October 23, 2009

मनको कुनामा

मनको कुनामा बाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ

हावा आउँदा सुभाष चल्छ तिम्रो अधरको
खोजी हिँड्छु आफूभित्र लुकी हिँड्ने को हो
छायाँ बनी पछ्याउछ यो मन तिम्रो समिपको
तिमी बिनाको यो मन औशीको रातझैँ भो

कहाँ दुख्छ के ले यो मन थाहा पाउनै सकिनँ
तिमी पराइ हौ भनेर भन्नै सकिनँ

मायाको सागर साह्रै नै गहिरो पौडन गाहो भो
पानी बिनाको माछा सरी यो जिन्दगी साह्रो भो
जहाँ जाऊ जे गरु याद आउँछ सधैँ तिम्रो
ढुकढुकीले बोल्छ तिमी नै मेरो आत्मा हौ

मनको कुनामाबाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ

8 comments:

Namrata Gc said...

गीत राम्रो लाग्यो । अभै लेख्नुहोला ।

shakhada said...

Thank you Namrata jee . khusi lagyo .

रोस्मन राई दोहा said...

कविता निकै राम्रो लाग्यो । पहिले भन्दा अहिले कमेन्टका लागि धेरै
सजिलो भयो । मलाई ब्लग चलाउन नआउने भएकोले कमेण्ट दिन गा¥हो भैरहेको थियो । कमेन्ट नेपालीमा लेख्न पनि सजिलो भएको छ । अब त्यस्तो समस्या रहेन ।

शर्मिला जी, तपाईको लेखहरु विगत एक हप्तादेखि निरन्तर रुपमा पढ्न पाइरहेको छु । नयाँ लेखहरु भएँ प्रकाशित गर्नुहोला । म प्रवासी नेपाली हुँ । तपाईको ब्लग निरन्तर रुपमा हेर्दै आएको छु । निरन्तरताको शुभकामना छ तपाईलाई ।

rajendra nyaupane said...

कविता निकै राम्रो लाग्यो । शर्मिला दिदी, तपाईको लेखहरु नयाँ लेखहरु निरन्तर रुपमा हेर्दै आएको छु । निरन्तरताको शुभकामना छ तपाईलाई ।

यदुनाथ ज्ञवाली said...

शर्मिला जी,
समयको अभाव ले गर्दा हजुरले लेखेका कथा, शाहित्यहरू पढ्न भ्याएको छैन, तर जुन पनि पढेको छु त्यो रचनाले मेरो मुटु छोएकै छ।

Shakhada said...

धन्यवाद नम्रताजी, रोस्मनजी, राजेन्द्रजी र यदुनाथजी...खुसी लागेको छ । व्लग हेर्दै गर्नुहोला अझै धेरै रचना आउऩ वाकी छ प्रत्येक शनिवार नया रचना अपलोड हुन्छन हेर्नु होला ।

Anonymous said...

दिज्यु दर्शन,
ह्जुरको सबै लेखहरु रमाइलो लाग्यो। यो गीत पनि राम्रो लाग्यो । महेसको दिदी जस्तो लागिरहेको छ,धरान ८ अनी बुवाको नाम ले गर्दा । यदी हो भने महेश र म सँगइ कलेज मा थियौ तर उस्ले कहिले पनि भनेन हजुरको बारे मा । आज हजुरको लेख पढ्न पाउद म धेरै खुशी भएहको छु।
सबै लेख हरु लाई निरन्त्रता दिने छु, ।
भाई :
सन्तोष खड्का ।ब्रुस्सेल्स ।

शखदा said...

सन्तोश भाइ म महेसको दिदी नै हु । भेट भयो खुसी लाग्यो । मलाइ पनि थाहा तपाइको बारेमा । मेरो धेरै धेरै शुभकामना छ । बसेल्समा यताको नेपाली निकै हुनुहुन्छ क्यार होइन । विमल गिरी सग मेरो पनि मेरो परिचय छ । उहा गीतकार हो भेट भयो भने मेरो कुरा गर्दा हुन्छ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।