November 15, 2010

निश्चय । अनिश्चय

गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो 'साबित्रीकी मम्मीले छोरी पाइछे ।' बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो ।
- ''बिचरो रामप्रसादले फेरि छोरी पाएछ ।''
- ''कठै धमाल्नी आमैको फेरि नातिनी भईछे , बिचरी १ नातिको मुख हेर्न नपाई मर्ने भई ।''
- '' ए फेरि छोरी पाइछे साबित्राकी मम्मीले ।''
- '' हैन जँचाएर आएका भन्थे रे नि, छोरा नै हुन्छ भन्थे रे नि ।''
गाउँभरि क्रिया, प्रतिक्रियाहरू रोटेपिङमा दोहारी झुत्ता खेलेझै“ खेलिरहे । धेरैदिनदेखि गाउंमा उभिएको उत्सुकताको किलो आज सधैँको लागि उखेलिसकेको थियो ।
आज दुईदिन भयो ऊ सुत्केरी भएकी । घरमा एक किसिमको शङ्का र अविश्वासको वातावरण छ । उसको कोठामा घरकी कामधन्दा गर्ने सुन्तली बाहेक अरू कोही पसेका छैनन् । उसलाई खान मन छैन । प्रसवपीडासँगै जन्मेको मानसिक पीडाले उसको शरीर शिथिल भएको छ । मस्तिष्क शुन्य भएको छ । पेटमा ज्वानोको झोलबाहेक केही परेको छैन, 'खा' भनेर कर गर्ने कोही छैनन् । गाउ“का दिदी बहिनीहरू पनि सहानुभूति पोख्न कोही आएनन् । तेस्री छोरी जन्म“दासम्म उनीहरू आएर सान्त्वना र ढाडस दिन्थे । अब उनीहरूलाई पनि लाग्यो होला त्यो सान्त्वना र ढाडसमा बासी भएर ढुसी लागिसकेको छ त्यसैले अब त्यसले खुराकीको काम हैन अपच्यको काम गर्नेछ भनेर त्यसैले सहानुभूतिका खुराक पस्कन कोही पनि आएनन् । उसले पुलुक्क छोरीको मुहार हेरी । एउटा निर्दोष अनुहार सांसारिक विधि, वन्धनदेखि टाढा निदाइरहेको थियो । उसले त्यहा“ आफ्नो प्रतिबिम्ब देखी । आफ्नो अस्तित्व देखी । अन्धकार भविष्य लिएर झुल्केकी निर्दोष अनुहारमा अनभिज्ञताका लहरहरू देखी ।
उसको मुटु टुक्रेको छ, छोरी भएर जन्मनुको पीडाले । उसको शरीर जलेको छ, छोरीकी आमा हुनुको अभिशापले । उसको आकाश अन्धकार भएको छ , धरती भासिएको छ , जताततै दलदल छ पाइला राख्ने ठाउँ छैन ।
दुईदिन अघिसम्म उसको श्रीमान् कति खुसी थियो । मुहारमा ओठमा भविष्यमा आउने खुसीका किरणहरू छरिएका थिए । तीनवटी छोरी जन्मँदासम्म अस्पताल नलगेको उसको श्रीमान्ले यसपाली आफै अस्पताल लगेको थियो ।
त्यो उमङ्गको क्षण त्यो खुसीको लहर क्षणभरमा नै बिलाएको थियो । चिसो हिउ“मा सूर्यको किरण पर्नासाथ बिलाएझैँ । क्षणभरमा नै उसको सारा संसार बदलिएको थियो । प्रसवपीडाबाट भर्खर मुक्त भएकी उसलाई त्यो समय, त्यो क्षण उसका जीवनमा सुनामी आएझैँ भयो । त्यो सुनामीले उसको सारा विश्वास, इच्छा, चाहना र भविष्यहरू भत्काएर चकनाचुर पारिदिएको थियो । उसले कुनचाहि“ देवतालाई भाकल गरिन, कुन व्र्रत गरिन, कुनचाहिँ धामीझाक्री गरिन -
प्रसवपीडापछि उसले ठूलो साहस बटुलेर डाक्टरलाई सोधेकी थिई 'के भयो' भनेर । त्यसपछि उसले थाहा पाइन के भयो भनेर । ऊ धेरैबेर बेहोस भई रे । जब उसको होश आयो, तब उसले यथार्थलाई स्वीकार गर्ने आत्मबल पैदा गरिसकेकी थिई । त्यहीँ आत्मबलले ऊ अहिलेसम्म जीवित छे ।
उसले अँध्यारो अनुहार पार्दै भिडियो एक्सरे गर्ने डाक्टरलाई पनि सोधेकी थिई । डाक्टरसाहेब 'के हुन्छ, छोरा कि छोरी -'
''यो त हामीले भन्न मिल्दैन, तपाईँकी तीनवटी छोरी भइसकेका रहेछन् । फेरि किन पाउनु भएको -''
'' छोरा चाहिन्छ अरे, छोरामात्र सन्तान हो रे छोरी होइनन् रे'' यति भनिसक्दा उसले ठूलो सुस्केरा लिइसकेकी थिई ।
''छोरा र छोरी एउटै हो भन्ने बुझ्नुपर्ने हो तपाईँको श्रीमान्ले ।''
उसको श्रीमान्ले नबुझेको त कहा“ हो र - 'छोरा नभए सन्तान मासिन्छ, छोरी अर्काका घर जाने जात, छोरा नभई कहा“ हुन्छ र - तँ छस् र तेरो सहारामा म छु । एउटा छोरा नभई कहा“ हुन्छ -'' उसकी सासूले उसको श्रीमान्को मास्टरी दिमागलाई यसरी संस्कारवादी धारणाले धोईपखाली गरिदिएकी थिई । गाउ“को सरकारी स्कुलमा सामान्य तलब खाने उसको श्रीमान्ले आमाको इच्छा तोड्न, विश्वास मोड्न नखोजेको कहा“ हो र -
''आमा, अहिलेको जमानामा के छोरा के छोरी - एउटै हुन ससुरालीमा पनि भन्न थालेका छन् । अब छोराको रहर नगर्नु भनेर । ''
'' उनीहरूले नगर्नू भनेर कहा“ हुन्छ - हाम्रो बंश मासिदैन - एउटाबाट नभए अर्कोबाट हुन्छ । खुट्टा भए जुत्ता कति पाइन्छन् तेरा काइलाकाकाका पनि जेठीबाट छोरा नभएर कान्छी ल्याएका हुन् नि त ।''
''कस्तो कुरा गर्नुभएको आमाले पनि म मास्टर मान्छेले बहुविवाह गर्नुँ हुन्छ - आफै“ मुखिया आफै बाटो बिराउनु हुन्छ - ''
''त्यसो भए पाउनुर्पर्छ एउटा छोरा तीनवटी छोरीमुनि धेरैका छोरा भएका छन् । आमाको व्यक्तित्वले प्रभुत्व जमाउन सफल उसको श्रीमान्ले जीवनमा आमाको निर्णयलाई कहिल्यै पनि नकार्न सकेको थिएन ।
सौता हाल्ने कुराले उसको मुटु घोचेको थियो । त्यसैले ऊ राजी भइदिई, लोग्ने र सासूको कठोर निर्णयले उसको व्यक्तिगत स्वतन्त्रता कुनै अर्थ रहँदैनथ्यो । तीनवटी छोरी लालनपालन नै राम्रोसँग हुन नसकेको परिस्थितिमा अझ चौथो सन्तानको आगमनले उसले आप\mना छोरीहरूले खाए खाएनन् केही हेर्न भ्याएकी थिइनन् ।
घरभरि एउटा सन्नाटा फैलिएको छ । सबैको बोलीचाली व्यवहारमा सुनामीले देखाएको महाप्रलयपछिको सन्नाटाझैँ सन्नाटा फैलिएको छ । मनभरि कोही आक्रोश, कोही घृणा, कोही तिरस्कार, कोही वितृष्णा जन्माएर बसेका छन् ।
यी सब हुनुको कारक उही हो । ऊ नभएको भए यो सब हुने थिएन । उसैले निम्त्याएकी हो यो घनघोर आपत्ति उसले आफूलाई खतम पार्ने योजना बनाई । आफूनभए घरभरि शान्ति छाउनेछ । ऊ रोई, धेरैबेर रोई । धरतीले आफ्ना पीडालाइ पखाल़ेझै उसले आफ्नो पीडालाई पखाली । ऊ छोरी भएर जन्मनुको पीडाले रोई, छोरी जन्माएको अभिशापले रोई । उसले बाँच्नुको कुनै साथर्कता देखिन । उसले आफूसँगै भोलि भोग्नु पर्ने नियतिका कर्तालाई पनि खतम पार्ने विचार गरी । तर समाजले के भन्छ - अरू छोरीको भविष्य के हुन्छ - यस्तै विचार गर्दै ऊ अथाह समुन्द्रमा डुब्दै उत्रदै गरी निकैबेर सम्म । छोरीको रुवाइले ऊ झस्की । मातृत्व वात्सल्यता उर्लेर आयो । ऊ छोरी चेपेर फेरि रोर्इ, अघाउञ्जेल रोई । उसको पेट भरियो । ऊ टन्न भई । अनि छोरीलाई दूध चुसाउन थाली । ऊ हराउन पुगी जिन्दगीका रमाइला दिनहरूमा ।
सम्पन्न परिवारकी चेली लाउनखान उचालपछार थियो । के खाऊँ, के लाउँ थिएन । तीन दाजुकी दुइ चेलीमा कान्छी चेली थिई ऊ । सबैले असाध्यै माया गर्थे । दाजुले ठेकेदार साथीसँग विहेको कुरा चलाउ“दा उसको लोग्नेको काकाले उसलाई मागेको थियो । ठेकेदारीमा केही लेनदेन हुन्थ्यो । त्यही लेनदेनको सञ्जालमा उसको भविष्य दाउमा लाग्यो जुवामा दाउ लागेझैँ ।
जात मिल्यो, केटो एक्लो छोरो, मास्टर जागिर अरू धनसम्पत्तिमा धेरै पोलिश गरेर नक्कली गहनालाई चम्काएझै“ चम्काइएको थियो । यसरी होमिएको थियो उसको जिन्दगी दाजुको ठेकेदारी महायज्ञको आहुतिमा ।
उसले धेरै बुहार्तन सही घरमा बाबुआमा र दाजुले गोडा धोएर कन्यादान गरेर दिएका उसको कर्तव्य जसरी भए पनि घर खानु थियो । उसले घर खाई । कहिले आ“सु खाई, कहिले भोक खाई, कहिले पीडा खाई, कहिले तिरस्कार खाई, कहिले वितृष्णा खाई, उसले धेरै थोक खाई । खानुको कुनै सीमा रहेन । तर उसले माइतमा गएर घरको बखान कहिल्यै सुनाइन । सधैँ मीठो खाएको, राम्रो लाएको मात्र वखान गरी । घरको दुःख माइतमा देखाउ“दा भाउजूहरूले होच्याएर व्यवहार गर्छन् भनेर कहिल्यै दुःख देखाइन् उसले । सुखमा बाँचेको अभिनय गरिरही । माइतीले केही हेरेका थिए । त्यसलाई उसले नकार्न सकेकी थिइन ।
बिहान उठेदेखि घरधन्दामा लाग्नु, पाडाबाच्छा स्याहार्नुदेखि लिएर फुर्सदमा खेतबारीसम्म तानिन्थ्यो उसको दायित्वको डोरी । उसलाई वर्षा कहिल्यै आएन, हिउँद कहिल्यै भएन, । आयो भने धान रोप्ने दिन आए अनि धान काट्ने दिन आए । उसका खुसीका दिन भनेका तीज र दसैँ हुन्थे । यी दुईचाडमा ऊ नयाँ लुगा पाउँथी अनि मीठामीठा खानेकुरा खान पाउँथी । अझ खानेकुराभन्दा मीठो माइतमा धित मरुञ्जेल बसेर गफ गर्न पाउँथी । यी दिन नै उसको जीवनमा रमाइला दिन थिए । तर अब त चौथो सन्तानको जन्मपछि त उसलाई माइत जान कफर्यू लाग्नेछ भन्ने कुरा अवश्यम्भावी थियो ।
ठूली छोरी बेलाबखत उसको कोठामा आउने गर्थी । सुत्केरीलाई छुन हुँदैन भन्ने निर्देशनले अरू छोरी तर्केका थिए । उसँग सम्वादमा अल्झने भनेको ठूलो छोरी मात्र थिई । ठूली छोरीले आमाको केही मात्र भएपनि पीडा बुझेकी र महसुस गरेकी थिई । उसले घरको प्रत्येक क्रियाकलापलाई सूक्ष्म निरीक्षण गरेकी थिई क्यार त्यसैले उसको बालहृदयले जे बुझेको थियो त्यो ओकली आमालाई ''मम्मी, हाम्री बहिनी भई भनेर बुबा र हजुरआमा रिसाउनु भएको हो - हामीस“ग राम्ररी नै बोल्नु हुन्न ।''
उसले चिताझै“ जलेको पीडालाई छातीभित्र नै दाहसस्कार गर्दै भनी, ''हो छोरी रिस त उठिहाल्छ नि † छोरा भएको भए तिमीहरूको भाइ हुन्थ्यो । पछि तिमेरू माइत आउने ठाउ“ हुन्थ्यो । तर के गर्नु भगवान्ले हात थामिदिएनन् । भगवान भन्ने सब मिथ्या रहेछ, छोरी ।''
"हामी पनि त छोराजस्तै छौ“ नि हामीलाई छोरा भन्दा हुँदैन मम्मी - ''
''हुन त हुन्छ नि नानी तर समाज, यही समाजले गर्दा मैले यत्रो सन्तानको भार खप्नुपर्यो नि, छोरी । आफ्नो मनले माने पनि समाजका मानिसहरू छोरीलाई मान्छे गन्दैनन् । हामीले पर्दैनभन्दा पनि उनीहरू हरदम खोतलीखोतली छोराका कुरा निकाल्छन् । छोरा पाउन सकिन भनेर कस्तरी होच्याएर बोल्छन् । छोरी..।"
उसकी छोरीले कति कुरा बुझी कति बुझिन उसलाई ख्याल भएन । उसले आमाको कुरामा कुनै प्रतिक्रिया जाहेर गरिन । उसले पुनः छोरीलाई सोधी-" नानी,.. तिमीहरूको बुबा खोइ.. त -" हुन्छ ।"
"अनि के भन्दै छन् त..।"- उसले सोधी ।
"सानी बहिनीको जन्ममिति मिलाउँदै हुनुहुन्छ । न्वारान गर्नलाई ।"
"अनि अरू के भन्दै छन् त.छोराको कुरा पनि गदै छन् त.।" उसले सोधी ।
"अँ, अब यो मुनि भाइ जन्मदैन अरे त्यसैले हजुरआमाले बुबालाई अर्कोर् बिहे गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो ।"
उसले अन्तिमको वाक्य राम्रोसँग बुझ्न सकिन । आँखा वरिपरि कालो भएर आयो केही देखिन् , रिंगटा लागेर आयो बेहोस होलाझैँ भई तर आफूलाई सम्हाली । उसको छाती एक्कासि बज्रजस्तै भयो । तीरले रोपेपनि केही नहोलाजस्तो भयो । उसले रुन खोजी, तर पटक्कै आ“खाबाट आसु झरेन । ऊ डर्राई । अझ उसले आफूलाई पीडाले मर्माहत बनाई तर पनि आँसु आएन उसलाई अचम्म लाग्यो । यो के भयो भनेर । उसलाई सान्त्वना दिनलाई कोही आइदिए पनि हुन्थ्यो जस्तो लाग्यो तर कोही आएनन् । अहँ पटक्क आएनन् धेरैबेर बाटो हेरी । छोरी बैनीको मुख हेरेर बाहिरिइसकेकी थिई । ऊ एकोहोरो टोल्हाईरही । धेरै टाढासम्म टोल्हाईरही । क्षितिजभन्दा टाढासम्म टोल्हाईरही ।
"बुबा˜˜.. त पण्डितबाजेसँग पात्रो हेराउँदै हुन
उसलाई थाहा भएन यो दिन थियो कि रात थियो । उसको सामु विगत आयो, अनि वर्तमान र भविष्य । चार छोरीहरूका पीडादायक निरीह अनुहारहरू आए । उसले निर्णयगरी जसरी पनि बाँच्नु पर्छ । परिवार र समाजसँग सङर्घष गर्नुपर्छ । उसले एकैछिनमा सोची ऊ सक्तिन । यौटी कमजोर महिलाले कसरी सङ्र्घर्ष गर्न सक्छे , कसरी उभिन सक्छे । जहाँतहाँ बार र काँडाहरू छन् , घुम्ती र मोडहरू छन् । त्यो खोला ऊ कसरी तर्न सक्छे , जहाँ न कुनै सहारा छ न कुनै साधन । ऊ निश्चय, अनिश्चयको बीच भौतारिइरही । के आफै मरिदिनु सारा समस्याको हल हो । आखिर एकदिन मर्नैपर्छ । तर यी चार-चार निर्दोष छोरीहरूका याचनापूर्ण आँखाहरूले उसको जीवनको भिख मागिरहेको कल्पना गरी उसले । ती भन्छन् हाम्रो के भूल थियो मम्मी - हामीले के अपराध गरेका थियौ“ मम्मी -'
ऊ एकछिन मर्छ अनि अर्को क्षण बाँच्छे । ऊ बाँच्तै , मर्दै गर्छे कतै टाढाबाट छोरीहरूले 'मम्मी˜˜ , मम्मी˜˜' भनेर चिच्याएको आवाज सुन्छे । ऊ शून्यमा हराउँछे ।

1 comments:

mira said...

samajma chora ra choriko ando manyata ra bansha nasine darle janmayeko manasaikta, purusko lacharipan ra aadambarta,ra bises hami nepali samaj bhitrako andha biswas nari ko kokha nai khoto bhanne chori janmada, purus ko Y matra hun6 sadhai bhanne sochai ani aaganta ko kamiko jwalanta udaharan ho yo katha.........nikai marmik ra satik 6...........

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।