January 9, 2010

मैनबत्तीको शिखा


आमापछिकी दिदी, उनको भावना पोखियो बैनीमाथि अनि एकिकार लियो माया र स्नेहले । उनले बैनीलाई एस.एल.सी पास गर्नेबित्तिकै लगिन् सहरमा पढाउन । सहरमा राम्रो क्याम्पसमा पढाइन् । बैनीले पनि दिदीको भावना उजिल्याउँदै लगी अनि सपना साकार पार्दै लगी । आफ्ना श्रीमान्का आफन्तहरूको विचारस“गै कुस्ती खेल्दै बैनीलाई धेरै पढाइन् । आफूले खाने गाँस मासिन् अनि आफूले लाउने लुगाको अधिकार खोसिन् । आफू त विवाह भइसकेकी मान्छे, बैनी भनेको लाऊँ-लाऊँ खाऊँ-खाऊँ भन्ने बेलाकी, उसका साथीभाइका अगाडि दाँजिएर हिँड्नुपर्छ भन्ने मान्यताले माझिन् आफूलाई । आफ्ना धेरै चाहनाहरूलाई बलिदान दिइन् । बैनीले पनि दिदीको माया र भावनाका भण्डारमा आफूलाई चुर्लुम्म डुबाएकी थिई ।

समय बग्दै गयो भावनाले बगेको खहरेमा । बैनीले पढिसकेर कुनै एन.जी.ओ.मा जागिर खान थाली । तलब मनग्गे थियो । बिस्तारै बैनीले सोही एन.जी.ओमा माथिल्लो तहको हाकिमसँग दाम्पत्यजीवन गाँस्न पुगी । बैनीको सफल भविष्य देखेर दिदी मख्ख पर्थिन् । आफूले छिट्टै विवाह गर्न परेर अस्तित्वविहीन भएर बाँच्नुपरेको पीडालाई बैनी सक्षम भएर समाजमा धेरै अगाडि बढेको खुसीले मलमपट्टी गर्दथिन् ।

समयले धेरै दूरी नापिसकेको थियो । वर्षाको खहरे खोल्सा सुकेर शरदको चिसो मुटु छेड्ने हावा बग्न थालेको थियो । एकपल्ट उनको छोरो निकै बिमारी भयो । उनले बिमारी छोराको निकै उपचार गरिन् र धेरै खर्च पनि गरिन् । तर निको भएन । उनले सोचिन् सायद बैनीले केही सहयोग गर्ली भनेर । उनले बैनीको अगाडि दुःखको बिस्कुन बिछ्याइन् ।

तर बैनीले उनलाई आर्थिक सहयोग गर्नुको बदला मानसिक र्समर्थनधरी गरिन । "छोरालाई बिमारी बनाउने तिमी नै हौ" भनेर उनको आशा र विश्वासलाई जलाएर खरानी पारिदिई । दिदी जल्दै गई मैनबत्तीको शिखाझै“ । उनले आफ्नो जीवनको उद्देश्य नै आफू पग्लँदै अरूलाई उज्यालो दिनु हो भन्ने सोचिन् । उनले बिर्सिदिइन् बैनीले जलाएको माया, विश्वास अनि आशालाई, अनि साहित्यकार बनिन् । साहित्यमा आफ्ना पग्लेको भावना जमाएर आफूलाई कठोर पार्दथिन् । उनले लेख्दा-लेख्दा गरेर धेरै सिर्जना थुपारिन् ।

एक दिन आफ्नो जलेको आशा र विश्वास पुनजीवित पार्दै बैनीको घरमा गइन् । बैनीसँग पुस्तक प्रकाशित गर्न केही सहयोग मागिन् । त्यो रकम उसको लोग्नेको एक महिनाको तलबको आधा थियो । उनको आशा र विश्वासमा पुसको चिसोले तुषारापात पारेझैँ पार्दै भनी - "हेर दिदी, यो साहित्यलर्ँइ भनेर ज्वाइँले एक पैसा पनि दिइसिन्न । वहाँ साहित्य र साहित्यकार नै मनपराइसिन्न । तैपनि तिमी माग्न आइछौ, म भनिदिउँला । हेर न, सबैजना पैसा माग्नका लागि मुख ताकेर आउँछन् । यसो अलिक कमाएर बस्नु पनि गाह्रो हुँदो रहेछ, नदिऊँ मुन्टो बर्टार्छन् अनि नानाथरी कुरा काट्छन्, । के गर्नु दिऊँ फेरि फर्केर आउँदैन । तिम्रा लागि पैसाको कुरा गरेँ भने ज्वाइँले उही अरूलाई सोचेझैँ सोचिसिन्छ, तिम्रो प्रेस्टिज नै डाउन हुन्छ । बरु त्योभन्दा नमाग्दा नै बेस हुन्छ । बरु यो किताब छाप्ने काम नै नगरे हुन्थ्यो ।" बैनीको शब्दले उनी धूवा“ हुँदै गइन् । उनी खिइँदै गइन्, पग्लँदै गइन् । फेरि त्यो पग्लाइलाई जमाउने चेष्टा नै गरिनन् ।

उनले आफ्नो लेखकीयतामा गरिएको उपहासले थोपाथोपामा परिणत हुँदै विखण्डित हुँदै गइन् । कण-कणमा परिवर्तित र विखण्डित भएका भावना बोकेर उनी त्यहाँबाट हिँडिन् । उनका भावनासँगै उनको आशा र विश्वास जलेर खरानी भइसकेको थियो । उनले फेरि त्यो आशा र विश्वासको शिखा जलाउने कोसिस नै गरिनन् । मैनबत्तीको शिखा जलेर खरानी भइसकेको थियो भने पग्लेको मैन कण-कणमा विखण्डित भई चिसो सिरेटोले जमिसकेको थियो ।

4 comments:

aani yaffe said...

sarmila ji, yaha ko lekh padhera ek palta feri ma pani main jhai pagle, yaha ko katha ko 'bahini' ra mero sachhai ko 'vai'.. patra fark tara ghatnakram ustai..mero pani afanta prati ko biswas ko shikha jhyappa nivyo.dhanyabad yaha lai.

कृष्ण वस्ती said...

ज्यादै राम्रो,स्वार्थी सन्सारको यथार्थ तस्बीर चित्रित मार्मिक कथा ।

बिमल गिरी said...

शर्मिलाजीका प्रतेक श्रीजनाहरुमा प्रेम र प्रेमजनित,मानबबादी जीबन दर्शन बोकेकाछन। उहाको कथाहरुले आजको स्थितीमा नयाँ मुल्य स्थापनाका लागि जुन तरखर देखाएकोछ,त्यो मननिय छ। तिगेलाजी को "देश बोक्नुको पिडा"को बिभिन्न कोणबाट हेर्दा लेखिका को बिभिन्न स्वतन्त्र चिन्तन र अभिब्यन्जन स्पष्टिएकोछ। जीबनलाई नयाँ दृष्‍टिकोणले हेर्ने यथार्थको नयाँ व्याख्या प्रस्तुत गर्न असाध्य सिपालु शर्मिलाजी उतरोत्तर प्रगतिको कामना गर्दछु।

टंक खनाल said...

आजको युगको वास्तविक कथा

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।