April 5, 2010

लोग्ने र लात्ती

उसको श्रीमान् आज पनि टन्न सोमरस पिएर आउँछ । बाटैदेखि हल्ला गर्दै आउँछ । "ढोका खोल पुन्टेकी आमा, ढाका खोल...." गायक हुँदै घरको नायक हुन पुग्दछ ।
"जा भात पस्की †" स्वास्नीको छेउमा आएर कराउँछ । स्वास्नी पनि रौद्ररस पिउँछे Ð"आज पनि रक्सी धोकेर आयौ, हैन.... - हातमा पैसा पर्न हुन्न घरमा कति थोकको आवश्यकता छ । यस्ता हुतिहाराको स्वास्नी हुनु भन्दा त मर्नु निको †" पत्रिका पढ्दै पड्किन्छे ।
"मलाई धेरै रिस नउठा, तेरो मुख देख्नैबित्तिकै मलाई के भएर आउँछ कुन्नि खुत्रुक्कै घुचुक्कमा हानेर मारिदिउ जस्तो लाग्छ । जान्छेस् कि मारिदिऊ“ - "
यस्ता जुम्रा मार्नै नसक्नेले स्वास्नी मार्छन् - मरेको बिरालो बोक्ने हिम्मत छैन † "
"धेरै कराउँछेस् एक लात्ती दिएँ भने थाहा पाउँलिस् ।" उ लात्ती उज्याउँछ ।
"हो, यसरी पत्याउने कुरा पो गर्नुपर्छ त † नेताहरूले जस्तो नपत्याउने कुरा गरेर हुन्छ कही“ -" Ð स्वास्नी जुरुक्क उठेर भात पस्कन जान्छे ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।