हाकिम गजेन्द्रबहादुर गर्जियो पिउन होसप्रसाद माथि "जहिले पनि भुलेर आउँछौ के गरी काम गर्र्छौ, यो अफिसको...... कसरी काम लगाउनु मैले -..... तिम्रा नाबालक छोरा-छोरीको मुख हेरेर मात्र...... नत्र सरुवा गरेर पठाइदिन्थे सोलुतिर..... कमसे कम वहाँ पुगेर फोन त गर्नुपर्छ मलाई । कति सम्झाउनु - म नै हरेस खाइसकेँ जहिले पनि यस्तै हो, कहिले सुध्रिने हैन ।"
होसप्रसाद हाकिमको खुराकले टन्न अघायो । अनि हिँड्यो त्यहाँबाट लुसुक्क । माथि हाकिमको क्वार्टर थियो । तल गेटनिर पिउनको टहरो । होसप्रसाद टहरामा आयो । अनि बज्रियो स्वास्नीमाथि- "खै खाजा ले खाउँ।"
स्वास्नीले "खाजा छैन" भनी ।
"जहिले पनि यस्तै हो । कहिले भोक लागेको बेला खाजा हुन्न । तँलाई पठाइदिऊँ माइततिर अनि थाहा पाउलिस् π के सम्झेकी छेस् ए नखरमाउली † सधैँ हाकिमको गालीले अघाओस् भन्छेस् । तँलाई दिनरात सिरियल हेरेर अघाउँदिनस् हैन । गाली त तैँले खानुपर्ने हाकिमको..... तर के गर्नु मैले खानुपर्छ, होइन -" एक लात्ती बजायो स्वास्नीमाथि । स्वास्नी रुन थाली । होसप्रसाद भुतभुताउँदै हिँड्यो अफिसतिर- झ्यालढोका लगाउन ।
केही छिनपछि पिउनको छोरो कोठाभित्र आइपुग्यो । स्वास्नीले छोरालाई देखी अनि के-के भनेर छोरालाई चड्कन हान्न थाली । छोरा रुन थाल्यो । एकछिनपछि पाल्तु कुकुर छोराको खुट्टामा लुटपुटिन आइपुग्यो । छोराको पालो कुकुरलाई लात्तैलात्ताले हिर्कायो । कुकुर कुर्इँ-कुँइ“ गर्दै कर्सीमा डल्लो पर्यो । कुकुरको पालो सबैको रिस पोखिदियो कुर्सि- कसैले थाहा पाएन कुकुरले पोखेको रिस ।
भोलिपल्ट हाकिम भुई तलामा घाम ताप्न झरे । पिउन होसप्रसादले अभिवादन टक्र्यायो । "हाकिमसाहेब, कुर्सी ल्याउ बस्नलाई" उसले चाकरी पनि बिछ्यायो । "हुन्छ, लेऊ " उसले मर्जी तेर्स्यायो । पिउनले कुर्सी मगायो छोरासँग । छोराले कुर्सी राखेर गयो । हाकिम थचक्क बस्यो । अनि जुरुक्क उठ्यो । "हैन के गन्हाउँछ" पछाडि फर्केर कुर्सीतिर हेर्यो । उसले थाहा पाएन । यो उसको हिजोको कर्मको फल थियो भनेर ।
0 comments:
Post a Comment