ऊ सहर बसेर पढ्यो । सहरमा नै जागिर खायो । बेलाबखत विदेश पनि जान्थ्यो । उसले आर्थिकोपार्जनका लागि यथेष्ट जिजीविषाहरू पहिल्यायो । लगनशीलताका पाइलासँगै जीवनमा सफलताले चुली उक्लँदै गयो । आधारभूत आवश्यकतका सम्पूर्ण काँडे झ्याङहरू उखेलेर सम्पन्नतालाई घेरेर राख्यो । उसको महत्त्वाकाङ्क्षा जीवनको सफलतासँगै उचालिएर गयो । अनि सम्पन्न घरानाकी केटीसँग वैवाहिक सम्बन्ध गाँसेर सम्पन्नतालाई वैभवताले माझेर समाजमा प्रतिष्ठित भएर चम्कने चाहना गर्न थाल्यो । नभन्दै उसले प्रतिष्ठित अनि धनाढ्य बाबुकी छोरीलाई माखेसाङ्लोमा पार्यो । क्याम्पस, घर र आफन्तबाट हुने सबै उपाय लगाएर साङ्लोलाई अझ मजबुत बनाउँदै लग्यो । एकदिन उसले जीवनको यो महत्त्वपूर्ण कार्यमा पनि सफलता पायो ।
उसको जीवन सहरमा मात्र पूर्ण थिएन । उसको जीवनको आधा पाटो गाउँको घर, बाआमा अनि आफन्तबीच पनि फैलिएको थियो । एक दिन जीवनका सफलताहरूको दृश्यपान गराउन नवदुलही लिएर गाउँ गयो । गाडीमा एक रात चढेर अनि एक दिन हिँडेर पुग्नुपर्ने ठाउँमा उसको घर थियो ।
नवदुलही लिएर ऊ घर गयो । गाडीको बाटो सकिएर अब पहाडको उकालो हिँड्नुपर्ने थियो । हिँड्दा-हिँड्दै नवदुलहीलाई ठेस लाग्यो । उनी लडिन् र उसलाई पर्नु पीर पर्यो । हतार-हतार नवदुलहीलाई उठाउँदै भन्यो- "ओहो प्रिय तिमीलाई ठेस लागेछ, खुट्टामा घाउ पनि भएछ । अब कसरी हिँड्छौ । पर्ख, म डोलीको व्यवस्था गरिदिन्छु । आखिर नयाँ दुलही नै त हौ नि डोलीमा चढ्दा के हुन्छ ।"
उसले तुरुन्त डोलीको व्यवस्था गरिदियो र घर पुर्यायो । घरमा स्वागतार्थ सबै जना थालमा दियोकलश र गाग्रीमा पानी लिएर बसेका थिए । नवदुलही आफूप्रति गरिएको व्यवहारबाट प्रफुल्ल भइन् । समय बग्दै गयो । उसले काँधमा काँध मिलाएर आफ्नो दायित्व बोक्ने छोरो पनि पाइसकेको थियो । उसको जीवनमा सफलताले र प्राप्तिले लगाम दिन थालिसकेको थियो । पहिलेको जस्तो उत्साह, उमङ्ग अब कम हुन थालिसकेको थियो ।
पुनः सात वर्षछि ऊ श्रीमती लिएर घर गयो । अघि-अघि ऊ अनि उसको छोरो, पछिपछि भरिया अनि उसकी श्रीमती थिइन् । बाटामा हिँड्दा-हिँड्दा उसकी श्रीमती सात वर्षघि लडेको ठाउँमा फेरि लडिन् । उसले सामान्य सहानुभूति देखाउँदै भन्यो- 'कस्तो बाटो नहेरी हिँडेको - राम्रोसँग बाटो हेरेर हिँड्नुपर्छ नि - ठीकै छ भरियासँग आउँदै गर्नु म जाँदै गर्छु' उसकी श्रीमती सात वर्षघिको दिन सम्झँदै घ्रि्रन थालिन् ।
उसको जीवन पहाडको बाटोजस्तै उकाली, ओराली अनि होचोअग्लो हुँदै अघि बढ्न थाल्यो । समयले धेरै दूरी नापिसकेको थियो । दस वर्षछि फेरि उसले श्रीमती लिएर घर जानुपर्ने भयो । ऊ पुनः श्रीमती लिएर घर गयो । गाडीबाट सँगै झरेर सबैजना हिँड्न थाले । उसकी श्रीमती फेरि पहिला लडेको ठाउँनेर ठेस लागेर लडिन् । ऊ श्रीमतीभन्दा धेरै अगाडि थियो । उसले श्रीमती लडेको थाहासम्म पाएन ।
घरमा पुगेर श्रीमतीले आफू लडेको र आफ्ना साथमा कोही नभएको गुनासो पोखिन् । श्रीमतीको कुरा उसको लागि गनगन भयो । अनि र्झकँदै उत्तर दियो- 'पहाडको बाटो यस्तै हुन्छ भन्ने थाहा छैन तँलाई - हामीले लडाइदिएका हौँ - ठीकै छ, अबउप्रान्त पहाड नआउनू ।' श्रीमतीलाई मुटुमा चोट पर्यो । उनी आफ्नो सत्र वर्षगाडिका दिनहरू सम्झन थालिन् । उसलाई बिहा गर्नका लागि उसले कुनचाहिँ सूत्र अपनाएको थिएन होला - आज यही सूत्र अप्रमाणित भएर उसको जीवनको अस्तित्वमा छापिन आएको छ । समयको अन्तरालमा आफ्नो अस्तित्व उनले कहाँ हराइन् पत्तै पाउन सकिनन् । सायद उनबाट पाउने सफलताका सबै ढोकाहरू अब उसको लागि बन्द भएर होला । उसले रस निचोरेर फ्याँकेको कागतीझैँ उसको अस्तित्वलाई मिल्काउन खोजिरहेछ भन्ने कुराचाहिँ उनले पक्कै बुझिन् ।
0 comments:
Post a Comment