August 8, 2010

अवमूल्यनको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, मानिस र्सवश्रेष्ठ प्राणी हो । यसरी र्सवश्रेष्ठ हुनुमा एउटा मात्र कारक तत्व छ- त्यो हो, मानिसहरूमा भएको अस्तित्वबोधको चेतना । यहाँ अस्तित्वबोधको चेतनाले गर्दा नै मानिसले विज्ञानको क्षेत्रमा, सामाजिक क्षेत्रमा र व्यक्तिगत क्षेत्रमा पनि धेरै विकास गर्न सकेको हो भन्ने मेरो आफ्नै मान्यता छ । हाम्रै देशको कुरा गर्ने हो भने दशवर्षो जनयुद्ध अस्तित्वको खोजीका लागि भएको थियो । आफ्नो अस्तित्वको मूल्याङ्कन राज्यले कसरी गरेको छ भनेर देखाउन देशमा ठूलो उथुलपुथुल भएको छ । पिछडिएका, दबाइएका र छेलिएका आवाजहरू बुलन्द भएर अघि बढिरहेका छन् । यस्तैमा आफ्नो अस्तित्वको फराकिलो परिधिमा रमाउन चाहने एउटा पात्रको कथा छ मसँग । मेरो पात्र भन्दै छ -
कथाकार अनामिकाज्यू, मानिसको जीवनको अवमूल्यन भइरहेको छ । आज मानिसका मूल्य, मान्यता र अस्तित्वको अवमूल्यन तीव्र गतिमा ओरालो झरिरहेको छ । झुट, कपट, ठगी, धोका, व्यभिचार, अनाचार, लुट, अपहरण, आतङ्क र अशान्तिको अधिमूल्यन भइरहेको छ । यस्तो अवस्थामा मेरो चाहिँ मृत्युको अवमूल्यन भइरहेको छ । यस्ता कुराले तपाईं अचम्मित बन्नुहुन्छ होला । हो, आज मेरो मृत्युले पनि मलाई नै अवमूल्यन गरिरहेको छ । जसरी विकसित र विकासोन्मुख राष्ट्रका नागरिकले नेपाली, शिक्षा, सभ्यता, मानसिकता र जीवनस्तरलाई अवमूल्यन गरेर हेर्छन्, ठीक त्यसरी नै मृत्युले पनि मलाई उसको रजिस्टरमा दर्ता गराउन उपयुक्त ठानिरहेको छैन । भनौँ, उसले आफूसँगै लाने सवालमा मलाई अवमूल्यन गरिरहेको छ । जीवनभर मलाई कसैले कुनै कुराका लागि उपयुक्त छ भनेर कल्पना गर्ने सकेनन् । आज मृत्युले पनि मलाई अवमूल्यन गरिरहेको छ । विज्ञानको चमत्कार पनि यसरी असफल हुन्छ भनेर कसले सोचेको होला र -
डाक्टरले दुईओटै किडनी फेल भएको प्रमाणपत्र दिइसकेको छ तर मृत्युले मलाई प्रवेश दिइसकेको छैन । ऊ निषेध गरिरहेछ । कष्टपुर्ण जीवनबाट उन्मुक्ति पाउन पाए कति आनन्द हुन्थ्यो होला - आखिर एकदिन सबैले मर्नै पर्छ । उत्पीडित जीवनको भारले थिचिरहनुभन्दा त मुक्तिको बाटो नै आनन्ददायक हुन्थ्यो होला । जीवन सधैँ अवमूल्यनको धरापमा छ । यसैले मृत्युले पछ्याउन नसकेको होला अथवा यसो भनौँ पछ्याउने इच्छा नगरेको होला । स्पष्ट शब्दमा भन्नुपर्दा अवमूल्यनको चक्की खाँदाखाँदा शरीर नै अवमूल्यनमय भएर गन्हाइरहेको हेाला । त्यही गन्धले गर्दा मृत्यु छेउ पर्न नसकेको होला । किन र कसरी ऊ मलाई अवमूल्यन गरिरहेछ - म भन्न सक्ने अवस्थामा छैनँ ।
सबैका विगत संस्मरणको चाङमा थुप्रिएर बसेका हुन्छन् । मेरा पनि छन् । आज म त्यही ठेलीबाट एकएक गरेर अवमूल्यनमा परेका मेरा जीवनका घटनाहरू निकालेर तपाईंलाई सुनाउन चाहन्छु ।
आज भन्दा सात वर्षअघि अफिसमा मैले पुरस्कार पाएको दिन । सायद मैले यसरी पुरस्कार पाउँछु भनेर कसैले सोचेका थिएनन् । त्यसैले जब पुरस्कारको घोषणा भयो, त्यसबेला धेरैका आर्श्चर्यमिश्रति आँखाहरू ट्वाल्ल परेर हेरेको हेर्यै भए भने कतिका एकबित्ते ज्रि्रो दुइबित्ते भए, कतिका लेख्दालेख्दैका हात रोकिए भने कतिका बोल्दाबोल्दै गरेका मुख बाएको बाएकै भए । यस्ता प्रतिक्रियाका कारण मैले आफू आफैँलाई अवमूल्यन गर्न पुगेँ र पुरस्कार पाउँदा पनि विभिन्न शङ्का उपशङ्काका पोखरीमा डुब्दै उत्रिँदै गरेँ । सहकारी संस्थाहरूले लाखौँ रूपियाँ ठूलो रिस्कमा लगानी गर्छन् । यस्तै लगानी गर्ने क्रममा लाखौँ रूपियाँ डुब्न लागेका बेला मैले सही मौकाका सही मान्छे समातेर सहकारीलाई डुब्नबाट बचाएँ । यो कुरा कतिपयलाई थाहा थिएन । मिटिङमा एमडीले भन्दा पनि कसैले खासै प्रतिक्रिया दिएनन् । त्यत्रा सक्षम पुरूषहरूका अगाडि म साधारण सुब्बासरहको महिलाले एमडीको प्रशंसा पाउनु भनेको अरूका आँखामा सिउडीको झोल हाल्नुसरह थियो । मैले त्यसलाई सामान्य ठानेँ । पुरस्कार नै प्राप्त भएपछिका प्रतिक्रियालाई भने सामान्य मान्न सकिनँ । मभित्र अनेकौँ क्रिया र प्रतिक्रियाका द्वन्द्व चले ।
मैले पुरस्कार पाउँदा किन त्यस्तो भएको होला - कसै न कसैले पाउने पुरस्कारमा म पर्नु हुन्नथ्यो र - मेरो योग्यता पुरस्कार पाउने स्तरको थिएन र - म अचम्मित बनेँ । सरकारी कार्यालय भए कुनै हालतमा मैले पुरस्कार पाउने थिइनँ । किनभने हातखुट्टाका औँलामा गनिनसक्नु पार्टी नेताका प्रेसर सरकारी कार्यालयले थाम्न सक्ने थिएन । तर प्राइवेट कार्यालय भएकोले त्यो प्रेसरको बोझ बोक्नु परेन । यसैले पाएँ हुँला भन्ने मेरो अनुमानका विपरीत साथीभाइले नै मेरो योग्यताको अवमूल्यन गरे ।
यसअघि पनि मेरा प्रेमीले यसरी नै मेरो प्रेमको अवमूल्यन गरेका थिए । हाम्रो प्रेम युद्धस्तरको तयारीमा अघि बढिरहेको थियो । त्यसले भेटघाट र घुमघामका तगाराहरू नाघिसकेको थियो । म्याराथुन दौडमाझै विजयी बन्न रातो झन्डा बोकेर हामी मैदानमा दौडिरहेका थियौँ । लगनगाँठोमा बाँधिएर सफलताको झन्डा गाड्नमात्र बाँकी थियो । हेर्दाहेर्दै ऊ मेरै अगडि अर्कीको अँगालोमा बाँधिन पुग्यो । बेलाबेला ऊ, ममा बौद्धिकता नभएको टिप्पणी गथ्र्यो । त्यसैले यो निष्कर्षनिकालेको थियो उसले । उसले खाएका वाचाकसम कोसीका बाढीले बगाए । बाँकी थियो त केवल मरूभूमि जस्तै लाग्ने वालुवाको थुप्रो । प्रेमीबाट पाएको अवमूल्यनको यो उपहारले म धेरै समयसम्म रन्थनिएकी थिएँ । त्यसपछि घरपरिवारले एउटा भनेजस्तो केटोको हातमा मलाई सुम्पे । अहिले मेरो आफ्नै घर छ । श्रीमान् विदेश गएका छन् ।
अफिस त अफिस भइहाल्यो, घरमा पनि म अवमूल्यित भइरहेँ । जेठानी दिदी र देउरानीले जहिले पनि मेरा सरसामान, मेरा विचार र सोचाइको अवमूल्यन गरिरहे । मैले घडी किनेर ल्याएँ भने उनीहरू डुप्लिकेट भनाउन जन्मदेखिको बल लगाउँथे । मैले राम्रो घडी लगाउन जानेकै छैन किन्न त परै जाओस् भन्ने पार्थे । मेरा माइती उनीहरूको भन्दा सामान्य भएकोले हुन सक्थ्यो । मेरा सरसामानलाई कमसल भनाउन उनीहरू दुवैमा प्रतियोगिता चल्थ्यो । एकपटक भाइले मोबाइल उपहार दिँदा उनीहरूले चोरेर ल्याएको भन्नमात्र सकेनन् अरु सबै सूत्र प्रयोग गरे ।
जेठानी दिदीले भनेकी थिइन्, 'निर्मला, तिम्रो यो मोबाइलको त अहिले फेसन नै हराइसक्यो । त्यसैले सस्तोमा पाइन्छ ।'
देउरानी झन् के कम ! ऊ यस्ता कुरामा खरायो दैाड दौडन्थी । उसले भनेकी थिई, 'मेरो भाइको मोबाइल पसलमा यस्ता मोबाइल हजारदुइ हजारमा बेच्न ल्याउँछन् । यो चाइनिज मोबाइल एकपल्ट बिगे्रपछि कामै लाग्दैन ।'
म केही बोल्न नसक्ने भइसकेकी थिएँ ।
मेरो कमजोरी थियो कि म हत्तपत्त अरूका कुराको प्रतिवाद गर्न चाहँदिनथेँ । अरूको सोचाइको सम्मान गरुँ भन्थेँ । अरूको सोचाइमा आक्रमण गरेर आफ्नो प्रभुत्व कायम गर्ने प्रवृत्ति मसँग थिएन । मेरो यही स्वभावलाई उनीहरू मेरो कमजोरीका रूपमा लिन्थे । यही कमजोरीका कारण घर र अफिसमा मेरो प्रतिभा, कार्यकुशलता, सोचाइ र व्यवहारको अवमूल्यन भइरहन्थ्यो । जुन असन्तुष्ट भावहरु म आफूभित्र गुम्साउन बाध्य थिएँ ।
अफिसमा पनि कामप्रतिको लगनशीलता कसैलाई सुनाउँदिनथेँ । अरूहरू तिललाई पहाड, शीतलाई सागर, दियोलाई सूर्य बनाएर सुनाउँथे तर म कसैलाई केही भन्दिनथेँ । दत्तचित्त भई काम गर्नुलाई कर्तव्य ठान्थेँ । यही कारण मैले मेरो व्यवहारलाई वातावरण अनुकुल बनाउन सकिनँ । मेरो अर्को ठूलो कमजोरी यही भएको थियो । यसका कारण मेरो अस्तित्व नै लोप हुने ठूलो खतरा थियो ।
एकपल्ट घरमा खाना खाने टेबलमा ग्लोबल वार्मिङका विषयमा निकै चर्चा भयो । जेठानी, देवर, देउरानीसँगै बसेर खाना खाइरहेका थियौँ । मेरा श्रीमानले सन् २०१२ मा विश्व नै सखाप हुने र मानव अस्तित्व हराउने घटनाहरू पढ्न वेबसाइडका ठेगानाहरू दिएका थिए । तिनै वेबसाइड हेरेर धेरै कुरा थाहा पाएकी थिएँ । यसैले वातावरण परिवर्तनसम्बन्धी धेरै कुरा थाहा थिए । अरुहरू विनाप्रमाण फूलबुट्टा भरेर आफ्ना कुरा सुनाइरहेका थिए । मलाई असह्य भयो । नेपाललाई विश्वले जैविक विविधतामा पहिलो प्राथमिकतामा राखेको कुरो गरेँ । मैले बोल्नेबित्तिकै सकेटबम प्रहारपछि सन्नाटा छाएझैँ वातावरण स्तब्ध भयो । म छक्क परेँ । कतै मैले नै पो गल्ती बोले कि - भनी आफैभित्रको आत्मविश्वास गुमाउँदै थिएँ । सबैजना चुपचाप उठेर हिडेँ । मलाई अचम्म लाग्यो । यस्तो किन भयो - भनेर आफैँसँग प्रश्न गरेँ । अन्त्यमा निचोड निकालेँ, मेरो बौद्धिकताको अवमूल्यन थियो त्यो ।
म मासिक तलबको रकम केही आफूसँग राखेर बाँकी सबै सासूलाई बुझाउँथे । देउरानीको राशनको व्यापार थियो । उसको महिनावारी तलब आउँदैनथ्यो । बेलाबेलामा घरमा चामलदाल आउँथ्यो । जेठानी दिदीको सरकारी स्कुलको जागिर थियो । उसको तलब समयमा आउँदैनथ्यो । यसैले बेलाबेलामा तरकारी र फुलफूल ल्याउँथिन् ।
मैले सासूलाई बुझाएको घर्रखर्चको चर्चा कहिल्यै हुँदैनथ्यो तर जेठानीले ल्याएको तरकारी र अन्य चीजको चर्चाले भान्साकोठा मगमगाइरहेको हुन्थ्यो । कहिले भक्तपुरको दहीले भान्साकोठा दहीमय हुन्थ्यो भने कहिले मलेखुको माछाले भान्साकोठा माछामय हुन्थ्यो । यस्ता फोस्रा चर्चाका कारण म खाना नखाएरै टन्न अघाउँथे तरपनि केही बोल्दिनथेँ । एकातिर श्रीमान नभएपछि महिलाको आधा सहारा नै हराइसकेको हुन्छ भने अर्कोतिर मेरो स्वभाव नै कमजोर प्रकृतिको थियो । मलाई लाग्थ्यो, यो मेरो अस्तित्वको अवमूल्यन हो ।
सबै कुराको एउटा सीमा हुन्छ । अब भने मेरो श्रीमान घर फर्किने कुराले म हषिर्त थिएँ । एक दशकदेखि बाहिर बसेका श्रीमान घर र्फकंदै छन् भन्ने कुराले म रोमान्चित थिएँ । बारम्बार मैले घर फर्किने आग्रह गर्दा पनि श्रीमान्ले मेरो इच्छा टार्दै आएका थिए । यसपाली आउने भनेपछि संयुक्त परिवारमा बस्न इन्कार गर्दै एक्लै बस्ने घोषणा गरेँ । विभिन्न सम्झौतामा सहमति गरेर म एक छोरा र एक छोरीका साथ अलग बस्न थालेँ । श्रीमानको आगमन भयो । श्रीमानका लागि भनेर थुप्रै सपनाहरू सँगालेर राखेकी थिएँ । तर फुल्नै नपाई ओइलिएर झरे । जब उनले आफू एचआइभी पोजिटिभबाट सङ्क्रमित भएको यथार्थ सुनाए, त्यसबेला जीवनमा ठूलो भुँइचालो आएको महसुस भयो । दश रेक्टरभन्दा बढी भुकम्पले मेरो सपनाका महलहरू एकाएकत्कन थाले । मेरो भाविष्य त्यही भाग्नावशेषमा पुरियो । एक्लै बस्नुको विकल्प अरू केही हुन सक्दैनथ्यो ।
केही समयको बसाइपछि उनी विदेश फर्के । उनीबाट मेरो जीवन र अस्तित्वप्रति धावा बोलिएको यो अर्को अवमूल्यन थियो । यहाँभन्दा अर्को अवमूल्यन के बेर्होनु पर्ला र - म अरूणा लामाका गीतको फ्यान थिए । उनको चर्चित गीत -
'फोहोर साल खुसी फाट्यो जतन गरी मनले टालेँ,
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो -'कानमा गुन्जिन थाल्यो ।

जीवनप्रतिको निराशा र उपेक्षाले माइग्रेसनको बिमारी बनायो । औषधि खाँदाखाँदै कुन बेला किड्नी ड्यामेज भयो पत्तै पाइनँ । खातापत्र मिलाउँदामिलाउँदै आफ्नै जीवनको डेविटक्रेडिट मिलाउन सकेकी रहिनछु । अन्त्यमा मृत्यु कुरेर बस्नुको विकल्प थिएन । तर मृत्यु पनि भनेको बेला नआएर जिस्क्याइरहेको छ । उसले पनि मेरै अस्तित्वको अवमूल्यन गरिरहेको छ । यसबाट उन्मुक्ति पाउन मैले के उपाय गर्नु पर्ला यदि तपाईँसँग त्यस्तो केही उपाय भए बताइदिनु होला ।

कथाकार दिवाकर नेपालीज्यु मेरो पात्रको कथा यही हो । मेरो कथाको क्यानभास यस्तै विभिन्न खाले पात्रको कथाले पोतिएको छ । यस कथाकी पात्रलाई म के उपाय दिन सक्छु र - म आफै अर्निणयको बन्दी भएकी छु ।

1 comments:

Ram Limbu said...

Nice and realistic story.

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।