....मेरो साहित्य संसार

Exclusive :–


न्यू अपडेट्स

छोरीको फर्माइस

| November 15, 2010 |

छोरीले आमालाई भन्दै छे - 'मेरो लागि केही नगरी दिने, खै ! वर्थ डे नमनाइदिने - मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ, नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि † अहिलेको जमाना कहाँ पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौ भनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने † यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि †
आमा भन्छे - 'छोरी काठमाडौँको महङ्गीमा खान पनि धौधौ छ । यति धेरै फर्माइस पूरा गर्न कि भष्ट्राचार गर्नुपर्यो कि त दुई नम्बरी धन्दा † तिम्रो बुवाको सोझो कमाइले कहाँ पुर्याउन सकिन्छ र ?’
छोरी फेरि पडकन्छे - 'महङ्गो ठाउँमा जन्माएपछि छोरी पनि महङ्गी हुन्छे भन्ने थाहा छैन - हुम्लाजुम्लामा जन्माएको भए भइहाल्थ्यो नि †'
आमा नबोली बजार जान्छे । बजारबाट र्फकदा बाटामा उसलाई मोटरसाइकलले हान्छ । आमा बाटोमा पछारिन्छे, बेहोश हुन्छे । उसको हातमा छोरीको वर्थडेको लागि अर्डर गरेको बिल हुन्छ र छोरीको लागि एउटा पेन्ट र भेष्ट हुन्छ र साथमा अस्पतालबाट व्लड बेचेर र्फकदै गरेको बिल पनि हुन्छ । छोरीलाई आमा दुर्घटना परेको थाहा नै हुँदैन किनभने ऊ कुनै डिस्को पार्टी हुन्छे ।


1 comments:

Bhagawati Basnet said...

आजभोलिका शहरिया छोरा छोरीको फर्माइस पूरा गर्ने क्रम आफ्नो ज्यान पनि गुमाउन बद्या हुनु पर्ने वास्तविक् यथार्थ लघुकथा । बधाई यहाँलाई ।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।

खसखससँग कुराकानी

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।

प्रतिक्रियाहरु


संन्देश छोड्नुहोस्

भर्खरै


फेसबुक ब्लग

Followers

Total Pageviews