जब म शारीरिक थकाइले चुर हुन्छु अनि क्रियाशील मस्तिष्कमा बौद्धिक ज्ञान घुसाउन अर्समर्थ हुन्छु तब म सिर्जनशील मस्तिष्कमा कल्पनाका तारहरू बुन्न थाल्दछु । बुन्दाबुन्दै एउटा राम्रो जाल बनाउन पुग्दछु अनि त्यही जालमा कथाको पात्रलाई माकुराले सिकार पारेजस्तै सिकार बनाउँछु । त्यो पात्र जोकोही पनि हुन सक्छ । एउटा अथवा एउटा भन्दा धेरै पनि । कल्पनाको जालो म मेरो परिवेशको वरिपरि नै बुन्छु । तर म यसलाई यति मजबुत बनाउन चाहन्छु कि कुनै पनि व्यवधानले यो नचुडियो्स । मजबुत बनाउने क्रममा वर्षौ लाग्न पनि सक्छ अनि केही समय पनि । तर म सधैँ कल्पनाको तार मात्र बुन्दिन । कहिलेकाहीँ विगत वा वर्तमानको यथार्थलाई नै तार बनाएर बुन्न पनि थाल्छु । यस्तै बुन्ने क्रममा धेरै समय देखि स्मरणको कुनामा थन्किएको अनि मजबुत जाल बुनेर फँसाउन नसकेकी पात्र हुन( मेरी अजी (नेवारीमा आमाको आमा० आज तिनै श्रद्धेय अजीलाई म मेरो साहित्यको शब्दजालमा फँसाएर सबैलाई उहाँको व्यक्तित्वसँगै चारित्रिक रसास्वादन गराउन चाहन्छु ।
मेरी अजी मलाई असाध्यै माया गर्नुहुन्थ्यो । अन्य नातिनातिनाभन्दा मलाई विशेष ख्याल र माया गर्नुहुन्थ्यो । मेरो आस्था र श्रद्धाको चुलीमा सधैँ मैले मेरी अजीलाई राखेकी थिएँ र छु पनि । हुन त मेरी अजी कतिजनाको लागि कडा स्वभावको, रिसाही र अव्यावहारिक पनि हुनुहुन्थ्यो । तर मेरा लागि सध“ै कोमल हृदय भएकी र दयालु नै हुनुभयो । मलाई कहिल्यै रिसाएर र झर्केर बोल्नुभएन । उहा“को रिसाउने र र्झकने बानी थियो । त्यो स्वाभाविक पनि थियो । किनभने मेरी अजीले धेरै दुःख र पीडालाई गुम्साएर राख्नुभएको थियो । त्यही दुःख र पीडा रिसमा परिणत भएर पोखिन्थ्यो । तीस वर्षो बै“समा मेरो अजाले उहा“लाई चारवटी छोरी जिम्मा लाएर परलोक जानुभएथ्यो । अजा खस्दा उहा“की कान्छी छोरी छ महिनाकी मात्र थिइन रे । अजी एक्लैले धेरै बुहार्तन खपेर चारवटी छोरीलाई हर्ुकाएर राम्रै घरजम गराउनुभएको थियो । छोरीहरूलाई केही भन्यो भने पोथी कुखुराले उसका चल्ला छु“दा ठाडै जाइलागेझ“ै जाइलाग्नुहुन्थ्यो रे । धरान प्रहरी ठानाको पा“च(सात घरमुनि घर भएकी मेरी अजीदेखि थानेदार, प्रधानपञ्च सबै डराउ“थे रे ।
भोजपुर पहाडमा अरूका घरमा धेरै बुहार्तन सहेर मेरी अजा, अजी बस्नुहुन्थ्यो रे । पेटभरि खान नदिने अनि अनेकौ“ लाञ्छनाले विभूषित गराउने आफन्तको घरबाट निस्केर घरान झर्नु भयो रे । घरानमा पनि टाउको लुकाउने ओत र खानेवस्नेको अभावले धेरै तडपिनु भयो रे मेरो अजाअजी । पछि विस्तारै सानो व्यापार गर्न शुरु गरेर स्थाई बसोवास बसाउन सफल हुनु भयो । मेरी अजी रातभरि काम गर्ुनहुन्थ्यो रे । काम गरेर कहिल्यै नथाक्ने मेरी अजीले विस्तारै खेतबारी जोड्न थाल्नु भयो । त्यस समयमा हालको बरगाछी अनि सदन स्कूल पछाडि असाध्यै जङ्गल थियो । त्यही जङ्गल फा“डेर मेरा अजा अजीले खेतवारी जोड्नु भयोे । जब बस्न र खानका लागि काम गरि खाने भा“डो बनाइसक्नु भएकोथ्यो तब अजाले एक्लै छाडेर जानु भयो । उहा“लाई अजाले असाध्यै माया गर्नु हुन्थ्यो रे ूत्र्रिा बूढाहरूले के माया गर्छन तिमेरूको अजाले जतिू भनेर अजाले गर्ने माया व्यक्त गर्नुहुन्थ्यो । हुन पनि हो ूधेरै पिरती थोरै दिनलाई थोरै पिरती धेरै दिनलाई (ू भनेझै“ भयो । अजा थोरै दिन बा“च्नु भए पनि धेरै माया गर्नु हुन्थ्यो रे । अजीलाई खेतमा जा“दा मुखमा घाम लाग्छ भनेर छाता ओढाएर लानु हुनथ्यो रे । काम धेरै गर्दा खुटांमा तेल लगाइदिनु हुन्थ्यो रे । अजीले ूआज मलाई यो खान भन छ भन्नेबित्तिकै त्यो खानेकुरा खोजेर ल्यादिनु हुन्थ्योू रे । अनि घरबाहिर जा“दा जहिले फूल ल्याएर लाइदिनु हुन्थ्यो रे त्यसताका छोरी पायो भने सुत्केरीलार्इर्र्फर्सर्ीीे झोल खुवाउनु पर्छ भन्ने उखान प्रचलित हु“दा पनि चारवटी छोरी जन्माउ“दा कहिल्यै रिसाउनु भएन रे मेरो अजा । बरु उल्टै अजीलाई सम्झाउनु हुन्थ्यो रे । यसरी अजीका झण्डै चालीस जना नातिनतिना सपरिवार भेला हुन्थ्या“ै चार्डपर्वमा अजीको घरमा । कति रमाइलो हुन्थ्यो त्यो दिन । दशै“मा अजीले टीका लगाएर त्यससमयमा दश रूपैया दि“दा म भुइ“मा न भा“डामा हुन्थे“ । स्कूल जा“दा म जहिले पनि अजीको घर निस्कन्थे“ । यसरी निस्कदा प्रत्येकपल्ट टीका लगाएर एक रूपैया दिनु ह“दा म फुरुक्क हुन्थ“े । अजीले प्राय ः हामीलाई अर्ती उपदेश दिइरहनु हुन्थ्यो । विशेषगरी विवाहको विषयमा सचेत गराउनु हुन्थ्यो । त्यस समयमा पढेका छोरी पोइल जान्छन भन्ने हल्लाले गा“उघर आक्रान्त हुन्थ्यो । त्यसैले मेरी अजी पनि मलाइ सम्झाएर भन्नु हुन्थ्यो ( ूजुन केटा मन पर्छ तिमिहरूले बाउलाई भन्नु नत्रभने बाउको कत्रो बेइज्जत हुन्छ ।ू भनेर सम्झाउनु हुन्थ्यो । मेरी अजी प्रेम विवाहलाई पनि प्राथमिकता दिनु हुन्थ्यो । प्रेम सम्बन्धमा उहा“ खुकलो हुनु भएपनि जातियतामा असाध्यै कठोर हुनुहुन्थ्यो । मेरो अजी रसिक र रमाइलो गर्ने अनि धार्मिक स्वभावको हुनुहुन्थ्यो । अजीको घरमा प्राय पूजापाठ, पुराण आदि कार्य भईरहन्थ्यो । यस्ता कार्यमा म दत्तचित्त भएर लाग्ने गर्दथे । त्यसैले पनि होला अजी मलाई माया तथा विश्वास गर्नुहुन्थ्यो । त्यो बेलाको सामाजिक संस्कार, रहनसहन अनि छोरीमान्छेले गर्नुपर्ने सामाजिक व्यवहार सारै संकिर्ण्राथयो । चार्डपर्वमा नेवार समाज केही सगुनको रूपमा मध्यपान गर्ने चलन अनुसार अजी केही पिएपछि भावुक बन्नुहुन्थ्यो अनि अजाको सम्झनामा के(के गीत गाउने गर्नुहुन्थ्यो ।
म मेरी अजीलाई गर्वको रूपमा लिने गर्दछु । किनभने मेरो बुबााको सन्तानलाई घरान बजारमा स्थापित गराउनमा मेरी अजीको ठुलो हात छ । मेरी अजीको आर्थिक तथा सामाजिक आयस्रोतमा मेरो बुबाले धेरै विकास गर्नु भएको थियो । पहाडबाट एक्लै र रितmै झर्नु भएको मेरो बुबास“ग बुद्धि र लगनशीलता त छ“दै थियो त्यसमा थप सहयोग गर्यो मेरी अजीको भावना र सहयोगले । छोरा नभएर छोरीलाई नै छोरा सरह ठान्नुभएको अजीले सबै छोरी जुवाइ“लाई उतmिकै भरमग्दुर सहयोग गर्नु भएको थियो । सहयोग गरेर मात्र हु“दैन लिने पनि त्यसको सदुपयोग गरेर अधि बढ्न सके मात्र जीवनमा सफलता पाइन्छ भन्ने कुरालाई मेरो बुबााले चरितार्थ पार्नु भएथ्यो । अजीलाई पनि मेरो बुबाप्रति गर्व र विश्वास थियो । सबै छोरीहरूको प्राय क्षेत्रीस“ग विवाह भएको हुनाले मेरी अजीमा क्षेत्री नेवार भन्ने विभेद थिएन । प्राय संस्कार, रीतिरिवाज क्षेबाहुनको नै गरिन्थ्यो ।
आजभन्दा चौध वर्षघि मेरी अजीको देहान्त भयो । अजीस“ग म भावनात्मक रूपले नजिक हु“दाहु“दै पनि अन्तिम समयमा मैले अजीलाई भेट्न पाइन“, साह्रै अफसोस लागिरह्यो । अजी दर्ुइ वर्षघि देखि थल्लिनु भएकोथ्यो । कहिलेकाही“ भेट्न जान्थ“े । मेरी आमा उहा“लाई स्याहार्न स“गै बस्नु भएकोथ्यो । अजीलाई घेरै पटक अस्पताल राखिएको थियो । अन्तिम समयमा वाक्य बस्ने बेलामा मलाई खूव खोज्नु भयो रे ूशर्मिला, खोइ किन आइन मस“ग रिर्साई कि †ू भनेर । तर म घरव्यवहार र जागिरले गर्दा इटहरीको मान्छे घरान पुग्न सकिन“ । त्यसको दर्ुइ दिनपछाडि जादा“ अजीको वाक्य बसिसकेकोथ्यो अनि मान्छे नचिन्ने अवस्थामा हुनुहुन्थ्यो । मलाई पछिसम्म खटपट भइरह्यो मलाई यति धेरै माया गर्ने अजीलाई जानेबेलामा ूम रिसाएको छुइन“ ू भन्न सकिन“ । अजीको देहान्तपछि वर्षदिनसम्म म अजीलाइ सपनामा देखिरहन्थे“ । शायद आत्मीय लगाव भएर होला ।त्यसपछि सम्झनामा मात्र सीमित रह्यो । बिस्तारै कतिपय कुरा विस्मृत बन्दै गए । अहिले जब म धरानको बजारमा पुग्छु त्यसपछि मेरो स्मृतिपटलमा अजीको घरमा बिताइएका रमाइला क्ष्ँणहरू प्रतिबिम्बित हुन थाल्दछन् । मेरी अजीलाई सा“च्चै एउटा सङर्घषशील, कर्तव्यपरायण सतीसाबित्री नारी मान्नर्ैपर्छ । उहा“ बुद्धिमानी अनि परोपकारी भनेर पनि मान्नै पर्छ । किनभने मेरी अजीले धेरै परोपकारी कामहरू गर्नु भएथ्यो । घरानको तीनकुने ढाटनिर रोपिएको वरपिपलको बोट र त्यसमुनि रहेको विश्रामस्थललाइ अजीको सामाजिक सेवाको यथेष्ट नमूना मान्नर्ुपर्दछ । मेरी अजी नारीवादी पनि हुनुहुन्थ्यो । उहाँ छोरा नभएर कतिपय सामाजिक वेथाले थिलथिलिएको मानसिकताले आक्रान्त हुनुहुन्थ्यो त्यसैले होला पुरुषहरूलाई हा“क दिन पछि पर्न हुन्नथ्यो । ममा पनि अजीका कतिपय प्रेरणदायी भावनाहरू प्रेरित भएका छन् । यद्धपी पितृसतात्मक समाज भएपनि म मेरी आमाकी आमा मेरी अजीलाई मेरो वंशको एउटा प्रमुख व्यतmिको रूपमा मान्दछु । किनभने उहाँ नभएको भए र उहाँले सङर्घषमय जीवन बिताएर हामीलाई आर्थिक सामाजिक रूपले संरक्षित नगरेको भए म र मेरो अजीका सन्तानहरू यो स्थान र यो स्थितिमा पुग्न सक्दैनथ्यौँ भन्ने कुरा म किटेर भन्न सक्छु । त्यसैले हाम्रा संरक्षक, पे्ररणादायी र ममताकी खानी अजीको चीर शान्तिको म सधै कामना गर्दछु

0 comments:
Post a Comment