लेखक योगेन्द्र उपाध्यायज्यू,
तपाईँको नारी शीर्षकको लेख पढ्ने सौभाग्य समकालीन डट कममा प्राप्त भयो । अत्यन्त दुख लग्यो । तपार्इँले आफूमा भएको सम्पूर्ण बौद्धिक कला खर्च गरेर तयार गर्नु भएको तपाईको लेखको सकेसम्म वाक्य अथवा अनुच्छेद नै विश्लेषण गरेर जवाफ दिँदै छु । पहिलो अनुच्छेदमा तपाईँले आफूलाई महिलासंग तुलना नगरी आफूलाई सभ्यताको परिसूचकका रुपमा व्यक्त गर्नू भएकोमा तपाईको विवेकलाई सलाम गर्छु । किनभने महिलासँग तुलना नगर्नु तपाईँको महानता हो । नारीहरु कहिले पनि पुरुष समान थिएनन् र अहिले पनि छैनन् । जिउँदै जलिनु पर्ने नारीहरु समाजमा केही चेतना आएर बाँच्न पाएका छन् । अनि कसरी पुरुष समान हुन्छन् र ? साँच्चै तपार्इँले भन्नुभए जस्तै नारी आफूलाई जति पुर्ण भने पनि ऊ कदापि हुन सक्दिनँ । भाषा, व्याकरण, सामाजिक, रहन सहन सबैमा पुरुषको स्थान आउँछ अनि मात्र नारीको उच्चाहरण हुन्छ । यी कुरा तपाईँले नामबाटै बनेका शब्दहरुबाट व्यक्त गर्नु भएको छ । हो, आज नारीहरु पुरुषबाट परिचित हुनु परेको छ । त्यसैले त उसले आवाज उठाएकी छे । यदि नारीबाट पुरुष चिनिनु परेको भए पुरुषहरु यसरी नै आवाज उठाउने थिए होलान् । यही अस्तित्वबोधको पीडाले नै मान्छेहरु अरु प्राणीहरु भन्दा प्रकृतिले पृथक बनेको हो । नत्र त पशु र मानिसमा कुनै भिन्नता रहने थिएन । हुन त तपाईँले आफ्नो लेखमा नारीलाई पशुको स्तरमा लगेर तुलना गर्नु भएको छ । त्यो परिच्छेदको विषय पनि यहाँ तल उल्लेख गरिएको छ ।
तपाईले नारीको सौन्दर्यलाई कति धेरै ईष्र्या गर्नु भएको ? यसरी इष्र्या नगर्नूहोस तपाई भन्दा धेरै ठूला महत्मा त्यागी तपस्वीहरुले नारीको सौन्दर्यको बर्णनमा आफ्नो अमुल्य जीवन समर्पित गरेका छन् । ठूला ठूला विश्वमा नाम चलेका कृति, शकुन्तला, महाभारतको द्रौपति, रामायणको सीता, र गोर्कीको आमा, राधा, सर्वजा सबै हेर्नुहोस तिनमा नारीको रुप र गुणको बखान गरिएको छ । जुन कुरा ध्रुव सत्य हो त्यो कुरामा तपाईले कलमको मसी नसक्दा राम्रो होला कि ? जसरी पुरुषको पुरुषार्थको नारीले इष्र्या गर्न हुँदैन त्यसरी नै पुरुषले नारीको सौन्दर्यको इष्र्या नगरे हुन्छ । तपाईले नारीको सृष्टि जस्तो पवन कार्य जसले मानवताको वंशलाई निरन्तरता दिइरहेको छ । त्यस कार्य र स्वयम नारीलाई किरासंग दाज्नु कतिको न्यायोचित होला ? अरुलाई भन्नु अघि त्यो आफ्नो आमालाई र आफूलाई हुन सक्छ भन्ने किन नसोच्नु भएको ? यस अर्थमा तपाईलाई आमाले कस्तो सन्तान भनी मुल्याङ्कन गर्नु होला ? तपाईलाई जन्म दिदा तपाईको आमाले कम गर्व गर्नु त पक्कै भएन होला के त्यो गर्व गँगटोल़े गर्न सक्छ ? यदि सक्छ भने तपाईँको तुलना कोसँग भयो ? एकपल्ट ठण्डा दिमागले सोच्नुहोस् । विकसित मुलुकमा नारीहरुले सन्तान पाउन छाडिसके । उनीहरु सेरोगेटमदर खोज्न थालेका छन् । यदि तपाईँको श्रीमतीले बच्चा जन्माउन मानिन भने तपाईँ सेरोगेटमदरलाई लाखौ रुपैया खर्च गर्न सक्नुहुन्छ । यदि तपाईले सक्नु भयो भने तपाई जस्ता अरु नेपाली पुरुषहरुले सक्लान् त ? फेरि तपाईँले नारीले सन्तान जन्माउने विषयमा अहिले क्लोनिग र टेष्टट्युव वेवीबाट सन्तान जन्माउन सकिन्छ भनेर नारीलाई चुनौति दिनु भएको छ । क्लोनिग प्रविधिलाई अहिलेसम्म पूर्ण सफल मानिएको छैन भने टेष्टट्युव वेवीको लागि के सबै पुरुष लाखौँ रुपैया खर्च गर्न सक्छन् । फेरि टेष्टट्युब वेबीमा नारीको डिम्ब चाहिदैन र ? जुन देशका कतिपय पुरुषहरु गर्भवती नारीलाई नियमित डाक्टरको चेकअप गराउन नसक्ने अवस्थामा छन् त्यो देशको पुरुषले यसरी खोक्नु भनेको हत्केलाल़े सूर्य छोप्छु भन्नु हो ।
एक्काइसौ शताप्दीमा पनि उन्नाइसौँ शताप्दीको अवस्थामा गुज्रिरहेको नेपाली नारीको चेतनामा तपार्इँको लेखले केही सचेतना जगाउनु पर्ने हो । तर अफसोच छ यहाँ त्यो वातावरण सृजना हुन अझै दुइसय शताप्दी लाग्छ भन्ने मेरो अनुमान छ । तपाईँले समस्या र अवगुणहरु प्रशस्त आफ्नो लेखमा छर्नु भएको छ तर त्यसको कारण र निराकरण पटक्कै बटुल्नु भएको छैन ।
तपाईँको लेख जन्मनुको पछाडि नेपाली समाजको सानो पृष्टभुमि खोल्न चाहन्छु म । राणाकालीन शासनले नेपाली जनतालाई घोर अन्धकारमा राख्यो केही सचेत पढेलेखेका युवाहरु वनारस, दार्जिलिङ गई शिक्षा लिन थाले । उनीहरुको घरव्यबहार, छोराछोरी, वृद्धा भएका बाआमा तिनै नारीहरुले स्याहार गरेर बसिन् जसलाई तपाईँ गाली गर्दै हुनुहुन्छ । ती महान नारीहरुले श्रीमानलाई उच्च शिक्षा दिन सक्दो सहयोग गरे तर आफू भने अन्धकारको गुफाभित्र थुनिरहे । देशमा भएका ठुलाठुला राजनिति क्षेत्रमा, प्रशासनिक क्षेत्रमा र देशका ठुला ठुला कार्यक्षेत्रमा तिनै पुरुषले देश हाकेका थिए र अझै कति हाँकिरहेका छन् । ती नारीहरुको त्याग बलिदान पुरुषहरुले कहिल्यै बिर्सन हुदैन । आज पनि धेरै पुरुषहरुलाई नारीहरुले घरव्यबहार, छोराछोरी सम्हालेर विदेश पढ्न वा कमाउन पठाइरहेका छन् । आज कुनै पनि घरमा पुरुषले भात पकाएर नारीलाई बाहिरी संसारमा पठाउने पुरुष बिरलै होलान् । सायद तपाईले यो लेख लेख्न अघि आमा, दिदी वा बहिनीले पकाएको भात नै खाएर बस्नुभएको होला । यदि तपाईले होइन आफै पकाउछु भन्नुभए पनि ठिकै छ । तर अधिकांश पुरुषहरुलाई खाना पकाएर र पस्केर अगाडि राखी दिने नारी नै हुन्छे । घरको सम्पूर्ण व्यवहार हेरिदिएर बाहिरीसंसारमा अघि बढाउने नारी नै हुन्छन् । त्यसैले भनाई नै छ कुनै महान पुरुषको सफलताको पछाडि नारीको हात हुन्छ भन्ने । कतै एउटी नारीले भाषण गरेको सुन्दैमा तपाईले आम नारीलाई दोषारोपण गर्नु कहाँ सम्मको बुद्धिमत्ता हो ?
हुन त हामी नारीमा धेरै विकृति छ हामी भर्खर शिक्षाको उज्यालोमा पस्दैछौ । वर्षौ हामीले घरको संघार काट्न पाएनौ । हामी आर्थिकरुपले, सामाजिक रुपले र मानसिक रुपले कमजोर भयौँ । हामी आफूमा परिपक्वता हुनु पर्दछ । हामीमा कमीकमजोरी छैन भन्न खोजेको होइन मैले किनभने कसैलाइ भन्नु अघि आफूलाई राम्ररी हेर्नु पर्छ भन्ने मान्यता राख्छु म । मैले हामी नारीको बारे खसखस डट कम मा ‘महिला शब्दको उत्पत्ति’ शीर्षकमा लेखिसकेको छु । पढ्नु भए राम्रो होला । नारी सृष्टिकर्ता, पालनकर्ता हो । तपाईँले धेरै धर्मशास्त्रका कुरा ल्याएर पुरुषलाई सर्वशक्तिमान देखाउनु खोज्नुभएको छ । धर्मशास्त्रले नारी, जनजाती, दलितलाई दबाइएर लेखिएका कतिपयकुराले आज समाजमा विरोधको आवाज उठिरहेको छ । नारी, जनजाति र दलितले वेदको ऋचा सुन्नु हुदैन सुनेमा कानमा तातो तेल हालिदिनु भन्ने मनुस्मृतिका कुराले आज समाजमा नयाँ विद्रोहको भावाना जन्मेको छ ।
आज देश संकटकालीन अवस्थामा छ । हिजो मधेस आन्दोलनले पहाडिया भन्दै टोपी फ्याक्न लगाएको, लिम्बुवानले नाकचुच्चे भन्दै विरोध गरेको, नेवार समुदायले आवाज उठाएको, अरु समुदायले आन्दोलन गरेको अवस्थामा त नारी तेरो नाम यस्तो म पुरुष मेरो पुरुषार्थ यस्तो भन्नुभन्दा देशमा चलेको आन्दोलनको निराकरण के होला भनी बौदिकता खर्च गर्नु भएको भए धेरैजनाको स्याबासी पाउनु हुने थियो । तपाईँजस्तै सामन्तीसोचले ग्रस्त जुडासेप्रवृत्तिका व्यक्तिहरुको कारणले नै आज देश अराजकतातिर गइरहेको छ । यस्ता प्रवृतिका व्यक्तिहरु नयाँ परिवर्तन हेर्न चाहदैनन् । जुडासे प्रवृत्ति भनेर केलाई भनिएको होला भनी भन्नुहोला । जुडासेप्रवृतिको बारेमा मैले मेरो ब्लग शखदा साहित्य मा सस्मरण स्तम्भमा जुडासेप्रवृति-1 भन्ने शीर्षकमा एउटा लेख छ । हो त्यहीबाट जुडासेप्रवृत्ति भन्ने शब्दको जन्म भएको हो । यस्ता जुडासे प्रवृत्ति भएका व्यक्ति तपाईँ एक्लै हुनुहुन्न अरु पनि हुनुहुन्छ । यस्ता मानसिकता बोकेका मानिसहरु आफूलाई सर्वेसर्वा ठान्छन् र अरुको आत्मस्वाभिमानको कहिल्यै सम्मान गर्दैनन् । यस्ता लेखक तपार्इँमात्र होइन अर्को एकजनाको पनि उदाहरणसहित तपाईँलाई यो सानो लेख मार्फत देखाउन चाहन्छु ।
हाम्रो समाज पुरुषप्रधान समाज हो भनेर मैले भनिरहनु नपर्ला भन्ने मलाई लाग्छ । बर्षौदेखि पुरुषवादी मानसिकता बोकेकाले हाकी आएको समाजमा कति नारीका हक अधिकार दबाइयो यसको लेखाजोखा गरेर साध्य पनि नहोला । मनोवैज्ञानिक रुपमा, आर्थिक रुप सामाजिक रुपमा दवाइएका धेरै घटना र कानूनहरु नै साक्षी वकपत्रका रुपमा नै तयार छन् । अहिले म यहा मनोवैज्ञानिक रुपमा दवाइएका कुराहरु गर्दैछु । समाजमा कला साहित्य भनेको परिस्कृत र सुशिक्षितहरुले हाक्ने गाडी हो । यही हकाइमा कति नारीको मनोविज्ञान खसाल्ने गरी गाडी हाकिन्छ, भन्नेकुरा नमूना म यहाँ पेश गर्न चाहन्छु । साहित्यक्षेत्र बौद्धिक क्षेत्रका व्यक्तिहरुले अभिव्यक्ति दिने थलो हो तर यस क्षेत्रका पुरुषवादी मनोविज्ञान बोकेकाहरु नारीका आत्मसम्मान गिराउने गरी अपहेलना गरी लेख्ने व्यक्तिहरु अझै पनि उत्तिकै गरी लागि परेका छन् । गरिमाको पुस अङ्कमा मुन पौडेलको मेरी सालीको बिह’ र मधुपर्कको माघ अंकको ‘सुखी जीवनका उपाय’मा नारीलाई अत्यन्तै खसालिएर बोलिएका छन् । हास्य व्यङ्ग्यका रुपमा लेखिएको यी दुबै लेखमा नारीको मनोविज्ञानलाई अत्यन्त सस्तो किसिमले खसालिएर लेखिएका छन् । मधुपर्कको सुखी जीवनका उपाय मा के भनिएको छ भने स्वास्नी लाई खुसी पार्न पुरुषले उसको दास बन्नु पर्ने मनोविज्ञान देखिइएको छ एउटा वाक्यांश पढौ – “हाम्रो नेपाली समाजमा घरकी, लाग्नेकी , लोग्नेकी श्री सम्पत्तिको मालकिन र चिफ एक्ज्युटिभ को त भने श्रीमती । श्रीमती लोग्नेको टोपी देखि मोजासम्म र बैङ्कको खातादेखि खल्तीसम्मको मालकिन । कुन पुरुष छ हुँ भन्ने पतिमा त्यो ताकत छ कि जसले श्रीमतीलाई ढाटेर ठगेर दुई पैसा कतै लुकाओस् । उल्टो आफ्नो नामको जग्गा । घरलगायत सञ्जयकोषको रकम पनि श्रीमतीको नाम गरिदिएका छन् हुन्छन् । जुन मै छु भन्ने मनुवाले “कमाउने म, त्यसको नाम के को राख्छु भनेर फुर्ति फार्ती लाएर हैकम वा प्रवृत्ति नै देखाउछ त्यसको दुखको दिन आयो भन्ठाने हुन्छ । हाम्रो समाजमा श्रीमती एउटा यस्तो प्रकारको लुतो हो जो फाल्न त सकिदैन सकिदैन , उल्टो जीवनभर कन्याइरहनु पर्छ ।”
मलाई यहाँ भन्न मन लाग्छ, के नारीले पुरुषको कार्यमा सहयोग गरेकी हुन्न । के पुरुषले फाल्न चाहेर पनि फाल्न नसक्ने नारी एउटा वस्तु हो ? उनको समाजमा कुनै अस्तित्व छैन । यो अन्तिम वाक्यले नारीको अस्मिता र स्वाभिमानमा निकै ठूलो अपमान गरिएको छ । यो कुरा कुनै पनि स्वाभिमानी नारीलाई पच्य हुने छैन । यी वाक्यांशले नै बुझिन्छ पुरै लेखमा नारीलाई कतिको होच्याएर लेखिएको छ ।
(यहाँ मलाई मुन पौडेललाई के भन्न मन लाग्छ भने सरकारले नारीको नाममा घरजग्गा खरिदगर्दा परसेन्ट 25 परसेन्ट छुट नारीलाई दिएको छ । धेरै पुरुषहरु त्यो छुट पाएर खुसी भएका छन् र धेरैजसो पुरुषहरुले नारीको नाममा घरजग्गा राख्न रुचाउछन् र राखिरहेका छन् । नारीप्रति त्यत्रो अविश्वास हुने हो भने सरकारले यो छुट दिने थिएनन् र पुरषले पनि राख्ने थिएनन् । नारीहरु पुरषबाट धेरै ठगिएका हुनाले पनि सरकारले नारीलाई केही राहतको रुपमा यो व्यवस्था मिलाइदिएको कुरा उल्लेख गरिएको थियो । तर मुन पौडेल सरकारलाई भन्न नसकेर किन नारीलाई भनेका हुन बुझ्न सकिएन । )
त्यस्तै उनको सालीको विहे मा सालीको बिहे बाट सुरु भएको व्यङ्ग्यमा स्वास्नीदेखि लिएर सासु ससुरा सालीलाई समेत यति होच्चाएर लेखिएको छ । प्रत्येक वाक्य विश्लेषण गर्ने हो निकै लामो लेख तयार हुन्छ । तर यहा मैले छोटकरीमा लेखेको छु । उनले एक ठाउमा यसो भनेका छन् – “मेरा ससुरा कस्ता भने बतौरे अझ कडा र खरो शब्दको प्रयोग गर्ने हो भने गफाडी । हुने खाने चाहि केही होइन तर गफले आकाश पाताल एक गरिदिने खालका न खग्नुपरोस न ख्वाउनु परोस् उल्टो छोरी ज्वाईको पाए पाउञ्जेल खायो अनि गफ हाक्यो । ससुराली गयो र ससुरा छन भने गफबाहेक केही खान पाइदैन । खान त पाइन्न पाइन्न , बोल्न पनि पाइन्न । उनी चूप लागे न बोल्नु । यसरी ससुरालाई भनेका छन भने सासुलाई त्यस्तै – ‘अब अर्को पाटो हेनुस । सासु बज्यैचाहिँ सीधा ठाडा गाउँ बाट आएकी जस्ती । नहास्नु छ नबोल्नु छ , टकटक लट्ठी हिडेको जस्तो निर्जीव । .. । ’ यस्तै गरी साली र स्वास्नीलाई अघाउञ्जेल व्यङ्ग्यले हानेका छन् ।
हुन त यसलाई उनले सस्मरण भनि दिएको भए हामी कसैलाई टाउको दुख्ने थिएन तर हास्यव्यङ्ग्य लेख भने पछि यो प्रतिनिधि पात्र के सबैलाई पाच्य होला आज हामी नयाँ नेपालको कुरा गरिराखेका छौ । यस्ता विकृतिग्रस्त मानसिकता बोकेका व्यक्तिले नयाँ नेपाल बनाउन सक्ला र यस्ता लेखकका मानसिकता बढाउन लेख छाप्ने सम्पादकले पनि अब यसलाई हल्काफुल्काको रुपमा नलिई गम्भिर रुपमा लिनुपर्ने छ ।
हास्यव्यङ्ग्य लेख भनेको समाजका विकृति विसंगति विरुद्ध व्यङ्ग्य हानेर लेखिने लेख हो । के मुन पौडेल आफ्नो स्वास्नी ससुरालीमा मात्र विकृति विसंगति देखेका छन् त समाजमा अन्त छैन ? उनले आफ्नो सीप प्रतिभा नारीको मनोविज्ञान खसाल्नेमा खर्च गर्नु भन्दा राष्ट्रभित्र कति विसंगति छन् त्यसमा खर्च गरे कसो होला ? वास्तवमा ससुराली र स्वास्नीलाई यस व्यङ्ग्य बनाएर हाँसोको पात्र बनाएर देखाउने मुन पौडेल मात्र छैन अन्य लेखक, कलाकारहरु पनि छन् । कला क्षेत्रमा पनि केही समय अघि तीतो सत्य जस्तो चर्चित टेलिसिरियलले सासु र ससुरालाई हास्यको पात्र बनाएर निकै दर्शकलाई हँसाउन खोजिेको थियो । त्यस्तै अरु कतिपय चलचित्र तथा टेलिफिल्महरुले पनि गर्दै आएका छन् । अब समाजमा परिवर्तन आउनु पर्छ । यस्ता पुराना त्रुटिपूर्ण धेरै उखानटुक्का, लोककथा जुन नारीका मनोविज्ञानलाई गिराउने गरी बनाइएको छ त्यसलाई हटाउनुपर्छ अनि मात्र नया नेपाल हुन्छ । आफूमा बौदिकता छ भन्दैमा अव कसैले पनि नारी, जनजाति, दलित, असहाय बालबालिकाहरुको मनोविज्ञान खसाल्ने किसिमको कुनै पनि लेख लेख्नु हुदैन । सबैको आत्मस्वाभिमानको सम्मान गर्न सिक्नुपर्छ यो नै नया नेपालको अवधाराणा हो । जब सम्म हामीले यस्ता रुढिग्रस्त सामन्तवादी समाजले रोपेका यस्ता आत्मस्वभिमान र आत्मविश्वास मार्ने विषालु वृक्ष ढाल्दैनौ तबसम्म हामी नयाँ नेपाल बनाउन सक्दैनौँ नयाँ नेपाल कुनै कागजमा लेखिने शब्द मात्र होइन समाजमा रहेको यस्ता विसंगति र विकृति हटाएर बनिने स्वच्छ र सुन्दर नेपाल हो । जहाँ सबैले सम्मानपूर्वक बाँच्न पाउनु पर्छ । यो सबैले जानीलिनु पर्ने कुरा हुन्छ ।
यसरी हामी पुरुष सर्वेसर्वा हौ भन्ने भावाना नराखी अन्य निर्धा, असहायप्रति पूर्वाग्राही नबनी लेख्नुहोस् । आज देशमा ब्रामाणवादको जन्म भएको यस्तै व्यवहारले गर्दा भएको हो । आज देशमा ठूलठूला समस्याहरु छन् । आफूभन्दा कमजोरलाई आफ्नो विवेक बुदिले होच्याएर उसको आत्मविश्वास गिराउनको सट्टा उनीहरुलाई विशेष सरसल्लाह दिई मार्गदर्शक बन्नुहोस् । तपाईँ जे रोप्नुहुन्छ त्यही फल फल्दा त्यो फल मीठो होस् सबैलाई ग्राह्य र स्वादिष्ट बनोस् ।
यही मेरो यो लेखनको अभीष्ट हो ।
3 comments:
सर्मिला दिदि ,
सर्बप्रथम नारी प्रति हेपाहा दृस्टीकोण हाक्काहाक्की राख्ने महापुरुस प्रति खबरदार गरि मार्मिक ढंगले चड्कन हान्नु भएकोमा यहालाई श्रदाको मालाले अभिबादन गर्दछु | मुन पौडेल जस्ता कैयन मुन व्यक्तिले नारीलाई तल्लो दर्जामा , नालीको किरो , सरीरको लुतो , काठमा लाग्ने धमिरो भन्ठान्छन त्यो तिनीहरुको गए गुज्रेको सुन्य मनोविज्ञानको उपज हो | त्यस्ता व्यक्तिहरु बिर्सनछन् तिनै नारीको कोखबाट जन्म लिएर मानिस जस्तो बिबेकी प्राणीमा गनिएको छु भनेर हैन भने ति किरा नै हुनेथिए गुमा बस्ने किरा जसको कुनै अस्तित्वो हुदैन | किन बिर्सनछन् त्यहिँ नारीको आदरमा खुट्टामा आफ्नो सिर राख्नु पर्ने आफ्नै भगवान आमालाई गाली गर्दै छन् धावा बोल्दै छन् अनि बिहे किन गर्छन किरासंग ? किरा संग लुतो संग नाता भए पछि उसको अस्तित्वो चाई फरक हुन्छ र यसको उत्तर दिन सक्छन यस्ता व्यक्तिले ? लिप्शाहरु भुल्छन नारीले घर नसम्हाल्दीहोत घर बाहिर बसेर भुक्न कसरि सक्थे | हो यस्तै सामन्ती लिप्साहरुले देसमा नारीलाई अगाडी बढ्न सिमांकन गर्दैछन | भाबी पिढीहरुमा पनि यहि मानसिकताले झाग हाल्नेछ यस्तै यस्तै योगेन्द्र र मुन जस्ता दिमागहरुले | तर खबरदार नारी सधै कुवाको भ्यागुतो भएर बस्दैनन् तिमीहरुको थुतुनो लुस्न तयार हुदैछन त्यसैले खबरदार | सम्भंदित पत्रिका जसले यो लेख छापेकोछ उसको मनोविज्ञान पनि खासै माथि उठ्न सकेको देखिदैन नारी जननी प्रति | म त भन्छु यस्ता सोचाई भएका पुरुषको जन्म हुन्छ भने त्यो जन्म नभएकै राम्रो बिना कारण सनातन बस्ति भित्र आमाको खोइरो किन खन्नु आमालाई धावा किन बोल्नु आमाकै गला किन घोट्नु ?
दिदि माथिको कमेन्टमा अनुरोध गर्न भुलेछु लेख पढे पछि उपाध्यायको लेखलाई मनन गर्न सारै मन लागि रहेको छ कसरि पदन सकिन्छ ? धेरै धेरै धन्यबाद |
मिरा बहिनी निकै खुसी लाग्यो । यो लेख समकालिन साहित्यमा www.samakalinesahitya.com
http://www.samakalinsahitya.com/reloaded.php?show=detail&art_id=1899
पढन सकिन्छ ।
Post a Comment