April 5, 2010

चुलबुले बादल

बादलहरूकी आमा समुन्द्र थिइन् । समुन्द्र विशाल थिइन् । माता समुन्द्रले धेरै बादलहरूलाई जन्म दिएकी थिइन् । तीमध्ये फिका नीलो रङ्गको बादल अलिक चकचके थियो । उनीहरूले उसको नाम चुलबुले राखिदिएका थिए । बादलहरूले जन्म लिएपछि उनीहरूको धर्म पानी बोकेर आकाशमा जानु र संसारको रमिता हर्दै हिँड्नु थियो । त्यसैले सब बादलले गुरु हावाको साथमा आकाशमा जानुपर्दथ्यो ।
तीमध्ये चुलबुले बादलचाहिँ हतारहतार हावा गुरुको बुइ चढेर अकाश जान तम्सियो । आमा समुन्द्रले उसलाई सम्झाउँदै भनिन् "बाबु चुलबुले तिमी धेरै चकचक गर्र्छौ, त्यसैले बाटो बिर्सन सक्छौ । दाजुभाइहरूको साथ नछोड्नू हैं ।" आमा समुन्द्रको कुरा उसले सुनिरह्यो । तर उसलाई भने कहिले आकाशमा पुगिएला र धर्तीको रमिता हेर्न पाइएला भन्ने लागिरहेको थियो । त्यसैले उसले आमाको कुरा ध्यान दिएर नै सुनेन । सबैजना आमासँग विदावारी मागेर गुरु हावाको पछि लागेर आकाशतिर हिँडे । आमा समुन्द्रलार्इृ भने चुलबुले बादलको निकै चिन्ता लागिरहेको थियो ।

चुलबुले बादल जे कुरा पनि नसोधी नसम्झी गरिहाल्दथ्यो । त्यसपछि ऊ आफै पछुताउँथ्यो । तर आकाशमा पुगेर गल्ती गरियो भने पछुताउने समय पनि नहुन सक्दथ्यो । त्यसैले पहिलाको भन्दा अलिक र्सतकचाहिँ भएकोथ्यो । उनीहरूलाई गुरु हावाले आकाशमा कसरी हिँड्नुपर्छ भन्ने कुरा सिकाउनुहुन्थ्यो । तर चुलबुले बादलचाहिँ आकाशबाट देखिने रमिताले अझ बढी चञ्चल भई रहेकोथ्यो । उसले कल्पना गर्यो -"अहो † धरतीमा भएका रूखहरू कति साना देखिएको मानिसहरू त कमिलाजस्ता कति होचा देखिएका † उसलाई अचम्म लाग्यो ।"
ऊ अरू दाजुभाइ, साथीहरू छाडेर एक्लैएक्लै माथिमाथि जान खोज्यो । धेरै माथि नजान हावा गुरुले भनेका कुरा उसले सम्झ्थ्यो । तर पनि धेरै माथिबाट तल हेर्दा झन् मजा आउँदो रहेछ त्यसैले ऊ माथिमाथि जान थाल्यो । माथि त उसलाई चिसोचिसो हुनथाल्यो । उसलाई जाडो लागेर आयो । जाडोले ऊ थर्रर काम्यो । उसले गुरु हावाले भनेको कुरा झल्याँस्स सम्झ्यो । त्यसपछि ऊ पछुताउँदै तल झर्यो । तल उसका दाजुभाइ, साथीहरू आकाशमा चीलहरूबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिक्दै थिए । तर उसले भने यो कुरा सिक्न पाएन । उनीहरू आकाशमा उडदाउडदै रात परिसकेको थियो । राति पनि उनीहरू मजाले घुमे । जून लागेको दिन थियो । जून लागेको हुनाले धर्तीको दृश्य अझ राम्रो देखिन्थ्यो । उनीहरूले जूनको प्रकाश छेकिदिँदा धर्तीमा अँध्यारो भएको रमाईरमाई हेरे । उज्यालो हुने बेलामा उनीहरूले केहीबेर विश्राम लिए ।

भोलिपल्ट फेरि उनीहरू गुरु हावाको साथमा घुम्दैघुम्दै हिँड्न थाले । चुलबुले बादल फेरि साथीहरूलाई छोडेर एक्लिन पुग्यो । आकाशमा चीलहरू पनि उडिरहेका थिए । अरू बादलहरूले चाहिँ चीलबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिकिसकेका थिए । तर चुलबुले बादलले चाहिँ सिकेको थिएन । ऊ चीलको नजिक पुग्यो र भन्न थाल्यो -"ए डरछेरुवा चरो हो बाटो छोड, मलाई घुम्न देओ । " चीलहरू पनि ऊसँग डरायो । उनीहरूले उसलाई बाटो छोडिदियो । ऊ झन् हौसिदै रमाईरमाई उड्न थाल्यो । त्यसैबेला एउटा चीलभन्दा ठूलो डरलाग्दो चरो उसको छेउमा आयो । उसले त्यो चरोलाई पनि चीललाई जस्तो हकार्ने सोच्यो । तर उसले सोच्तासोच्तै त्यो ठूलो चील उसको नजिक आइपुगिसकेको थियो । ऊ डरायो । यो त ठूलो हवाइजहाज थियो । उसले कहिल्यै देखेको पनि थिएन । उसले गुरुबाट यसबारे शिक्षा लिएकै थिएन । त्यो ठूलो चील उसको धेरै नजिक आइसकेको थियो । उसले साथीभाइ खोज्यो । तर देखेन उनीहरू धेरै टाढा थिए । त्यो ठूलो चीलले उसलाई धक्का दियो । उ झन्डै-झन्डै भूइँमा खसेको तर उसले आफुलाई सम्हाल्यो । त्यसपछि उसलाई डर लाग्यो । डरले आफ्ना साथीभाइ खोज्यो । साथीभाइहरू गुरु हावासँग धेरै कुरा सिक्दै थिंए । ऊ पनि गुरुसँग सिक्न गयो ।

गुरु हावाले अब आफूसँग भएको पानी सबै धर्तीमा पोखेर पहाडको बाटो हुँदै घर र्फकनु पर्ने कुरा बतायो । तर चुलबुले बादल भने यति चाँडै घर र्फकन चाहदैनथ्यो । ऊ त अझै धेरै समय आकाशमा बिताउन चाहन्थ्यो । त्यसैले अहिले भने उसले गुरुको कुरा पटक्कै सुनेन् । अरू साथीभाईहरू धर्तीमा पानी पोखेर पहाडको बाटो हुँदै घर फर्के । तर चुलबुले बादलचाहिँ आकाशमा एक्लै घुमिरहेको थियो । सबै साथीभाइ घर गइसकेपछि चुलबुले बादल एक्लै आकाशमा घुम्न थाल्यो ।
एकदिन उसले आकाशमा इन्द्रेणीलाई देख्यो । उसले मनमनै भन्यो - 'ओहो ! इंन्द्रेणी रहिछिन् कति राम्री उसलाई इन्द्रेणीसँग बिहे गरूँगरूँ लाग्यो । उसले इन्द्रेणीलाई सोध्यो -"तिमी मसँग बिहे गर्र्छौ ।" इन्द्रेणीले भनिन् -"मेरो बाआमासँग मलाई माग , दिनुभयो भने बिहे गर्छु "

चुलबुले बादल इन्द्रेणीका वुवा इन्द्रराजासँग इन्द्रेणीको हात माग्न गए । इन्द्रराजाले चुलबुले बादल आकाशमा एक्लै उडिरहेको थाहा पाएको थियो त्यसैले उसले बिहे गरिदिनुको साटो उल्टै हकारेर भन्यो -"तिम्रो बास बस्ने ठाउँ छैन , तिमी आकाशमा उडिहिँड्नेलाई मेरो छोरी कहाँ दिन्छु मेरो छोरी बिहे गरेर कहा राख्छौ । जाउ भाग यहाँबाट ।"

चुलबुले बादललाई अहिले आएर चित्त दुख्यो । ऊ एक्लै भएको हुनाले दुखमनाउ गयो । ऊ रुँदैरुँदै हिँड्यो त्यहाँबाट । अहिले उसले साथीभाइ र गुरु सम्झ्यो । रुँदारुँदै उसँग भएको पानी पनि सकियो । कतिखेर ऊ पहाडमा ठोकिन पुग्यो त्यो कुरा पनि उसलले थाहा पाउन सकेन । पहाडमा ठोकिएपछि ऊ घर आइपुगिसकेको थियो ।

1 comments:

GAUTAM RIJAL ( Doha , Qatar.) said...

aha kati mitho ....... aafno future ko barema nasochne , sadhai jiwan ekainasko hunchha bhanera sochne harilathhak harule yo katha padhe bahne kehi garne soch rakhchhan ki ? Yo bal kathale balbalikalai pani ramro path sikayeko chha. Padhne lekhne belama dhyan nadiyara laparbahi garema bhabisyama dukha painchha tesaile ujjal bhabisya ko lagi padhera gyan hasil garnu parchha bhanne sandesh diyako chha.

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।