April 5, 2010

भ्रामक सत्य

चिया उद्योगका कर्मचारीले गरेको हडताल झन्डै दुई हप्ता भइसक्यो । मेरो चिन्ताको तापक्रम बढेको बढ्यै छ । न सम्झौता हुन सक्यो न त सहमतिमा नै पुगियो । सब बर्बाद छ । चियाको पत्ता बढेर कामै नलाग्ने भइसक्यो । न वार्ता नै सफल हुन सक्या छ । यी मु....हरू ले गर्नसम्म गरे , न आफू गरेर खान्छन् न अरूलाई गर्न दिन्छन् । म क्रोधित हुन्छु आफैँसँग के गरौँ - स्वास्नी , छोराछोरी माया मारेर विदेश बसेर ल्याएको सम्पत्ति सबै चिया खेतीमा लगाइयो । अहिले कमाइ खानेबेलामा यो हविगत भयो । कतै काठमाडौमा बसेर पनि टाढाको फल सजिलै खान पाइँदो रहेछ त - यो भन्दा त बरु घरघडेरीमा लगाएको भए दिनको दुना रातको चौगुना बढिसक्थ्यो , के बुद्धि आएछ ... शनि नै बसेछ क्यार ग्रहमा त्यसबेला आफैसँग रुष्ट हुन्छु , आफ्नो गलत प्रक्रियाबाट । आँ.. जे हुनु भइहाल्यो अब चिन्ता लिएर के फाइदा... चिन्तित आत्मालाई सान्त्वानाको लेपन लगाउन पुग्दछु । सबै लागेका छन् - मानवअधिकार , नागरिक समाज, हेरौँ दूईचार दिन केही भइहाल्छ कि अनि जाउँला पूर्वतिर ।

ओहो !.. बहिनी जुवाइका सामानहरू मिलाई दिनुछ । उनीहरू अमेरिकातिर लागे , अफिसले पठाएपछि जानैपर्यो । जुवाईलाई त जान मन थिएन, तर के गर्नु जागिर न हो । सञ्चार माध्यममा काम गरेर कमाएका विश्वासले जान पाएका छन् । नत्र जो कोहीलाई कहाँ पठाउँथे अमेरिकामा इन्चार्ज बनाएर । अमेरिकाबाट उनीहरूको पत्रिका 'द एभरेस्ट' प्रकाशित हुने भन्नेबित्तिकै जाने मान्छेका ताँती थिए रे । तर जुवाइलाई नै पठाएछन् एमडीले यो उहा“ले कमाएको विश्वासको ठूलो पुरस्कार हो ।

गैरसरकारी संस्थाको जागिर अफिस नै कोल्याप्स भएपछि केको जागिर । रिटायर्ड जीवन सरह दिन बिताउनु परेको छ.. यस्तै सुसेधन्दा गरेर के गर्नु.. ती तलबका मूठा यी दिनमा कहाँ हराए कहाँ.. आफैलाई थाहा छैन । गर्नसम्म गरे यी माउवादी र चल्लावादीहरूले । देश मात्र डुबाएका हुन् र हजारौँ जनताको खाने गाँस , बास, कपास नै उडाए - हावामा बेलुन उडाएझैँ ।

मेरो सुसेधन्दामा सहायकको भूमिका निभाउन आइपुग्छे - मेरी श्रीमती । दुवैजना भएर बहिनीजुवाइका सामान मिलाउन थाल्छौँ । सबै सामान छोडेर गएकी छे, मेरी एकलौटी बहिनी । त्यसैले उसको सामानको राम्रो हेरविचार गरिदिनु मेरो परम कर्तव्यमात्र हैन धर्म पनि हो ।

ओहो †.. सामानमा त मेरो चिया फ्याक्टीमा उत्पादन भएको चियाको प्याकेट पो रहेछ । जहाँसम्म मलाई थाहा छ यो रजिर्स्र्टड नम्बर भएको चिया मैले कसैलाई उपहार दिएको थिएँ । तर कसरी आइपुग्यो मेरी बहिनीकोमा † म अनुसन्धान कार्यमा लाग्छु र श्रीमतीलाई सोध्छु- "तिमीले यो चियाको प्याकेट शारदालाई दिएकी थियौ -"

उनले भनिन् -" हैन मैले दिएकी छैन यो बिना दूधमा खाने चिया नानीलाई मन पर्दैन । नानीहरू कडा रङमा खाने चिया मन पराउनुहुन्छ । "

श्रीमतीको उत्तरले मेरो आशङ्का र कौतूहलतालाई अझै गहिरो बनाउँदै लान्छ । मेरो सोचाईले भ्यागुते उफ्राई उफ्राई विभिन्न शङ्का र आशङ्काका डाँडा नाघ्न पुग्दछ । तर सही निष्कर्षजन्माउन सक्दैन । अनभिज्ञताको प्रसवपीडाले छटपटाउँछु । म दिनभर झोक्राइरहन्छु । कसरी त्यो चियाको प्याकेट बहिनीजुवाइकोमा पुग्यो । दिनभर जसो दिमागलाई जागिरे बनाएर खोजतलासमा लगाइरहेँ ।

साँझ पर्यो । बेलुका खाने समयमा डाइनिङ टेबुलको अगाडि उही चियाको प्याकेट हाँसिरहेकोथ्यो । अचम्म ! यसरी निर्जिव वस्तु पनि कतै हाँस्छ । तर होइन यो त हाँसिरहेछ । बेलुका हल्का डिङ्क्स गर्ने आदत छ । हिस्कीसँगै त्यो चियाको प्याकेटको इतिहास पनि निल्न पाए हुने ऊ कसरी यहाँ आइपुग्यो भनेर तर यसले भन्न सक्दैनन । यसको असली हकदार बहिनीजुवाइ अमेरिका पुगिसकेका पनि छैनन् । अब कसो गरूँ... इतिहासको खोजीमा अलिक बढी नै पिइएछ क्यार... । मस्तिष्क र आँखाको सामञ्जस्यता मिलिरहेको छैन । म विगतको इतिहास पिउन थाल्छु , म भ्रामक सत्य भित्र रुमलिन पुग्दछु ।

"हाकिम साहेब, यो चिया उपहार हजुरलाई टक्राऊँ कि..?" म भन्दै थिएँ ।
"होइन पर्दैन, यस्तो चियासिया, तपाईँ दुःख नगर्नुहोस् त्यसै.. हुन्छ , नि । किन दुःख गर्नु हुन्छ । " हाकिम भन्दै थिए ।
"होइन ऋण अफिसले दिने , अफिसले असुल्ने हो अनि हजुरहरू यति टाढाबाट आएर हाम्रो सेवा गरिदिनु भएको छ । यसो घरमा खानलाई यो केमिकल नहालेको चिया राम्रो हुन्छ सर ।" म भन्दै थिएँ ।
"हुन्छ नि, दिनुहुन्छ भने भैगो । "

कुन बेलामा टीभी हेर्न कोठामा आइपुगेँ , मलाई थाहा छैन । टीभीमा उही चिया नाचिरहेछ । उपहार चियाको एडले मलाई फेरि उही चियाको प्याकेटमा हराउन बाध्य बनाउ“छ । मेरो अर्धचेतन मनलाई आफ्नो कलात्मक अभिव्यक्तिले लट्ठ्याउन सफल हुन्छ उक्त चियाको प्याकेट ।

ऊ नाच्तै मेरो छेउ आइपुग्छ । म झस्कन्छु । म बोल्दैछु -"हैन तँलाई मैले एउटा हाकिमको साथ लगाएर पठाएको हैन त फेरि कसरी मकहाँ आइपुगिस् -"
ऊ रुन्चे स्वर पारेर भन्दै छ - " मालिक, हजुरले मलाई त्यो हाकिमको साथमा पठाउँदा मेरो मन कति रोएको थियो । त्यससमय म बेचिएको थिएँ । मेरो अस्तित्व बेचिएको थियो । लाखौँ नेपाली चेलीबेटीको अस्तित्व बेचिएझैँ ।"उसको प्रत्येक वाक्यले मलाई लाग्दैथ्यो पक्कै यो हजारौ नेपाली चेलीबेटीका आवाज हुन् ।
"हजुरलाई थाहा छ छैन हामी भनेको उपभोग्य वस्तु हौँ । उपभोग्य बस्तुलार्इर् उपभोक्ताले मात्र सही सदुपयोग गर्न जानेका हुन्छन् । किनभने त्यसको लागि उसले पसिना बगाएर कमाएको सम्पत्ति लगाएको हुन्छ । अनि आफ्नो पैसा एकएक गरी असुल्छ । उपभोक्ता र हामीबीच नङ मासुको सम्बन्ध हुन्छ । तर हजुरले मलाई उपहारको रूपमा कसैको हातमा सुम्पनुभयो । तर ऊ मेरो असली उपभोक्ता हुन सकेन त्यसैले मेरो महत्व उसले बुझ्न सकेन । म लाचार भएर उसको घरमा मूल्यहीन र अर्थहीन भएर बस्न बाध्य भए ।

"अनि के भयो त , त्यसपछि , उनीहरूले उपभोग गरेनन् तँलाई -"- म केही चर्को स्वरमा भन्दै छु ।
"गरेनन् हजुर.. , गरेको भए म यहाँ हजुरकोमा कसरी आइपुग्थे - "
"त्यसपछि के भयो लौ बता.. म जान्न साह्रै इच्छुक छु । "
"म दराजमा बन्द भएर बसेको धेरै समयपछि एकदिन हाकिमकी स्वास्नीको स्वर सुने, ' ए हजुर.. यो चियाको प्याकेट पल्लोघरको डाक्टरलाई दिऊ है , उसले कस्तो सहयोग गर्छ , रात बिरात बच्चाहरू बिमारी हुँदा पनि आएर हेरिदिन्छ । केही दिनु पर्छ नत्र लाज हुन्छ । यसरी फोकटमा आएको चीज हो । त्यसै बसेको छ दिऊ है ।'
"देऊ न त , आखिर काम लाग्ने मानिस हो । दिँदा पनि यसको महत्व बढ्छ ।" यसरी म एकठाउँबाट अर्को ठाउँमा बेचिएँ। म लाचार र विवश थिएँ । म मृतआत्मा लिएर बाँच्न बाध्य थिएँ ।"
"त्यसपछि के भयो भन न त ।"
"त्यसपछि डाक्टरको घरमा पनि म निकै दिन बसे किचनको कपबोर्डमा । त्यहाँ पनि कसैले मेरो सदुपयोग गरेनन् । डाक्टर कफी पिउथ्यो । अरू कडा रङ्गको चिया खान्थे । म त्यसै उनीहरूको रमिता हेरेर बस्न बाध्य थिएँ । एकदिन कानमा डाक्टरले मेरो नाउ लिएको आवाज आयो ।
ऊ भन्दै थियो - "सुन ओ डार्लिङ्ग यो चियाको प्याकेट छ नि त्यसै पडिरहेछ । यसलाई कतै तह लाऊ है । "
"कहाँ तह लाउने हो भनि हाल्नुस् न । "
"कहाँ तह लाउने नि उही त हो । जहाँबाट सब काम कुरा हुन्छ । अहिले टेनिङ् को हल्ला चलिरहेछ , कतै विदेश जानेमा आफ्नै नाम परिहल्छ कि भनेर काठमाडौ जाँदै छु । उही उपसचिव कहाँ पुर्याउनुपर्यो । श्रद्धा पनि बढ्छ । काम पनि भइहाल्छ । "
"हुन्छ , लगिहाल्नुस् न त यसको यहाँ के काम छ । "
यसरी म फेरि डाक्टरकोबाट उपसचिवको घरमा भित्रिए ।
"अनि त्यसपछि के भो - "
म धङधङतीमा नै सोध्दै छु ।

"त्यसपछि म त्यहाँ पनि धेरैदिनसम्म बसेँ । एकदिन उपसचिवकी श्रीमतीले मेरो नाम पुर्कादै थिइन् - " ए हजुर सुनिस्योस, यो चियाको प्याकेट छ नि त्यो मिडियाको मान्छेलाई दिऊ है । उसले मेरो धेरै काम गरिदिएको छ । हामी यहाँ कोही खाँदैनौँ फिका चिया, उनीहरू फिका चिया नै खान्छन् । "

उपसचिवकी श्रीमती लेखिका थिइन् । उनको लेखहरू पत्रिका छापिरहन्थ्यो । त्यसैले मिडियाको मान्छे भनेको हजुरको बहिनीजुवाइलाई दिने भनेर भनेका थिए । उपसचिवले पनि सजिलै हुन्छ भनिदियो । त्यसपछि म फेरि मिडियाको घरमा पुगेँ । यसपल्टचाहिँ मलाई खुसी लागेको थियो उनीहरू फिका चिया नै मन पराउँछन् भनेको सुनेर । तर चाँडै नै मेरो खुसीमा चट्याङ्ग पर्यो किनभने उनीहरू चाँडै नै अमेरिका जाने कुरा गर्दै थिए । उनीहरू अमेरिका जाँदा कतै मलाई कन्टेनरमा मिल्काएर जान्छन् कि भन्ने मलाई ठूलो चिन्ता थियो । तर भाग्यबश हजुरका बहिनीजुवाइ रहेछन् र मलाई सही ठाउँमा ल्याइ पुर्याइए । अब मलाई खुसी लागेको छ ।..हजुरसँग म एउटा बिन्ती चढाउँछु...अब हजुरले कहिल्यै यस्तो उपहार दिनु हुने छैन , जुन उपहार , उपहारको लागि उपहार होस् उपहारको पनि सही अर्थ लागोस् र यसको सही सदुपयोग होस् । "

यति भन्दै ऊ रुन थाल्यो । उसको रुवाइ देखेर मेरो मन विचलित भयो वास्तवमा चियाको कहानी सुनेपछि एकछिन म स्तब्ध भएँ । अब कहिल्यै कसैलाई त्यस्तो उपहार टक्रयाउदिनँ जुन उपहार उपहारको लागि उपहार हुनेछ भनेर कसम पनि खाएँ ।
यत्तिकैमा छोराले झकझकायो, मेरो तन्द्रा टुटछ । ऊ भन्दै थियो "बुबा, बुबा टीभीमा भन्दै छ भोलिदेखि चिया फ्याक्टीमा काम शुरु हुन्छ रे हडताल फिर्ता लिए रे । "
'हो' म झस्केँ । अब मेरो चिया प्याकेट जस्ता हजारौँ चियाका प्याकेटहरू मेरो चेतन अवस्थामा सही उपभोग हुन पाउने भए भनेर रमाउने छन् । मेरो मन रुवा जस्तो हलुङ्गो भयो ।

3 comments:

GAUTAM RIJAL ( Doha , Qatar.) said...

yo katha le ta mero purano ghatanalai yaad dilayo. kura aaja bhanda 5 years aghiko ho .Teej ko belama mero aamale hajuraamali euta sari kini dinu bhayechha , so sari hajur aamale dashainma aafno jethi chhori arthat mero fupu lai dhinu bhayechha , pachhi 6 mahina pachhi Fupuko chhora Dubai bata aaunu bho teti khera sohi sari mero aamalai , maiju yo maile hajurlai dubai bat liyera aayeko sari bhandai gift dinu bho. Sari kholera herda ta uhi sari parechha. Sarima SAPANA SARI CENTER BUTWAL lekheko sticker bhetio. Feri tyo sari hamile hajuraamalai teej ma gift diyeau . kahilekahi yo kurale hamro ghar ma ramailo hunchha.

Itahari News said...

Sharmila Maiju ! Suruma Nepali Sudda lekhinu paryo ani matra hami Nepali Pathak harule Bujna sak6au. Anyatha ...... Sakidaina.
Anyway yestai ramro katha haruko apek6ya gareka 6aun.

शखदा said...

प्रिय भान्जा कस्तो नेपाली अशुद्ध भनेको हो ? मैले आफ्नो औकातले भ्याएसम्म नेपाली शुद्ध लेखेको छु । के अशुद्ध भयो वर्णविन्यासमा चाहि युनिकोडमा केही अफ्टेरो अवस्थाले हुन्छ तर बुझ्न नै नसकिने छ जस्तो लग्दैन आजसम्म कसैले बुझेनौ भन्नु भएको छैन बरु यो कथा चाहि स्वरकळ्पनामा आघारित भएकोले नबुझ्नु भएको हुनसक्छ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।