April 3, 2010

संवत्-अफिस

पुसमाघको मुटु छेड्ने चिसोले बिदा लिइसकेको छ । चारैतिर नयाँ पालुवा फेरिएको छ । वसन्त ऋतुले प्रकृतिलाई सिँगारेर सुन्दर बनाएको छ । थरीथरीका सुन्दर फूलहरूले सजिएकी प्रकृति बेहुलीजस्ती भएकी छिन् । प्रकृतिका प्रत्येक पदचापले नयाँ वर्षको आगमन हुँदै छ भन्ने कुरा बताइरहेको छ ।\

म चौतारीमा बसेर सुस्केरा लिँदै छु । मेरा स्मृतिपटलमा विगतका कुरा सलबलाउन थाल्छन् । आजको ठीक एक वर्षगाडि म यसै चौतारीमा सुस्केरा लिँदै थिएँ । यत्तिकैमा चिसो बतासले थकाइसँग मितेरी लगाएर होला म निदाउन पुगेकी थिएँ । निन्द्रारूपी सागरमा स्वप्नरूपी डुङ्गाहरू यसरी तैरिन थालेका थिए -

हाम्रो गाउँमा एउटा संवत्-अफिस रहेछ । सो संवत्-अफिस अन्तर्राष्ट्रय प्रकृतिनियमअनुसार खोलिएको रहेछ । सो अफिसको हाकिम श्रीमान् २०६6 परबाट खुसीसाथ आउँदै थिए । नयाँ जोस, जाँगर, उत्साह र उमङ्ग लिएर आउँदै गरेको नौजवान श्रीमान् २०६6 लाई उषाको मिर्मिरे लालीमा प्रकृतिले पनि हर्षोल्लासका साथ स्वागत गरेकी थिइन् । उसको साथमा अर्को एउटा साथी पनि थियो । त्यो साथी उसको सहायक रहेछ भन्ने कुरा मैले छोटो चिनारीपछि थाहा पाएँ । ऊ सहायक समयज्यू रहेछ । उसले मोटामोटा फाइलहरू पनि बोकेको थियो । फाइलमा के होला भन्ने जिज्ञासाले मलाई छोप्यो । मैले पनि उत्सुकतावश थाहा पाउने चेष्टा गर्दा श्रीमान् २०६6 ले भन्नुभएको थियो- 'यो फाइलमा जे छ त्यो सबै तपाईँहरूका लागि नै हो । यसमा तपाईँहरूको समाज, गाउँ र देशको परिस्थिति, योजना र कार्यक्रमहरू छन् ।' मलाई आफ्नो गाउँमा भविष्यमा हुने योजना केके रहेछ भन्ने कुरा थाहा पाउन कौतुहल जाग्यो । मैले फाइलहरू हेर्नलाई अनुरोध गरेँ । तर ती फाइलहरू सहायक समयज्यूले अन्तर्राष्ट्रय प्रकृतिनियमअनुसार कसैलाई थाहा दिन नहुने बताए । किनभने सहायक समयज्यूले नियमअनुसार चल्नुपर्ने र यसको प्रयोग उचित बेलामा गर्नुपर्ने बताए । श्रीमान् २०६6 आफ्नो अफिसतिर प्रस्थान गर्नुभयो । 

मैले एक वर्षगाडि देखेको यो सपनालाई आज म वास्तविक जीवनसँग दाँज्नु पुग्दै छु । वास्तवमा सहायक समयज्यूले हाकिम श्रीमान् २०६6का कार्यकालमा भएका कालघटनाको जानकारी हामीलाई आफ्नो नियमअनुसार दिँदै आएका छन् । उनले अब यो पनि थाहा दिएका छन् कि श्रीमान् २०६6को कार्यकाल समाप्त भई संवत्-अफिसमा नयाँ हाकिम श्रीमान् २०६7 आउँदै छन् भनेर । किनभने प्रकृतिले पनि उही रूप लिइसकेकी छिन् । हामीले पनि हाम्रो जीवन संवत् २०६6लाई बिदा गरेर नयाँ संवत् २०६7लाई स्वागत गर्नु परिरहेछ । अब संवत् २०६7ले पनि संवत् २०६6ले गरेका कुराको पुनरावृत्ति गर्नेछ अनि यो क्रम काल-कालान्तरसम्म निरन्तर चलिरहनेछ ।

1 comments:

GAUTAM RIJAL ( Doha , Qatar.) said...

hajur ko lekhan saili lai mero namaskar. waiting for more. thanks di.....

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।