उसको नाम मानव थियो । उसलाई प्रकृतिको हरेक परिस्थितिसँग जुध्ने शक्ति दिइएको थियो । ऊ सङ्घर्ष गर्दै गयो । सङ्घर्ष गर्ने क्रममा उसले आगोको सिर्जना गर्यो । आगोको सिर्जना गरेर मात्र भएन उसले यसबाट फाइदा पाउन झिँजाको आवश्यकता पर्यो । अब झिँजा उसको सहयोगी भयो । झिँजाबाट उसले धैरै फाइदा पायो । त्यसपछि उसले आफूलाई मूढामा रूपान्तरित गयो । झिँजा नभई ऊ बल्न सक्दैनथ्यो । उसले झिँजालाई आफनो अस्तित्वको परिपूरक ठान्यो ।
समय बित्दै गयो । झिँजा चाहिने नचाहिने ठाउँमा बल्न थाल्यो । उसले झिँजालाई सम्झायो, होसियार गरायो, खबरदारी गरायो । तर झिँजाले सुनेन । मूढालाई झिँजाको सल्काइ पोल्न थाल्यो । झिँजा उसको लागि काउछो भयो । अहिले ऊ न आफू बल्न सक्छ न त झिँजा निभाउन सक्छ । झिँजाको रापले पोलिएर ऊ धूंवाधूँवा भएर सल्किरहेछ ।
4 comments:
yesari nai mero desh salkiraheko chha.
desh ko halat ko sahi bislesan
didi atie mitho sahitya payemaile malai atinai aananda lagnna thaleko chha yo hajurko blog hernu payera ho didi ho hajurko bhanai sacho ho yehi jhijaharule garda ho hami nepalile afno pasina bideshi bhumilai dirahanu pareko chha ..........!!
दिक्पाल भाइ तपाइको कमेन्ट पढेर खुसी लाग्यो । झिजाको कथा अत्यन्त दार्सनिक कथा हो । यो कथा धेरै ठाउमा फिट भइरंहेको हुन्छ तर हामी अनभिग्य छौ । तपाइले मन पराउनु भएकोमा खुसी मानेको छु ।
Post a Comment