April 3, 2010

बालसाहित्यमा शर्मिलाको क्रियाशीलता

  • डा.टङ्कप्रसाद न्यौपाने


विषय प्रवेश :
कथा, कविता र केही विचारप्रधान लेखहरूबाट नेपाली भाषा र साहित्यमा प्रवेश गरेकी शर्मिला खड्का -दाहाल-२०२३) पहिलो बाल उपन्यास सानी-२०६०) देखि बालसाहित्यमा क्रियाशील देखिएकी छन् । प्रवेशकालमै पहिलो उपन्यासले नै साझा बालसाहित्य पुरस्कार प्राप्त भएबाट पनि उनमा क्रियाशीलताको प्रेरणा प्राप्त भएको देखिन्छ । सानी उपन्यासको दोस्रो भाग सानीको साहस-२०६३) ले समेत अन्तर्राष्ट्रय नेपाली समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर सन् २००७ प्राप्त हुनाबाट शर्मिलामा बालसाहित्य लेखन र प्रकाशनमा ऊर्जा थपिएको पाइन्छ । परिणमतः बालसाहित्यका करिब एक दर्जन पुस्तकहरू प्रकाशित र प्रकाशोन्मुख अवस्थामा रहेका देखिन्छन् । बालसाहित्यका विधागत विविधतालाई समेट्ने उनको प्रयासपनि उत्तिकै सकारात्मक हुन पुगेको छ । सानी, सानीको साहस, सिन्केको सफलता, मित्रताको महत्व, आदि प्रकाशित भइसकेका बाल उपन्यास हुन भने साने बन्यो शान्तबहादुर, सुरिया र भकुल्ले,स्वणिर्मा तथा सुइरे र भुइँफुट्टे हास्यात्मक बालउपन्यास प्रकाशनका तयारीमा रहेको बुझिएको छ । त्यसैगरी बालएकाङ्कीसंग्रह उज्यालो बाटो शिक्षाको कृतिहरूले शर्मिलाको सिर्जनशील व्यक्तित्वलाई प्रकाशित गरेका छन् । यसरी बालसाहित्यमा शर्मिलाका हस्ताक्षरबाट यस क्षेत्रमा नयाँ सम्भावना देखा परेको छ ।

बालसाहित्यः परिचय र आवश्यकता :
विभिन्न आधारमा सहित्यको वर्गीकरण गरिने सर्न्दर्भमा सृजन तथा पठन, पाठकीय केन्द्र वा लक्षित समूहका आधारमा साहित्यलाई बालसाहित्य र साहित्य -प्रौढ) गरी दुइ शाखामा राख्ने गरिन्छ । अङ्गे्रजीमा राइटिङ्ग फर चिल्ड्रन वा चिल्डे्रन्स बुक भन्ने नाममा बालसहित्यलाई बुझने गरिन्छ । नेपालीमाचाहिँ बालसाहित्य नाममा दुई अर्थलाई लिने गरिन्छ । बालबालिकाका लागि साहित्य र बालबालिकाद्धारा लिखित साहित्य । अहिले चलचित्र, मूर्तिकला, चित्रकलाका कला बालबालिकालाई बालकलाकार र बालबालिकाका पत्रकारितलाई बालपत्रकारिता भनिँदैछ भने बालबालिकाद्धारा लेखिएका साहित्यलाई र बालबालिकाका लागि लेखिएको साहित्यका बीच विभेदक अर्को नाम अझै जुरिसकेको देखिँदैन । यस स्थितिमा अहिले बालबालिकाका मानसिक र बौद्धिक क्षमताका अत्तिरिक्त विस्तारका लागि तदनुकुल शैलीमा लिखित साहित्यलाई मात्र बालसाहित्य भनिन्छ । यस अनुसार बालसाहित्य बालबालिकाका लागि अत्तिरिक्त सामग्री हो, पथ्य खुराक हो, औपचारिक पाठ्यसामग्री होइन । पाठ्य सामग्री तथ्याकत शैलीमा सूच्य एवं सीमित हुन्छ भने बालसाहित्यचाहिँ तिनै तथ्यमा आधारित रहेरपनि त्यसका असीमित सम्भावनालाई र समय रोचक ढाँचामा प्रस्तुत गरिने हुन्छ पाठ्यपुस्तकका सँसारभन्दा बाहिर बालपुस्तकको अर्कै संसार पनि छ र बन्ध-२०४८) यसैले बालबालिकाहरूमा पठनकार्यप्रति अभिरुचि जागृत गर्न, विचारशक्तिको परिवर्द्धन गर्न , शब्द भन्डारलाई विस्तार गर्न एवं जीवन र जगत्का बहुमूल्य ज्ञानको अभिवृद्धि गरी रचनात्मक दष्टिकोणको परिवर्द्धन गर्न पनि बालसाहित्यको महत्वपूर्ण भूमिका रहने तथ्य निर्विवाद छ प्रधान २०६१ : २७) । अहिले ज्ञानको क्षेत्र वयस्क र प्रौढहरूका लागि फराकिँदै जाँदैछ भने बालबालिकाका लागि विश्व साँघुरिएको छ । उनीहरू यन्त्रमानव बनाउँदै गएका देखिन्छन् । खास गरेर अङ्ग्रजी माध्यममा आफ्नो सन्तानलाई पढाउन अभिभावकहरूको तीव्र अभिलाषा र विद्यालयहरूमा नेपाली बोल्नसमेत प्रतिबन्ध लगाइएको स्थिति तथ आधुनिक गुणस्तरीय ज्ञानका नाममा बढ्दो विदेशी सभ्यता र संस्कृतिर्फ अभिमुख गर्ने वर्तमान शिक्षा प्रणालीका सांस्कृतिक दासत्वले गर्दा बालबालिकाका जिज्ञासाहरू नेपाली समाजका प्रतिकुल भइरहेका छन् भने यान्त्रिक परनिर्भरता समेतले उनीहरूका सिर्जनशीलतामा सीमा लगाएको छ । नेपालको यस जटिल विसङगत परिस्थितिबाट बालबालिकाका सम्भावनालाई जोगाइराख्न अत्तिरिक्त पूरक सामग्रीका रूपमा बालसाहित्यको अनिवार्यता देखिन्छ । यस्तो साहित्य कोमल संवेदनाले भरिएका र बालबालिकासँगका सान्निध्यमा रहेर उनीहरूको मनोविज्ञान बुझेकाले मात्र लेख्न सक्छन् । बालबालिकाको मनोविज्ञान बुझने क्षमता प्रकृतिले महिलालाई बढीदिएको छ । यस पर्रि्रेक्ष्यमा केही समय उनीहरूकै सामीप्यमा शिक्षण पेशामा संलग्न शर्मिलालाई सहजत छँदै थियो । त्यसबाट उद्बुद्ध संवेदनालाई अभिव्यक्त गर्न बालसाहित्यमा प्रवेश गर्दै निरन्तरता दिनु हाम्रा बालबालिकाका लागि सुखदसमेत भएको छ ।

बालसाहित्यको विद्यागत प्रसङ्ग :
साहित्यका विद्याहरूजस्तै बालसाहित्यमा पनि अनेक विद्या विकसित हुँदै गएका छन् ः बाललोकगीत, शिशुगीत, बालकविता, बाललोककथा, बालकथा, बालउपन्यास बालनाटक, एकाङ्की आदि, शर्मिलाले कविता, कथा, उपन्यास र एकाङ्की गरी चार विद्यामा हस्ताक्षर गरेपनि प्रस्तुत प्रसङ्गलाई दुई विद्यामा केन्द्रित गरिएको छ ः बालउपन्यास र बालएकाङ्की । यस चर्चामा परेका दुई विद्याका कृतिहरू यी हुन् ः बालउपन्यासमा सानी, सानीको साहस, मित्रताको महत्व र सिन्केको सफलता एवं बालएकाङ्की संग्रगहमा उज्यालो बाटो शिक्षको आदि हुन् ।

बालउपन्यास परम्परामा शर्मिलाको उपस्थिति र उनका उपन्यासहरू :
शर्मिलाको बालउपन्यासकारिताको स्थान निर्धारण गर्न यहाँ संक्षेपमा बालउपन्यास परम्पराको र्सवेक्षण गरिएको छ । यसपछि उनका उपन्यासहरूको संक्षिप्त चर्चा गरिएको छ ।

बालउपन्यास परम्परा :
बन्धु (२०४२ : २९) ले दिएका जानकारी अनुसार हरिहरनाथ रेग्मीद्धारा लिखित युरोपेली उपन्यासको कथासार (२०१५) पहिलो बालउपन्यास देखिएको छ । जसमा युरोपका केही उपन्यासको कथा संक्षेपमा प्रस्तुत गरिएको छ । यसपछि चन्द्रबहादुर थापाको छोटकरी रामायण-२०२१), प्रकाश कोविदको बालरामायण (२०२२), कविता शशिको सरल बालरामायण (२०२८) देखिएका छन् । तर यी सबै मौलिक भएर पुनः कथन मात्र भएकाले-प्रधान (२०६१ : १०८) पहिलो नेपाली बालउपन्यास भद्र थापा सावीको सानु (२०२२) मानिएको छ । तथापि यो अप्राप्य भएकोले शङ्कर कोइरालाको नदी गीत गाउँछ (२०२८) ले पहिलो प्राप्य नेपाली बालउपन्यास हुने अवसर पाएपनि विशृङ्खलित कथावस्तु, अनेक पात्रपात्राको जमघट, बालबालिकाका मानसिक स्तरभन्दा माथिल्लो तहको जटिल चरित्र र स्तर अनुकुल भाषा नभएकाले यो आंशिक बालउपन्यास हुन पग्यो -पराजुली (२०५८ : २३) । त्यसैले प्रधान (२०६१ : १०९) ले २०२९ मा प्रकाशित शेष मानन्धरको सिरूकी बाख्री र अन्जनादेवी भट्टर्राईको रामु र श्यामुको बहादुरी लाई प्रथम दुई बालउपन्यास मानेका हुन । यस क्रममा कवितारामको वनदेवी (२०३६), पानीको थोपा (२०३८), कमिलाको कथा (२०४८), अनौठो यात्रा (२०५८), मालीको यात्रा (२०५९), रमेश विकलको विक्रम र नौलो ग्रह (२०३९), मोदनाथ प्रश्रतिको चोर (२०४३), गोपाल पराजुलीको एकदिनको यात्रा (२०५८),कार्तिकेय घिमिरेको भूतराज (२०५८), डरलग्दो राक्षसको खोजी (२०५८), अचम्मको देश (२०५९), विजय चालिसेको मङ्गल ग्रहमा विज्ञान (२०६०) जस्ता डेढ दर्जन बालउपन्यासहरूको प्रकाशक परम्परामा सानी (२०६०) मा शर्मिलाको उपस्थिति देखिन्छ । बालउपन्यास लेख्ने महिलाहरूमा अञ्जनादेवी भट्टर्राई, प्रेमा शाह, कल्पना प्रधान, रञ्जुश्री पराजुली, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेतीहरूका क्रममा सातौँ महिला उपन्यासलेखिकाका रूपमा शर्मिलाको स्थान निर्धारित भएको छ । यसभन्दा पनि नेवपाली बालसाहित्यमा धारावाहिक उपन्यास लेखिकामा प्रथम स्थान लिने शर्मिला नै देखिएकी छन् ।

यहाँ उनका प्रकाशित चार बालउपन्यासको संक्षिप्त चर्चा गरिएको छ :

क) सानी-२०६०
२०६० को साझा बालसाहित्य पुरस्कार प्राप्त शर्मिलाको पहिलो बालउपन्यास सानी का तीन संस्करणमा आठ हजार प्रतिहरू बिक्री भइसकेको देखिनाले उपन्यासको लोकप्रियता प्रमाणित भइसकेको छ । दश परिच्छेदका वा शिर्षकहरूमा संगठित यो उपन्यास एक्काईस पृष्ठभित्र मुद्रित छ । बढीमा चार पृष्ठसम्मका सबै परिच्छेदहरू सचित्र छन् । चिल्लो आकर्ष गाता राम्रो कागतले पनि पुस्तक बालबालिकाका लागि आर्कषित भएको छ । यसरी साजसज्जाका बाह्यकता पक्षमा सानीको सौर्न्दर्य प्रकटित भएको छ ।
सात-आठ वर्षी सानीको आमाको मृत्यु सानैमा भएकाले अज्ञानी सानीलाई आमाका वात्सल्यको अभाव खट्कनु स्वभाविकै हो । त्यो अभाव पूरा गर्न बुबाले अर्को विहे गर्दछन् । नयाँ मम्मीबाट वात्सल्य पाउँदा-पाउँदै बुबाको सरुवा भएकाले विछोड हुँदा चिन्तित सानी विरामी पर्छे यो बालमनोविज्ञान अनुकूलको घटना हो । सानीको अस्वस्थताका कारण बुबासँगै मम्मी घर फर्किएपछि सानी निको हुन्छे । यसरी छोटा कथानकमा संरचित यस उपन्यासले बालबालिकाका लागि आमाको महत्व दर्सन्छ । र सानीका चरित्रबाट आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने सन्देश दिइएको छ ।

ख). सानीको साहस-२०६३
सानीको दोस्रो भाग सानीको साहस पनि दुवैसालमा दुई संस्करणमा ३५०० प्रतिहरू विक्री भइसकेको र अन्तर्राष् ट्रय सर्वोष्कृष्ट नारी हस्ताक्षर सम्मान-२००७ प्राप्त गरेको उपन्यास हो । सानी जस्तै सुन्दर साजसज्जामा आएको यस दोस्रो बालउपन्यासको थप पक्ष भनेको पुस्तकका अन्तमा बालबालिकाबाट पाठक प्रतिक्रिया माँगिनु हो । यसबाट पनि पुस्तक उपयोगी बन्दै गएको बुझिन्छ ।
सानी पहिलेभन्दा ठूली हुँदै गएकीले होला पुस्तकका आकारमा पनि वृद्धि भएको छ । यसमा ७७ पृष्ठ र २६ परिच्छेद वा शीर्षकहरू छन् । यो केही ठूलो भएजस्तो देखिन्छ ।
• निको भएकी सानीकी वुवा र मम्मीसँगै काठमाडौँ जाँदा रात्रिबसमा भएको डकैती, सहरका चोरी, फोहोर, धनी-गरिब, गाउँले-सहरियामा हुने असमानताहरू बोर्डिङ् स्कुलमा नेपाली भाषाप्रतिको उपेक्षा लगायत दशैँ, छाउपडी प्रथा, गरूपूणिर्मा, माओवादी जनयुद्ध कालका अपहरण र सैनिक भिडन्त जस्ता कुराको अनुभव गर्छे यस्ता कुराबाट बालबालिकामा आफ्ना भाषा र संस्कृत्रि्रतिको प्रेम र समसामयिक ज्ञान दिा ओजिएको देखिन्छ । यो सकारात्मक पक्ष हो । यस उपन्यासको अर्को उल्लेखनीय पक्ष पराशक्ति मानिएको तन्त्रमन्त्रप्रतिको विश्वास हो यस उत्तरआधुनिक विज्ञान र प्रविधिको यथार्थवादी युगमा मध्यकालीन उपन्यासमा जस्तै जादु, तन्त्रमन्त्रको प्रयोग गरिनाले तिनीहरूबाट बालबालिकामा अन्धविश्वास बढ्ने हुँदा प्रगतिवादी समालोचकउहरू जस्ता सामग्रीका प्रयोगको निषेध गर्दछन् । तर रमेश विकल यस्ता प्रयोगबाट बालबालिकामा कल्पनाशक्तिका विकासमा सहयोग हुने ठान्दछन् । यहाँ शर्मिलाले सचेत रूपमै यस्तो प्रयोग गरेको बुझिन्छ । बालबालिकाहरू यथार्थपरका काल्पनिक कुरा रुचाउँछन् । कल्पनाबाट उनीहरू उत्तेजितपनि हुने गर्दछन् । उपन्यासमा बेलाबेलामा शान्तिमाता र अशान्तिमाता प्रकट भएर सानीलाई आफूतर्फ आकषिर्त गर्न खोज्छन् । यी काल्पनिक माताहरू हामीभित्रै उब्जने नराम्रा भावनाहरू हुन् । समय, ठाउँ वा अवस्थाले. अशान्ति माताको विजय हुन्छ । यहाँ औतारी बाघमुखे बाबाका प्रसङ्गबाट जन्म-जन्मान्तरप्रति पनि विश्वास गरिएको छ । सत्यर्साईबाबा, उनका पर्ूवजन्मका सिरडीर्साई बाबा र अब आउने प्रेम र्साई समेतका सर्न्दर्भले गर्दा पूर्वजन्म मिथ्या होइन भन्ने लेखिकाको विश्वास हो । विश्वास विश्वासै हो, सबैबाट आ-आफ्नै विश्वासका आधारहरू हुन्छन् । जे भएपनि, यस्ता प्रसङ्गहरूले सानीको साहसमा रोमाञ्चकता, कौतूहल र मनोरञ्जानत्मक ल्याएर पठनीय बनाउनमा सहयोग गरेका छन् । त्यसैले पस्तुत बालउपन्यास पठनीय र प्रिय हुन पुगेको हो खास गरेर बालबालिकामा आत्मविश्वास बढाउन र असल सोच भयो भने अन्यशक्ति वा परिस्थिति ले पनि साथ दिन्छ भन्ने भावना जागृत गर्न सानीको साहस उपयोगी बालउपन्यास भएको पाइन्छ । यसैले यसको विक्री राम्ररी सम्भव भएको हो ।

ग). सिन्केको सफलता-२०६४
शर्मिलाको तेस्रो बालउपन्यास सिन्केको सफलता समसामयिक विषयवस्तुमा आधारित छ । माओवादी जनयुद्धताका भोजपुरका भिडन्तमा आमाबाबु राज्यका सैनिकद्धारा मारिएपछि अनाथ भएका सिन्केले मावल पुगेरपनि सुख पाउँदैन । मामा उसलाई नोकर बनाएर मात्र राख्न खोज्दै अनेक मानसिक प्रताडना दिन्छन् । सिन्के त्यहाँबाट निस्किएर होटलमा श्रम गर्न थाल्दा सिन्केको यस अवस्थाले सहरका होटलहरूमा काम गर्ने बालकहरूको परिचय दिएको छ । होटलमा काम गर्दा-गर्दै एकजना धनी मानिससँग उसको सर्म्पर्क हुन्छ । त्यस धनी मान्छेकी पत्नी छोरो कृष्ण हराएकामा अर्ध-विक्षिप्त भएकी हुँदा उसलाई स्वास्थ बनाउन कृष्णका रूपमा घर लगेर धर्मपुत्रका रूपमा पाल्न थाल्दछ । सिन्केलाई आफ्नो छोरो कृष्ण भन्ने ठानेर आमा पनि स्वस्थ हुँदै जान्छिन् । उता स्कुल पढ्न थालेको सिन्केचाहिँ कृष्ण हराएको कारण पत्ता लगाएर उसलाई घर फर्काउन कम्प्यूटर, रोबोट आदिको प्रयोग उपयोग गर्दै सिन्के पृथ्वीलाई नै बचाउने प्रयासमा क्रियाशील हुन्छ । यसरी तेस्रो बालउपन्यासमा निरन्तर क्रियाशील हुन र वैज्ञानक शिक्षा दिन उपयोगी भएको देखिन्छ ।

घ). मित्रताको महत्व-२०६४
दुइ मानवीय पात्र मबहादुर र हामीबहादुर तथा दुई मानवेतर पात्र भ्यागुतो र कछुवाको प्रयोग भएको मित्रताको महत्वमा मित्रता र दीगो विकासका अवधारणालाई सरल शैलीमा प्रस्तुत गरिएको छ । नाम अनुसार मबहादुर स्वार्थी छ, क्षणिक प्राप्तिमा रमाउँछ, त्यसैले ऊ भ्यागुतो जस्तै कुवाको व्याङ हो । तर हामीबहादुरमा सामूहिक भावना छ , ऊ तत्कालिन आनन्दभन्दा दीगो सुख चाहन्छ, त्यसैले ऊ कछुवाजस्तै छ, हामीबहादुर कछुवाका सहयोगमा लामो विकास यात्रामा हिँड्छ । परिणामस्वरूप एकता नामकी केटीसँग विहे भएपछि विकास, प्रगति, सुशिल, विवेक, बुद्धिबहादुर नामका सन्तानहरूजन्मन्छन् । हामीबहादुरलाई समुद्रपारका सभ्य, सुशिक्षित गाउँमा पुर्याउन कछुवाले सहयोग गर्दछ । यसरी नीति कथा, अंशतः लोककथा समेतबाट प्रभावित हुँदै समसामयिक विषयवस्तुको आख्यानीकरण, वैज्ञानिक सामग्रीका उपयोगको परिवेश, बालबालिकाकै पात्र प्रस्तुति र सरल बालसुलभ शैलीका कारण शर्मिलालाई सफल बालउपन्यास लेखिकाका रूपमा चिन्ने अवसर प्राप्त भएको छ ।

बालएकाङ्की परम्परामा शर्मिला र उनको बालएकाङ्की समूह :
व्यवहारवादी मनोविज्ञानम अनुसार बालबालिकामा भाषाप्राप्ति ज्ञानको सिकाइ अनुकरणबाट हुन्छ । साहित्य स्वयंमा जगत् र जीवनको लेखकीय अनुकरण हो भने त्यसको पाठकीय अनुकरण नाटक हो । नाटकमा कायिक, वाचिक, सात्विक र आहार्य चार किसिमले आनुकरण गरिन्छ । बालबालिकाको अनुकरणशीलता र सिर्जनाका प्रकृतिअनुसार एकाङ्की वा नाटकको विकास हुनुपर्ने भएपनि काव्यहरूमध्ये नाटक रम्य मानिएपनि यसमा स्रष्टाले प्रत्यक्ष उपस्थितिको अवसर नपाउने हुँदा प्रस्तुतिमा निकै समस्या हुन्छ । संभवतः यस्ता सीमाले गर्दा नेपाली बालनाट्यलेखन निकैपछि परेको छ ।
रमेश विकलद्धारा लिखित र साझा प्रकाशनबाट २०३७ सालमा प्रकाशित सात थुङ्गा पहिलो बालएकाङ्की संग्रह देखिएको छ । यसपछि गेहेन्द्रमान उदास पोखरेलीको शाहबंशका पाँच प्रमुख राजा -२०४२), विजय चालिसेको बादलका बुट्टाहरूमा -२०५२), सरुभक्तको बालबालिकाहरूका नाटक -२०५३) लगायत करिब एक दर्जनजति मात्र बालनाटक एकाङ्कीका परम्परामा शर्मिलाको उज्यालो बाटो शिक्षाको -२०६४) प्रकाशित भएको छ ।
उज्यालो बाटो शिक्षाको एकाङ्कीहरूको संकलित स्वरूप हो पहिलो एकाङ्की यो कसको पीडा मा बुवा माओवादी सेनामा भर्ना भएपछि कमाएर खुवाउने व्यक्तिका अभावमा बुबा खोज्न जाँदा बम विस्फोटबाट रक्ताम्य भएकी आमाको चित्रण छ । यसरी राज्य र माओवादी दुइ ठूलाबडाका लडाइँमा बालबालिकाले नै पीडा भोग्नु पर्दछ भन्ने कथ्य प्रस्तुत गरिएको छ । दोस्रो एकाङ्की सम्भव-असम्भव मा नेताहरूले नसिकाउँदा अन्धा, नचाहिँदा आश्वासन पाउँदा पाउँदा सुन्नै नसक्ने बहिरा र ढुङ्गामूढा गर्न सिकाइएर लङ्गडा भएका नेपाली जनताका चित्रणद्धारा नेताहरूप्रति मीठो व्यङ्ग्य गरिएको छ । यसको निष्कर्षहोः चुनाव जित्ने क्षणिक र तुच्छ वैयक्तिक स्वार्थका लागि बालबालिकालाई हतियारका रूपमा प्रयोग गर्नु हुँदैन । यसैगरि तेस्रो एकाङ्की हाम्रो दायित्व मा बिग्रिएका बच्चालाई सुधार्न शिक्षकको दायित्व हो भनिएको छ भने चौथो उज्यालो बाटो शिक्षाको एकाङ्कीमा पढ्ने भन्दा नपढ्नेहरूले धेरै पैसा कमाएका छन् भन्ने भ्रान्त धारणाले गर्दा बिग्रिएका केटाले दुःख पाएपछि चेत फिरेको देखाइएको छ । यस्तै जनस्वास्थ्य अदालत एकाङ्कीमा अदालती बहसका शैलीमा सफा पानी पिउने र सडेगलेका कुरा नखाने भन्ने सन्देश दिइएको छ । लुरेको सफलता यो एकाङ्की यस संग्रहको अन्तिम एकाङ्की हो जसमा अर्काको धान काटेरपनि पढेर राष्ट्रिय पुरस्कार प्राप्त गर्ने लुरेका चित्रणबाट श्रम र अध्ययनको महत्व दर्शाइएको छ । संक्षेपमा समसामयिक सामाजिक विषय र पात्रका द्धारा अपसंस्कृतिको विरोध, बालबालिकामा राजनीतिकरणको निषेधन, राजनैतिक विसङ्गति जस्ता कुरालाई बालबालिकाबाट ग्राहय हुने भाषाबाट अभिव्यक्त गरिएको पाइन्छ । अदालती शैलीको प्रयोग यस एकाङ्की संग्रहको अर्को विशेषता हो ।

निष्कर्ष :
निष्कर्षः नारीमनअनुसार बालबालिकाका परिवेश र तिनीहरूबाट उनीहरूले भोगेका पीडा तथा उनीहरूमा अपेक्षित चारित्रिक विकासको उपयुक्त सन्देश प्रसार गर्न शर्मिलाले बालसाहित्यमा राखेको रुचि, विषय र कथ्यको चयन तथा प्रस्तुतिकरणमा बालसम्प्रेषणीय भाषाशैली जस्ता कारणले यस क्षेत्रमा उनको मौलिक विशिष्ट स्थान निर्माण हुने विश्वास गर्न सकिन्छ ।

-१) सर्न्दर्भ विविध कृतिबारे
-१) प्रधान, प्रमोद २०६१, नेपाली बालसाहित्यको इतिहास, काठमाडौँः विवेक सिर्जनशी प्रकाशन प्रा.लि. ।
-२) पराजुली, कृष्णप्रसाद २०५८, चर्चा नदीगीत गाउँछको, दायित्व वर्ष१५, पूर्णङ्क ४१ ।
-३) बन्धु, चूँडामणि र अन्य २०४२, नेपाली बालसाहित्यको र्सर्वेक्षण, नेपाली शिक्षण समिति, त्रि.वि. ।
-४) बन्धु, चूँडामणि २०४८, विद्यालयमा बालसाहित्य, बालसाहित्य ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।