April 3, 2010

वेभक्याम्पको आकृतिविहीन पुरुष

वसन्तीय लालीमा बोकेर धर्ती फुली, फक्री- आकाशले हेर्यो उसलाई वैशले उन्मुक्त भएकी धर्तीले अदित्य वासना छरिरहेकी थिई । उसले बिस्तारै र्स्पर्श गर्यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको र्स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी पे्रमका पालुवाहरू आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाल्यो । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो । केही समयको अलौकिक आनन्दका अनुभूतिहरू वितृष्णा र पीडामा जन्माएर आकाश हिँडिदियो । धर्ती एक्लै भई । ऊ छटपटिई, तडपिई । तर आकाश उसको चाहना बुझेर पनि बुझाउन सक्दैनथ्यो । थाहा पाएर पनि अनभिज्ञ भइदियो । यो उसको बाध्यता पनि थियो । ऊ गयो कतै टाढा । धर्ती मात्र उसलाई हरेर चित्त बुझाउन थाली । प्रकृति उसकी साथी थिई । उसैले भेट गराइदिएकी थिई उसलाई आकाशसँग । तर अहिले प्रकृति पनि निराश छे , उजाड छे । उसले केही गर्न सकिन धर्तीलाई । ऊ धर्तीलाई सम्झाउँछे । अनि आकाशको बदला अरू विकल्प खोज्न भन्छे । तर ऊ मान्दिन पटक्कै मान्दिन । कहिलेकाहीँ प्रकृति उसँग हुन्छे । राती आउँछे । उसँगै सुत्छे । धर्ती उसलाई ओढ्छे । आनन्द मान्छे । तर बिहान प्रकृति हिँडिसकेकी हुन्छे । उसको तन जलेको हुन्छ । मनले ज्वाला निकालिरहेको हुन्छ । ऊ चिसिएकी हुन्छे । ऊ थिलथिलिएकी हुन्छे । ओहो † कस्तो मीठो सपना । सायद विपना भइदिए । ऊ आकाशलाई हेर्छ आकाश धेरै टाढा छ । आउने कुनै संकेत छैन । ऊ नुहाउन जान्छे । केही शीतलता हुन्छ । तर यो त कृत्रिम हो । उफ ! कृत्रिमताबाट पनि कही सन्तुष्टि प्राप्त हुन्छ - प्रकृति उसको साथी हो तर कहिलेकाहीँ उसलाई शत्रुझै लाग्छ । यो सब त्यसैको काम हो ऊ नभए ऊ यसरी विचलित हुनु पर्दैनथ्यो । कुनै मृगतृष्णामा तड्पिनु पर्दैनथ्यो । तर पनि ऊ प्रकृतिलाई छोड्न सक्दिन ।

ओहो † चारैतिर ज्वालामुखी छ , विस्फोट छ, आगो छ । कतै शीतलता छैन राप र तापले तन जलिरहेछ । कसले बुझ्छ धर्तीको पीडा । ऊ मर्दै , बाँच्दै गर्छे कुनै दिन आउँछ आकाश वायुयानमा चढेर अत्यन्तै रफ्तार र आवाजका साथ । ऊ त्यो दिनको प्रतीक्षामा आफूलाई भुलाउँछे । समयलाई सारिदिन्छे । तर वर्तमान उसलाई पोल्छ, डाह हुन्छ । प्रत्येक दिन स्नेहालु आँखाले हेर्छे आकाशलाई, तर खोई बुझेको उसले । सायद उसले बुझेको हुनुपर्छ तर बाध्यता र विवशताको कालचक्री पञ्जाले उसलाई निलेको हुनुपर्छ । कुनैदिन आकाश आउँनेछ अनि धर्तीको सम्पुर्ण इच्छा पूरा गर्नेछ । धितमरुञ्जेल धर्ती र आकाशको समागम हुनेछ । धर्ती त्यही आशामा सास फेरिरहन्छे ।

सृष्टिले धर्तीको कथा पढी । उसले सुनी धर्तीको आर्तनाद । उसले आफूलाई धर्तीसँग साटिदिई । धर्तीको आकाशर्झैँ उसको पनि कुनै पुरुष थियो । जसले उसको वसन्तीय पालुवामा प्रेमको आकुरण गराएर कतै हराएको थियो । यो उसको बाध्यता थियो । त्यसैले ऊ परिवेशको दास भयो । धर्तीले आकाशलाई टाढाबाट हेरेझै ऊ पनि हेर्ने गर्छे आफ्नो पुरुषलाई वेभक्याम्पमा । छुन खोज्छे तर यो सब भ्रम हो । ऊ भ्रमसँगै बाँच्न बाध्य हुन्छे । धर्तीले प्रकृतिलाई साथी बनाएझैँ उपनि भ्रमलाई साथी बनाउँछे । सधैँ भ्रम उसँग सुत्न आउँछ । ऊपनि रमाउँछे । भ्रमसँगै सुत्छे । सपनामा हराउँछे । बिहान उज्यालो हून्छ, भ्रम हिँडिसकेको हुन्छ । अनि दिनभरि ऊ एक्लै हुन्छे । दिउँसो ऊ एक्लै हुँदा कतै मीठो वासना चल्छ । तिर्सना जाग्छ । मल्टीमिडियाका उत्पादनले उसको तिर्सना मेट्न सक्दैन । महङ्गामहङ्गा जुसले उसको प्यास बुझ्दैन । ऊ छटपटिन्छे । ऊ बरालिन खोज्छे । जीउ रापिन्छ, मन तापिन्छ । जताततै क्रन्दन छ , ज्वालामुखी छ र छटपटी छ । ऊ पुरुषलाई सम्झन्छे । कतै शीतलता छैन । कृतिम शीतलता उसको लागि मूल्यहीन भइसक्यो । कतै भेट्छे कि शीतलता अहँ.... छैन , कृतिम शीतलता उसको लागि मूल्यहीन भइसक्यो । ऊ देख्छे कतै पुरुषको आगमन भइरहेछ । ऊ लटि्ठन्छे त्यतैतिर । ऊ मोहित हुन्छे , आकषिर्त हुन्छे तर फेरि साँझ पर्छ भ्रम आइपुग्छ । भ्रमले खबरदारी गर्छ । उसलाई अब भ्रम मित्र हैन शत्रुझैँ लाग्छ । भ्रमले उसलाई बाँच्न हैन मर्न सिकाएको छ तर्सथ अब ऊ भ्रमको सँगत छोड्न तयार हुन्छे । ऊ धर्तीको कथा सम्झन्छे । तर ऊ धर्ती हैन ऊ मानिस हो , ऊ यथार्थ हो ।

नजिकै उसले देखी पुरुषको अर्को रूप । उसले कल्पना गरी यो उसको पुरुष हो अरू कोही होइन । एउटा मीठो आकर्षाले तानिई ऊ । त्यो पुरुषको आकृति सल्बलायो । उसको पुरुष पनि यस्तै थियो । पक्कै उही हुनुपर्छ । उसले सुम्पिदिई आफूलाई पुरुषसँग । उसले बिर्सिदिई संसारलाई उसको मृत शरीरमा संजीवनी प्राप्त भयो । उसको ढुकढुकी बढ्यो । ऊ वास्तवमा बाँच्न सफल भई नत्र भने ऊ मरिसकेकी थिई । उसको शरीरको कणकण उमङ्गित भयो । उसको जर्जर मरुभूमि बनेको तनमा घनघोर वषा भयो । ऊ आनन्दले रुझिरही । उसले शारदीय आनन्द प्राप्त गरी सकेकी थिई । ऊ आनन्दले पागल जस्तै भई । उसले बिर्सिदिई आफ्नो पुरुषलाई । उसको पुरुष साटिसकेको थियो । उसको वेभक्याम्पमा देखापर्ने पुरुष बिस्तारै आकृतिविहीन भएर हराउन थाल्यो ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।