December 14, 2009

विवशताको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले...

मेरो पात्रको प्रेमकथा र म

ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, "तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ - तिमीहरू समाज डोर्याउने सपना देख्छौ अनि विपनामा शब्दका विगुल फुक्छौ । खोइ डोर्यायौ समाज - नत्र भने बारुद गोलीको मात्र कुरा गरेर समाजलाई जङ्गल मुक्ति र आन्दोलनको भयावह विपत्तिबाट प्रेम र आदर्शको परिकल्पनामा किन तान्न सक्दैनौ तिमीहरू - तिमीहरू समाजका दास हौ । त्यसैले समाजका विक़तिहरूलाई जलाएर खरानी पार्नुको सट्टामा धुपौरे बनी बालिरहन्छौ ।" ऊ अर्थात् मेरो पात्र,...

भावनाको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले मलाई मेरा पात्रहरूले दुर्इटा आरोप लगाएका छन् । त्यो के भने मैले नारी पात्रलाई मात्र विषयवस्तु बनाई कथा लेखे रे अर्को आरोपचाहिँ मेरो कथामा लेखकीयप्रवृत्ति अगालिएका कथालाई मात्र मान्यता दिए रे । यो आरोप मलाई पात्र मात्र हैन पाठकहरूले पनि लगाउने गरेका छन् । वास्तवमा कथाकार जुन परियिस्थतिमा बाँचेको हुन्छ, जुन धरातलमा उभिएको हुन्छ त्यसको प्रभाव उसमा परेको हुन्छ । त्यसैले उसको लेखनमा सशक्तताका साथ त्यो परिस्थितिको चित्रण जीवन्त भएर आएको हुन्छ र उक्त कथाकार सफल पनि हुन्छ । यसका थोरै उदाहरण म यसरी दिन चाहन्छु - फ्रान्सका...

December 3, 2009

अनुभूतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईसँग भेट भएको थियो । अपरिचयताको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् । मेरा कथाहरूलाई प्रतिउत्तर दिनु भएको हुनाले तपाईँसँग मेरो एक प्रकारको भावनात्मक सम्बन्ध गाँसिँदै गएको महसुस मैले गरेकी छु । किन हो हिजोआज म कुनै अतृप्त प्रेमको भोकी भएकी छु । लेखनमा भएको सक्रियतासँगै मेरा भावना, अनुभूतिहरू आकाशमा बतासिइरहेका छन् । मेरा सोचाइहरू अनियन्त्रित...

अनुभूतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईसँग भेट भएको थियो । अपरिचयताको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् । मेरा कथाहरूलाई प्रतिउत्तर दिनु भएको हुनाले तपाईँसँग मेरो एक प्रकारको भावनात्मक सम्बन्ध गाँसिँदै गएको महसुस मैले गरेकी छु । किन हो हिजोआज म कुनै अतृप्त प्रेमको भोकी भएकी छु । लेखनमा भएको सक्रियतासँगै मेरा भावना, अनुभूतिहरू आकाशमा बतासिइरहेका छन् । मेरा सोचाइहरू अनियन्त्रित...

आत्मालापको क्यानभासमा

कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु । मेरो पात्र भन्दै छ - कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी छु । त्यसै पनि तपाईँले मलाई आफ्नो कथाको प्रमुख पात्रमा नराखेर मलाई अन्याय गर्नुभएको थियो । जसरी तरकारी बेच्ने पसलले मूल्य विनाको तरकारी थोरै छेउमा राखेको हुन्छ, जसरी एउटा फिल्म निर्देशकले् सानो भूमिका दिएर चलचित्रमा खेलाएको हुन्छ, जसरी एउटा मासु पसलले मासुको भाउ बेग्लै तोकी मूल्यविनाको टाउको र खुट्टा बेग्लै बेच्ने...

पुनर्निर्णय

वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ । भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हुन्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाँइदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ । मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना...

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।