भाइबहिनी हो, म शिवा टायर हुँ । मलाई गाडीको पाङ्ग्रा पनि भन्छन् नि † मालिकले मलाई गाडीको खुट्टामा जोडिदिएका हुन्छन् । म गाडीलाई सजिलै कुद्ननमा मद्दत गर्दछु । मबिना गाडीलाई दौडन गारो हु्न्छ । तिमीहरूले सडकमा मेरा धेरै साथीहरू गुडिरहेका देखेका हौला हैन - उनीहरू पनि गाडीलाई सडकमा दौडन मद्दत गर्दछन् ।
अहिले म बूढो भइसकेको छु । पहिला म कति हृष्टपुष्ट र बलियो थिएँ । म आँटिलो पनि थिएँ । म पहाडको अग्लोभन्दा अग्लो डाँडामा सजिलै कुद्नन सक्थँा । खोलाको पानीभित्र पनि कुद्न सक्थेँ । चिसो हिउँ परेको ठाउँमा पनि सजिलै कुद्न सक्थे । मालिकले पनि मेरो राम्रो हेरविचार गर्ने गर्दथे । म चिल्ला र फराकिला बाटामा हास्दै रमाइरमाई दौडन्थेँ । मसँगै मेरा साथीहरू पनि रमाएर नै दौडन्थेँ ।
अहिले म बूढो र रोगी भएको छु । म काम गर्न नसक्ने भएको छु । त्यसैले मेरा मालिकले मलाई घरअगाडि राखेका छन् । मेरो छेऊमा एउटा रूख भाइ पनि छ । हामी दुवैजना गफ गर्दै बाटोमा हिँडेका मानिसहरूको रमिता हेर्ने गर्दछौ । धेरै गर्मी हुँदा र पानी पर्दा रुख भाइले मलाई छहारी दिन्छन् । म पनि धेरै हावा चलेको बेला रुख भाइको सहारा भइदिन्छु । यसरी हामी मिलेर बस्छौँ ।
हामी बाटामा धेरै किसिमका दृश्यहरू देख्छौ । सायद तिमीहरू पनि देख्ने गर्दछौँ । कहिलेकाहीँ मसिना केटाकेटी रमाईरमाई स्कुल गइरहेका हुन्छन् । कहिलेकाहीँ मानिसहरू बाजा बजाउँदै खुसी हुँदै हिँड्छन् । कहिले मानिसहरू हतारहतार गर्दै आ-आफ्ना काममा हिँडेका हुन्छन् । म र रुख भाइ यो सब कुरा खुसी मान्दै हेर्ने गर्दछौ ।
बिदाको दिन धेरै केटाकेटी मेरो छेउमा आउँछन् । सायद तिमीहरू पनि फुर्सदिला हुन्छौ होला हैन - र रमाइरमाइ खेल्छौ होला हैन - उनीहरू ममाथि चढ्दै उफ्रदै गर्दै खेल्छन् । कहिलेकाहीँ मलाई गुडाउँदै धेरै परसम्म लान्छन् । यसो गर्दा म पनि रमाइ रहेको हुन्छ । उनीहरू रमाउँदा म निकै खुसी हुन्छु । म बसेको घरको मालिकको छोराचाहिँ मलाई निकै माया गर्छ । उ प्राय मभए ठाउँमा खेल्न आउँछ । म पनि उसँग रमाईरमाई खेल्छु ।
तिमीहरूलाई थाहा छ एकदिन के भयो - लौ सुन, त्यो दिन बिहानदेखि बाटामा मानिसहरू हिँडेका नै थिएनन । मलाई पनि अचम्म लागिरहेको थियो । केही समयपछि अचानक परबाट मानिसहरूको भीड कराउँदै आउन थाल्यो । मलाई त डर लाग्न थाल्यो । धेरैजसोले हातमा लौरो बोकेका थिए भने केहीले ढुङ्गा र इँटा पनि बोकेका थिए । केहीले त बाँसको भाटामा आगो बालेर पनि बोकेका थिए । तिनीहरू जोडजोडले कराउँदै थिए । मलाई त औधी डर लाग्न थाल्यो । यस्तो कुरा मलाई पटक्क मन पर्दैनथ्यो । मैले पछि थाहा पाए यसो गर्नुलाई बन्द हडताल गर्नु भनिदो रहेछ ।
एकछिन पछि एकहुल मानिस म भए ठाउँतिर आए । अनि के गरे थाहा छ - केहीले मलाई उचाल्न थाले ।
'ए † ए † ए † के गर्छन् यिनीहरू -' म आत्तिएँ । यिनीहरूले त मलाई बीच सडकमा पो लगेर राखे । आगो बोकेकाले मेरो शरीरमा आगो सल्काए । म डरले रुन कराउन थालेँ । तर कसैले दया राखेनन् । म सल्कन थालेँ । मैले सम्झेँ म त्यसै मिल्काएको बस्तु जलेर के हुन्छ र - तर होइन म जले भने मेरो रूख भाइलाई असर पर्छ । उसलाई सास फेर्न गाह्रो हुन्छ । मबाट निस्केको धूवाँले धेरै मानिस बिमारी हुन्छन् । वरिपरिको हावा नै फोहोर हुन्छ । तिमीहरू जस्ता धेरै सानासाना मायालु नानीहरूको फोक्सोमा घाउ हुन सक्छ । उनीहरूले नगर्ने काम गरिहालेँ । म रुन कराउन थालेँ। म चिच्याउन थालेँ । उनीहरू कसैले मेरो बिन्तीभाउ सुनेनन ।
एकछिन पछि के भयो थाहा छ - आहो † एकछिन पछि मालिकको छोरा बाल्टिनमा पानी लिएर म भए ठाउँमा आयो । उसले मेरो बल्दै गरेको भागमा पानी हालिदियो । ओहो !! मलाई कति शीतल भयो । यो केटो कति बुद्धिमान र बहादुर रहेछ हँ † सबै केटाकेटी यस्तै भए पो त † अब त आगो पनि निभिसकेको थियो । उसले मलाई पहिलेको ठाउँमा नै लगेर राखिदियो । म कति खुसी भएँ । अघि गएको भीड फेरि नफर्के हुने नि † मेरो कथा यत्ति नै हो । भाइबहिनी हो † तिमीहरू त ठूला भएपछि यसरी मलाई आगो लगाउँदैनौ होला नि हैन - तिमीहरूले मेरो कथा पछिसम्म नभुल्नू है !!
0 comments:
Post a Comment