बालसाहित्यको छोटो परिचय -
विद्यालयको पाठ्यक्रमलाई आधार नमानी स्वतन्त्रतापूर्वक लेखिएको बालमस्तिष्कलाई रुचिकर हुने सरल, सुलभ भाषाका साहित्यलाई बालसाहित्य भनिन्छ । बालसाहित्य बालकको उमेर, अवस्था परिवेशलाई ध्यानमा राखी उनीहरूको बालमनोविज्ञानलाई नजिकबाट अवलोकन गरी लेखिन्छ । नेपालमा बालसाहित्यको इतिहास त्यति लामो छैन । गाउघरमा काम गर्दै, अँगेनीको डिलमा केटाकेटीलाई राखेर आगो ताप्दै लोककथाहरू सुनाउने चलनसँगै बालसाहित्यको विकास भएको हो । दुई दशक अघिसम्म नेपाली बालसाहित्यमा यथेष्ट विकास नभएको अवस्थामा अहिले यो क्षेत्र फराकिलो हुँदै गएको छ । नेपाली बालसाहित्यको विकासको कुरा गर्दा पाठ्य बालसाहित्यको आधारभूमि पहिल्याउनुपर्ने हुन्छ । नेपालमा पहिलो पाठ्य बालसाहित्य लेख्ने श्रेय गङ्गाधर द्रविडलाई छ । उनले गोरखा पैह्ला किताब (प्रथम भाग) वि.सं. १९४९ मा निकालेका थिए । यस पश्चात विभिन्न लेखकबाट पाठ्यबालपुस्तक प्रकाशित भएको पाइन्छ । बालबालिकालाई औपचारिक रूपमा शिक्षा दिनका लागि राणा–प्रधानमन्त्री देव शमशेरले वि.सं. १९५८ मा पहिलोपल्ट विद्यालयको स्थापना गरेपश्चात नेपाली भाषामा पाठ्यसामाग्रीको आवश्यकता महसुस गरियो र यस कार्यलाई जयपृथ्वीबहादुरको योगदानलाई महत्वपूर्ण मानिन्छ । वि.सं. १९७० मा गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भएपछि बालपाठ्यसामाग्रीको लेखन र प्रकाशनमा संस्थागत प्रयासको थालनी भएको देखिन्छ । यस संस्थामा बसी राममणि आ.दी., चक्रपाणि चालिसे, लेखनाथ पौड्याल, रुद्रराज पाण्डे, बदरीनाथ भट्टराई आदिले बालउपयोगी पुस्तकहरू प्रकाशित गरेका छन् । बालपाठ्य पुस्तकको विकाशक्रममा नेपाल बाहिर दार्जिलिङ्गमा पनि उल्लेखनीय कार्य भएको देखिन्छ । बालपाठ्यसाहित्यको पृष्ठभूमिमा बालसाहित्यको प्रथम मौलिक पुस्तक लक्ष्मीप्रसाद देवकोटाको वि.सं. १९९७ मा प्रकाशित बालखण्डकाव्य राजकुमार र प्रभाकरलाई लिन सकिन्छ । यस क्षेत्रको अध्ययन, अनुसन्धानको कमीले कैयौ“ कृतिहरूको लेखकको नाम र मिति उल्लेख नभएको अवस्थामा छ । यस क्षेत्रमा गहन अनुसन्धानको खा“चो देखिएको छ । प्रधान प्रमोद (नेपाल वालवाङ्मय परिचयकोश–२०६४)
विषय प्रवेश -
नेपाली बालसाहित्यले विभिन्न चरण र मोडहरू पार गर्दै आधुनिक बालसाहित्यको यो अवस्थामा आइपुगेको छ । बालसाहित्यका विभिन्न अप्ठ्यारा पक्षलाई पार गर्दै आधुनिक बालसाहित्यले नयाँ विकास मार्ग कोरेको हो । बालसाहित्यमा उत्कृष्ट बालसाहित्यको अभाव, प्रकाशनका अप्ठ्यारा पक्ष र अनुदित पुस्तकको अभावलाई चुनौतिको रूपमा स्वीकार्दै यस क्षेत्रमा तन, मन, धनका साथ लागि परेका बालसाहित्यकार विजयराज आचार्यको व्यक्तित्व र कृतित्वको यहाँ छोटो चर्चा गरिएको छ । युवा बालसाहित्यकार विजयराज आचार्य (२०३३) यस क्षेत्रका विभिन्न विद्यामा हस्ताक्षर र क्रियाशील व्यक्तित्व हुन् । छोटो समयमा उनले यस क्षेत्रमा गरेको कार्य उल्लेखनीय र प्रशंसनीय छ । यसलाई उनको जीवनीको आधारमा सडकसडकमा पत्रिका बेच्दै हिँड्ने केटोको लगनशीलता, परिश्रम र प्रतिभाले दिएको सफलताको ठूलो खुड्किलो मान्नुपर्दछ । उनको जीवनी नै बालबालिकाका लागि प्रेरणादायी र उदाहरणीय बनेको छ । उनको सफलताको अर्को एउटा खुड्किलो हो– विवेक सिर्जनशील प्रकाशन । उनले आफ्नै लगानीमा खोलेका विवेक सिर्जनशील प्रकाशनबाट धेरैवटा पुस्तक प्रकाशित गरी नेपाली बालसाहित्यमा एउटा सेतुको काम गरेका छन् । उनी अन्य लेखकको मात्र नभई आफैं लेखक भई नेपाली बालसाहित्यमा भएको अभावको खडेरीलाई केही मात्रामा भए पनि सिचाई गर्ने काम गर्दै आएका छन् । उनले बालसाहित्यको विभिन्न विद्यामा कलम मात्र नचलाई प्रकाशनको सुव्यवस्थित वितरकको भूमिका पनि सकुशल निर्वाह गर्दै आएका छन् । बालबालिकाका लागि ठूल–ठूला खोक्रो भाषण र पा“च तारे होटलमा सेमिनार गरेर नअघाउने नेपालको राजनैतिक र सामाजिक परिवेशीय वातावरणमा उनको यो कार्यले चुनौति दिएको महसुस गर्न सकिन्छ । सर्वप्रथम यहाँ उनको सिर्जनाका विश्लेषणात्मक व्याख्या गरिएको छ । उनका सिर्जना मौलिक र अनुदित दुई प्रकारमा बा“ड्न सकिन्छ । उनका प्रकाशित मौलिक रचना झण्डै एक दर्जन रहेको छ भने प्रकाशित अनुदित रचना डेढ दर्जन रहेको छ । त्यस्तै मौलिक र अनुदित गरी उनका प्रकाशोन्मुख रचना करीब डेढ दर्जन रहेको छ । यसबाट उनको बालसाहित्यप्रति कटिबद्धता र क्रियाशीलता छर्लङ्ग भएको महसुस गर्न सकिन्छ । उनका कृतिहरू विशेष गरी आख्यान विद्यामा आधारित देखिन्छ । आख्यान विधाअन्तर्गत नै उनको बालउपन्यास, बालकथा, बालनाटक, जीवनी र अन्तवार्ता रहेको छ । उनले ‘चौध चम्किला कोपिलामा’ उत्कृष्ट बालसाहित्य पुरस्कार २०६० प्राप्त गर्न सफल भएका छन् ।
उनका प्रकाशित कृति विधाका आधारमा तीनवटा बालउपन्यास रहेको छ भने तीन वटा नै जीवनीपरक सचित्र बालकथा रहेको छ । त्यस्तै सचित्र बालनाटक, बालअन्र्तवार्ता, बालकथासङ्ग्रह र सचित्र बालकथाको एक एकवटा कृति प्रकाशित भइसकेका छन् । उनको यहाँ विधागत आधारमा प्रकाशित कृतिको छोटो समिक्षा गरिएको छ ।
बालउपन्यासको विधागत परिचय– बालबालिकाहरूलाई साहित्यमार्फत् मनोरञ्जन, रोचकता र वौद्धिकता प्रदान गर्ने प्रमुख विधा उपन्यास हो । उपन्यासबाट उनीहरू भाषा, व्याकरण, नयाँ कुराको जानकारी, कल्पना, तिलस्मी र जादुका कुराहरू आदि थाहा पाउन सक्छन् । धेरै अघि उपन्यासलाई लोककथा, परिकथा, जादुका कथाबाट आकर्षित र रुचीकार पार्ने गरिन्थ्यो । अहिले आएर उपन्यासमा मनोवैज्ञानिक, सामाजिक विषयवस्तुमा बढी लेखिन थालिएको छ । अहिले नेपाली बालउपन्यासमा विदेशी साहित्यमाझै“ पात्रहरूलाई धारावाहिक उपन्यासमार्फत जीवन्त पार्ने चलन चलेको पाइन्छ । बालउपन्यास लेख्दा बालभावनाअनुरूप विषयवस्तु चयन, भाषाशैलीस्तर हेरि लेखिनुपर्दछ । बालउपन्यास, दर्शन, राजनीति उपदेशमूलक युक्तिहरूबाट अलग राख्नुपर्दछ भन्ने मान्यता पाइन्छ । धेरै पात्रपात्राहरू जटिल विषयवस्तु पनि बालउपन्यासमा वर्जित मानिन्छ । बालउपन्यास मानव र मानवतेर पात्र दुवैलाई प्रयोग गर्न सकिने मान्यता रहेको छ ।
बालसाहित्यकार विजयराज आचार्यको औपन्यासिक प्रवृत्ति -
बालसाहित्यकार विजयराज आचार्यको औपन्यासिक विशेषता खोतल्दा खासगरी उनका बालउपन्यास सामाजिक विषयवस्तुलाई लिएर सामाजिक विंसगति र विकृतिप्रति तीव्र आक्रोश व्यक्ति गरिएको पाइन्छ । तानाशाही राणाशासनले रोपेको सामन्ती संस्कारको वृक्ष प्रचायती व्यवस्था र बहुदलीय व्यवस्थामा हुर्कदै गएको हुनाले देशले राजनीतिक र सामाजिक क्रान्तिको ठूलो कष्टमय कालखण्डबाट गुजु्रनुप¥यो । सामन्ती संस्कारको सियालमा थिचिएका धेरै नारी, जनजाति, दलित, विपन्न वर्ग र शोषितवर्गको आवाज एकमुष्ट भएर विष्फोट भयो । यस्तै क्रान्ति र विद्रोहको आवाज बोकेर नया“ नेपालको निमार्णका संदेशात्मक आवाज हुन उनका बालउपन्यासहरू । सामाजिक र यथार्थवादी धारामा लेखिएको उनको उपन्यास माक्र्सवाद चिन्तनबाट अभिमुख भएको पाइन्छ । सर्वहारावर्गको आवाजलाई आन्दोलित बनाई ठूला–ठूला महलमा बस्ने सामन्तीहरूको पर्खाललाई हल्लाउन उनका बालआवाज सत्रिय र सशक्त छन् । राज्यले बालबालिकाप्रतिगर्ने उपेक्षा भाव, श्रमशोषण, सामन्ती संस्कारको जा“तोमा पिल्सिन बाध्य टुहुरा, अनाथ, दलित र विपन्न वर्गको बालबालिकाको हृदयस्पर्शी रोदनको झङ्कार उनका उपन्यास बज्दछन् । उनका पात्रहरू शोषित, पीडित वर्गका रहेका हुन्छन् । ती वर्गहरू विभिन्न अप्ठ्यारा मोडहरू पार गर्दै आफ्नो हक अधिकारका लागि आन्दोलित बन्न पुग्दछन् । क्रान्तिको ज्वालास“गै नया“ नेपालको सन्देश बोकेर अघि बढ्दछन् । उनका उपन्यासको अर्को विशेषता हो चित्रकारिता । बालबालिकाहरू चित्रप्रति बढी आकर्षित हुन्छन् । चित्रबाट पनि उनीहरूको भावनात्मक रूपले संवेदित हुन पुग्छन् जसले गर्दा कथा प्रभावकारी हुन पुग्दछ । उनका उपन्यासमा भाषाशैली पनि बालबालिकाको स्तरअनुसार लेखिएको हुन्छ । खासगरी उनका उपन्यास उत्तरावाल्यावस्याका बालबालिकाका भाषा र स्तरलाई हेरेर लेखिएको पाइन्छ । उनको औपन्यासिक प्रवृत्ति नीतिपरक र नवमानवतावादी समालोचनाको निकटस्थ भएर होला, उपन्यासमा कल्पना र रोमाञ्चकताको केही अभाव खटकिन्छ । यति भएर पनि बालबालिका आदर्शोन्मुख समाजको परिकल्पनामा नया“ सन्देश बोकेर अघि बढ्न चाहि“ प्रेरित हुन्छन् ।
यहाँ उनको बालउपन्यासहरूका छोटो समीक्षा गरिएको छ ।
नयाँ बस्ती
बालसाहित्यकार विजयराज आचार्यको वि.सं. २०६१ असोजमा प्रकाशित भएको यस कृतिमा चित्र स्वयम्वर हाङले कोरेका छन् । नयाँ बस्ती नयाँ विचार बोकेका शोषित पीडित वर्गको आवाज हो । दलितहरू गाउँघरमा कसरी जिम्मालबाट शोषित छन् भन्ने कुरा यसमा देखाइएको छ । आर्थिक विपन्नताका कारण उनीहरू सामन्ती जिम्मालको शोषणबाट कहिल्यै मुक्त हुन सकेका छैनन् । दलित मुने पा“च वर्षको उमेरदेखि नै जिम्मालको शोषणबाट शोषित हुन पुग्दछ । सार्कीको छोरा नुमे जिम्मालको घरमा गोठालो बन्न पुग्दछ । जिम्मालको स्वास्नीबाट औधी सताइएपछि ऊ सामाजिक संस्थाको कार्यकर्तामार्फत् सहरमा आइपुग्छ । सहरमा पनि उसले त्यस्तै कठिनाईहरू भोग्नुपर्छ । अन्त्यमा ऊ पंडितको छोरी गीतासँगै गाउँमा जिम्मालविरुद्ध विद्रोहको आवाज लिएर पुग्दछ । गाउँमा पनि उसले विभिन्न व्यवधान पार गर्दै अन्त्यमा नयाँ वस्ती बसाउन सफल हुन्छ । जातभात, छुवाछुतले नेपाली समाजलाई विकासको पछिल्लो ढोकातिर धकेलिरहेछ । नयाँ वस्तीमा नुमे र गीता समानता, एकता र मानवताको आवाज बोकेर आदर्श समाजको निर्माण तल्लीन हुन्छन् । यस पुस्तकले बालबालिकालाई आदर्शोन्मुख र नैतिकताको शिक्षा प्रदान गर्नको साथै विद्रोहको संदेश पनि दिन सफल भएको देखिन्छ ।
परिवर्तन
प्रकाशित समय उल्लेख नभएको विजयराज आचार्यको यो उपन्यास चित्रकार एकाराम सिंहको सुन्दर चित्रद्वारा सुसज्जित छ । सडक बालबालिकाको दैनिक जीवनको विषय–वस्तुलाई समेटिएको यस उपन्यासमा घरवारविहिन, आमाबुबा गुमाएका पा“च जना सडक बालबालिकाको कथा छ । यसरी सडकमा आइपुग्नुको कारण ती पा“च जना बालबालिका आफ्नै मुखद्वारा सुनाउ“छन् । पा“चजना बालबालिकामध्ये नुरबहादुर, निरज, गोपाल, श्याम, रीता छन् । सडक बालबालिका भए पनि मेहेनत गरेर पत्रिका बेचेर उनीहरू गुजारा चलाउ“छन् । यहा“ आर्दशवादी र नेतृत्वदायी चरित्र नुरबहादुरलाई देखाइएको छ । तर आर्दशवादी चरित्रको आवरणमा खराब आचरण पालेर बस्ने निशान्तकाकाको खराब आचरण प्रसाइकाकामार्फत् निर्मूल पार्ने प्रयास गरिएको छ । सामाजिक विसंगतिबाट ग्रसित बालबालिका कसरी सडकमा पु¥याइन्छ भन्ने कुरा यहा“ स्पष्टसाथ देखाइएको छ । सडक बालबालिका पनि असल काम गर्न सक्छन् र अ“ध्यारा गल्लीहरूमा उज्यालोको बाटो पहिल्याउन सक्छन् भन्ने संदेश यस उपन्यासमा रहेको छ । विजयराज आचार्यले अथक परिश्रम गर्दागर्र्दै पनि यस उपन्यासमा खट्किन पुगेको एउटै कुरा घटनाक्रम बरोबर दोहोरीरहनु हो । जसले गर्दा बालबालिकामा पुस्तकप्रति अरुचीकर हुन सक्छ । यस पुस्तकको सबैभन्दा राम्रो पक्ष लेखकको उदार हृदयको पारदर्शिता र स्पष्टवादिताको परिचायक स्वरूप राखिएको पाठक प्रतिक्रिया हो । पाठक प्रतिक्रियामा बालबालिकाले दिएको प्रतिक्रियाबाट पुस्तकको महŒव, उद्देश्य र लोकप्रियता झल्केको पाइन्छ । यस सन्दर्भमा लेखकले आफूलाई नढाँटी प्रस्तुत हुनुलाई ठूलो महानता मानिन्छ । नेपाली बालसाहित्यमा विभिन्न विधा पुस्तक अभाव रहेको अवस्थामा र विदेशी भाषा र साहित्यले संक्रमण गरेको अवस्थामा हाम्रा बालबालिकाले आफ्नै भाषामा आफ्नै समाजको सजीव चित्रण यस पुस्तकमार्फत् पाउन सक्छन् । यही नै यस पुस्तकको सफल पक्ष हो ।
हाम्रो आवाज
समाजको कलंकका रूपमा रहेको बालश्रमशोषण, उत्पीडन, गरिबी, अशिक्षा, सामन्ती निर्दयी संस्कार, त्यही संस्कारभित्रबाट गुज्रिरहेको वर्तमान समाजको कुरूप पक्षलाई सचित्र चित्रण गरिएको बालउपन्यास हो– हाम्रो आवाज । प्रकाशित समय उल्लेख नभएको विजयराज आचार्यको यो पुस्तक देव कोइमीको कलाले सुसज्जित छ । उपन्यासको प्रमुख पात्र बालक पासाङ उनको आमाको दुखद अवसानपछि उनका बुबाले एक नेताको होटेलमा छोडेर जान्छन् । होटेलमा नेताकी श्रीमतीले दिएको शारीरिक, मानसिक यातना एवम् श्रमशोषण जुन समाजमा अहिलेसम्म विद्यमान छ, त्यसको पुष्ट चित्र प्रस्तुत गरेका छन् विजयराज आचार्यले । उदार हृदय भएका मास्टरकाकाले बालकको उद्वारा गर्न खोज्दा पनि राजनीतिक नेताहरूको सामन्ती चरित्र, राज्यका नागरिक हक–अधिकारको रक्षा गर्ने जिम्मा लिएको पुलिसप्रशासनको मिलोमतोमा मास्टरकाका र बालक मानिसक रूपमा प्रताडित हुन्छन् र पुनः नेताकै होटलमा बालकलाई काम गर्न पठाइन्छ । चरम शोषणले सीमा नाघेपछि बालक पासाङ त्यहा“बाट भागेर भोको पेट र नाङ्गो शरीर लिएर सहरको गल्लीगल्लीमा कवाडी खोज्न बाध्य हुन्छ । गल्लीगल्लीमा भोकभोकै भौतारिदा पनि बालक पासाङ जीवनप्रति हरेक नखाई आशावादी भएर सफल जीवन बाँच्न सफल हुन्छ । यहाँ गैरसरकारी संस्थाका कार्यकर्ताहरूले डलरको खेती थन्क्याउने धुनमा निमुखा, असहाय सडक बालबालिकालाई कसरी प्रयोग गर्छन् भन्ने कुरा पनि देखाइएको छ । समाजको यथार्थ चित्रण उतारिएको यस उपन्यासबाट बालबालिकाले आफूजस्तै सडकका बालबालिका कतिको र कसरी पीडित हुन्छन् भन्ने कुरा थाहा पाउन सक्छन् ।
जीवनीपरक सचित्र बालकथामा विजयराज आचार्यको उपस्थिति
प्रेरणादायी जीवनीलाई चित्रसहित प्रस्तुत गरिएको आख्यानलाई जीवनपरक सचित्र बालकथा भनिन्छ । उपन्यासपछि बालसाहित्यमा विजयराज आचार्यको बढी हस्ताक्षर भएको विधा जीवनीपरक सचित्र बालकथा हो । यो विधामा उनले तीनवटा कृति तयार गरेका छन् । चित्रसहित प्रस्तुत गरेका हुनाले उनी यस विधामा सफल पनि भएका छन् । उनका कृति निम्नानुसार रहेका छन् ।
झमककुमारी
वि.सं. २०६० साउनमा प्रकाशित विजयराज आचार्यको झमककुमारी जीवनीपरक सचित्र बालकथा प्रशंसनीय र उदाहरणीय पुस्तक हो । यसको चित्र चित्रकार सुजन चित्रकारले कोरेका छन् । धनकुटा नगरपालिकाको कचिडे भन्ने ठाउँमा जन्मेकी झमककुमारी राष्ट्रकै प्रतिभा हुन् । शारीरिक रूपमा अपाङ्ग भएकी झमकले अनेकौँ अप्ठेरो र अचम्मलाग्दा परिस्थितिलाई थिचोल्दै अध्ययन र लेखनमा आफूलाई कसरी सक्षम बनाउन सफल भइन् भन्ने कुरा यहाँ देखाइएको छ । उनी बोल्न सक्दिनन् । दुवै हातले काम गर्दैनन् । यस्तो परिस्थितिमा पनि उनले घरमा नै बसी लुकीलुकी पढेर आफूलाई वैचारिक रूपले सक्षम र सबलाङ्ग बनाउन सफल भइन् । उनको यो प्रेरणादायी जीवनले बालबालिकामा भविष्यमा केही गरौ“ भन्ने प्रेरणा मिल्न सक्छ र परनिर्भता नभई आत्मनिर्भता बनौ“ भन्ने संदेश दिन्छ । काठमाडौ“देखि टाढा गाउँमा रहेको प्रतिभालाई खोजेर यसरी बालबालिकाको सामु प्रस्तुत गर्नु विजयराज आचार्यको बालबालिकाप्रतिको समर्पण भएको मूल्याङ्कन गर्न सकिन्छ । यो पुस्तक आत्मगत शैलीमा लेखिएको हुनाले पढ्दा कतै झमक आफैँले लेखेकी हुन् कि भन्ने भम्र पर्न सक्छ ।
केवलपुरे किसान
वि.सं. २०६१ सालमा प्रकाशित विजयराज आचार्यको अर्को जीवनीपरक सचित्र बालकथा हो– केवलपुरे किसान । यसको चित्रकार पनि देव कोइमी नै छन् । कविहृदय भएका किसान परिवारमा जन्मेका केवलपुरे किसानको आत्मगत शैलीमा लेखिएको यो आत्मकथा हो । कविको कविताबाट शुभारम्भ भएको यो कथामा कविले भोग्नुपरेको आर्थिक, सामाजिक र राजनीतिक प्रताडनाहरूको सचित्र व्याख्या गरिएको छ । सरस्वतीपुत्र केवलपुरे किसानले लक्ष्मीमाताको आर्शीवाद नपाउँदा–नपाउँदा अनेकौँ आर्थिक कठिनाई भोग्नुपरेको कथा यस पुस्तकमा उल्लेख छ । समाजमा शिक्षा र साहित्यको महत्व बुझाउँदै साधनामा लीन हुने केवलपुरे किसानले समाजसेवा गरी थप व्यक्तित्व उजिल्याउने काम गरेका छन्– उनको आत्मकथामा । मै खाऊँ, मै लाऊँ ससुखसयल सब मोज म गरुँ भन्ने समाजमा उनले श्रीमतीको सम्झनामा पानी ट्याङ्की निर्माण गरी समाजमा उदाहरणीय काम गरेका छन् । राणा शासन, पञ्चायती व्यवस्था र बहुदल व्यवस्थालाई प्रत्यक्ष रूपमा देखेका र भोगेका केवलपुरे किसान राजनैतिक विकृतिप्रति वितृष्णा व्यक्त गर्दछन् । सामाजिक भेदभाव र ठूलावडाको मात्र समाजमा बोलवाला रहने प्रवृत्तिबाट उनी विरक्तिएको सन्देश दिन्छन् । केवलपुरे किसान स्रष्टामात्र नभई द्रष्टाका रूपमा पनि प्रस्तुत भएको यस आत्मकथामा बालबालिकाले देशको सामाजिक, राजनैतिक अवस्थाको जानकारी पाउनका साथै सङ्घर्षमय जीवनमा पनि हरेश नखाई अघि बढ्ने प्रेरणा पाउन सक्छन् । प्रेरणादायी जीवन बिताएका केवलपुरे किसानजस्ता स्रष्टाको आत्मकथा प्रकाशित गर्ने विजयराज आचार्य स्वयम् प्रशंसनीय बनेका छन् ।
कान्छा कुमार -
वि.सं. २०६३ साल असारमा प्रकाशित भएको कान्छा कुमार पुस्तक जीवनीपरक सचित्र बालकथा हो । यसका चित्रकार एकाराम सिंह हुन् । कान्छाकुमार कर्माचार्यलाई चित्र जगतमा के.के. कर्माचार्यको नामले चिनिन्छ । उनको कारुणीक र दयनीय अवस्थाको बाल्यजीवन पढेर बालबालिका मात्र नभई जोकोही प्रभावित हुन पुग्दछन् । यस्ता प्रेरणादायी जीवन बाँच्न सफल वरिष्ठ चित्रकारको वाल्यावस्थालाई उजागर गरेर बालबालिकाको सामु पस्कनु लेखकको यो क्षेत्रमा ठूलो योगदान मान्नु पर्दछ । व्यक्तिमा प्रतिभा भए ऊ जुनसुकै कठिन परिस्थितिमा पनि आफूलाई माझेर समाजमा प्रकट हुनसक्छ भन्ने कुरा उनको आत्मकथाले देखाएको छ । वाल्यकालमा हातमा पैसा नहुँदा खेलौनाहरू बनाई, चित्रहरू कोरिदिए स्वावलम्बी हुने पाठ के.के. कर्माचार्यले बालबालिकालाई दिएका छन् । समाजमा चित्रकार उपेक्षित अवस्थामा रहेको भए पनि सफल चित्रकार भई समाजमा मान सम्मान इज्जत पाउन सकिन्छ भन्ने सन्देश उनको आत्मकथाले दिन्छ । यो पुस्तक विजयराज आचार्यको एउटा शशक्त र सफल पुस्तक मान्नुपर्दछ ।
सचित्र बालकथामा विजयराज आचार्यको ‘शान्तिको आत्मकथा’को संक्षिप्त विवेचना -
बालसाहित्यमा बालकथाहरूलाई चित्रसहित कथा प्रस्तुत गरिने वा चित्रमार्फत् कथा बुझाउने प्रवृत्तिलाई सचित्र बालकथा भनिन्छ । बालसाहित्यमा यो प्रवृत्तिलाई अत्यन्त उपयोगी र प्रभावकारी मानिन्छ । बालबालिकाहरू चित्रप्रति अत्यन्त आकर्षक हुन्छन् तसर्थ चित्रमार्फत् कुनै कुरा भन्न वा सन्देश दिन अत्यन्त प्रभावकारी मानिन्छ । उनका सचित्र बालकथामा शान्तिको आत्मकथालाई सफल चित्रकथा मान्नुपर्छ । यो पुस्तक वि.सं. २०५९ सालमा प्रकाशित भएको हो भने यसका चित्रकार शान्तिको आत्मकथामा पनि उनको उपन्यासझैँ विपन्न वर्ग र सम्पन्न वर्गको द्वन्द्व देखाइएको छ । शान्ति एउटी सानी फुच्ची पात्रको कारुणीक र दयनीय अवस्थाको चरित्र चित्रण गरिएको छ । जिम्मालको घरमा काम गर्न बसेकी शान्ति अनेकौँ सास्ती खेपेर पनि मास्टरकाकासँग पढेर साक्षर हुन्छे । पढेर ऊ गाउँमा नै मास्टरी काम गर्न थाल्छे । चित्रसहितको यो कथा अत्यन्त आकर्षक र प्रेरणादायी छ । भाषाशैली बालबालिकाले सुहाउँदो भएको यो आत्मकथामा प्रथम पुरुषवाचक सर्वनाम ‘म’ को प्रयोग गरिएको छ । यस कथाबाट बालबालिकाले प्रेरणा र हौसला प्राप्त गर्न सक्छन् साथै उनीहरूलाई मनोरञ्जन र बौद्धिक खुराक दिन पनि यो चित्रकथा सफल भएको छ ।
विजयराज आचार्यको सचित्र बालनाटक ‘उज्यालोको खोजीमा’ को संक्षिप्त विवेचना -
नेपाली बालसाहित्यमा सबैभन्दा कम लेखिएको विधा नाटक विधा हो । नाटक विधा लेखिँदैमा पूरा हुँदैन यसलाई मञ्चन गरेर बालबालिकामा पु¥याउन सकेमात्र यसले पूर्णता प्राप्त गर्दछ । ‘उज्यालोको खोजीमा’ विजयराज आचार्यको वि.सं. २०६१ मा प्रकाशित सचित्र बालनाटक हो । चित्रकार स्वयम्बर हाङको कुशल चित्रकारिताले यो बालनाटक संवादात्मक शैलीमा प्रभावकारी भएको छ । बालबालिकालाई सबैभन्दा गाह्रो राजनैतिक अवस्था र चिन्तनको विषयमा जानकारी दिनु हो । यस्तो अप्ठेरो विषयलाई विजयराज आचार्य संवादमार्फत् सरल भाषामा बालबालिकालाई राष्ट्रको राजनैतिक परिस्थिति ज्ञात गराउन सफल भएका छन् । प्रजातन्त्र के हो ? क्रान्ति, हडताल र आन्दोलन किन हुन्छ ? देशको राजनैतिक अवस्थाको जानकारी सानैदेखि राख्नुपर्छ भन्ने सन्देश यो नाटकले दिएको छ । यसमा बाबु र छोरालाई दुई पात्रलाई संवादका माध्यमबाट नेपालको राजनीतिप्रति तिखो व्यङ्ग्य हान्न लगाइएको छ । सहिदको रगतमा टेकेर नेताहरूले दमन, महँगी र भ्रष्टाचार गरेर प्रजातन्त्रको हुर्मत लिएको नाटकमा देखाइएको छ । देशले उज्यालो खोजीरहेको छ भन्ने प्रतिकात्मक सन्देशको रूपमा मैनबत्ती बालेको मान्छे देखाएर नाटक टुङ्ग्याइएको छ । नाटकका कतिपय विधागत प्रवृत्तिबाट विमुख भएको यस पुस्तकलाई चित्रकथा मात्रै भन्दा पनि खासै असर नपर्ने देखिन्छ । विषयवस्तु केही जटील भएको हुनाले सबै स्तरका बालबालिकाले यो सन्देश बुझ्न सक्छन् भन्ने गाह्रो हुन्छ । तर पनि चित्रात्मक शैलीमा कतिपय भाव व्यक्त गरिएको हुनाले नयाँ चेतनाको सन्देश बोकेको यो पुस्तक उत्तरवाल्यावस्ता बालबालिकालाई रुचीकर हुन सक्छ ।
विजयराज आचार्यको चम्किला चौध कोपिला (बालअन्तर्वार्ता) को संक्षिप्त विवेचना -
बालसाहित्यकार विजयराज आचार्यको बालअन्तर्वार्ताको रूपमा वि.सं. २०६० सालमा प्रकाशित भएको यो प्रशंसित पुस्तक हो । ठूलाको मात्र अन्तर्वार्ता छापिएको अवस्थामा प्रतिभाशाली चौध बालबालिकाको अन्तर्वार्ता समेटिएर छापिएको यो पुस्तक नेपाली बालसाहित्य यात्रामा नौलो आयाम मान्न सकिन्छ । विभिन्न स्थान तराई, पहाड, हिमाली साथै भारत प्रवासमा रहेका सामान्य बालबालिका तर प्रतिभावान बालबालिकाको जीवनीका साथै अन्तर्वार्ता छाप्नु चानचुने कुरा होइन । यस कार्यबाट उनी धन्यवादका पात्र बनेका छन् । चौधजना बालबालिकामा नौजना बालिका छन् भने पाँचजना बालक रहेका छन् । बालबालिकाहरू मध्ये तीनजना त अपाङ्ग छन् भने केही असहाय र टुहुरा छन् । तिनीहरू अभाव, कठिनाइ, श्रम र सङ्घर्षका माझ आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् । शिक्षा, साहित्य, संस्कृति, खेलकुद, परोपकार आदि क्षेत्रमा उनीहरूले प्रशंसनीय कार्य गर्दै आएका छन् । प्रस्तुत अन्तर्वार्ताको केन्द्रमा झमककुमारी रहेकी छिन् । अपाङ्गहरूका लागि मात्र नभएर सम्पूर्ण मानव समुदायकै निम्ति प्रेरणापुञ्ज बनेकी झमककुमारी अपाङ्गता विरुद्ध र आर्थिक प्रतिकुलता विरुद्ध सङ्घर्ष गरेर उदाहरणीय बाटो हि“डिरहेकी छिन् । हात नभए पनि खुट्टाका भरमा सम्पूर्ण काम र लेखपढ गर्दै प्रगतिपथमा लम्केकी सरस्वती शर्मा तथा सपना पोखरेलको उत्साह, कठिन आर्थिक अवस्थाको बीच पनि घरका काम र अध्ययन गर्दै गरिब–असहाय बालबालिकालाई दिनको दुई घन्टा पढाउने विमला राउतको समाजसेवा तथा आफ्ना पितामाताको काममा सघाउँदै पढाइमा पनि विशिष्टता–प्रदर्शन गर्ने सञ्जीव पाण्डेको कार्य प्रशंसा गर्न लायक छन् । पिताले भारतको आसाममा अरुको सुरक्षाका लागि लड्दा प्राण त्यागेपछि टुहुरो बनी घरजग्गा माया मारेर आमासँग नेपाल फर्केका कृष्णप्रसाद खरेल वा पिताद्वारा परित्यक्ता आमास“गै कवाडी काममा लागेका कृष्ण भुजेलका शिक्षा–आर्जनका रुचि एवम् उपलब्धि तथा आमाबुबा पहिरोमा पुरिएर टुहुरो हुनु परे पनि अध्ययनमा राम्रो प्रगति गरेर असहाय टुहुरा बालबालिकाको उद्धार गर्ने सीता केसीको असल चाहना उज्यालो विचारद्वारा आलोकित छन् । बाल्यकाल मै मीना कृष्ण खड्काले साहित्यिक क्षेत्रमा देखाएको उज्यालो छवि र दीपिका केसीले खेलकुदमा देखाएको क्षमता, आमालाई तरकारी पसलमा सघाएर पनि मिनु के.सी.ले पढाइमा गरेको प्रगति अनि सुमन पन्तको अध्ययनशीलता एवम् देशभक्तिपूर्ण भावनामा हाम्रो आशा एवम् भरोसाको बाली झुलेको देखिन्छ । यसरी नै पासाङ दोर्जे शेर्पा र सविन्द्र कुइँकेलका विद्यालय–जीवनका उपलब्धि एवम् भावी जीवनका लक्ष्यहरूले पनि असल बाटोलाई पछ्याइरहेका छन् । त्यसैले यो पुस्तक बालबालिकाको चरित्र निमार्णमा विशेष आधार बन्न सक्छ । विजयराज आचार्यको यस कृतिले बालबालिकाको वास्तविक सामाजिक अवस्था उदाङ्गो पार्नुका साथै राज्यलाई पनि यस्ता प्रतिभावान कोपिलालाई केही गर्न घचघचाएको महसुस गर्न सकिन्छ । समग्रमा बालबालिकास“ग प्रत्यक्ष कुराकानी गरेर उनीहरूको फोटोसहित प्रस्तुत गरिएको यो कृति बालसाहित्यको महत्वपूर्ण कृति हो । उनले यसै पुस्तकमा बालसाहित्य पुरस्कार– २०६० पनि प्राप्त गरेका छन् ।
अनुदित बालकृतिमा विजयराज आचार्यको उपस्थिति –
अर्को भाषाको कृतिलाई अर्कै भाषामा अनुवाद गरिएको कृतिलाई अनुवाद कृति भनिन्छ । भाषा साहित्यमा अनुवाद कृतिको आफ्नै महत्व हुन्छ । अनुवाद कृतिले आफ्नो भाषा साहित्यलाई समृद्ध र सुदृढ बनाउन सक्षम हुन्छ । अनुवाद कृतिमा लेखकको मौलिक भावना र कल्पना व्यक्त गर्न नसकिए पनि अनुवादसम्बन्धी प्रतिभा देखाउन सक्छन् । अनुवाद गर्दा लेखकले दुवै भाषामा गहिरो अध्ययन गरेको हुनुपर्दछ । कतिपय भाषा शैलीको ठीक तरीकाबाट अनुवाद गरिएन भने ठीक उल्टो अर्थ लाग्न पनि सक्छ । अझ बालबालिकाको क्षेत्रमा लेखक संवेदनशील र सचेत भएर लाग्नु पर्दछ । युवा बालसाहित्यकार विजयराज आचार्यको यस क्षेत्रमा विशेष अनुभव र ज्ञान हासिल भएको जानकारी उनका सत्रवटा अनुदित कृतिबाट थाहा पाउन सकिन्छ । उनका अनुदित कृतिमा धेरैजसो चिनिया“ भाषाबाट नेपाली भाषामा अनुवाद गरिएका छन् । रमाइला चिनिया“ बालकथाहरू, बालबगैँचा, एउटा नयाँ पुलको निर्माण, खरायोको पुच्छर किन छोटो भयो ? प्रसिद्ध चिनियाँ बालकथा (खण्ड–१), प्रसिद्ध चिनियाँ बालकथा (खण्ड–२), प्रसिद्ध चिनियाँ बालकथा (खण्ड–३), कृतज्ञ बाघ पुस्तकहरू चिनियाँ भाषाका रोचक बालकथाहरूलाई नेपालीमा अनुवाद गरिएको छ । उनले लियो टाल्सटायको उत्कृष्ट बालनाटकहरू, विश्वप्रसिद्ध जापानी लोककथाहरू, विश्वप्रसिद्ध बालकथाहरू (खण्ड–६), विश्वप्रसिद्ध बालकथाहरू (खण्ड–७), रवीन्द्रनाथ टेगोरका उत्कृष्ट बालकथाहरू अनुवाद गरी प्रकाशित गरेका छन् । पञ्चतन्त्रका रमाइला कथाहरू सम्पादन गरी प्रकाशित गर्नुका साथै प्रसिद्ध चिनियाँ बालकथाहरू संयुक्त अनुवाद गरी प्रकाशित गरेका छन् । यी पुस्तकहरू विजयराज आचार्यले आफ्नै प्रकाशनबाट स्तरीय पुस्तकका रूपमा प्रकाशित गरेका छन् ।
निष्कर्ष –
नेपाली बालसाहित्य क्षेत्र परम्परागत शैली र प्रयोग बाट विमुख भई नया“ प्रयोग र धारमा बगिरहेको अवस्थामा बालसाहित्यकार विजयराज आचार्यको उपस्थितिलाई उपलब्धीमूलक मान्नुपर्दछ । बालसाहित्य लेखिएर मात्र हुँदैन अभिभावकहरुले यसको महŒव बुझी आफ्ना बालबालिकालाई पढ्न दिइयो भने मात्र यसले सार्थकता पाउन सक्छ । त्यसैले बालसाहित्यलाई बालबालिकाले मात्र पढ्ने साहित्य मानिँदै आएमा उत्कृष्ट बालसाहित्यबाट बालबालिका सधै बन्चित रहने सम्भावान प्रवल रहन्छ भने अर्कोतिर उत्कृष्ट बालसिर्जना सिर्जित हुन पनि मुश्किल पर्दछ ।
सन्दर्भ विविध कृतिबारे
प्रधान, प्रमोद–२०५७, नेपाली बालसाहित्यको इतिहास
प्रधान, प्रमोद–२०६४, नेपाली बाल वाङ्मय परिचय कोष
विजयराज आचार्यका प्रकाशित सम्पूर्ण कृति
श्रेष्ठ, चंकी–२०६२, शब्द, स्पर्श र अनुभूति
0 comments:
Post a Comment