August 8, 2010

समानान्तर आकाश’ मा नारीवादी चिन्तन

वि स २०६२ सालको साझा पुरस्कार पद्मावती सिंहको उपन्यास ‘समानान्तर आकाश’ले प्राप्त गरेको छ । यो समाचार सम्पूर्ण नारी साहित्यकारको लागि खुसी र गर्वको कुरो रह्यो । पुरस्कृत व्यक्तित्व पद्मावती सिह स्वयंलाई पनि यो अत्यन्त गौरवको क्षण हो । जीवनको उत्तराद्र्धमा उमेरको छेकाबन्दीलाई पार गर्दै सिर्जनशीलतामा लागेर उपन्यास लेख्नु मात्र होइन साझा पुरस्कार जस्तो सम्मानजनक पुरस्कार प्राप्त गर्नु एउटा आँटिलो र गर्विलो कार्य हो । जसलाई सम्पूर्ण नारी साहित्यसाधकले प्रेरणा र उदाहरणको रूपमा लिनु पर्दछ । नेपालको परिपे्रक्ष्यमा साहित्यिक क्षेत्रलाई उपेच्छा र अपहेलनाको भावले हेरिन्छ । यहाँ पुरुषलाई त साहित्यकारको रूपमा उभिएको परिवार र समाजले हेर्न चाहँदैनन् भने नारी साहित्यकारले यसरी साधनामा लागेर पुरस्कार हात पार्नु साहित्यिक क्षेत्रका लागि नै गौरवको विषय हो । यहाँ साहित्यिक क्षेत्रलाई उपेच्छा र अपहेलनाको भावले हेर्नुको पछाडि धेरै कारणहरू छन् । साहित्यकार भएर आप्mना जीवनमा आइपर्ने विभिन्न अप्ठ्यारा क्षणहरूलाई भौतिकरूपले तह लाउँदै एउटा सुविधा सम्पन्न जीवन बाँच्न नसक्नु नै यसको प्रमुख कारण हुन् । त्यसपछि साहित्यकार स्वयंले झेल्नुपर्ने मानसिक विचलन, आर्थिक अभाव, समाज र राष्ट्रले गरेको असहयोग गुटबन्दी, नातावाद, कृपावाद, आदि हुन् । जसले गर्दा साहित्यकारहरू सम्मानित जीवन बाँच्न सकिरहेका हुँदैनन् । पुरुषको वाहुल्य रहेको हाम्रो समाजमा पुरुषसाहित्यकारको यो हविगत छ भने नारी साहित्यकारको स्थिति कस्तो होला ? यो अत्यन्त सोचनीय कुरा छ । काठमाडौँको सुविधासम्पन्न र अनुकूल वातावरण भएको, हजारौँ शिक्षित नारी भएको ठाउँमा त नाम चलेका नारी साहित्यकारहरूको नाम औँलामा भाच्दा पनि नपुग्ने अवस्था छ भने मोफसलको के हालत होला ? जहाँ प्रत्येक पाइला नारीले सङ्घर्षका साथ अघि बढ्नुपर्छ । जहाँ बाँच्नको लागि कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा उपन्यास ‘समानान्तर आकाश’मा पनि देखाइएको छ । जहा“ चेतनाको अभाव छ, भौतिक असुविधा छ, आर्थिक अभाव, प्रतिवmुल वातावरण छ । यो अवस्थामा काठमाडौ बाहिरको नाम चलेका नारी साहित्यकारको नाम शीला खोज्दाझै“ खोजे पनि भेटिन गाह्रो हुन्छ । यस्तो अवास्थामा सम्पूर्ण नारीले साहित्यमार्फत आप्mनो आस्तित्व कायम राख्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण आदरणीय पद्मावतीदिदीले दिनुभएको छ । लामो समयदेखि साहित्यसेवामा अनवरतरूप रही गुञ्जन साहित्यिक समूहको अध्यक्षको हैसियतले साहित्यिकसेवामा लाग्नु भएको पद्मावतीदिदीको सफलतालाई हामीले ह्दयदेखि नै प्रशंसा गर्नुपर्छ ।
समालोचक सुधा त्रिपाठीको विवेचनात्मक अभिव्यक्तिको भूमिका भएको यो उपन्यास पूर्णरूपले नारीवादी उपन्यास हो । वरिष्ठ समालोचक सुधा त्रिपाठीको शब्दमा ‘मानिसमा जम्मा दुई जात छन् – महिला र पुरुष । सामाजिक संरचनाले यी दुई जातका भागमा दुई छुट्टाछुट्टै

कुरा पस्किएको छ । महिलाको भागमा रित्तो परेको छ भने पुरुषको भागमा पूर्णता । म्हिलाको आप्mनो भन्नु न त आकाश नै छ न त धर्ती नै । पुरुष एक्लै सिङ्गो आकाश ओढेर सिङ्गो धर्तीमाथि डङ्ग्रङ्ङ पल्टिएको छ । बिनाआकाशकी महिला अन्तरिक्षमा र्तुलुङ्ङ झुन्डिएकी छ । आकाश र धर्ती माथिको यो एकाधिकार समाप्त नभएसम्म जीवन कसैको पनि सुखी हन सक्दैन भन्ने कुरा बुझ्दै आएकी छ । यसैले आजका महिला यी दुई कुरामाथि को अधिकार खोजिरहेको छ अन्तरिक्षमा झुण्डिएर भए उसले आकाश भनेर आकाशलाई पुरै ढाकेर बसेको बादललाई बुझेकी छ र त्यो बादल हो पितृसत्ता । उसले धर्ती भनेर धर्तीलाई पुरै ढाकेर बसेको तुवाँलो लाई बुझेकी छ र त्यो तुवाँलो हो पितृसत्ता ।
समालोचक सुधा त्रिपाठी को शब्दमा कति गहनता छ । अनि त्यो गहनतालाई जन्माएको छ पद्मावतीदिदीको उपन्यास– समानान्तर आकाशले । वास्तवमा नै नेपाली समाजमा नारीको स्थिति कस्तो छ भन्ने कुरा देखाइएको छ यस उपन्यासमा । पितृसत्तात्मक समाजमा हुर्केको अविनाश सुस्मितालाई भोग्या र विलासिताको रूपमा प्रयोग गर्नु नै उपन्यासमा उद्घाटन भएका विषयवस्तु हुन् । नारीलाई मानिसको दर्जा राख्न नचाहने र देख्न नचाहने धेरै पात्रहरू उदाएका छन् । ती पात्रहरूलाई नारी स्वयं स्वाभीमानी र स्वावलम्बी भई उनीहरूका विचारलाई धोईपखाली गरिएका छन– यस उपन्यासमा ।
विश्वमा नारीमुक्तिको आन्दोलन थालनी अठारौँ शताब्दीको अन्त्यतिर भएको पाइन्छ । सर्वप्रथम मेरी उलस्टोनक्याफ्टले A Vindication of the Right of Women (1972) शीर्षक कृतिमा नारीहरूको
पक्षलाई सशक्त ढगमा सामुन्ने ल्याई यसको उठान गरेकी छिन् । त्यसपछि जोन स्टुअर्ट मिलले The subjection of Women (1969) मा नारी दमनको अग्रगति प्रदान गरेका छन् । अमेरिकामा मार्गरेटफुलरले Women in the Ninteeth Century ( 1845) नामक पुस्तकद्धारा यस आन्दोलनलाई चर्काउदै लगिन् ।
त्यस्तै उन्नाईसौँ शताब्दीको प्रारम्भमा भर्जिनिया उल्फको A Room of one’s own नामक पुस्तक नारीवादी आन्दोलनको शास्त्रीय अभिलेख नै बन्न पुगेको छ । नारीलाई दोस्रो दर्जाको नागरिकमा गणना गर्ने हैकमवादी पुरुष मानसिकताबाट मर्माहत भई यस्तो व्यवस्थाप्रति विरोधीस्वर अमेरिकाली स्वतन्त्रता सङग्राम तथा फ्रान्सेली राज्यव्रmन्तिदेखि नै उद्धोष गरेका हुन् । द्वितीय विश्वयुद्ध (सन् १९२९–४५) पछिका दिनमा नारीवादी आवाजले सफलता पाउँदै जान थाल्यो । लिगको आधारमा मानवजातिकै अपमान गर्ने परम्पराको भयावह परिस्थितिको चित्रण गर्दै विश्वविख्यात लेखिका सिमोन द वुआले ‘द सेकेन्ड सेक्स’ (सन् १९४९) प्रकाशित गरेपछि समकालीन नारावादी आन्दोलनमा निकै गति प्राप्त भएको ठानिन्छ । त्यसपछि सन् १९६० को दशकमा चलेको नारीमुक्तिको विश्वव्यापी तीव्र आन्दोलनले नारीवादलाई नयाँ मोड आधार एवम् गति दिँदै गयो । नारीवादको चर्को स्वरमा एलेन सोवाल्टर ‘स्त्रीवादी आलोचना’ लिएर देखा परिन् भने केट मिलिट ‘सेक्सुअल पोलिटिक्स’ (१९७०), डेभिड लजको सम्पादनमा प्रकाशित ‘मोर्डन व्रिmटिसिज्म एन्ड थिअरी’ (१९८८) , बेल्सी र मुरदारा सम्पादित ‘द फेमिनिष्ट रिडर’ (१९८९), रामन सेल्डानद्वारा लिखित ‘अ रिर्डज गाइड टु कन्टेम्पोररी लिटेररी थिएरी’ (१९८९), के.एम. न्युटनले सम्पादन गरेको ‘ट्वेन्टिएस सेन्चुरी लिटेररी थिअरी अ रिडर’ (१९९७ं), हर्जाड एडम्स रुरा सम्पादित ‘व्रिmटिकल थिअरी सिन्स प्लेटो’ (१९९२) आदि हुन् ।
नेपाली जनजीवन अझै सामाजिक कुसंस्कार को जालोभित्र जकडिरहेको छ । साहित्य सिर्जनामा विभिन्न खण्ड पार गर्दा पनि नेपाली सिर्जनामा नारीवादी लेखन कमै अगाडि बढेको देखिन्छ ।


नारीलाई कमजोर मानसिकता भएकी, भोग्या तथा घरको चारभित्ताभित्र थुनिएर बस्नुलाई नै उसको नैतिक जिम्मेवारी ठान्ने प्रवृत्तिको विपर्यासका रूपमा गोपालप्रसाद रिमालको ‘मसान’ (२००२), नाटक देखा परेको हो । त्यस्तै हृदयचन्द्र सिह प्रधानको ‘स्वास्नीमान्छे’ (२०११)ले स्वास्नीमान्छेका बारेमा धेरै कुरा लेखेका छन् । त्यसपछि उनको ‘एक चिहान’ (२०१७) नारी आवाज बनेर देखा पर्यो । विजयमल्लको ‘अनुराधा’ (२०१८) र परिजातको शिरिषको फूल (२०२०) नारी अस्तित्वको उग्र आवाज बोकेर देखा प¥यो । वि.स. २०२०को दसकपछि नारीवादी मानसिकताले उच्चरूप लियो र यससमयमा पारिजात, डा. वानिरा गिरी, प्रेमा शाह, माया ठकुरी, पद्मावती सिह, तोया गुरुग, उषा शेरचन, सीतापाण्डे, जस्ता लेखिकाहरू अगाडि देखिए । त्यसपछि वि.स. २०४५ साल पछि पुरुषका साथसाथै नयाँ नारीवादी लेखिकाहरूको जन्म भयो ती हुन् सुधा त्रिपाठी ज्ञानू पाण्डे, शारदा अधिकारी , शोभा भट्टराई, मोमिला, कमला स्वस्प, अरुणा वैद्य, सुलोसना मानन्धर, जलेश्वरी श्रेष्ठ, शारदा शर्मा, विन्द्या सुब्बा, आदि हुन् । वि.स. २०६० सालपछिका सशक्त नारीवादी लेखिकाहरूमा शर्मिला खड्का दाहाल, ममता शर्मा, तृष्णा कुवर, सीमा आभास, ज्याति जगल, दीपा राई, गीता पन्थ, जयन्ता पोखरेल, राधिका गुरागाई, मिश्र वैजन्ति, लीला अनमोल, जया राई, कमला प्रसाई, सन्जु वजगाई, झमक घिमिरे, मेरिना स्मृत, भवानी क्षत्री आदि हुन् ।
समानान्तर आकाश पूर्णत नारीवादी उपन्यास हो । अहिले विश्व साहित्यमा नै नारी लेखनको बेग्लै मूल्याङ्कन हुनुपर्छ भन्ने चर्चा चल्दै आएको छ । नारी पुरुष समान भनिएता पनि जुन अनुभव, पीडा, दुःख, वर्जना नारीले जीवनमा भोगेका हुन्छन् । ती कुराबाट पुरुषहरू धेरै टाढा हुन्छन् । त्यसैले नारीका आफ्ना भावना जति आफूले पोख्न सक्छे त्यति पुरुषले पोख्न सकेका हुदैनन् । नारीलेखनलाई पुरुषलेखनको तुलनामा मूल्याङ्कन गरिनु हुँदैन जसरी विमात्रीभाषी लेखकको लेखनलाई मात्रीभाषी लेखकको लेखनसँग तुलना गर्न हुदैन भन्ने मेरो पनि मान्यता छ । जन्मदेखि छोरा छोरीमा गरिने विभेदले नारीलाई पूर्णरुपले धेरै कमजोर बनाएको हुन्छ । यही कमजोरीपनामा ऊ समयका छालसँगै लड्दै जुध्दै आफ्नो अस्तित्वको लडाईमा धेरै सङ्घर्ष गरेकी हुन्छे । सर्वप्रथम उसले घरभित्र नै सङ्घर्ष गरेकी हुन्छे । ऊ आर्थिक रुपले सम्पन्न हुन्न । त्यस्तै सामाजिक विकृति विसंगतिहरू उसको विरोधमा तगारो बनेरअगाडि तेर्सिदिन्छ । यस्ता हजारौ तगाराहरू नघ्दानाघ्दै ऊ जीवनदेखि हरेश खाएर पलायनको अवस्थामा पुगिसकेकी हुन्छे । यस्तो अवस्थामा उसको प्रतिस्पर्धा कहिले पुरुषसँग हुनसक्दैन । आज हाम्रो देशको अधिकांश लेखिने पुस्तक, पुरस्कार र सम्मानहरू का विजेता पुरुष हुनुले यो स्वतसिद्ध प्रमाणित हुन आएको छ । पदमावती दिदी एउटा नारी भएर अझ विमात्रीभाषी लेखिका भएर यत्रो साहसका साथ समाजमा नारीले भोगेका कुरालाई कथावद्ध गरी आत्मपरक शैलीमा आफूले भोगेसरह कलात्मक ढङ्गले प्रस्तुत गर्नुलाई उहाँको उल्लेखनीय योगदान मान्नुपर्दछ । कैयौ नारीको पीडा र वेदनालाई प्रतिनिधि पात्रको रुपमा मार्मिक ढङ्गले व्याख्या गर्नसक्नु उहाँको लेखनको ठूलो वैशिष्ट मान्नुपर्दछ । वास्तवमा उपन्यासमा प्रमुख पात्र सुस्मिता आफ्ना विगतका घटनाहरू लाई फ्लैश ब्याक गरी एकएक पत्र गर्दै उघार्दै पाठकलाई भन्दै जान्छे । केही मात्रामा आञ्चालिकता झल्कने यस उपन्यासमा प्राकृतिक सौन्दर्यको वर्णन सरल तर मिठासम्पूर्ण ढङ्गले गरिएको छ ।
प्रमुख पात्र सुस्मिता आफ्ना विगतका घटनाहरू एकएक गर्दै भन्दै जान्छे । नारीलाई भोगविलासको रूपमा लिने पुरुष पात्र अविनाशले आफूलाई आमा बन्न नदिएकोमा आक्रोश ब्यक्त गर्दछे । नारीको मातृत्व सुखबाट बन्चित राख्न खोज्ने अविनाशसँग ऊ विद्रोहको आवाज बोल्छे । यहीबाट उनीहरूको सम्बन्धमा धमिलोपना बढ्दै जान्छ । कथासँगसँगै अरू नारी पात्रहरूको कथा सिलसिलाबद्ध रूपमा अघि बढ्छ । पढ्दै जाँदा कतै पाठकलाई पट्यारलाग्दैन अब के होला भन्ने एउटा भित्री उत्सुकता पाठकको हृदयमा परिरहन्छ । घटनाहरू सामान्य भए पनि लेखनशैलीले पाठकलाई कथासँगै बगाइरहन्छ ।
नारीको अवस्था गाउँघरमा पशुसरह छ भन्ने कुरा उपन्यासमा यसरी उद्घाटित भएका छन् – “छि ः आइमाइ पनि मान्छे हो <” उसित चिया पिइरहेको अर्को युवकले व्यङ्ग कस्दै भन्यो – “पूर्वजन्मको पापको फलको आइमाइको जुनी लिइन्छ । भनिन्छ । त्यसैले जन्मदेखि मृत्युपर्यन्त दुःख र अपमान भोग्नु पर्छ आइमाइहरूले ।”
सहरका घरहरूमा नारीवादी आवाजले सार्थकता नपाए पनि यस्ता संवाद विरलै सुनिन्छन् तर गाउँघरमा यस्त संवाद, लोकोक्तिहरू र अपहेलित व्यवहारहरू नारीले पाइलै पिच्छे भोग्नुपर्छ ।
गाउँघरतिरका नारीको अवस्था नारी पात्रको मुखबाट यसरी व्यक्त गरिएको छ – “सहरको कुरा म जादिन्नँ । गाउँघरमा त आइमाइलाई पशुसरह नै व्यवहार गरिन्छ । बरु पशुलाई दिनभरि जोतेर गोठमा बाँधेपछि घाँसपात दिएर यसो सुमसुमाइन्छ तर हामी आइमाइहरू सखारै देखि आधारातसम्म जोतिएका जोतिएकै हुन्छौ । हामीलाई राम्रो मुखले समेत कसैले बोल्दैनन् । यी लोग्नेमान्छेहरू ले हामीले केही बोल्यौ भने– ‘आइमाइ भएर बढी हुने’ भनेर हपार्छन् ।
यस उपन्यासमा नारीहरू स्वावलम्बी हुनुपर्ने कुरा ठाउँठाउँमा दोह्याइएको पाइन्छ । प्रमुख नारी पात्र जो अन्य नारीको पीडाबाट पिडीत हुन्छे ऊ स्वयम् पनि पुरुषबाट प्रताडित भएकी हुन्छे । लोग्ने अविनाश अर्को केटीसँग लहसिएको र घरपरिवारलाई वेवास्ता गर्न थालेपछि प्रमुख पात्र सुस्मिता अलग बस्न थाल्छे । लोग्नेको भागविलासको साधनमात्र बनेर उसको सम्पूर्ण व्यभिचारलाई सहेर बाँच्नुभन्दा विद्रोह गर्न ऊ तम्तयार हुन्छे । यहाँ उपन्यासकार प्रमुख पात्र सुस्मिता पुरुषप्रधान समाजले महिलामाथि गरेका अन्यायप्रति घृणाभाव राखेको देखाउन पुग्नु भएको छ । यसरी सुस्मिता आफ्ना सातबर्षे छोरी र पाच वर्षे छोरो छोडेर काठमाडौबाट धेरै टाढा पश्चिमाञ्चलको कुनै पहाडी इलाकामा जागिर खान पुग्छे । जागिरे अवस्थामा नारीमाथि हुने विभिन्न घरेलु हिंसा, अत्याचार सुत्केरीको वेवास्ता आदि घटनाहरूसँग साक्षात्कार हुन्छे । त्यस्तै स्वीटीलाई पुरुषले दिएको घोखा र उसले जीवनमा आत्मनिर्भर भई स्वाभिमानका साथ बाँचेको कुरा नारीलाई दिने प्रेरणात्मक उर्जा हुन् ।
जागिर अवस्थामा सुस्मिताको पुरानो क्याम्पसीय साथी प्रभातसँग भेट हुन्छ । प्रभातसँग सुस्मिताको सम्बन्ध गहिरिदै जान्छ । प्रभातले सुस्मितालाई एक्लै जीवन बाँच्न गारो हुने भएकोले आफूसँग विहे गर्न प्रस्ताव राख्छ । तर सुस्मितालाई विगतको त्रासले लखेटिरहेको हुन्छ । एउटा आदर्श आमाको भूमिका निर्वाह गर्न उनी कटिबद्ध भएर लाग्छिन् । आफ्नो सम्पूर्ण यौवनका खुसीहरूलाई तिलाञ्जली दिन्छिन । यहाँ आएर नारीको भूमिका समाजमा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उपन्यासकार पदमावती दिदिले देखाउनु भएको छ । नारी एउटा आमा अथवा धर्ती भएकी हुनाले ऊ जतिसुकै पीडा, वेदना, सहेर पनि आफ्नो सन्तानका लागि आकाश पाताल एक गर्छिन भन्ने कुरा देखाइएको छ । अस्तित्ववादी दर्शनले हेर्ने हो भने पनि आज हाम्रो गाउँ समाजमा ठाउँठाउँमा नारीका मन्दिरहरू छन् । जसलाई माताका रुपमा हामी


पुज्छौ । तर कतै पनि पुरुषको एउटा मन्दिर भेटदैनौ । सायद नारीशक्तिलाई माताको रूपमा परापूर्वकालदेखि हाम्रो समाजमा मानिँदै आएको छ । यसको अर्थ यो हुन्छ कि नारीले जीवित छउन्जेल पनि सन्तानका लागि आफ्ना सारा खुसी, सुखलाई तिलाञ्जली दिन सक्छिन भने मृत्युपर्यन्त पनि उनी आफ्नो सन्तानप्रति उत्तिकै प्राणदायी हुन्छिन भन्नेकुरा बुभ्mन सकिन्छ । यी प्रेरणाका शब्दहरू जन्माउन सफल भएको छ समानान्तर आकाश
अन्त्यमा वर्षौदेखि हाम्रो समाज पुरुषको हैकमवादी संस्कारमा हुर्कदै आएको छ । नारी पुरुष समान भनिएता पनि घरभित्रदेखि नारीपुरुषबीच असमानता खाडल सुरु हुन्छ । आधा आकाश ओगटेको नारी शिक्षित भए मात्र समाज र राष्ट्र विकसित हुन्छ भन्ने कुरा कागतमामात्र सीमित देखिन्छ । नारीले आप्mनो विद्रोहको आवाज उठाई भनी सामान्तीसोच भएका पुरुषहरू कसरी पूर्वाग्रही भएर नारी खेदो गर्छन भन्ने कुराको राम्रो चित्रण गरिएको छ यस उपन्यास । पूर्णरूपले नारीवादी धारणा व्यक्त गरिएको यस उपन्यासमा नारीपुरुष सनातनदेखि नै एकअर्काका लागि अपरिहार्य हुन भन्ने कुरा पनि देखाइएको छ । सुस्मिता र प्रभातबीचको सम्बन्धले यस कुरालाई साकार पारेको छ । वास्तवमा नारी एक्लै केही गर्न सक्दिन, उसलाई पुरुषको प्रेम, भावना समर्पणको आवश्यकता पर्दछ भन्ने कुरा पनि देखाइएको छ । अहिले युवापुस्ताहरूको विचार, चालचलन, चाहना आदिको राम्रो चित्रण गरिएको पाइन्छ यस उपन्यासमा ।
अन्तिममा भन्नुपर्दा एक्काइसौ शताब्दीमा गुज्रिरहेको समयमा हाम्रो समाजमा पनि नया“ चेतना र धारहरूको लहर बग्न थालेका छन् । यस्तै एउटा बलियो लहर ल्याएर नारीलाई समाजमा आप्mनो मुल्य र मान्यताको प्रतिबिम्व देखाउन सफल भएको छ यो उपन्यास – समानान्तर आकाश । सम्पूर्ण नारीका साथै पुरुषले एकपल्ट पढनै पर्ने महत्वपूर्ण पुस्तक बनेको छ यो पुस्तक । उपन्यासकार पदमावती दिदीबाट आगामी दिनहरूमा यस्तै उपन्यास जन्मनेछन् भन्ने हार्दिक कामना ।

सन्दर्भ सामाग्री

एटम नेत्र (२०६१) – समालोचनाको स्वरुप (साझा प्रकाशन )
सिह पदमावती (२०६२)– समानान्तर आकाश (साझा प्रकाशन)
विभिन्न समसामयिक पत्रपित्रकाहरु

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।