाँ संक्षेपमा बालउपन्यास परम्पराको र्सवेक्षण गरिएको छ । यसपछि उनका उपन्यासहरूको संक्षिप्त चर्चा गरिएको छ ।
१.४ बालउपन्यास परम्पराः
बन्धुु-२०४२ः२९) ले दिएका जानकारी अनुसार हरिहरनाथ रेग्मीद्धारा लिखित युरोपेली उपन्यासको कथासार-२०१५) पहिलो बालउपन्यास देखिएको छ । जसमा युरोपका केही उपन्यासको कथा संक्षेपमा प्रस्तुत गरिएको छ । यसपछि चन्द्रबहादुर थापाको छोटकरी रामायण-२०२१), प्रकाश कोविदको बालरामायण-२०२२), कविता शशिको सरल बालरामायण-२०२८) देखिएका छन् । तर यी सबै मौलिक भएर पुनः कथन मात्र भएकाले-प्रधान २०६१ः१०८) पहिलो नेपाली बालउपन्यास भद्र थापा सावीको सानु-२०२२) मानिएको छ । तथापि यो अप्राप्य भएकोले शङ्कर कोइरालाको नदी गीत गाउँछ-२०२८) ले पहिलो प्राप्य नेपाली बालउपन्यास हुने अवसर पाएपनि विशृङ्खलित कथावस्तु, अनेक पात्रपात्राको जमघट, बालबालिकाका मानसिक स्तरभन्दा माथिल्लो तहको जटिल चरित्र र स्तर अनुकुल भाषा नभएकाले यो आंशिक बालउपन्यास हुन पग्यो -पराजुली २०५८ः२३) । त्यसैैले प्रधान-२०६१ः१०९) ले २०२९ मा प्रकाशित शेष मानन्धरको सिरूकी बाख्री र अन्जनादेवी भट्टर्राईको रामु र श्यामुको बहादुरी लाई प्रथम दुई बालउपन्यास मानेका हुन । यस क्रममा कवितारामको वनदेवी-२०३६), पानीको थोपा-२०३८), कमिलाको कथा-२०४८), अनौठो यात्रा-२०५८), मालीको यात्रा-२०५९), रमेश विकलको विक्रम र नौलो ग्रह-२०३९), मोदनाथ प्रश्रतिको चोर-२०४३), गोपाल पराजुलीको एकदिनको यात्रा-२०५८),कार्तिकेय घिमिरेको भूतराज-२०५८), डरलग्दो राक्षसको खोजी-२०५८), अचम्मको देश-२०५९), विजय चालिसेको मङ्गल ग्रहमा विज्ञान-२०६०) जस्ता डेढ दर्जन बालउपन्यासहरूको प्रकाशक परम्परामा सानी-२०६०) मा शर्मिलाको उपस्थिति देखिन्छ । बालउपन्यास लेख्ने महिलाहरूमा अञ्जनादेवी भट्टर्राई, प्रेमा शाह, कल्पना प्रधान, रञ्जुश्री पराजुली, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेतीहरूका क्रममा सातौँ महिला उपन्यासलेखिकाका रूपमा शर्मिलाको स्थान निर्धारित भएको छ । यसभन्दा पनि नेवपाली बालसाहित्यमा धारावाहिक उपन्यास लेखिकामा प्रथम स्थान लिने शर्मिला नै देखिएकी छन् ।
यहाँ उनका प्रकाशित चार बालउपन्यासको संक्षिप्त चर्चा गरिएको छःः-
क) सानी-२०६०
२०६० को साझा बालसाहित्य पुरस्कार प्राप्त शर्मिलाको पहिलो बालउपन्यास सानी का तीन संस्करणमा आठ हजार प्रतिहरू बिक्री भइसकेको देखिनाले उपन्यासको लोकप्रियता प्रमाणित भइसकेको छ । दश परिच्छेदका वा शिर्षकहरूमा संगठित यो उपन्यास एक्काईस पृष्ठभित्र मुद्रित छ । बढीमा चार पृष्ठसम्मका सबै परिच्छेदहरू सचित्र छन् । चिल्लो आकर्ष गाता राम्रो कागतले पनि पुस्तक बालबालिकाका लागि आर्कषित भएको छ । यसरी साजसज्जाका बाह्यकता पक्षमा सानीको सौर्न्दर्य प्रकटित भएको छ ।
सात-आठ वर्षी सानीको आमाको मृत्यु सानैमा भएकाले अज्ञानी सानीलाई  आमाका वात्सल्यको अभाव खट्कनु स्वभाविकै हो । त्यो अभाव पूरा गर्न बुबाले अर्को विहे गर्दछन् । नयाँ मम्मीबाट वात्सल्य पाउँदा-पाउँदै बुबाको सरुवा भएकाले विछोड हुँदा चिन्तित सानी विरामी पर्छे यो बालमनोविज्ञान अनुकूलको घटना हो । सानीको अस्वस्थताका कारण बुबासँगै मम्मी घर फर्किएपछि सानी निको हुन्छे । यसरी छोटा कथानकमा संरचित यस उपन्यासले बालबालिकाका लागि आमाको महत्व दर्सन्छ । र सानीका चरित्रबाट आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने सन्देश दिइएको छ ।
ख्ा) सानीको साहस-२०६३
सानीको दोस्रो भाग सानीको साहस पनि दुवैसालमा दर्ुइ संस्करणमा ३५०० प्रतिहरू विक्री भइसकेको र अन्तर्राष् ट्रय सर्वोष्कृष्ट नारी हस्ताक्षर सम्मान-२००७ प्राप्त गरेको उपन्यास हो । सानी जस्तै सुन्दर साजसज्जामा आएको यस दोस्रो बालउपन्यासको थप पक्ष भनेको पुस्तकका अन्तमा बालबालिकाबाट पाठक प्रतिक्रिया माँगिनु हो । यसबाट पनि पुस्तक उपयोगी बन्दै गएको बुझिन्छ ।
सानी पहिलेभन्दा ठूली हुँदै गएकीले होला पुस्तकका आकारमा पनि वृद्धि भएको छ । यसमा ७७ पृष्ठ र २६ परिच्छेद वा शीर्षकहरू छन् । यो केही ठूलो भएजस्तो देखिन्छ ।
· निको भएकी सानीकी वुवा र मम्मीसँगै काठमाडौँ जाँदा रात्रिबसमा भएको डकैती, सहरका चोरी, फोहोर, धनी-गरिब, गाउँले-सहरियामा हुने असमानताहरू बोर्डिङ् स्कुलमा नेपाली भाषाप्रतिको उपेक्षा लगायत दशैँ, छाउपडी प्रथा, गरूपूणिर्मा, माओवादी जनयुद्ध कालका अपहरण र सैनिक भिडन्त जस्ता कुराको अनुभव गर्छे यस्ता कुराबाट बालबालिकामा आफ्ना भाषा र संस्कृत्रि्रतिको प्रेम र समसामयिक ज्ञान दिा ओजिएको देखिन्छ । यो सकारात्मक पक्ष हो । यस उपन्यासको अर्को उल्लेखनीय पक्ष पराशक्ति मानिएको तन्त्रमन्त्रप्रतिको विश्वास हो यस उत्तरआधुनिक विज्ञान र प्रविधिको यथार्थवादी युगमा मध्यकालीन उपन्यासमा जस्तै जादु, तन्त्रमन्त्रको प्रयोग गरिनाले तिनीहरूबाट बालबालिकामा अन्धविश्वास बढ्ने हुँदा प्रगतिवादी समालोचकउहरू जस्ता सामग्रीका प्रयोगको निषेध गर्दछन् । तर रमेश विकल यस्ता प्रयोगबाट बालबालिकामा कल्पनाशक्तिका विकासमा सहयोग हुने ठान्दछन् । यहाँ शर्मिलाले सचेत रूपमै यस्तो प्रयोग गरेको बुझिन्छ । बालबालिकाहरू यथार्थपरका काल्पनिक कुरा रुचाउँछन् । कल्पनाबाट उनीहरू उत्तेजितपनि हुने गर्दछन् । उपन्यासमा बेलाबेलामा शान्तिमाता र अशान्तिमाता प्रकट भएर सानीलाई आफूतर्फ आकषिर्त गर्न खोज्छन् । यी काल्पनिक माताहरू हामीभित्रै उब्जने नराम्रा भावनाहरू हुन् । समय, ठाउँ वा अवस्थाले. अशान्ति माताको विजय हुन्छ । यहाँ औतारी बाघमुखे बाबाका प्रसङ्गबाट जन्म-जन्मान्तरप्रति पनि विश्वास गरिएको छ । सत्यर्साईबाबा, उनका पर्ूवजन्मका सिरडीर्साई बाबा र अब आउने प्रेम र्साई समेतका सर्न्दर्भले गर्दा पूर्वजन्म मिथ्या होइन भन्ने लेखिकाको विश्वास हो । विश्वास विश्वासै हो, सबैबाट आ-आफ्नै विश्वासका आधारहरू हुन्छन् । जे भएपनि, यस्ता प्रसङ्गहरूले सानीको साहसमा रोमाञ्चकता, कौतूहल र मनोरञ्जानत्मक ल्याएर पठनीय बनाउनमा सहयोग गरेका छन् । त्यसैले पस्तुत बालउपन्यास पठनीय र प्रिय हुन पुगेको हो खास गरेर बालबालिकामा आत्मविश्वास बढाउन र असल सोच भयो भने अन्यशक्ति वा परिस्थिति ले पनि साथ दिन्छ   भन्ने भावना जागृत गर्न सानीको साहस उपयोगी बालउपन्यास भएको पाइन्छ । यसैले यसको विक्री राम्ररी सम्भव भएको हो ।
ग) सिन्केको सफलता-२०६४
शर्मिलाको तेस्रो बालउपन्यास सिन्केको सफलता समसामयिक विषयवस्तुमा आधारित छ । माओवादी जनयुद्धताका भोजपुरका भिडन्तमा आमाबाबु राज्यका सैनिकद्धारा मारिएपछि अनाथ भएका सिन्केले मावल पुगेरपनि सुख पाउँदैन । मामा उसलाई नोकर बनाएर मात्र राख्न खोज्दै अनेक मानसिक प्रताडना दिन्छन् । सिन्के त्यहाँबाट निस्किएर होटलमा श्रम गर्न थाल्दा सिन्केको यस अवस्थाले सहरका होटलहरूमा काम गर्ने बालकहरूको परिचय दिएको छ । होटलमा काम गर्दा-गर्दै एकजना धनी मानिससँग उसको सर्म्पर्क हुन्छ । त्यस धनी मान्छेकी पत्नी छोरो कृष्ण हराएकामा अर्ध-विक्षिप्त भएकी हुँदा उसलाई स्वास्थ बनाउन कृष्णका रूपमा घर लगेर धर्मपुत्रका रूपमा पाल्न थाल्दछ । सिन्केलाई आफ्नो छोरो कृष्ण भन्ने ठानेर आमा पनि स्वस्थ हुँदै जान्छिन् । उता स्कुल पढ्न थालेको सिन्केचाहिँ कृष्ण हराएको कारण पत्ता लगाएर उसलाई घर फर्काउन कम्प्यूटर, रोबोट आदिको प्रयोग उपयोग गर्दै सिन्के पृथ्वीलाई नै बचाउने प्रयासमा क्रियाशील हुन्छ । यसरी तेस्रो बालउपन्यासमा निरन्तर क्रियाशील हुन र वैज्ञानक शिक्षा दिन उपयोगी भएको देखिन्छ ।
घ) मित्रताको महत्व-२०६४
दुइ मानवीय पात्र मबहादुर र हामीबहादुर तथा दुई मानवेतर पात्र भ्यागुतो र कछुवाको प्रयोग भएको मित्रताको महत्वमा मित्रता र दीगो विकासका अवधारणालाई सरल शैलीमा प्रस्तुत गरिएको छ । नाम अनुसार मबहादुर स्वार्थी छ, क्षणिक प्राप्तिमा रमाउँछ, त्यसैले ऊ भ्यागुतो जस्तै कुवाको व्याङ हो । तर हामीबहादुरमा सामूहिक भावना छ , ऊ तत्कालिन आनन्दभन्दा दीगो सुख चाहन्छ, त्यसैले ऊ कछुवाजस्तै छ, हामीबहादुर कछुवाका सहयोगमा लामो विकास यात्रामा हिँड्छ । परिणामस्वरूप एकता नामकी केटीसँग विहे भएपछि विकास, प्रगति, सुशिल, विवेक, बुद्धिबहादुर नामका सन्तानहरूजन्मन्छन् । हामीबहादुरलाई समुद्रपारका सभ्य, सुशिक्षित गाउँमा पुर्‍याउन कछुवाले सहयोग गर्दछ । यसरी नीति कथा, अंशतः लोककथा समेतबाट प्रभावित हुँदै समसामयिक विषयवस्तुको आख्यानीकरण, वैज्ञानिक सामग्रीका उपयोगको परिवेश, बालबालिकाकै पात्र प्रस्तुति र सरल बालसुलभ शैलीका कारण शर्मिलालाई सफल बालउपन्यास लेखिकाका रूपमा चिन्ने अवसर प्राप्त भएको छ ।
१.५ बालएकाङ्की परम्परामा शर्मिला र उनको बालएकाङ्की समूहः
 व्यवहारवादी मनोविज्ञानम अनुसार बालबालिकामा भाषाप्राप्ति ज्ञानको सिकाइ अनुकरणबाट हुन्छ । साहित्य स्वयंमा जगत् र जीवनको लेखकीय अनुकरण हो भने त्यसको पाठकीय अनुकरण नाटक हो । नाटकमा कायिक, वाचिक, सात्विक र आहार्य चार किसिमले आनुकरण गरिन्छ । बालबालिकाको अनुकरणशीलता र सिर्जनाका प्रकृतिअनुसार एकाङ्की वा नाटकको विकास हुनुपर्ने भएपनि काव्यहरूमध्ये नाटक रम्य मानिएपनि यसमा स्रष्टाले प्रत्यक्ष उपस्थितिको अवसर नपाउने हुँदा प्रस्तुतिमा निकै समस्या हुन्छ । संभवतः यस्ता सीमाले गर्दा नेपाली बालनाट्यलेखन निकैपछि परेको छ ।
रमेश विकलद्धारा लिखित र साझा प्रकाशनबाट २०३७ सालमा प्रकाशित सात थुङ्गा पहिलो बालएकाङ्की संग्रह देखिएको छ । यसपछि गेहेन्द्रमान उदास पोखरेलीको शाहबंशका पाँच प्रमुख राजा -२०४२), विजय चालिसेको बादलका बुट्टाहरूमा -२०५२), सरुभक्तको बालबालिकाहरूका नाटक -२०५३) लगायत करिब एक दर्जनजति मात्र बालनाटक एकाङ्कीका परम्परामा शर्मिलाको उज्यालो बाटो शिक्षाको -२०६४) प्रकाशित भएको छ ।
उज्यालो बाटो शिक्षाको एकाङ्कीहरूको संकलित स्वरूप हो पहिलो एकाङ्की यो कसको पीडा मा बुवा माओवादी सेनामा भर्ना भएपछि कमाएर खुवाउने व्यक्तिका अभावमा बुबा खोज्न जाँदा बम विस्फोटबाट रक्ताम्य भएकी आमाको चित्रण छ । यसरी राज्य र माओवादी दुइ ठूलाबडाका लडाइँमा बालबालिकाले नै पीडा भोग्नु पर्दछ भन्ने कथ्य प्रस्तुत गरिएको छ । दोस्रो एकाङ्की सम्भव-असम्भव मा नेताहरूले नसिकाउँदा अन्धा, नचाहिँदा आश्वासन पाउँदा पाउँदा सुन्नै नसक्ने बहिरा र ढुङ्गामूढा गर्न सिकाइएर लङ्गडा भएका नेपाली जनताका चित्रणद्धारा नेताहरूप्रति मीठो व्यङ्ग्य गरिएको छ । यसको निष्कर्षहोः चुनाव जित्ने क्षणिक र तुच्छ वैयक्तिक स्वार्थका लागि बालबालिकालाई हतियारका रूपमा प्रयोग गर्नु हुँदैन । यसैगरि तेस्रो एकाङ्की हाम्रो दायित्व मा बिग्रिएका बच्चालाई सुधार्न शिक्षकको दायित्व हो भनिएको छ भने चौथो उज्यालो बाटो शिक्षाको एकाङ्कीमा पढ्ने भन्दा नपढ्नेहरूले धेरै पैसा कमाएका छन् भन्ने भ्रान्त धारणाले गर्दा बिग्रिएका केटाले दुःख पाएपछि चेत फिरेको देखाइएको छ । यस्तै जनस्वास्थ्य अदालत एकाङ्कीमा अदालती बहसका शैलीमा सफा पानी पिउने र सडेगलेका कुरा नखाने भन्ने सन्देश दिइएको छ । लुरेको सफलता यो एकाङ्की यस संग्रहको अन्तिम एकाङ्की हो जसमा अर्काको धान काटेरपनि पढेर राष्ट्रिय पुरस्कार प्राप्त गर्ने लुरेका चित्रणबाट श्रम र अध्ययनको महत्व दर्शाइएको छ । संक्षेपमा समसामयिक सामाजिक विषय र पात्रका द्धारा अपसंस्कृतिको विरोध, बालबालिकामा राजनीतिकरणको निषेधन, राजनैतिक विसङ्गति जस्ता कुरालाई बालबालिकाबाट ग्राहय हुने भाषाबाट अभिव्यक्त गरिएको पाइन्छ । अदालती शैलीको प्रयोग यस एकाङ्की संग्रहको अर्को विशेषता हो ।
१.५ निष्कर्ष
निष्कर्षः नारीमनअनुसार बालबालिकाका परिवेश र तिनीहरूबाट उनीहरूले भोगेका पीडा तथा उनीहरूमा अपेक्षित चारित्रिक विकासको उपयुक्त सन्देश प्रसार गर्न शर्मिलाले बालसाहित्यमा राखेको रुचि, विषय र कथ्यको चयन तथा प्रस्तुतिकरणमा बालसम्प्रेषणीय भाषाशैली जस्ता कारणले यस क्षेत्रमा उनको मौलिक विशिष्ट स्थान निर्माण हुने विश्वास गर्न सकिन्छ ।
-१) सर्न्दर्भ विविध कृतिबारे
-१) प्रधान, प्रमोद २०६१, नेपाली बालसाहित्यको इतिहास, काठमाडौँः विवेक सिर्जनशी प्रकाशन प्रा.लि. ।
-२) पराजुली, कृष्णप्रसाद २०५८, चर्चा नदीगीत गाउँछको, दायित्व वर्ष१५, पूर्ण्ााङ्क ४१ ।
-३) बन्धु, चूँडामणि र अन्य २०४२, नेपाली बालसाहित्यको र्सर्वेक्षण, नेपाली शिक्षण समिति, त्रि.वि. ।
-४) बन्धु, चूँडामणि २०४८, विद्यालयमा बालसाहित्य, बालसाहित्य ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।