October 21, 2012

सम्झनारूपी अक्षरहरूमा कहिल्यै नमेटिने नाम

आदरणीय..............रमेश विकलज्यू मिति २०६८– ४– १८

माफ गर्नुहोला मैले सम्बोधनको स्पेश खाली राखेको छु । खाली राख्नुको अर्थ धेरै हुनसक्छ । त्यो अर्थको व्याख्यामा म अटाउन नसक्ने भएको छु । हजुरको विराट व्यक्तित्व र प्रतिभाले युक्त सिर्जनशील कार्यले कुनै एउटा मात्र सम्बोधनले गर्दा अपूर्ण हुनसक्छ अथवा अझ बढी भन्दा अव्यवहारिक हुनसक्छ तसर्थ मैले यो स्पेशमा समयले भराउन सक्ने र र परिधिले भेट्न सक्ने सम्पूर्ण सम्बोधनलाई उल्लेख गर्न चाहन्छु । सर्वप्रथम म हजुरलाई मेरो कर्म दिने पिताजीको रूपमा सम्बोधन गर्न चाहन्छु । शास्त्रले भन्छ, जन्म दिनेभन्दा ठूलो कर्म दिने हुन्छ । हो साँच्चै हजुरले मेरो पहिलो बालपुस्तक सानीमा कत्रो ठूलो विश्वास गरेर भूमिका लेखिदिनु भयो मोफसलको एउटा गाउँमा एउटा पनि बालरचना नछापिएको म साहित्यमा भर्खर जन्मेर न्वरान पनि नभएको अनुजलाई यति ठूलो विश्वासका साथ भूमिका लेखिदिनुभयो । त्यसका लागि हार्दिकताका कुन शब्द प्रयोग गरु भनी म शब्दविहीन भएको छु ।


सानी छाप्नका लागि कवि अनिल पौडेलसँग म हजुरको घर जाँदा मेरो मन अत्यन्त रोमाञ्चित भएको थियो । मधुमालती, लाहुरीभैँसी तथा नयाँ सडकको गीत कथामार्फत म हजुरको लेखनको फ्यान भइसकेको थिएँ । पत्रिकामा फोटोमात्र दखेको सेलिब्रिटीसँग पहिलो पटक साक्षात्कार हुन पाउँदा मन त्यसै पुलंकित भइरहेको थियो । आरुबारीको हजुरको दुईतले होचो घर अनि हजुरको होचोहोचो आकृतिले मेरो हृदयको श्रद्धास्थलमा सगरमाथाको उचाइ लिएको थियो । छोटो वार्तालाप पछि अनिलजी र म पाण्डुलिपि छोडेर फर्केका थियौँ । त्यसपछि त्यही पुस्तकले साझा पुरस्कार पायो र पछि धेरै पाठकको हृदयमा स्थान पायो । ममा छाएको त्यो खुसीको लहरको व्याख्या मैले मेरो सस्मरणहरूमा गरिसकेको छु । तर मलाई लाग्छ मैले यस्को व्याख्या जति गरेपनि म कहिल्यै थाक्दिनँ । साँच्चै हो त्यसपछिको मेरो साहित्यिक यात्रामा म कहिल्यै थाकिनँ । पछि हजुरको हार्दिकता र आत्मीयताले भरिएको पत्र हात प¥यो । जुन यसप्रकारको थियो


प्रिय शर्मिला मिति–२०६२माघ४ गते
सुन्दर भविष्यको कामनासहितको शुभआर्शिवाद तिमीलाई । माफ गर मैले पहिलो चिठीमा नै अत्यन्त धृष्टताका साथ ‘तिमी’ को सम्बोधन गर्न पुगेकोमा । वास्तवमा मलाई आफूभन्दा वयमा साना र अलि नजिकमा आएकालाई तपाईँ, हजुरको सम्बोधन भन्दा ‘तिमी’, ‘तँ’ का सम्बोधन ज्यादा आत्मीय लाग्छ । त्यसैले आफूभन्दा साना उमेरका कसैलाई पनि अलि निकटमा सम्बोधन गर्नुपर्दा तिमी र त्यस्तैलाई तँ पनि सम्बोधन गर्नु स्वाभाविक र घनिष्ठ लाग्छ । यसरी सम्बोधन गर्दा कसले के सम्झन्छ र के अनुभव गर्छ, मलाई थाहा छैन । तर मलाई जसले ज्यादा औपचारिकताको सम्बोधन गर्दा आफू कृत्रिम भएको लाग्छ ।

यसभन्दा अगाडि पनि फोटो र एउटा तिम्रो चिठी पाएको हुँ, तर प्रत्युतर लेख्छु भन्दा भन्दा त्यत्तिकै सकिराखेको थिइन । आज सबैतिरबाट समेटेर दुवै चिठीको प्रत्युतर लेख्तैछु । अन्यथा नमान ।
पहिलोपल्ट मैले तिमीमा बीजरुपमा रहेको प्रतिभालाई ठम्याएको विश्वास लागेर मैले त्यसको भूमिका लेख्न स्वीकार गरेको हुँ । तिमीले पुरस्कार पनि पायौ । यसबाट मलाई आफ्नो मूल्याकन ठीक भएको पाएर खुसी लाग्नु स्वाभाविक हो ।
नानी । चाहे पुरुषहोस चाहे नारी उसले जीवनमा सङ्घर्षदेख भागेर सफलता पाउँदैन, सफलता पाउन आफनो भाग्य निर्माण गर्न आफैले प्रयत्न गर्नुपर्छ । अर्काले गरिदिदैन । नियति प्रकृतिले मान्छेले जस्तो पक्षपात गर्दैन । उसले समान रूपले सबैमा प्रतिभाको बीज प्रदान गरेको हुन्छ के नारी के पुरुष । अनि समानरूपले त्यसलाई उपयोग गर्नेृ क्षमता पनि प्रदान गरेको हुन्छ । कुरा कति फरक पर्छ भने कसैले आफ्नो क्षमताको सदुपयोग उत्साह जाँगर र सङ्कल्प (निचोडमा सङ्घर्ष) गरेर आफूमा अन्तरनिहीत प्रतिभालाई उकास्तै, सफलताको वीजलाई अङ्कुराउने र हुर्कने पढ्ने औसर दिन्छ, कसैले आलस्य, अकर्मण्यता, संसय, अनिश्चितता अधैर्यद्वारा आफ्नो क्षमतालाई दरुपयोग गरेर आफूमा अन्तरनिहित प्रतिभाको क्षमताको बीजलाई सडाइदिन्छ ।
तिमी एउटी श्रष्टा हौ दुवै रूपमा आमाकी रूपमा पनि र लेखिकाको रूपमा पनि । कुनै पनि सच्चा, साधक श्रष्टा सङ्घर्षकै कसीमा घोटिएर सङ्घर्षकै भुङ्ग्रोमा पोलिएर नम्बरी अकबरी सुनमा चम्कन्छ । त्यसैले आफ्नो काममा गीताको त्यो अमूल्यवाणीको सामलका साथ निरन्तर साधनारत हुँदै जाऊ “कर्मण्यृवाधिकारस्ते मा फलेक्षु कदाचन, या कर्मफहेतुभुुर्याते सङ्गोस्त्वकर्मणि ”
तिमी आफ्ना साधनामा निरपेक्ष भएर लागिरह्यौ भने तिमीले अपेक्षा नगरे पनि फल त लागिहाल्छ, एउटा कर्मठ किसानले खेतबारीको राम्रो उपचार गरेको छ र सुपुष्ट बिऊ रोपेको छ भने उसले ए मलाई फल द मलाई फइदा दिला भन्नै पर्दैन स्वभावअनुसार आफ्नो प्रसाद दिइहाल्छिन् ।
तिमीसँग तयारी पाण्डुलिपिहरू छन्, साधन (पैसा)पनि छ । तिमीले दौडधूप आफैले नगरे पनि प्रयुत्न गर सहयोगीहरू निस्कने छन् । आफूलाई नारीजाति अबला हुन्छे, निप्फर हुन्छे भन्ने पुरातनधारणा बोकेर बसे सधैँ अबला निप्फर नै रहिरहिन्छ । हो शारिरीक केही संरचनाले नारी पुरुषमा केही स्पष्ट अन्तर छ र हुन्छ त्यो प्रकृतिको संरचना का । त्यसलाई नकारेर नकारिन्न । तर त्यत्रो श्रृष्टीलाई गर्भमा धारण गरेर अभिव्यक्ति दिने (जन्माउने) नारी कसरी दुर्वल र निप्फर हुन्छे ? यो केवल धारणा मात्र हो । अस्तु तिमी आफ्नो साधनामा बढदै जाऊ, हतार नगर (हतारको काम लतार हुन्छ । ) सफलता त तिम्रो सँगसँगै हिँडीरहेको हुन्छ र त्यो एकदिन तिम्रो पोल्टामा आएर शरणागत हुन्छ ।
अन्त्यमा, तिमीले जे जति गरेकी छौ त्यो कम छैन । तर त्यसो भनेर तिमीले गरेको काम दिएको देन नै ठूलो हो भन्ने दम्भचाहिँ मनमा कहिल्यै नपाल, त्यसलाई हुर्कन नदेऊ, किनभने संसारको यो व्यापकतामा तिमी हामी त केही पनि होइनौ, तिम्रो हाम्रो देन त सागरमा खन्याएको एक बाटा पानीको मूल्य पनि राख्तैन कि नभने यो संसारमा हामीभन्दा अगाडिका मनीषिहरूले कति कति अमूल्य कुरा बहुमूल्य उपहार मानव जातिलाई दिएर गइसकेका छन् ।
तर त्यति भएर तिमी हामी त्यसै श्रृङ्खलामा केही थोपा दिने मात्र हौँ । र दिँदै जाँदा कुनै दिन उल्लेखनीय उपहार दिन सक्दैनौ । तर आज हामीले ‘म’ भनेर अहंकार पाल्यौँ भने त्यसले नै हाम्रो सफलताको बाटो अवरुद्ध गर्नेछ । अस्तु
तिम्रो स्नेही
रमेश विकल


आज हजुरले लेख्नुभएको पत्र मैले आफ्नै हातले लेख्नुपर्दा म विगतको छालमा नराम्ररी तरङ्गित हुन पुगेको छु । कति सङ्घर्षमय थिएँ ती दिनहरू । एकातिर शिक्षिकाको दायित्व अर्कोतिर चार छोराछोरीको लालनपालन, घरमा नब्बेवर्ष पुग्नुभएको सासू र आउनेजाने परपाहुनाको चटारो । कैयौँपटक जीवनदखि हरेशखाएर मृत्युलाई पुकार्न पुगेको थिएँ । भित्रिहृदय खै केले केले अतृप्तझै लाग्दथ्यो । के गरु कसो गरुँ भइरहन्थ्यो । त्यो अतृप्तताले मलाई त्यो बेलाको त्यो दिनभरि स्कुलको थकाइ, घरधन्दा व्यवस्थापन गर्दाको थकानको महसुस कहिल्यै भएन । हजुरको प्रेरणारूपी शब्दहरूमा छरिएको आत्मविश्वासको डुङ्गा लिएर सङ्घर्षको महासागरमा अविरल खियाइरहे । गतिलो गोरेटो पाउन सागरमा कैयौँ समय भौतारिरहे । त्यही प्रयास सफल भएर अहिले मेरो जीवनरूपी डुङ्गा एउटा निर्देशित यात्रामा बगिरहेछ । हजुरले इन्द्रावतीमा जीवनहरू अविरल बगिरहेको देख्नुभयो अनि देखाउनुभयो । वास्तवमा सबैको जीवनको डुङ्गा जीवनपथमा यसरी नै अविरल बगिरहेको हुदोरहेछ । मात्रै कसैको सही गन्तव्य पाउन नसकेर भौतारिरहन्छ भने कसैले सही गन्तव्यको निशानामा बगाइरहेको हुन्छ ।
एकपल्ट धरानमा बालसाहित्य सम्मेलन भएको थियो । त्यहाँ मलाई सम्मान गरिएको थियो । त्यहाँ हजुरसँगै अन्य काठमाडौँका धेरै साहित्यकारहरू जानुभएको थियो । जहाँ मैले माध्यमिकस्तरको पढाइ पुरा गरेको थिएँ । सोही स्कुलमा कार्यक्रम गरिएको थियो । त्यससमय नौ वा दस कक्षामा हजुरको एउटा बालकथा रेलको साथीबारेमा थियो, त्यो कथा मेरो आँखामा उत्रियो । त्यससमयदेखि नै म हजुरको लेखनको फ्यान भएको थिएँ । आज उही महान लेखकको हातबाट सम्मानित हुन पाएँ, मेरो जीवन धन्य हुन पुग्यो । मेरो मनमा हर्षको बाढीभेल बगिरहेको थियो । हजुरले वी.पी. शिक्षण अस्पताल घुम्न जाने मनसाय व्यक्त गर्नुभयो । ममा खुसीको अर्को दर्के झरी पर्यो । म खुसीमा रुझ्दै सानो गाडी लिन गएँ ।
त्यस सानो गाडीमा चढेर म, हजुर, रामबाबु सुवेदी, मधुसुदन धिमिरे गरी पाँच छ जना विपी शिक्षण अस्पताल घुम्न गयौँ । विपी अस्पताल पुगेपछि मेरो जन्मथलो धरानको भोटेपुल घरमा हजुरको पाइला टेकाइ मेरो जन्मथलो पवित्र बनाउने मेरो स्वार्थी अभिलाषा पुरा गरेको थिएँ । मैले हजुरलाई घरमा ल्याएँ । आमासँग परिचय गराएँ । मैले बुबालाई कार्यक्रममा जाऔँ भनेको थिएँ तर मान्नु भएन । घरमा पनि बसिदिनु काठमाडौबाट ठूला साहित्यकारहरू आउनसक्छन् भनेको थिएँ । बसिदिनु भएनछ । मनमा दुःख लाग्यो । तर पनि कर्मदिने पिता सँगै भएको हुनाले मलाई खासै फरक परेन । माइतघरमा रामबाबु सुवेदीले कविता सुनाउनुभयो । आमाले हामीलाई चिया खुवाउनुभयो । एकछिन बसेर हामी फेरि कार्यक्रम स्थलतिर लाग्यौँ । धरानको कार्यक्रम ऐतिहासिक हुनेछ र एकदिन अवस्य म लेख्नेछु भन्ने मेरो मनभित्र एउटा ठूलो आत्मविश्वासले जन्मलिएको थियो । त्यो आत्मविश्वासले आज साकाररुप लिएको छ । हजुरजस्तो महान व्यक्तिको सान्निध्यतालाई म मेरो साहित्यिक कलमबाट अमर बनाउनेछु भन्ने मेरो सङ्कल्प आज पुरा भएको छ ।
म यी सब कुरा हजुरलाई सम्बोधन गरेर लेख्दैछु । मानिसहरूले भन्लान् शर्मिला बौलाइछे चोला उठेको मानिसलेपनि कही पत्र पढन सक्छ र ? तर होइन हजुरको भौतिक शरीर नरहे पनि आत्मा हामीसँगै छ । महान व्यक्तिहरू कहिल्यै मदैनन् । उनीहरू सधै अमर हुन्छन् ।

तर मानवीय विडम्बनाको एउटा ठूलो पर्दा म यहाँ उघार्न चाहन्छु । त्यो के भने किन मानिसहरू मरेपछि मात्र उसको गुनगान गाइन्छ । उसको कार्यको प्रशसा गरिन्छ । जिउँदो हुँदा किन गरिन्न ? जब तपार्इँको चोला त्यो धर्तीबाट उठ्यो तब मात्र तपार्इँका विषयमा धेरैले प्रशंसाका मेट्रो टेन कुदाए । कतिले व्याख्याका जम्बोजेट नै उडाएँ । वास्तवमा यस्तो किन हुन्छ ? हजुर जीवित हुँदा नै हजुरको विषयमा यति धेरै विशेषाङ्कहरू प्रकाशित भएको भए के हुन्थ्यो ? यी कुराले हजुरलाई कति हर्षित बनाउँथ्यो होला । तर जब यी सब कुरा भए त्यो बेला हजुरको चोला यस धरतीबाट उठिसकेको थियो । तर एउटा जीवित आत्मा शब्दशब्दमा जीवित भइरहेको हुन्छ । प्रत्येक आत्मा जीवित हुनछ । हजुरको विशेषाङ्क पढेपछि मलाई हजुरले साहित्य, समाजसेवा र शिक्षाक्षेत्रमा दिनुभएको योगदानको बारेमा अझ बढी थाहा भयो ।
बि.स. १९८५ सालमा कात्तिक २९ गते भाइटीकाको दिन पिता चन्द्रशेखर चाहिले र माता छायादेवीको कोखबाट एक्लो सन्तानको रूपमा हजुरको जन्म भएको थियो । रामेश्वर चालिसेबाट लखकीय नाम रमेश विकलमा चर्चित हुनपुग्नु भयो । शारदा पत्रिकामा वि. स. २००६ सालमा पहिलोपटक हजुरले प्रगतिशील विचारधाराले भरिएको कथा लिएर साहित्यिक क्षेत्रमा उदाउनुभएको थियो । वि.स. २०१८ सालमा कथासग्रह नयाँ सडकको गीतका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । हजुरका कथाहरू नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलिन आशावरीधूनमा, आज फेरि अर्को तन्ना फेरिन्छ, जस्ता जिवन्त कथा लेखेर धेरै पाठकको हृदयमा स्थान पाइसक्नुभएको थियो । अविरल बग्दछ इन्द्रावतीमा एउटा गरिव माझी परिवारको चित्र चित्रित गर्नुभएको थियो । जुन पछि टेलिश्रृङ्खला मार्फत धेरैको सम्झनाको ढुकढुकीमा बस्न सफल भएको थियो । सात सूर्य एक फन्को, निलगिरिको छायाँमा, यात्रा साहित्य कृति र मिल्किएको मणि र अगेनीको डिलमा नाट्यकृति र बालसाहित्यका एक दर्जनभन्दा बढी कृति नेपाली साहित्यको मन्दिरमा चढाइसक्नुभएको छ । यसबाहेक पनि शिक्षाक्षेत्र र समाजक्षेत्रमा हजुरले दिनुभएको योगदान अतुलनीय छ । आफ्ना सबै श्रीसम्पत्ति रमेश विकल साहित्य प्रतिष्ठानलाई समर्पित गरेर हजुरले समाजसेवाको एउटा ठूलो उदाहरणीय कार्य गर्नुभएको छ । चित्रकारितामा हजुरले देखिउनु भएको कलाकौशलको एउटा बहुआयमिक व्यक्तित्वको आयाम चारैतिर झल्केको पाउन सकिन्छ । यस्ता उच्च व्यक्तित्वका धनी हजुरको प्रतिभा, कौशल, लगनशीलता सङ्घर्ष र परिश्रमको चर्चा जति गरेपनि काम हुन्छ ।

मान्छेको जीवनमा सोच्दै नसोचेको कुरा पनि हुनसक्दोरहेछ । भनौँ सीमित ज्ञान र अल्पचेतनाको कारणले गरेको गल्तीलाई महसुस गरेको हुदैनरहेछ । मैले आर्दश मानेको व्यक्तिको हृदय यसरी दुखाउला भन्ने मैले सोचेको पनि थिइँन । मैले भनिहाले यो मेरो अल्पज्ञान तथा लापरवाहीबाट भएको गल्ती थियो । मैले सानीको दोस्रो सस्मरण छाप्ता त्यहाँ हजुरका केही भनाइहरू काटिन गएको रहेछ । म त्यो बेला इटहरीमा थिएँ । श्रीमान काठमाडौँमा सानीको दोस्रो भाग छाप्न आउनुभएको थियो । त्यहीबेला बालससारले मेरो सानी अर्डर गरेछ र छाप्न दिनुभएछ । प्रेसले के कसरी काट्यो मैले थाहा पाउन सकिनँ । म इटहरीमा अति व्यस्ततामा आफ्नो जीवनको पाइला पछारिदै, लड्दै, उठ्दै, कुद्दै गर्दै थिएँ । पछि पुस्तक छापिएर आयो मैले त्यो पुस्तकको भूमिका राम्ररी हेरेको पनि थिइन । थाहा पाएको भएँ म क्षमा मागेर पत्र पठाउँथे हुँला ।
एकदिन अचानक हजुरको पत्र आयो । पत्र यसप्रकारको थियो ।

प्रिय शर्मिलाजी मिति– २०६३ असार२७
तपाईँले पठाउनुभएको पुस्तक र चिठी पाएँ । तपाईँका प्रगति देखेर मलाई खुसी लाग्यो । मैले सक्दो सहयोग मैले पहिले पनि गर्दै आएको हुँ र गर्दै पनि रहनेछु ।
चिठी पनि पढेँ । आउँदै हुनुहुँदो रहेछ । खुसी लाग्यो, आएको बेलामा अवस्य बाटो काट्नु हुनेछैन । तर चिठी पढेर एउटा दुःख पनि लाग्यो । सानी भाग एक पुर्नमुद्रण गर्न लाग्नुभएछ । यो पनि खुसीको कुरा हो । तर मेरो भनाइ केही बदलिनुभएछ । हेर्नोस् तपार्इँलाई मैले सक्तो प्रोत्सहन पो दिएको हुँ, मेरो भनाइलाई बदल्न अधिकार त दिएको थिइन । त्यो पनि मसँग सल्लाह नै नगरी । यो कुरा कतिसम्म ठीक हा , तपाईँ आफैसोच्नोस् र समयमै त्यस त्रुटीलाई सच्चाउने कृपा गर्नु होला हाम्रो सम्बन्धमा सानो कुराले धाँजा पर्न नपावस् । योभन्दा बढी म के भनौँ ? तपाईँ आफैँ समझदार हुनुहुन्छ । आउनुभो भने भेट हुने नै ।
तपार्इँको
रमेश विकल
पत्र पढेपछि म आकाशबाट झरेजस्तो भएँ । ओहो मबाट यो ठूलो भूल हुन गएको रहेछ । अब मैले के गर्ने ? म मनमनै संतापले पिरोलिन थालेँ ।
मनको संताप हटाउन तुरुन्त पत्र लेख्न बसेँ ।


आदरणीय सर मिति–२०६३सावन ३गते
नमस्कार
रचनामा हजुरको कथा पढदै गरेको समयमा हजुरको पत्र पाएँ । सानी भाग एकको दोस्रो सस्मरणमा हजुरको भनाइ काटिएको विषयमा हजुरको दुखमनाउ रहेछ । त्यसैले तुरुन्त पत्र लेख्न बसे । दोस्रो सस्मरण छापिदा म इटहरीमा नै थिएँ । श्रीमान् काठमाडौ भाग दुई छाप्न जानुभएको थियो । बालसंसारमा भाग एकको अर्डर आएको रहेछ । मलाई तुरुन्त मेटेरियल पठाउ भन्नुभयो । हतारकासाथ मैले मेटेरियल पठाइदिए । धेरै थोरै समयमा त्यो छापिइ हाल्नुपर्ने स्थिति भयो । यो कुरा अनिल पौडेलज्यूलाई पनि थाहा छ । यस्तोस्थितिमा सरको भनाइ काटिन गयो । यसको लागि क्षमा चाहन्छु । फेरि यस्तो गल्ती हुने छैन । हाल पन्ध्रसय कापी मात्र छापिएका छन् । फेरि छापिदा सरको भनाई सम्पूर्ण राख्नेछौ । अलिकति मेरो अनभिज्ञताले, अलिकति परिस्थितिले र ठाउँ विशेषले यस्तो पर्नगयो वास्तवमा यो क्षेत्रमा म अपरिपक्व नै छु । फेरि मलाई गाइड गर्ने बाटो देखाउने कोही छैनन । म जङ्गलको सुनाखरी फूल सरह ठान्छु । आफै फुले, आफै सङ्घर्ष गरे आफै अघि बढे । बाटो देखाइदिने कोही भएनन् ।
यसमा सरले दुःखमनाउ नगरिदिनु होला । मलाई सहयोग गर्ने व्यक्तिलाई म कुनै हालतले दुखी भएको हेर्न सक्दिनँ । सरको आर्शीवादले नै मैले यहाँसम्मको सफलता प्राप्त गर्न सकेँ । सरको व्यक्तित्व र कृतित्वको जति नै प्रशसा गर्दापनि कम नै हुन्छ । स्कुले जीवनमा सरको कथा मेरो सानोसाथी पढेर म अत्यनत प्रभावित भएको थिएँ । अहिले मेरो साहित्यकारिता त्यसैको देन हो । सरलाई दुखी बनाउनु भनेको म स्वयम दुखी हुनु हो । अरु म धेरै के भनौ । हाल गर्मीको विदा छ । काठमाडौँ आउँछु भन्थे । आउन सकिनँ । तीनदिन अघि सासूको वार्षिकी, पुराण आदि कार्यक्रम सकियो । व्यवहारिक कारणले आउन सकिनँ, अन्त्यमा पुनः क्षमा माग्दै पत्र बन्द गर्र्न चाहन्छु । सर, मेरो प्रेरणाको स्रोत, आर्दशव्यक्ति र पुजनीय हुनुहुन्छ । सरको सदासयता बिनाको समय म कल्पना नै गर्न सक्दिनँ । काम गर्दा कतिपय भूल हुदोरहेछ । मैले अझै जीवन भोग्न धेरै बाँकी छ । फेरि आफ्नो अनुपस्थितिमा अझ बढी भूल हुँदोरहेछ । यस्तो भूल पुन नगर्ने वाचा गर्दै पत्र टुङ्ग्याउँछु ।
उही दुखी
शर्मिला खडका
पत्र पठाएपछि मनको बोझ अलिकति हल्का भयो । सदा पत्र साझा प्रकाशनमा कुरियर गरेर पठाउँदा हजुरले पाउनु हुन्थ्यो । यसपाला पत्र फर्केर आयो । म अत्यन्त दुःखी भएँ । त्यसपछि काठमाडौँ आएको बेला आउँदैपिच्छे फोन गरेर भेट्ने खोजे तर कहिले उहाँ बिमारी हुनुहुन्छ कहिले अस्पताल हुनुहुन्छ भन्ने जवाफ पाएँ । एकपल्ट फोनमा हजुरको कान्छा छोरासँग भेट भयो । मैले साचेँ मेरो मनको संताप हजुरलाई सुनाउन नपाउने रहेछु बरु हजुरको छोरालाई भन्ने विचार गरेँ । यहाँ कत्राकत्रा गल्ती गरेर गल्तीको आभाससम्म महसुस नगर्नेको भीडमा पक्कै पनि हजुरको छोराले सकारात्मक लिनुहुन्छ होला भन्ने सोचेको थिएँ तर कुरो उल्टो पर्यो । मैले उहाँलाई राम्ररी सम्झाउन खोजे तर उहाँसँग मेरो संवादको भाषा, शैली मिलिरहेको थिएन । त्यसपछि म हार खाएर फोन राखिदिएँ । हो मानिसले गल्ती गर्छ तर त्यो गल्ती स्वीकार्नु र त्यसलाई सुधार्नु नै महानता हुन्छ भन्ने मैले बुझेको सिद्धान्तले मलाई लोप्पा खुवायो । मलाई लाग्यो बरु मैले यो सब नगरेको भए पनि हुने । तर मलाई के लागेकोथ्यो भने हजुर जीवित अवस्थामा नै म हजुरको मनको त्यो धमिलो मेटाउनेछु । म धेरै समय दुःखी भइरहे । मैले आफ्नो कुरा हजुरको अगाडि राख्न पाइँन । पछि हजुर आइसियुमा हुनुहुन्छ भन्ने सुनेँ । त्यससमय म इटहरीको जागीर छोडेर साहित्यमा नै समर्पित भएर लाग्न काठमाडौँ आइसकेको थिएँ । हजुरको आर्शीवादले बालसाहित्य समाजको चुनावमा जितेर कार्यसमितिको सदस्य भइसकेको थिएँ । जुन समाजमा हजुरले नै सदस्य बन्न साझा पुरस्कार प्राप्त गरेको दिन पार्क भिलेज रिर्सोटमा चियानास्ता खादा भन्नुभएको थियो । आज यी सब कुरा अतीत भइसकेका छन् । तर यी सम्झनारूपी दृश्यहरू मेरा आँखाबाट म बाचुञ्जेल कहिल्यै अलप हुने छैनन् । समयको सम्झनारूपी अक्षरहरूमा हजुर मेरो कहिल्यै नबिर्सने नाम भएर रहनुहुनेछ । यति भन्दै यहाँ प्रति श्रद्धासुमनका दुई थोपा आँसुका साथ यही बिसर्जन गर्न चाहन्छु ।
उही दुःखी
शर्मिला खडका दाहाल

मृत्यु भर्सेज म र हामीहरू

हे निर्दयी मृत्यु,
यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला
यो कठोर बज्र सायद कतै बज्रदैन होला
थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला
नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला

पशुपतिको आर्यघाटमा मेरी आमा यसरी आलापविलाप गर्दै रोएको मैले देख्नुपर्छ भनेर मैले सपनामा पनि कल्पना गरेकी थिइनँ । मेरी आमा मात्र नभई सम्पूर्ण मेरा आफन्तहरू यसरी भावविहल भएर रुने दिन आउँछ भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ । मेरी जेठी भाउजू आफ्नो पति परमेश्वरको मृत्युमा यसरी हातखुट्टा फ्याकेर विलाप गर्दै रुनुहोला भन्ने कसैको पनि कल्पनाको सीमारेखाभन्दा धेरै टाढा थियो किनभने हामी सुनसरीका बासिन्दा यो सम्भावनाको सुइको समेत नहुनु स्वभाविक थियो । तर अहिले मेरा अति भलादमी, मिलनसार र आमाबुबाका आज्ञाकारी छोराको भौतिक शरीर आर्यघाटमा जलेर खरानी हुँदैछ । म कसरी विश्वास गरुँ ? यो हृदयविदारक दृश्य देखेर सायद विधाता पनि रुँदो होला ! हे मृत्यु तिमी कति कठोर रहेछौ ! जन्मपछि तिमी अकाट्य हौ तर पनि यो अकल्पनीय र असोचनीय सत्यभन्दा धेरै टाढा थियो ।

हे मृत्यु ! तिमीले आज मेरो दाजुलाई हामी सबैबाट खोसेर लगेका छौ । यो संसारबाट उहाँको अस्तित्व समाप्त पार्दै छौ । म कसरी सत्यलाई स्वीकार्न सक्छु र ? यो एउटा दुःस्वप्न भइदिए हुने नि ? तर यो अयथार्थभन्दा धेरै भन्दा टाढा थियो ।


दाजूभाइ मध्ये सबैभन्दा असल, सबैका प्रिय आमाबुबाका रोज्जा छोरा, ईश्वरप्रति परमभक्त भएकी मेरी भाउजूको पति परमेश्वरको अकल्पनीय निधनमा मेरी आमा विलाप गर्दै भन्दै हुनुहुन्थ्यो – “अब उप्रान्त ईश्वरलाई कसैले पूजा नगर्नू । मेरो यति प्रिय छोरालाई अकालमा नै मबाट चुडाएर लग्यो मेरो सर्वस्व लुट्यो ।” भगवानप्रति ठूलो आस्था र विश्वास राख्ने मेरी आमा साइली छोरीको घरमा पूजा लगाउने भनेर बुबासहित काठमाडौँ आउनुभएको थियो केहीदिन अघि । तर ईश्वरले मेरी आमाको तीनदिनदेखिको प्रार्थना सुन्ने फुर्सद नै भएन । त्यसैले नियतिले यति ठूलो खलनायक भई मुटु आघात पार्ने खेल खेल्दा पनि उनी मर्कदर्शक बनेर हेरिरहेँ । आमाको विलाप सुनेर मेरो मुटु हल्लियो मस्तिष्कमा वेदनाको हजारौँ किरणहरू झिल्का बनेर उड्न थाले । आजीवन ईश्वरप्रति आस्था राख्ने मेरी आमा बारम्बार लामो यात्रा हिँड्दा होस वा घरमा वस्दा पनि ईश्वरको पूजा गरिरहनु भन्ने उपदेश दिईरहनु हुन्थ्यो । यस्ती आस्तिक मेरी आमाले ईश्वरलाई गाली गर्नुहुँदा मेरो मुटुको नशा चुटिएझै भयो । म सोच्ने र सम्झने अवस्थामा थिइनँ । आमालाई अँगालो हालेर रोएको थाहा भयो, त्यसपछि के भयो मलाई थाहा भएन । मेरो सुन्ने शक्ति क्षिण हुँदै गएको थियो । अचानक मेरा खुट्टा लुला भएर उभिन नसक्ने भएँ । केमा हो टाउको बजारिएको मात्र थाहा पाएँ । हातखुट्टाहरू र आँखाहरू मेरा हुकुम मान्न तिरस्कार गरिरहेका थिएँ । म भुइँमा पछारिएँछु । मानिसहरू कताकता कराएको सुन्छु तर आँखा मरे उघ्रेनन् । निकै पछि अरुले हातखुट्टा उचालेर माडिदिएको थाहा पाएँ । टाउकामा पानी छिट्तै थिए । मुश्किलले धमिलो धमिलो देख्न थालेँ । म बेहोशमा फेरि कराउन थालेँ “मेरो दाजुसँगै मलाई मर्न देओ । मेरो दाजुको मुख हेर्न देओ ।” मलाई घिसार्दै दाजुभए ठाउँमा लगे । दाजुको मुखमा मेरो हात समाएर पानी हाली दिए । दाजुको पहेलो अनुहारमा रहरलाग्दो जुगाबाहेक अरु मैले केही देखिनँ । मलाई घिसार्दै त्यहाँबाट टाढा पु¥याए । पशुपतिको आर्यघाटमा कोलाहल मच्चिएको थियो । समयको निकुशताले हाम्रो परिवारमाथि ठूलो बज्र हानेको थियो । हामी निरीह भई सब सहन बाध्य थियौँ ।

यो आर्यघाटमा म निकै पटक आएकी छु । मलाई सबैभन्दा हृदयविदारक क्षण शारदा अधिकारको मृत्युको समय भएको थियो । तर अरुको मृत्युमा संवेदनशील हुनु र अफूलाई नै पर्नुमा धेरै फरक हुँदो रहेछ । अरुप्रति संवेदनशीलता केही क्षणको लागि हुँदोरहेछ । घरको भित्तामा लगाइएको रंगजस्तो केही समय रहन्छ फेरि उडेर गई जान्छ । तर आफूलाई पर्दा मन र मस्तिष्क लाई संवेदनशीलताले हथकडी लगाएर बाधिराख्दो रहेछ अनि वेदनामय जेलमा लगेर थुन्दोरहेछ कहिल्यै नउम्कनेगरी । प्रत्येक पल हृदयलाई गहिरो तलाउमा लगेर डुबाइरहन्छ निस्सासिनेगरी । जीवनले जतिसुकै उन्मुक्ति खोज्दा पनि उही सम्झनाका छालले वल्लो किनार र पल्लो किनारा पछारिरहन्छ । कुनै पनि कुरा आफूले भोग्नु र अरुको भोगाइमा अनुभूतिको काल्पनिक लेपन लगाउनु आकाश जमिनको फरक पर्दोरहेछ । हाम्रो परिवारमा हाम्रा दुई आमाका दसजना सन्तानका परिवारमा अहिलेसम्म यस्तो दुर्नियतिको घटनाको सानो झिल्को सम्म पनि भोग्नुपरेको थिएन । विमारसम्म पनि कहिल्यै नपरेको दाजुको लागि यस्तो सम्भावनाको एक अँश पनि हामीले सोचेका थिएनौँ । तर अहिले नियतिले खुद्रामा नभई थोकमा नै ठूलो चोट हामीलाई दिएको थियो । जुन चोट असहय र पीडादायी थियो ।

हे मृत्यु ! मैले जीवनमा मेरा बुबाआमाको चित्त कहिल्यै दुखाइनँ । किनकी म आमाबुबालाई दुःिखत भएको देख्न सक्दिनथेँ । त्यसैले पनि मैले आमाबुबाको खुसीका लागि आफ्नै जीवनसँग धेरै कुराको सम्झौता गरकी छु । तर आज ईश्वरले मेरा बुबाआमालाई पुत्रशोकको यति कठोर बिडम्बनाको भारी बोकायो । यति कठोर सजाय दियो । जुन सजाय आधा हिस्सा बनेर मेरो भागमा आएको थियो । दाजुको मृत्युपश्चात मेरो मस्तिष्कमा धेरै नकरात्मक असर प¥यो । म जीवनको सबै कुराबाट मुक्ति लिन चाहन्थेँ । वास्तवमा पहिलापहिला यस्तै वैराग्य, वितृष्णा, निराशा र कुण्ठाले मनलाई जलाउँदा आत्महत्याको सजिलो बाटो मस्तिष्कमा उम्रने गर्दथ्यो । यस्तो विचार मलाई धेरै चोटि आइसकेको थियो । तर अहिले त किन हो तिमीलाई नै म ुश्राप दिन चाहन्थेँ । अहिले तिम्रो नै यो संसारबाट मृत्यु होस् भन्न चाहन्थेँ । दाजुलाई तिमीले गरको प्रेम देखेर म जीवनप्रति मोहित बनेकी थिएँ । मेरो दाजु तीन दिनदेखि आइसियुमा तिमीसँग लडिरहनुभयो । अन्तिममा तिमीसँग उहाँ पराजय हुनुभयो । ब्रेसस्टोक भएर उहाँ अचानक बाटोमा लड्नु भएको थियो । त्यसपछि बेहोशको बेहोश आँखा नखोली यस संसारबाट बिदा हुनुभयो । तिमी कति कठोर र क्रुर रहेछौ । भर्खर बनाएको बजारको दुईतले घर, श्रीमतीको माया, छोराछोरीप्रतिको दायित्व, आमाबुबाको स्नेह र सम्पूर्ण दाजुभाई, दिदीबहिनी र आफन्तको शुभचिन्तन केहीकोे अगाडि तिमी गल्न सकेन । मैले यस्तै संस्मरणमा समाजसेवी बिष्णु गौतमका दूई छोराको मृत्यु भएको घटनालाई सबिस्तार आफू भावुकभई लेखकी थिएँ । तर अरु प्रतिको संवेदना असिनाझै हुँदोरहछ । केही क्षणमा बिलाएर जाने । आफूलाई पर्दा आँधीवेरी आएजस्तो हुँदोरहेछ । आफ्नो भाग्यमा ठूलो बज्र परेर आफूलाई हजारौँ मनको बोधले थिचेजस्तो हुँदुोरहेछ । संसार रित्तो भएझैँ, आफ्नै छातीबाट मुटु झिकेर अरु कसैले नचाइरहेको तर आफू चाहिँ निरीह, लाचार र विवश भई नियतिको निरकुशतामा आँसु बगाउन सिवाय अरु केहीगर्न नसकिदो रहेछ । सम्पूर्ण सम्झनाहरू आत्मामा लिउन लागेर टास्सिझैँ हुन्छ । जति नै उखेलेर फ्याक्न खोज्दा पनि नफ्याकिने स्मृतिबिम्बहरू छाया बनेर आफनै शरीर भरी सल्बलाउँदो रहेछ । मानौँ आफै जीवनदेखि हारेर दुर्भाग्यको कमारो भई लुरुलुरु उसैको पछिपछि जीवन दौडेझैँ लाग्दोरहेछ । अनेकौँ अनुभूति र सोचाइले मनलाई जनि नै विरेचन पारुभन्दा पनि अझ बढी वेदनाको गहिरो खाडलमा भासिदो रहेछ । सम्झनाको ढुकढूकीले बारम्बार स्मृतिबिम्बहरु आँखामा उघार्दा मस्तिष्क नै विक्षिप्त भएझैँ लाग्दो रहेछ । कसरी हराउन सक्छ यति लामो सम्झनाका कोशेलीहरू जुन हरदम जीवनले पोको पारेर बोकेर हिँडिरहेको हुन्छ । जुन विना जीवनको आधा काल खण्ड नै अधुरो हुन जान्छ । कहाँ बिर्सन सकिन्छ र भावनासँग खेलेका ती आकृति र बिम्बहरू जो सधैँ आँखा अगाडि झलझली नाचिरहदो रहेछ । विश्वास नै अविस्वास भएझैँ । सत्य नै असत्य भएझैँ ।

हे निर्दयी मृत्यु, तिमीलाई हाम्रो आलापविलाप, प्रार्थना, आँसु केहीले जलाउन सकेन । बरु उल्टै तिमीले दाजुको कोमल शरीर जलाएर क्षणभरमा नै खाग बनायौ । तिम्रो यो निर्दयीपना माथि मलाई प्रश्न गर्न मन लाग्यो । के तिमीे मेरो दाजुको एकाउन्न वर्षको लामो इतिहास जलाउन सक्छौ ? हामी दाजु बहिनी बीच लामो इतिहास थियो । त्यो बेला दाजुको भर्खर बिहे भएको थियो । दाजुको विहेमा हामी रमाईरमाई जन्ती गएका थियौ । दाजु काठमाडौँमा शंकरदेव क्याम्पसमा विएको अन्तिम वर्षको छात्र हुनुहुन्थ्यो । भाउजूलाई विवाह गरेर घरमा छोडेर आउनुभएको थियो । भाउजू र म खुबै मिल्थ्यौ । दाजु भाउजूलाई प्रणयपरक पत्र गीतहरूले भरिएको पठाउनुहुन्थ्यो । भाउजूलाई गीतहरू त्यति आउँदैनथ्यो । भाउजू सबै पत्र मलाई देखाउनु हुन्थ्योर प्रतिउत्तर लेखिमाग्नु हुन्थ्यो । म दाजुले थाहा पाउनु होला भनी डराईडराई गीतहरूले भरिएको प्रणयपरक पत्रहरू अझ चित्रसमेत कोरेर पठाउथेँ । भाउजू र म नङ मासुजस्तै थियौ । नन्दभाउजू दोस्तीको नमूना नै थियौँ । ती रमाइला क्षणहरू के तिमी सजिलै जलाउन सक्छौ ? त्यसपछि पनि इटहरीमा दाजुभाउजु र हामी वल्लोघर र पल्लोघर भएर वर्षौदेखि बस्दै आएका थियौँ । हामी र हाम्रा छोराछोरीबीच बाहिरको भन्ने थिएन एउटै भान्साजस्तो थियो । म जागिरे दाजुभाउजूले मेरा पछिल्ला छोरा र छोरी जन्मेपछि हुर्काइदिनुभयो । म पनि उहाँहरुलाई आफनै किसिमको सहयोग गर्दथे । दाजुको छोराछोरीको स्कुलीय पढाइ म जिम्मा लिइदिन्थेँ । म हरदम पढाइमा व्यस्त रहनुपर्ने दाजुभाउजूले नै पर्दा सबै गरिदिनुहुन्थ्यो । के ती इतिहासका पाना तिमी सजिलै जलाउन सक्छौ ?

दाजुभाउजूको जोडी कति सुहाएको थियो । गाउँघर आफन्तकोमा केही कार्य हुँदा दाजुभाउजू नै दुवै कस्सिएर काम सघाउन लाग्नुहुन्थ्यो । कुनै पनि काम गर्न दाजु कहिल्यै पछि सर्नु हुन्नथ्यो । फिल्मको कुनै हिरोझै दाजु जस्तोसुकै पहिरन पनि सुहाउँथ्यो । बोल्दा उखानटुक्का मिलाउँदै नहसाई कहिल्यै नबोल्ने दाजुभाउजूलाई जिस्काउँन पनि एक नम्बरमा पर्नुहुन्थ्यो । भाउजूपनि दाजुको कुरामा कहिल्यै असहमति जनाउनुहुन्नथ्यो । दाजूसँग बितेको यति लामो समय के तिमी जलाउन सक्छौ र्? तिमीलाई सोध्न मन लाग्यो ।

तीनदिन अघि दाजुलाई आइसियुमा राखिएको थियो । ब्रेनमा भित्रपटिको नशा चुँडिएको र हल्का होश आएमा अप्रेशन गर्ने डाक्टरहरूले सल्लाह दिएका थिए । पछि ब्रेनबाट पानी निकाल्नुपर्ने भन्नेकुरा डाक्टरहरूले गरे । यसको लागि मन्जुरनामा दिुनपर्ने रहेछ । हामीले दियौँ । तर पछि होश न आइ दाजुको ब्रेनडेथ भएको समाचार डाक्टरले दिए ा नयाँ वर्षको दिन ब्रेनडेथ भएको समाचार डाक्टरले दिए । दाजुलाई भेन्टिलेटरमा राखिएको थियो । यो समाचार बुबाआमालाई कसरी दिने होला ? हामी छोरीजुवाईँहरुलाई ठूलो आपत परेको थियो । बुबाआमालाई बहिनीकोबाट ल्याएर मेरै घरमा राखिएको थियो । दिनभर हामी तनावमा रह्यौँ । आमाबुबालाई यो समाचार कसरी दिने भनेर । समय निर्दयी भएर हामी माथि ठूलो अत्याचार गरेको थियो । बहत्तर वर्ष पुग्नुभएको मुटुको रोगी बुबालाई छोराको मृत्यु खबर कसरी सुनाउने ? जीवनमा यति ठूलो पीडादायी क्षण आउँदो रहेछ भनेर मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ । हामीले काठमाडौँमा नै रहनुभएको काका, मामाहरूलाई आइसियुमा रहेको छोरालाई जे पनि हुनसक्छ भनेर भनेर सम्झाउन लगायौँ । मीनाबहिनीको जेठाजु डा.रंग बस्नेत जो दाजुको बिमारताका हस्पिटलमा डाक्टर बसन्त पन्तसँग सम्पर्कमा रहनुभएको थियो उहाँलाई पनि आमाबुबालाई सम्झाउन बोलायौँ । दिनभर घरमा यति ठूलो तनाव भयो सायद यो शब्दमा व्यक्त गर्न पनि कठिन हुन्छ । यही घर थियो जहाँ एकवर्षअघि छोरीको विबाहमा दाजुभाउजू आएर रमाइरमाइ काम सघाउनुभएको थियो । घरभरि आफन्तले भरिएको थियो । चारैतिर खुसीयाली थियो । हाँसो र रौनक घरको कुनाकुनामा च्याउ उम्रेझै लाग्दथे । तर आज यही घर हो जहाँ प्रत्येक कोठाचोठाबाट रोदन र विलापले आफ्नो तानाशाही साम्राज्य फैलाइरहेको थियो । मानिसको जीवनमा कस्तो कस्तो समय आउँदोरहेछ ‘भगवान तिम्रो लीला पनि कस्तो अपरम्पार रहेछ ।’ दाजुको मृत्युको घटनापछि पनि अरु कुनै घटना घट्ने होकि म त्रसिद हुँदै इश्वरको कामना गर्दथे । बुबा मुटुको बिमारी हुनुहुन्छ, कसरी सहनु हुन्छ होला ? म बारम्बार ईश्वरसँग प्रार्थना गर्दथे । नयाँ वर्षको दिन भएको हुनाले दाजुको मृत्युको खबर नदिने भोलिपल्ट भेन्टिलेटरबाट निकालेर दिने सल्लाह भएको थियो । ‘हे भगवान् भोलिको बिहानको समय कस्तो होला ?’ म कल्पना पनि गर्न सक्दिनथेँ । रातभर निद्रा लागेन । भाउजू र हामी अरु आफन्त सँगै सुतेका थियौँ । भाउजू राति उठेर एक्कासि रोएको रोयै गर्नुभयो । हामीले झुटो आश्वासन दिँदै राखेका थियाँै । अब त मसँग झुठो बोल्ने शक्ति पनि थिएन । मलाई लाग्थ्यो भोलिको बिहान कहिल्यै नआएपनि हुने नि हे प्रभु ? तर समय आफनै गतिमा हिँडिरह्यो । रात निकै बितुन्जेल भाउजू रोइरहनुभयो । समयले बिहानको आभास दियो । पल्लोकोठामा आमा विलाप गर्दै रुदैहुनुहुन्थ्यो –“राति मेरो छोरा यही छेउमा आएर नबोली हिँड्यो । मेरो छोरा छैन तिमीहरू मलाई ढाटिरहेका छौ ।” आमाले यसो भन्दा मेरो भक्कानो फुटेर आयो । अब केही समयपछि अस्पताल जानेले मृत्युको खबर पठाउँदा के होला ? मलाई थामिनसक्नुभयो । आमालाई सान्त्वाना दिने शब्द मसँग थिएन । म आमालाई के भनेर सम्झाऊ ? आफैले आफैलाई सम्हाल्न सकेको थिइनँ । औषधिको नाममा सन्चो र भिक्सबाहेक केही प्रयोग गर्नु नपरेको छोरा एक्कासि यो संसारमा छैन भन्दा कुन आमाको छाति चिरिदैन होला ?
हे निर्दयी मृत्यु, तिमीले यति ठूलो तान्डव नृत्य रचाई हाम्रो घरमा एउटा आतंक र विरहको ज्वालामूखि फुटाइरहेको थियौ । कतै थामिनसक्नु थियो । हेर्दाहेदैँ केही समयमा सब वेदना पीडाको भेल बनाएर बगायौ । सबैको हालत दयनीय र पीडादायी थियो । घरमा कोलाहल मच्चिएको थियो । केहीसमयमा सबै सकिएको आभास भयो मलाई । भाउजू आमाबुबालाई अरु आफन्तले अस्पताल लगे । मेरो सानो छोरीको अवस्था पनि नाजुक थियो । ऊ यो सब सहन सकिरहेकी थिइनँ । ऊ मानसिक रोग ीबनेकी थिई । उसको अगाडिपनि मैले आफूलाई सामान्य राख्नुपर्ने बाध्यता थियो । मभित्र अनेकौँ पीडादायी अनुभूतिले अनेकौँ आकार लिँदै बिलाउँदै गर्दै थियो । मानिसले जीवनमा भोग्ने सबैभन्दा पीडादायी क्षण तिमी नै रहेछौ । यो एउटा ठूलो बिडम्बना रहेछ । हामी जन्मेदेखि नै सर्वप्रथम तिमीसँग नै लडिरहे्का हुन्छौँ । तिमी भर्सेज हामी र हाम्रो लामो जीवन यसैमा बितिरहेको हुन्छ । जन्मपछि मृत्यु अकाट्य हो तर अल्पायुको मृत्यु कल्पनाभन्दा धेरै बाहिर हुन्छ । हाम्रो जीवन प्रत्येक पल तिमीसँग जीवनभर लडिरहेको हुन्छ । जीवनको मैदानमा तिम्रो र हाम्रो सघर्षको युद्ध चलिरहेको हुन्छ । तिमी आफ्नो पोस्टमा गोल गर्न लागिपरेको हुन्छौ । हामी भने तिमीबाट छलिँदै भाग्दै जोगिइरहेका हुन्छौ तर थाहा हुन्न कुनै दिन मिनेट वा सेकेन्डमा हेर्दाहेदैँ हाम्रो जीवनलाई तिमी आफ्नो पोस्टमा लगेर गोल गरिसकेको हुन्छौ । अनि निर्विकल्प हामी यसरी नै शून्यमा हराउन बाध्य हुदाँ रहेछौँ ।
हे मृत्यु तिमीलाई मेरो एउटै निवेदन यो छ कि शकुनीले पासामा छकाएझै हाम्रो जीवनलाई छकाएर आफ्नो पोष्टमा गोल गरी जीतको गर्व कहिल्यै नगर है ।
उही पीडित आत्मा
शर्मिला खडका दाहाल
२०६९–१–२०

इमेल नम्बर—दुई

प्रिय हिमशिखा
सुमधुर प्रेम !
लामो समयसम्म तिम्रो मेलको प्रतिउत्तर दिन पाइनँ । त्यसको लागि क्षमा चाहन्छु । हो मलाई थाहा छ मैले छोडेर हिँडेपछि अवश्य तिमीलाई ठूलो आघात परेको हुनसक्छ तर म यता पूरै परिस्थितिको दास भएँ । यस थोरै समयमा मेरो जीवनमा सोच्तै नसोचको घटनाहरू घट्दै गयो । एकपछि अर्को घटनाको जालोमा म बाँधिँदै गएँ । मलाई थाहा छ तिमीले मलाई शरीर होइन आत्माले प्रेम गरेकी थियौ । म तिम्रो त्यो आत्मालाई पूजा गर्दथेँ र अझै पनि गर्दछु । तिम्रो माया हृदयमा सँगालेर राखेको थिएँ । तिमीजस्ती सुन्दरी र धनाढ्य युवतीको लागि जोसुकै युवापुरुष जुनसुकै वाचाकसम खान पछि पर्दैनन् भने म के कम हुन्थेँ होला । अझ तिमीले मलाई सबै समर्पण गरेकी थियौ । मैले तिमीलाई पाउनुलाई मेरो जीवनको ठूलो उपलब्धि ठानेको थिएँ । यता आएर बारम्बार तिमीसँग सम्पर्क राख्ने कोसिस गरेँ तर असफल भइरहँे । म यस्तो एउटा परिवेशको दास थिएँ कि म केही गर्न सक्ने अवस्थामा थिइनँ । त्यो परिवेशको जालोबाट उम्कन मलाई निकै हम्मे–हम्मे परिरहेको थियो ।


तिमीलाई थाहा छँदै थियो, मुम्बईमा हुँदै मेरा बुबाले एकजना साथीसँग व्यापारमा पार्टनरसीप बनेका थिए । त्यो व्यापारमा लगाएको सेयर पन्ध्र वर्षपछि मात्र बाँड्ने सम्झौता गरिएको थियो । सोही सेयर लिन म मुम्बईस्थित मेरा बुबाको साथीको घर गए । उनले मेरो राम्रै स्वागत गरे । साथीको छोरा भनेर आफ्नै व्यापारमा जागिर मिलाइइदिने कुरा गरे । उनले राम्रै तलबस्केल दिन्छु भनेका हुनाले मैले नाइँ भन्न सकिनँ । केही महिना जागिर खाएर अनुभव लिएर आफ्नो सेयर लिएर काठमाडौँ फर्कने सोचाइमा थिएँ म । तर समयले मसँग अनेकौँ खेल खेल्ने चाल चलिरहेको रहेछ । भन्नौँ ती बुबाका पार्टनरले यसरी मलाई जागिरमा लगाउनुको तात्पर्य अर्कै रहेछ । बिस्तारै रहस्य खुल्दै जान थाल्यो । उनको एउटै मात्र छोरी थिइन् । ती नराम्री भन्न नमिल्ने र त्यति धेरै राम्री पनि थिइनन् । ती सामान्य प्रकारकी थिइनँ । तर उनीसँग मेरो केमेस्टी मिलिरहेको थिएन । किनकिन उनी मसँग त्यही राम्ररी खुलेर बोल्दिनथिन् । मसँग टर्रो व्यवहार गर्थिन् । यसको रहस्य मैले बुझ्न सकिरहेको थिइनँ । तिनको नाम सङ्गीता थियो ।

एकदिन सङ्गीताको जन्मदिन थियो । घरमा जन्मदिनको लागि ससानो पार्टी राखिएको थियो । त्यस पार्टीमा अचानक बुबाका ती पार्टनर अर्थात् सङ्गीताका बुबाले मेरो हुनेवाला जुवाइ भनेर मलाई सबैसँग चिनाए । म आश्चर्यको गहिरो धरातलमा पछारिएँ । उनले किन यसो भने भनेर । मैले त्यहाँ कुनै प्रतिवाद गर्न उचित ठानिनँ किनकि मैले ऊसँग मेरा पार्टनरसिपको हिसाब लिनु थियो । त्यो पैसा नदिने सम्भावना उत्तिकै रहन्थ्यो । यो कुराले उनकी छोरी पनि खुसी थिइनन् । हामी बाहिरी देखावटी पाहुनाहरूको सामुन्ने हाँस्न बाध्य थियौँ । वास्तवमा जीवनमा कस्ताकस्ता सोच्तै नसोचेका घटना हँुदा रहेछन् र हामीले त्यसको भूमिका निर्वाह गर्न अनेकौँ नाटक गर्नुपर्दो रहेछ भन्ने कुरा मैले यहाँ आएर प्रत्यक्ष अनुभूति गर्ने अवसर पाइरहेको थिएँ । पार्टी सकिएर सब पाहुना घर गएपछि मैले मेरो हुनेवाला ससुरालाई झाप्पु झार्ने सोच बनाएँ ।
म उनीसँग पड्किएँ –“तपाईंले यस्तो नचाहिँदो कुरा किन गर्नुभएको अंकल ?” मैले पार्टीमा अलि–अलि सुरापान पनि गरेको थिएँ र फिल्मी शैलीमा बूढाको सातो लिने पाराले धम्की दिएँ । बूढाले पनि अलि–अलि सोमरस तानेका थिए । उसले पनि आफ्नो राजकुमारको फिल्मी डायलमा आफ्नो युवाजोश निकाल्यो । उसले र मेरा बुबाले सानैमा सम्धीसम्धी बन्ने भनेर वाचा गरेका रहेछन् र उसको छोरीसँग विवाह नगरी पार्टनरसिपको हिसाब नदिने घोषणा ग¥यो । यसरी हामी दुईको चर्काचर्की प¥यो । तर म व्यवहार आफू तल परेको मानिस थिएँ । मैले ऊसँग कुनै किसिमको रिसइबी लिनु भनेको मेरो पैसा गुमाउनुथियो । मैले आपूmमा भएको सबै विवेक प्रयोग गर्ने विचार खियाएँ । अब मैले बुद्धिले काम लिनुको विकल्प मसँग थिएन । म अझ षड्यन्त्रको जालोमा बुनिँदै जाँदै थिएँ । तिम्रो सम्झनाले मेरो हृदयमा घरीघरी भुइँचालो ल्याएकोजस्तो हुन्थ्यो । तिमीसँग बिताएको पलमा म आफ्नो सम्झनाको क्षणमा बहुलाहाजस्तो हुन्थेँ । कहिलेकाहीँ समुद्रको किनारामा गई एक्लै केके सोच्दै हिँड्थे । अन्त्यमा मैले बूढाको कुरामा बुद्धि पु¥याएर सम्झौता गर्ने विवेक निकालेँ । मैले उनको छोरीसँग हाम्रो सम्बन्धबाट ऊ राजी छे कि छैन बुझ्ने विचार गरँे । मैले उसलाई मेरो विषयमा सबै कुरा भनेँ । उसको पनि आफ्नो केटासाथी भएको कुरा बताई । तर बुबाले गर्दा जबरजस्ती मसँग विवाह गर्नुपर्ने बाध्यताले पिरोलिरहेकी रहिछे । हामी दुवैले विवाह गर्न राजी हुने र पछि बूढाले मेरो भागको हिसाब दिएपछि मुम्बई छोडेर काठमाडौँ आउने सल्लाह ग¥यौँ । यस कुरामा सङ्गीता राजी भई । म दिनपरदिन अनेकौँ अफिसको झमेलामा फस्दै गएँ । यो सब बूढाको नियोजित षड्यन्त्र रहेछ । मैले पछि थाहा पाएँ । ऊ चाहन्थ्यो म व्यापारमा पूरै भिजूँ र उसकी छोरीको हात समाएर उसको घरजुवाइँ भएर बसूँ । मलाई यो कुनै हालतमा मन्जुर थिएन । तर मैले पनि नाटक गरेको कुरा बूढालाई थाहा दिइन । मैले उसको छोरीलाई मन पराएको नाटक गरिरहेँ । सङ्गीताले पनि यसमा साथ दिइरही । एक महिना – दुई महिना गर्दै तीन महिना बित्यो । खाताबन्दीको बेला आउन लागेको थियो । अब बूढाले मलाई मेरो सेयरको रकम दिएर नेपाल पठाउने र नेपालबाट मैले बुबाआमालाई लिएर गएर उसको छोरीसँग विवाह गर्नुपर्ने थियो । यसअघि उसले दुईवटा प्रस्ताव राख्यो । त्यो के भने उसको छोरीसँग मगनी गर्नुपर्ने र गोवा घुम्न जानुपर्ने । यति गरेपछि पक्कै पनि मैले उसको छोरीलाई छोडेर हिँड्दिनँ भन्ने विश्वास हुन सक्थो, त्यसैले उसले यस्तो प्रस्ताव राखेको थियो । उसले सबैकुरा नियोजितरुपमा गरिरहेको थियो । नभन्दै एकदिन थोरै मानिस बोलाएर हाम्रो मंगनी गराए बूढाले । भोलिपल्ट गोवाको बसको दुईवटा टिकट र होटल रिजर्भेसनको बुकिङ बिल बूढाले मेरो हातमा थमाइदिए । अब म माकुरोको जालोमा फसेको कीराझैँ सबै परिस्थितिबाट फस्दै गएँ । तर पनि सङ्गीता र ममा दह्रो सम्झौता भएको हुनाले हामीबीच विश्वासको पर्खाल ढल्दैन भन्ने मलाई पूर्ण विश्वास थियो । हामीले गोवा नगइ नहुने अवस्था थियो । होटलमा पुगेपछि हामीलाई अर्को एउटा अप्ठेरो अवस्था प¥यो त्यो के भने हामीलाई एउटै कोठामा टिकट बुक गराइएको रहेछ । तर पनि केही छैन अर्को रुममा हामी आफैँ पनि बुक गर्न सक्थ्यौँ । त्यसैले मैले अर्को सिगलवेड भएको रुम बुक गरँे र त्यही बस्ने विचार गरेँ । हामी दुवै सरसल्लाहमा आआफ्नो रुममा सुत्न गयौँ । थकाइले गर्दा होला मलाई चाँडै निद्राले छोपेछ । म गहिरो निद्रामा थिए । अचानक राति कसैले बाहिर जोडसँग ढोका ढकढकाइरहेको रहेछ । म तर्सिएँ । ढोका खोल्नेबित्तिकै सङ्गीता मलाई छाँद हालेर रुन आइपुगी । उसले मलाई जोडले अँगालोमा बेरी । मलाई यो सब अचम्म लाग्यो । म अन्यमयस्क बनेँ । यो सब के हो मैले बुझ्न सकिरहेको थिइनँ । बुबाले नाटक गर्थे अब छोरीको नाटक गर्ने पालो आएछ भन्ने सोचेँ । एकछिन त निकै झोक चल्यो । फेरि सङ्गीताको रुवाइले लाथ्दथ्यो ऊ निकै ठूलो सामस्या परेकी छे । मैले सर्वप्रथम के भएको हो त्यो बुझ्नुपर्ने विचार गरेँ । उसलाई मैले सान्त्वाना दिएर सामान्य बनाएँ । त्यसपछि सत्य कुरा के हो त्यो भन्न लगाएँ । एक गिलास पिउने पानी दिएपछि ऊ सामान्य बनी र भन्न लागी– “गौरव मेरो व्याइफ्रेन्डले मलाई मार्न कोही गुन्डा पठाएको छ रे । उसले सुपारी पनि लिईसकेको छ रे । त्यसैले मेरो ज्यान खतरामा छ तिमी नै मलाई बचाउन सक्छौ ।”

ऊ निकै नर्भस भएर यी सब भन्दै थिई । उसको कुरा अविश्वास गर्ने कुरै हुँदैनथ्यो । यति भन्नेबित्तिकै मैले परिवेशको जानकारी पाइहालँे । म पनि निकै त्रसिद बनेँ । मुम्वई र गोवाजस्तो ठाउँमा मान्छे मार्न कुनै गारो थिएन । उसको व्याइफ्रेन्डले हामी गोवा आएको थाहा पाएछ र उसले सङ्गीतालाई अविश्वास गरेको कुरा मलाई बुझ्न गारो भएन । त्यसपछि मैले सङ्गीतालाई भने– “तिमीले तिम्रो केटासाथीलाई राम्रोसँग सम्झाउनुपर्दथ्यो सङ्गीता । हेर कस्तो आपत आइप¥यो ।”

सङ्गीताले हिक्कहिक्क गर्दै भनी— “हो मैले उसलाई हाम्रो यो नाटक हो हामीले सम्झौता गरेका छौँ भनेकी थिएँ । तर उसले मलाई पूरै अविश्वास ग¥यो । तिम्रो बाध्यता पनि सुनाएकी थिएँ तर उसले त नेपाली केटालाई मन पराउँछेस् मलाई छोड्न तैँले मसँग नाटक गरेकी होस् । भनेर एकपल्ट धम्कायो । मैले उसको मिल्ने साथीमार्फत उसलाई सम्झाउन भनेकी थिएँ तर अहिले उसले मलाई मार्न नै गुन्डा पठाएको उक्त साथीले मलाई बतायो । ऊ यस्तो खराब चरित्रको होला, यस्तो व्यवहार गर्ला भनेर मैले कहिले सोचेकी थिइनँ । ऊ मलाई उसको ज्यान दिन परे पनि दिन्छु भन्थ्यो तर अहिले मेरो ज्यान लिनलाई यति आतुर होला भन्ने मैले सोचेकी नै थिइनँ । गौरव अब तिमी नै मलाई बचाउन सक्छौ अब मलाई कसैले बचाउन सक्दैन । मजस्तो आपतमा परेकी महिलालाई बचायौ भने तिमीलाई ठूलो धर्म हुनेछ गौरव ।” अनुनय–विनयका साथ सङ्गीताले गरेकी यो बिलौनाले मेरो मन पग्लियो । म बिस्तारै सङ्गीताको कुरामा विश्वास गर्न थालेँ । यो समय मसँग भएको सम्पूर्ण बुद्धिविवेक खर्च गर्ने समय आएको थियो । सङ्गीतालाई मैले उसको कोठामा लिएर गए किनकि मेरो काठा सिगलवेडको थियो । उसकोमा डबलवेडको थियो । ऊ मलाई एकछिन पनि छोड्न मानेकी थिइन् । आफ्नै छायाँसँग पनि डराएको हो कि झँै गर्दथी । अब के गर्ने म ठूलो समस्यामा परेँ । एकमन लाग्यो भागेर काठमाडौ फर्कूँ तर फेरि मेरो पार्टनरसीपको पैसा नलिई फर्कने मेरो कुरै हुँदैनथ्यो । छोरामान्छेमा यस्तो बेलामा ठूलो साहस गर्ने शक्ति ईश्वरले दिएको हुन्छ किनकि यस्ता केही सामान्य घटनालाई मैले राम्ररी बेहोरि सकेको छु । तिमीहरूलाई रेडलाइट एरियामा गुन्डालाई धपाउनेदेखि लिएर केही यस्तै घटना मैले जीवनमा बेहोरिसकेको हुनाले म यस्तो अवस्थामा कहिल्यै विचलित हुने गर्दिनँ । मलाई लाग्छ पुरुष र महिलामा यस्तै कुराको फरक छ । महिला समस्या पर्दा छिटै आत्तिने–कराउने गर्दछन् तर पुरुषहरू त्यसलाई साहसका साथ डटेर जुध्ने शक्ति आफूमा पैदा गर्छन् र सफल पनि हुन्छन् । मैले पनि यो अवस्थामा आफूमा ठूलो शक्ति पैदा गरेँ र सङ्गीतालाई सकुशल घर पु¥याएर सबै कुरा उसको बुबासँग गर्ने सोच बनाएँ ।
अब मैले सङ्गीतालाई छोड्ने अवस्था थिएन । ऊ मलाई हरदम हात समाइरहन्थी र डराइरहन्थी । उसले खाना खान जान पनि मानिन् । मैले नै कोठामा खाना मगाएर खुवाएँ र आफू पनि खाएँ । उसले मोबाइलको स्वीच अफ गरेकी थिइ डरले । एकछिनपछि मेरो मोबाइलको घन्टी बज्यो । उताबाट उसको बुबाले गरेको रहेछ । उसले सङ्गीताको मोबाइल किन स्वीच अफ छ भनेर सुरुमै भन्यो र सङ्गीतासँग बोल्ने कुरा ग¥यो । मैले सङ्गीता बाथरुम गएकी छ भनेर ढाँटेँ र आफूहरू सकुशल होटलमा रहेको कुरा बताएँ ।

अब सङ्गीता निकै सामान्य बनेकी थिई । मैले उसलाई निकै काउन्सिल गरेँ र सामान्य बनाएको थिएँ । ऊ मेरो कुरामा विश्वस्त भए पनि कोठामा एक्लै सुत्न नसक्ने कुरा बताई । अब म सङ्गीतासँगै कोठामा सुत्नुपर्ने भयो । एउटै कोठामा दुई युवा धडकन कसरी सुत्न सक्छन् तिमी अनुमान लगाउन सक्छौ ? तर पनि मैले तिम्रो प्रेमको खातिर आफूलाई संयम बनाइराखेँ । सङ्गीता घरी–घरी डरले मलाई अँगालो मार्न आइपुग्थी । म उसको हात पन्छाउँथेँ । त्यो रात धेरै मुस्किलले मैले बिताएँ । भनौँ रात अनिँदो बितेको थियो । सङ्गीता त अझ डरले रातभर केके भन्दै बहुलाउँथी । म पनि झस्कन्थेँ । यसरी त्यो रात बित्यो । रात त बित्यो अब दिन कसरी बिताउने ? दिन ठूलो पहाड बनेर तेर्सियो हाम्रो अगाडि । अब कोठा छोडेर बाहिर जानु खतरा हुन्थ्यो । गुन्डाहरूले होटलबाहिर अझ तुरुन्त आक्रमण गर्ने सम्भावना भएकोले हामी होटलको लवीतिर दिन बिताउन थाल्यौँ । सङ्गीता मसँगबाट एकछिन छुट्टिन मान्दिनथी । हरदम मेरो हात समाइरहन्थी र पछुतो मानिरहन्थी । दिनभर कोठामा टिभी हेरेर समय बितायौँ ।

साँझ पर्न लाग्यो होटलको कोठामा घन्टी बज्यो । मैले रिसिभर उठाएँ । उताबाट अपरिचित व्यक्तिले मलाई हिन्दी भाषामा निकै धम्काउँदै भन्यो— “सङ्गीता खोई । तिमीहरू दुवै अब मेरो हातबाट बच्दैनस् । चाँडै तिमीहरूको काल आउँदैछ ।” म पनि फोनमा निकै जङ्गिएँ । सङ्गीता यो सब सुनिरहेकी थिई । ऊ अझ डरले नर्भस बनेकी थिई । यति भनेर मैले फोन राखिदिएँ । यो अपरिचित ठाउँमा के गर्ने के नगर्ने मैले केही सोच्न सकिरहेको थिइनँ । अब मेरो पनि जीवन निकै धरापमा रहेको महसुस हुन थाल्यो मलाई । तै पनि होटलभित्र त गुन्डाहरूले हामीलाई केही गर्न सक्दैनन् भन्ने मलाई पूर्ण विश्वास थियो र मैले सङ्गीतालाई पनि यो कुराको विश्वास दिलाएँ । बेलुका हामीले कोठामा नै खाना मगाएर खायौँ । हामीबीच सामान्य गफगाफ हुन थालेको थियो । अब परिस्थितिसँग सम्झौता गर्नुको विकल्प हामीमा थिएन । बेलुका सङ्गीताले आफ्नै बुबालाई मोबाइलबाट फोन गरी । हामी सुत्ने तरखर गर्न लाग्यौँ । उसले मोबाइल अफ गर्न बिर्सिछ । अचानक मोबाइल बज्यो । उसको उही व्वायफ्रेन्ड रहेछ । सुरुमा निकै मीठो गरी बोलिरहेको थियो । पछि त उसको हाँसेको डरलाग्दो स्वर परैबाट सुनिन्थ्यो । सङ्गीताको मुहार हेर्दाहेर्दै रङ्ग उडेको पातजस्तै भयो । उ नर्भस भएर केही बोल्न सकिनँ । मैले मोबाइल अफ गरिदिए । अब ऊ निकै नर्भस भई । मैले उसलाई अँगालोमा बाँधेर धेरैबेर सान्त्वाना दिईरहेँ । एउटा अविश्वासी केटासाथीबाट कसरी केटीहरूले प्रताडना पाउँदा रहेछन् मलाई सङ्गीताको निकै माया लागेर आयो । अब मैले आफूसहित कसरी सङ्गीताको ज्यान जोगाउने भनेर मस्तिष्कलाई सक्रिय बनाउनुपर्ने थियो । सङ्गीता झस्कने–तर्सने गर्न थाली । यो बेला उसलाई धेरै सान्त्वाना र मायाको आवश्यक थियो । मैले उसलाई अँगालोमा बाँधेर सान्त्वाना दिई रहेँ । ऊ राम्ररी सुत्न पनि सक्दिनथी । यसरी एकअर्काको स्पर्शमा म ऊप्रति आकर्षित हुँदै गए ।

किन हो उसको शरीरबाट तिम्रो शरीरको जस्तै वासना आएको भान भयो मलाई । उसको आँखा, ओठ तिम्रो जस्तो देख्न थालेँ । ताजमहलमा तिमीलाई मैले चुम्बन गरेको सम्झेँ । मलाई आफैँलाई सही नसक्नु पीडा भयो । यो पीडामा कतिन्जेल बाँच्नु भोलि के हो मर्छु कि बाँच्छु ? आफ्नै जिन्दगीको कुनै भर छैन । मलार्ई लाग्यो तिमी नै मेरो अँगालोमा बाँधिएकी छौ । यो स्पर्श तिमीसँगको जस्तो लाग्यो । शरीरमा कुनै अनौठो तरङ्ग पैदा भयो मैले आपूmलाई सम्हाल्न सकिनँ । सङ्गीताले त आपूmलाई मप्रति पूरै समर्पित गरेकी थिई । एकातिर मगनी भइसकेको फेरि मजस्तो युवकलाई उसले कुनै नाइनास्तीमा स्वीकार्न राजी थिइ । फेरि अवस्था यति गम्भीर बनेको थियो कि हामी दुवै अन्य कुनै विकल्पमा जान सक्दैन्थ्यौ । यो अतृप्तीको ज्वालामा बाँच्नुभन्दा जीवनलाई तृप्तीको ज्वालामा होमेर मर्नु नै बुद्धिमानी हुन्छ भन्ने मैले सोचेँ । अब तिमीसँग भेट हुन्छ कि हुँदैन । मैले मनमनै तिमीसँग माफी मागेँ । सङ्गीता र म कुनै नौलो संसारमा डुब्न पुग्यौँ । एउटा स्वर्गीय आनन्दमा हामी डुब्दै–उत्रदै ग¥यौँ । यसपछि ऊ निकै फ्रेस भई म पनि । हामीले सँगै मर्ने, सँगै बाँच्ने कसम खायौँ । मैले उसलाई जसरी भए पनि यो सङ्कटबाट मुक्त दिलाउने वचन दिएँ ।
तीन दिन तीन रात हामीले यस्तै गरी बितायौँ । अब भोलि बिहान हामी मुम्बई फर्कने बसको टिकट थियो । बिहान जाने बेलामा निकै सतर्क हुँदै हामी बसपार्क गयौँ । होटलवालाले ट्याक्सी बन्दोबस्त गरिदिएको थियो । हामी बसपार्क पुगेर गाडीमा चढ्यौँ । सङ्गीताले एकछिन टुवाइलेट जान्छु भनेर लेडिज ट्वाइलेटमा पसी म बाहिर सामान रुगेर बसेको थिएँ । सङ्गीता अब आउँछे भन्दै बाटो हेरिरहेँ तर आइन । निकैबेर भएपछि किन आइन भनेर आफैँ हेर्न गए तर ट्वाइलेटमा सङ्गीता थिइनँ म छाँगोबाट खसेजस्तै भएँ । अब के गर्ने कता जाने ? म ठूलो आपतको भुमरीमा परेँ । मलाई अनुमान लगाउन गारो भएन कि सङ्गीतालाई गुन्डाहरूले अपहरण गरिसके भनेर । विपतको ठूलो पहिरो ममाथि खस्यो । म सङ्गीतालाई माया गर्न थालेको थिएँ । मैले उसलाई संरक्षण दिन्छु भनेर खाएको वचन खोलामा बगेकोझैँ लाग्यो मलाई । म ठूलो बिस्मातको आँधीमा फसेर भावशून्य र विचारशून्य बनेको थियो । केहीसमयपछि मैले के गर्नुपर्छ भनेर बुद्धि लगाउन थालेँ । सर्वप्रथम मैले उसको बुवालाई खबर गर्नुपर्ने विचार गरेँ । त्यसपछि पुलिसस्टेसन गई उसको बारेमा जानकारी दिनु आफ्नो कर्तव्य ठानेँ । उसको बुबालाई उसको बारेमा जानकारी दिएँ । उनी निकै नर्भस भएर तुरुन्त गोवा आउने खबर पठाए । म पुलिसस्टेसन गएर सङ्गीताको बारेमा रिपोर्ट लेखाएँ । गोवा आएपछिको घटनाको सविस्तार इन्स्पेक्टरलाई बताएँ । पुलिसले ज्यानसम्बन्धी मामला भएको हुनाले उसको बुबा नआउन्जेल पुलिसस्टेसनमा नै मलाई बस्नुपर्ने वाध्यता देखायो । मसँग अरू उपाय केही थिएन । सङ्गीताको बुबा आउन्जेल म पुलिसस्टेसन बस्ने भएँ । पुलिसस्टेसनमा एकातिर मलाई धेरै कुराको अभाव भएको थियो भने अर्कोतिर सङ्गीताको बिछोडले म पीडित बनेको थिएँ । भोलिपल्ट सङ्गीताको बुबा आए । उनी आफूमाथि परेको घटनाले निकै उदास थिएँ । उनले ममाथि नै शङ्का गरेका रहेछन् । मलाई पुलिस स्टेसनमा देखेपछि केही सामान्य बनेँ । मसँग केही बोलेनन् । पुलिस इन्स्पेक्टरसँग खै के गोप्य वार्ता गरे मैले थाहा पाउन सकिनँ । उसले पुलिस इन्स्पेक्टरसँग नै मैले दिएको बयानबाट सबै कुरा थाहा पाइसकेका थिए । उसले आफ्नो साथमा एकजना आफन्त पनि ल्याएका थिए । ती आफन्तलेचाहिँ मसँग सामान्य गफ गरेँ । मैले सबै कुरा सबिस्तार सुनाएँ । दिनभर यस्तै छलफलमा नै पुलिस स्टेशनमा बित्यो । मैले पुलिस इन्स्पेक्टरलाई आफूबाहिर होटलमा बस्ने बिचार पोखेँ । उनले मलाई बाहिर बस्दा मेरो ज्यान पनि खतरामा पर्छ भनेर बस्न दिएनन् । मैले पनि होला बाहिरभन्दा म यहीँ सुरक्षित छु भन्ने सोचेँ । मैले मेरो घरमा जानकारी दिन आवश्यक ठानिनँ किन कि मेरा बुबा निकै वृद्ध भइसकेका थिए भने आमा रोएर ज्यान दिनुहोला भन्ने पीर लाग्यो फेरि यसमा मेरो कुनै कसुर पनि थिएन । म त निर्दोष छँदै थिएँ । पक्कै पनि मेरो संलग्नता नभएपछि मलाई चाँडै छोडि दिनेछ भन्ने लाग्यो । आजभन्दै भोलि भन्दै हप्ता दिन बित्यो सङ्गीताको कुनै पत्तो लागेन । पुलिसले खोजतलास निकै सक्रिय बनाएको थियो । सङ्गीताको बुबा दिनमा एकपल्ट पुलिस स्टेशन आउँथे र रोएर बिलौना गर्दथे । मसँग खासै केही बोल्दैनथे । उनका आफन्त उनलाई निकै सम्झाउँदथे । यसो गर्दै दस दिनपछि सङ्गीताको पत्तो लाग्यो तर ऊ मृत्त अवस्थामा भेटिइ । मलाई ठूलो आघात प¥यो । मैले सोच्तै नसोचेको घटना घट्तै गएको थियो । सङ्गीताको पत्तो लागेपछि मलाई पुलिसले छोड्छन् भन्ने ठूलो आशा थियो तर मलाई त शङ्का गरेर इन्स्पेक्टरले त्यहीँ राख्ने भए । मलाई जेल चलान गर्ने कुरा भइरहेको थियो । कताबाट एक जना सरकारी वकिलले मेरो जमानत गराए । ती वकिल मलाई भेट्न आए । मलाई अचम्म लाग्यो ती वकिल त मसँग सानोमा मुम्बईमा सँगै पढ्ने साथी पो रहेछन् । धेरै वर्षपछि हामी साथी–साथीको भेट हुँदा मलाई निकै खुसी लाग्यो र अब आपूm यो भुमरीबाट निस्कन्छु भन्ने विश्वास लाग्यो । पुलिस स्टेशनबाट बाहिर आए पनि मैले सहर छोड्न नपाउने भएँ । मेरो साथीले आफ्नो जमानतमा मलाई बाहिर ल्याएका थिए र उसैले फेरि एउटा होटलमा मेरो जागिर मिलाइदिए । अब सङ्गीताको हत्या किनारा नलागुन्जेल मैले गोवा छोड्न नपाउने भएँ । यसबीचमा तिमीलाई खबर गर्ने मन थियो तर मेरो मुद्दा टुृगो लागेपछि मात्र तिमीसँग मेलमा सम्पर्क राख्ने सोचाइ मैले बनाएँ । सङ्गीताको मुद्धा किनारा लागुन्जेल झन्डै छ महिना बितिसेकेको थियो । अहिले सङ्गीताको मुद्धा टुङ्गो लाग्यो । उसको अपराधीको पनि पत्तो लाग्यो । अब मलाई यो मुम्बई र गोवामा बस्न कुनै इच्छा भएन । अब चाँडै तिमीलाई भेट्न म काठमाडौँ आउँदैछु । मलाई तिम्रो त्यो हृदयमा ठाउँ दिन्छ्यौ कि दिँदैनौ ? यही बुझ्न मलाई इच्छा छ । यदि तिम्रो हृदयमा मेरोलागि पहिलाको जस्तै खाली छ भने म तिमीलाई चाँडोभन्दा चाँडो भेट्न आउनेछु । नत्र यता कतै जागिर खोजेर बस्नेछु ।
प्रिय हिमशिखा तिमीले मलाई चाँडोभन्दा चाँडो मेरो जबाफ दिनेछौ भन्ने पखाइमा छु ।
उही तिम्रो प्रिय गौरव

इमेल नम्बर चार

प्रिय हिमशिखा !
आज तिमी मेरो जीवनमा ठूलो मार्गदर्शक बनेर आएकी छ्यौ । मैले आज जीवनमा ठूलो ज्ञान प्राप्त भएको महसुस गरेको छु । हो वास्तवमा तिमीसँग मैले प्रेमको नाटक गरेको थिएँ । यस्ता नाटक मैले धेरै जनासँग गरिसकेको छु । राम्रा पूmलहरूलाई भँवरालेझँै चुस्दै हिँड्नु मेरो शौख थियो । राम्रा पूmलहरूको रस लिएर पछि त्यसलाई त्याग्नुपर्छ भन्ने मान्यता थियो । धेरै जनासँगको धेरै थरीको स्वाद लिएर बाँच्नु पो जिन्दगी । यहाँ नया–ँनयाँ स्वाद र अनुभव लिएर बाँच्न पाइने जिन्दगीमा कहाँ भावुक बनेर एक जनाको मायाको डोरीमा अड्की राख्ने र ? त्यसैपनि हामी छोरा मान्छेलाई समाज र प्रकृतिले नै कति ठूलो उपहार दिएको छ, जे गरे पनि हुने जसो गरे पनि हुने । न समाजको बन्धन, न त हामीमा न कतै खोट र दोष लगाउने ठाउँ नै दिएको छ । प्रकृतिले नै हामीलाई यस्तो जीवन दिएको छ कि हामी जे गर्न पनि सक्छौँ । यस्तो सुखमय जीवनमा कहाँ त्यो परम्परागत प्रेमको ढाँचामा बाँधिएर प्रेमको त्यो ढलिसकेको थोत्रो आदर्शलाई घोकेर जीवनलाई निरर्थक बनाउने ? यस्ता बनाउनेहरू नै मूर्ख हुन् भनेर म सोच्दथेँ । त्यसैले मैले तिमीलाई गरेको प्रेम पूर्णत नाटक थियो । पछि मेलमा पनि मैले तिमीलाई प्रेम गर्थे भनेर ढाँटेर लेखेको थिएँ । तर अब त सबै कुरा समाप्त हुँदैछ म किन ढाटुँ र ? तिमीलाई ढाँट्नु भनेको आफैलाई ढाँट्नु बराबर भएको छ मलाई । त्यसैले म तिमीलाई यो अन्तिम मेलमा सबै कुरा लेख्दै छु ।

मैले जीवनमा मुम्बई पुगेर यति ठूलो दुर्घटनामा परुँला भन्ने सोचेको थिइनँ । मैले सङ्गीतालाई पनि केही समय प्रयोग गर्ने र आफ्नो पार्टनरसीपको पैसा लिएर हिँड्ने विचार गरेको थिएँ । पछि सङ्गीताको हत्या भएपछि म निकै त्रसिद बनेँ । आफसेआफ मानसिक असन्तुलन बढ्दै गयो । मलाई शरीरको भोग तृष्णाभन्दा पनि मानसिक सन्तुष्टिको आवश्यकता पर्न गयो । मलाई एउटा गहिरो माया र विश्वासको आवश्यक परेको महसुस भयो जुन कुरा म तिम्रो समिप्यताबाट प्राप्त गर्न सक्दथेँ । त्यो मानसिक तृप्तिको उपचार तिमीबाट मात्र सम्भव थियो अरू कोहीबाट हुन सक्दैन भन्ने कुरामा म विश्वस्त थिएँ । किनकिन गोवाको पुलिसस्टेशनमा एक्लै बस्दा मलाई अनेकौँ मानसिक तनावले सताउन थाल्यो । हरदम तिम्रो यादले मलाई सताइरह्यो । यसको रहस्य मैले बुझ्न सकिनँ । जीवनमा धेरै केटीलाई मैले उपभोग गरेर छोडेको छु तर तिम्रो सम्झना किन यसरी गहिरो गरी बस्यो मैले बुझ्न सकिनँ । सायद तिम्रो त्यो पवित्र प्रेमको शक्ति हुनुपर्छ । पछि मेल पढ्दा प्रत्येक क्षण मेरो सम्झना गर्दै आँसु झार्दै गरेको ती दुखिद नयनले मेरो आत्मालाई तडपाइरहेको महसुस मैले गरेँ । वास्तवमा नै मैले तिमीलाई यसरी खेलौना बनाएर तडपाउनु हुन्थ्यो । तर मैले जीवनमा एउटा व्यावहारिक ज्ञान, आदर्श र प्रेम भन्ने कुरा कहिल्यै पढ्न पाइनँ । मेरो बुबाआमाले माध्यमिक र उच्चमाध्यमिक पढाइको लागि मलाई मुम्बईको होस्टेलमा नै छोडेर आएका थिए । होस्टेलमा मेरो विभिन्न किसिमको खराब साथीहरूको सङ्गत हुन थाल्यो । ममा खराब प्रवृत्तिको विकास भयो । जवानीको खुड्किलोमा टेक्तै गरेको मैले पारिवारिक माया, मोह, प्रेम, आदर्श र विश्वासजस्ता कुराहरूबाट टाढा रहन पुगेँ । यस्ता कुरा परिवारमा बसेर नजिकबाट हेर्न पाइनँ । होस्टेलको आवारा केटाहरूसँग राम्रा केटीहरूलाई जिस्काउँदै हिँड्नु, उनीहरूको पछि लाग्नु, उनीहरूलाई दुःख दिनु मेरो आदर्श भयो । होस्टलमा केटाहरूको माझ जति धेरै केटी पट््याउन सक्यो उति ऊ हिरो हुने चलन थियो । त्यसैले जतिसक्दो धेरै केटीलाई फसाएर सके उनीहरूको यौनआनन्द लिएर छोड्ने मेरो आदत हुन थाल्यो । यसमा प्रायः केटीहरूको सहमतिमा नै हुन्थ्यो । यसरी क्याम्पस र होस्टेलमा मैले नै सुपर हिरोको तोक्मा पाएको थिएँ । फेरि अहिलेका स्मार्ट केटीहरू जति धेरै आफूले केटाहरूलाई पट््याउन सक्यो उति आपूmलाई हिरोइन ठान्दथे । त्यस्ता केटीहरूको शेखी झार्न पनि म केटी पट््याउने कलामा निपूर्ण भएको थिएँ । केही समय उनीहरूसँग घुमघाम गरेपछि उनीहरूबाट पाइने त्यो दैहिक स्पर्श र कतिपय ठाउँमा यौनिक सुखभोगपछि म छोडिदिन्थेँ । एउटा आर्दश प्रेम के हो म आफूमा महसुस गर्नसम्म पनि चाहन्नथेँ । त्यो परम्परागत कथन अब इतिहासको खाल्डो पुरिसकेको छ भन्ने मेरो मानसिकता थियो । त्यो त एउटा कथाको मक्किसकेको पिरामिडजस्तो लाग्दथ्यो । यो अहिलेको एक्काइसौँ शताब्दीको समयमा मानिस कहाबाट कहाँ पुगिसके हामी भने उही खिइसकेका प्रेमका अनर्गल राप अलापिरहेका छौँ । यस्ता आदर्श र भावुक कुरा सुन्दा पनि मलाई रिस उठेर आउँथ्यो । एकपल्ट होस्टेलमा मेरो एउटा साथीले एउटी केटी साथीलाई पट््याएछ पछि उसले धोका दिइछ । त्यो मेरो साथी कैयौँ दिनसम्म त्यो केटीको सम्झनामा पागलजस्तो भइरह््यो । कैयौ दिनसम्म खानापिना त्यागेर बिमारी नै प¥यो । मलाई सारै रिस उठेर आयो । मैले उसलाई निकै झपारेको थिएँ । हो यस्ता आशिकहरूदेखि मलाई रिस उठ्ने गर्दथ्यो । हुन पनि हो उनीहरूलाई मुस्किलले एक–दुई जना केटीले मन पराएका हुन्थे । उसले पनि धोका दिएपछि उनीहरूको हालत यस्तो हुने गर्दथ्यो । उनीहरू आफ्नो पौरुषत्वमा कमी भएको महसुस गरी हिनभावनाले ग्रसित हुने गर्दथे । तर मलाई कहिल्यै यो अवस्था आएन । म एकातिर केटी पट्याउने कलामा निपूर्ण थिए भने शारीरकरूपले पनि निकै हृष्टपुष्ट थिएँ । प्रायः केटीहरू मेरो वरिपरि मौरी घुमेझैँ घुम्न गर्दथे । मेरो व्यक्तित्वबाट उनीहरू मोहित बन्दथे । यसबाट पनि ममा आदर्श प्रेमले कहिल्यै छहारी हाल्न पाएन । म त उन्मुक्त भैरवजस्तै सबै रागिनी नारीहरूको चाहनामा पर्दथेँ । मुम्बईको पढाइ सकेपछि नेपालको विश्वविद्यालयमा पढ्न आएपछि ममा निकै परिपक्वता आइसकेको थियो । म आफ्नो अध्ययन र करियरमा निकै सजग भइसकेको थिएँ । अचानक तिमीजस्तो रूपवती सँग मेरो भेट हुन गयो । भेट भएपछि मभित्र भएको भोगविलासीको अतृप्त चाहनाले टाउको उठाउन थाल्यो । समयले यस्तो गरिदिएको थियो कि तिमीलाई पट्याउन मैले कुनै कला प्रयोग गर्नुपरेन । आफ्नै भागमा यति सुन्दर पूmल पाएपछि मैले अरू केही सोचिनँ । बस् तिम्रो यौन र वासनाको न्यानो आँचलमा आपूmलाई सुम्पिदिएँ । तर.. तर तिमी सामान्य केटीभन्दा धेरै फरक रहेछौ । मैले सोचेको थिएँ तिमीजस्ती रूपवतीको निकै नै दिवाना बनेका साथीहरू होलान् । तर तिम्रो मेलबाट तिमीले जुन आफ्ना भावना व्यक्त ग¥यौ त्यसले म निकै प्रभावित बन्न पुगेँ । मैले तिमीले यसरी मप्रति आत्मीय भावना राख्छौ भन्ने सोचेको थिइनँ । अब सबै कुरा बितिसकेको छ । तर पनि मैले यी सब मेरा कुरा तिमीलाई राखेर मैले ठूलो आत्मसन्तुष्टि प्राप्त गर्न सकेको महसुस गरेको छु ।

मैले जीवनमा कल्पना नै नगरेको कुरालाई साक्षात्कार गर्नुपर्ला भन्ने मैले सोचेको थिइनँ । यो घटनापछि मेरो जीवनले ठूलो मोड लिएको छ । तिम्रो पछिल्लो मेलले मलाई ठूलो मोक्ष प्राप्त भएको महसुस भएको छ । वास्तवमा म तिम्रो लायक पनि छैनँ । तिमीभित्रको त्यो सुन्दर प्रेमको फोटो खिचेर त्यसैलाई हृदयमा प्रतिस्थापन गरेर म जीवनभर बाँच्नेछु । सायद तिमीले मेलमा भनेझैँ म पनि उही तिम्रो प्रेमको बिछोडलाई एउटा शक्तिमा परिणत गरेर बाँच्न चाहन्छु र प्रायश्चित गर्न चाहन्छु । सके मलाई माफ गरिदेउ हिमशिखा । तिमी सधैँ मेरो जीवनमा प्रेमको हिम शिखर भएर बसिरहनेछौ । तिम्रो भविष्य उज्ज्वल बनोस् तिमीलाई मेरो यही हार्दिक कामना छ ।
उही तिम्रो गौरव

इमेल नम्बर तीन

प्रिय गौरव, सुमधुर प्रेम !
अचानक तिम्रो मेल पाउँदा मलाई निकै अचम्म लागेको छ । आठ महिनापछि आएको तिम्रो मेललाई मैले सपना हो कि विपना छुट्याउन सकेकी छैन । यसलाई हर्ष भनौँ कि विस्मात मैले केलाउन सकेकी पनि छैन । तर तिम्रा शब्द र शैलीले यो तिम्रै मेल हो भनेर मैले विश्वास गरिसकेकी छु । यसरी विश्वास नगर्नुको कारण तिम्रो मेलको प्रतीक्षामा मैले सबै यथार्थलाई पनि भ्रम हो भन्न थालिसकेकी छु । जब म प्रत्येक पल तिम्रो मेलको प्रतीक्षामा हुन्थेँ त्यो बेला मैले सबै भ्रमलाई यथार्थ मान्न पुगेकी थिएँ । त्यसैले यो यथार्थ एकपल्ट मैले भ्रम ठान्न पुगेँ । यहाँसम्मकी मैले पठाएको मेलको तिमीले एक शब्दसम्म लेखेर प्रतिउत्तर दिन आवश्यक ठानेनौ । मेरो मेल पढेर ढुङ्गाझँै हृदय भएको मानिसको हृदय पनि पग्लन्थ्यो होला तर तिम्रो हृदय पग्लेन । तिमीले मलाई एउटै पनि प्रतिउत्तर पठाउन सकेनौ । मैले पठाएको त्यो मेल यस प्रकारको थियो —

प्रिय गौरव
सुमधुर प्रेम

म तिम्रो प्रतीक्षामा बाटोभरि आँखा बिछ््याएर बसेकी छु । तिमीसँगको प्रत्येक पलले मेरो आँखा ब्यूँझाइरहन्छ । प्रेमको असीम आनन्दमा डुब्दै त्यसलाई साक्षात्कार गर्दै अलौकिक आनन्दमा डुवेको क्षणमा कति तृप्ति हुन्छ म भन्न सक्दिनँ । तिम्रो प्रेम कोही बेला मधुर धुन बनेर मेरो कानमा गुन्जन आइपुग्छन् भने कोही बेला तिम्रो सम्झनाको तरङ्ग झङ्कृत भएर मेरो मानसपलमा सादृश्य हुन आइपुग्छन् । त्यो तृष्णामा छटपटाउँदै जब म यथार्थमा आउँछु त्यहाँ शून्यता पाउँछु । शून्यबाहेक अरू केही हुँदैन । त्यहाँ सबै कुरा रित्तो पाउँछु । मेरो हृदयका असीम पीडा झरना बनेर आँखाबाट झर्न थाल्छन् । कोहीबेला सबै पीडा समेटेर एउटा ठूलो पीडामा परिणत गर्छु र त्यसबाट एउटा ठूलो शक्ति प्राप्त भएको महसुस गर्छु जसरी पानीको बाफबाट रेल चल्न ऊर्जा प्राप्त गर्छ । हो त्यस्तै ठूलो ऊर्जा आफूभित्र सन्चित भएको महसुस गर्छु । त्यो उर्जामा म एउटा ठूलो शक्ति पाउँछु र म जीवनमा जुनसुकै उतारचढाव आए पनि अब लड्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्छु । साँच्चै तिम्रो मायाले मभित्र कति ठूलो शक्ति पैदा गरेको छ । तिमी त्यसको अनुमान पनि लगाउन सक्दैनौ । मभित्र त प्रेम नै प्रेम रहेछ अनि त यति ठूलो शक्ति प्राप्त हुनसक्यो । नत्र कसरी प्राप्त हुन्थ्यो होला र होइन ? वास्तवमा म त प्रेमको धनी रहेछु । तिमी पो गरिब रहेछौ । तिमीलाई मैले प्रेम दिनुपर्छ । तिमीबाट लिने वा लिन चाहना गर्ने होइन किनभने जोसँग प्रेम छ उसले मात्र दिन सक्छ र यी सब अनुभूत गर्न सक्छ । जीवन अनुभूतिको सागर हो गौरव, यो सागरको भन्डारबाट अनुभूतिको ज्ञान जसले लिन सक्छ उसले ठूलो मोक्ष पाउन सक्छ । तर तिमीले यी सब कुरालाई लिन सकेनौ । त्यसैले तिमीमा धेरै कमी छ । मभित्रको त्यो अलौकिक प्रेमको शक्ति खै तिमीले अनुभूत गर्न सक्यौ र ? तिमी त भौँतारिरह्यौ मात्र क्षणिक वासनाको लागि । अनि त्यसैलाई जीवनको ठूलो उपलब्धि ठान्न पुग्यौ । त्यो एउटा भोक क्षणिक हुन्छ र आत्माको गहिराइदेखि धेरै टाढा हुन्छ । जहाँ तिमीले प्रेमको स्वर्गीग आनन्द पाउन सक्दैनौ । तिमीले जीवनमा एउटा गहिरो प्रेमबाट पाउने तृप्तिलाई कहिल्यै लिन सकेनौ । त्यो तृप्ति तिमी टाढा बसेर पनि लिन सक्थ्यौ । तर तिम्रो सोचाइको सीमारेखा त्यहाँसम्म पुग्न नै सकेन । त्यसैले अब म आपूmलाई रित्तो र निरीह ठान्न छाडेकी छु । म त यति धेरै सम्पन्न र शक्तिशाली रहेछु भन्ने अनुभूत हुन थालेको छ । मभित्र यो शक्ति एकएक पल तिम्रो प्रेमको तड्पनमा सङ्ग्रहित भएका छन् । यो शक्ति त्यसै आएको छैन । कसरी भनेर तिमी भन्छौ भने सुन म धेरै दिनसम्म तिम्रो तृष्णामा तड्पिरहेँ । तिमी र म घुमेको प्रत्येक ठाउँमा तिम्रो पदचापको ध्वनि सुन्न हराइरहेँ । तिमी र हामी घुमेको ठाउँ र त्यो मधुर मिलन भएको दृश्यमा हराइरहेँ । प्रत्येक पल आफूलाई त्यसको आराधानामा डुबाइरहँदा ढुङ्गा पनि देवता बन्दो रहेछ भनेको हो रहेछ । यसरी मैले प्रत्येक पल तिम्रो सम्झनाको आराधानामा लगाइरहेँ । त्यसपछि मभित्र ठूलो ईश्वरीय शक्ति प्राप्त भएको महसुस भयो । अब म जस्तो सुकै परिस्थितिसँग पनि लड्न सक्छु भन्ने शक्ति प्राप्त भयो । मैले अब नौलो अनुभूतिले जीवनलाई प्रेरणादायी बनाएर बाँच्ने प्रण गरेँ । त्यो बाँच्ने शक्ति तिम्रै प्रेमले दिएको छ । तिमी पनि जहाँ कहीँ छौ सक्छौ भने त्यो अलौकिक प्रेमको चरम आनन्दमा हराउने गर । तिमी आपूm हारेको अनुभव हुन ेछैन र आपूm दुःखी भएको महसुस पनि गर्ने छैनौ । तिमीले जीवनमा नयाँ शक्ति पाएको महसुस गर्नेछौ ।
उही तिम्री हिमशिखा

तिमीलाई मैले यो पछिल्लो मेल पठाएपछि तिम्रो कुनै प्रतिउत्तर आएन । कैयौँ दिन तिम्रो मेलको प्रतिउत्तरका लागि म भाँैतारिरहेँ । जब तिम्रो यो मेल हात प¥यो त्यसपछि यसलाई सुक्ष्म रूपले विश्लेषण गरेर पढेँ । तिमीले मलाई धोका नदिएको कुरा बारम्बार लेखेका रहेछौ तर अन्तिममा एउटा कुरा भन्न चाहन्छु के सङ्गीताको मृत्यु नभएको भए तिमी मलाई सम्झेर फर्केर आउँथ्यौ ? के तिमी सङ्गीतालाई छोडेर मलाई अपनाउँथौ ? यो सम्भव छैन । किनकि तिमी सङ्गीतालाई कुनै पनि हालतमा छोडेर आउन सक्दैनथ्यौ । आएको भएपनि तिम्रो आत्माले तिमीलाई धिक्कारिरहन्थ्यो । तिम्रो सबै कथा पढेर मैले कुनै निर्णय लिन सकेकी छुइनँ । एकपल्ट म फेरि विचलित बनेको छु । तिम्रो सबै कथा पढिसकेपछि मैले पनि आफ्नो कथा तिमीलाई सुनाउन जरुरी सम्झेको छु । तिमीले मलाई छोडेर हिँडेपछि तिम्रोजस्तो मेरो पनि जीवनमा केही घटना घट्न गयो । मेरो आफ्नै काकाकी छोरी जो भर्खर प्लस टु पढ्दै थिई । उसले स्लिपिङ्ग ट््याबलेट खाएर आपूmलाई सुसाइट गर्न खोजी । उसलाई निकै दिन अस्पतालमा राखेर उपचार गरेपछि निको भई तर यसले हाम्रो परिवारमा छोरीलाई नहेर्ने नजर नै अर्को हुन थाल्यो । भएको के रहेछ भने उसको एउटा केटासँग प्रेम रहेछ । उनीहरू पोखरा घुम्न पनि गएका रहेछन् । पोखरामा उसले त्यही केटासँग रात बिताएकी रहिछ । त्यो केटाले उसका सम्पूर्ण यौनक्रिडाका भिडिओ खिचेको रहेछ । पछि उसले सो भिडिओ सार्वजनिक गरिदिने भनेर व्ल्यमेल गर्न थालेछ । यसको डरले उसले सुसाइट गर्न खोजेकी रहिछ । हामी नारी जाती कति कमजोर हुँदा रहेछौ । आफ्नै पे्रमीले आपूmमा यति ठूलो विश्वासघात गर्दा पनि थाहा नपाउने । त्यसपछि हाम्रो घरमा सबैको नजर ममाथि पर्न गयो । मैले पनि यस्तै खराब काम गछर््ु कि भन्ने सबैलाई डर भयो । अब मैले कि त मेरो प्रेमी भए प्रेमी देखाउनुपर्ने नत्र भए बिहेको लागि बुबाआमाले हेरिदिएको केटासँग राजी हुनुपर्ने बाध्यता आयो । सायद तिमी यहाँ भएको भए म तिमीलाई प्रस्ताव राख्थेँ र घरपरिवारलाई भन्थेँ तर तिमी त मदेखि धेरै टाढा कुन संसारमा थियौ मलाई पत्तो भएन । त्यसैले मैले बुबाआमाले रोजेको केटोसँग विवाह गर्न राजी भए । केटा काठमाडौँकै उच्च घरानको शिलस्वभाव राम्रो भएको छ । धेरैको मुखबाट उसको प्रशंसा सुनेपछि मैले विवाहको लागि राजी भइदिएको छु । ऊ परिवारको मात्र होइन गाउँको नै उदाहरण बनेको आदर्श पुरुष रहेछ । अहिले हामीबीच राम्रो सम्बन्ध भएको छ । हामीले एकअर्कालाई राम्रोसँग बुझिसकेका छौ । विवाह आउन अब पन्ध्र दिन मात्र बाँकी छ । हामी दुवैको सरसल्लाहले सबै किनमेल गरिसक्यौँ । ऊबाट म निकै प्रभावित छु । जिन्दगीलाई नयाँ गोरेटोबाट ऊर्जाशील बनाएर बाँच्ने प्रेरणा तिम्रै प्रेमले मलाई दिएको छ । वास्तवमा बाँच्नलाई काल्पनिक प्रेमभन्दा व्यावहारिक प्रेम नै चाहिँदो रहेछ । काल्पनिक प्रेमले अवास्तविक जीवनमा बाँच्न प्रेरणा दिँदो रहेछ भने व्यावहारिक प्रेमले जीवन बाँच्नलाई चाहिने भौतिक आधार दिँदो रहेछ । अहिले मसँग दुवै प्रेम छ काल्पनिक प्रेम पनि र व्यवहारिक प्रेम पनि । अब मलाई बाँच्न कुनै कठिन पर्दैन । तिमीले मलाई यति ठूलो प्रेमको उपहार दिएका छौ त्यसको लागि म जीवनभर तिम्रो ऋणी हुनेछु । सक्छौ भने तिमी पनि त्यो प्रेमबाट कुनै शक्ति अनुभूत गर्ने गर तिमीले जीवनमा ठूलो आत्मसन्तुष्टि पाउनेछौ । यो हाम्रो अन्तिम मेल पनि हुन सक्ने कुरा पनि तिमीलाई म बताउन चाहन्छु ।
उही तिम्री हिमशिखा

आयामिक जीवनमा प्रेमको परिभाषा

प्रिय अमर,
अमर ! धेरै दिनदेखि धुम्मिएको आकाश आज उघ्रेको छ छ्याङ्ग भएर – मेरो मनजस्तै । अहिले म सम्झँदै छु – यस्तै उघ्रेको दिन तिमी र म तराई जाने तयारीमा थियौँ । अहिले पनि त्यो बेलाको जस्तै मेरा श्रीमान् मलाई जाउलो खान कर गरिरहेका छन् । तर मलाई खान मन छैन । म वेडरेस्टमा छु । मेरा श्रीमान् मेरो सेवामा तल्लिन छन् । कति माया गर्छन उनी मलाई । मैले उनको मायाको परिभाषा बुझ्न सकेको भए मैले यो हविगत भएर ओछ्यानमा सुतिरहेको हुनुपर्ने थिएन । यस्तै अवस्थामा विगतका यादहरू तरङ्गित बनेर स्मृतिपटल छाइरहँदो रहेछ । अरू बेला त दसदेखि चार बजेसम्म बन्धनमा बाँधिएको जीवन । मस्तिष्कले यो उन्मुक्ति कहाँ पाउनु र ? यति धेरै सोच्ने फुर्सद कहाँ पाउनु र ?
अमर ! तिमी यसलाई जे नाम दिन पनि सक्छौ । यसलाई मनोवाद, कथा वा पत्र जे भन्न पनि सक्छौ । अहिले मैले आफ्नो भावनालाई भाषामा परिणत नगरी नहुँने अवस्था सिर्जेको हुनाले पनि तिमीलाई सम्बोधन गरेर मैले यो मेरो आत्मकथा सार्वजनिक गर्न गइरहेको छु । रङ्ग र कुचीसँग खेल्ने मान्छेलाई शब्द र शैलीसँग खेल्न निकै गारो पर्दो रहेछ । त्यसैले मैले मुश्किलले यो मेरो सत्य कथालाई शब्द र शैलीमा सजाएर सार्वजनिक गर्दैछु ।


– अँ, साँच्चि अहिलेजस्तै त्यो समय पनि मेरा श्रीमानले जाउलो पकाएर मेरो अगाडि राखिदिएका थिए । तिम्रो फोन मोबाइलमा आयो । मेरा श्रीमान्ले मोबाइल अन गरेर मलाई बोल्नलाई हातमा दिए । म हिँड्ने हतारोमा थिएँ । पाँचदिनको तराई बसाईको लागि सब सामान ठीक पार्नु थियो । केही सामान त श्रीमान्ले नै मिलाइदिएका थिए । तिमीसँग जाने विषयमा केही बोलेर मैले मोबाइल अफ गरिदिए । मेरा श्रीमान्ले फेरि मोबाइल चार्जमा राखिदिए । बिहान चाँडै कतै हिँडनु प¥यो भने जाउलो खाएर हिँड्ने मेरो बानी थियो । मैले जाउलो पकाउन भ्याएको थिइनँ । श्रीमान्ले नै पकाइदिए र ल्याएर छेउमा राखिदिएका थिए । त्यसबेला पनि मलाई श्रीमान्को निक्कै माया लागेर आएको थियो ‘कति माया गर्छ ऊ मलाई तर म ? म आफैमाथि प्रश्न गर्छु । किनकिन यो माया देखेर पनि कहिलेकाहीँ दिक्क लागेर आउँछ । फेरि सोच्छु नेपालमा यस्तै श्रीमान्को माया नपाएर कति महिलाहरू तड्पीतड्पी बाँच्न बाध्य छन् भने म भने यस्तो कर्तव्यपरायण पति पाउँदा पनि यसरी वितृष्णा जगाइरहेको हुन्छु । मेरो यो मनको तुषारो त्यो समय फाट्न सकेको थिएन । किन सकेन ? मलाई अचम्म लाग्छ ।’

– अँ, साँच्चि मलाई जान हतार छ । भनौ तिमीलाई भेट्न हतार छ । तिमीलाई प्रायः हरियो रङ्ग मनपथ्र्यो । मैले हरियो रङ्गको बाक्लो कुर्ता सुरवाल लगाएँ । हरियो रङ्गलाई सिर्जनाको प्रतीक मान्थ्यौ तिमी, मेरो सिर्जनाजस्तै । मैले पुलुक्क श्रीमान्को अनुहार हेरेँ । उनी मलाई जाउलो खान कर गरिरहेको भाषा आँखाबाट बोलिरहेका थिए ‘पेटको विमारी भोको बस्न हुन्न, बाटोमा सारोगारो के होला ।’ श्रीमान्को यो गनगन थियो । मलाई झर्को लागेर आयो । मैले झर्कदै जाउलो खाइदिएँ । हिँड्ने बेलामा श्रीमान्को मुख हेरेँ । उनी मलाई अँगालोमा बाँधेर म्वाई खाने धुनमा थिए । मैले वेवास्ता गर्दै व्याग टिपेर हिँडेँ । बाहिर निस्केपछि मोबाइलको सम्झना भयो । फेरि फर्केर ‘साइत बिग्रियो’ भन्दै श्रीमान्लाई चार्जमा राखिदिएकोमा रिस पोखे । श्रीमान्ले पनि ‘हिँड्ने बेलामा किन रिसाउँदै हिँड्छे राम्रो हुन्न’ भन्दै थिए । मैले सुन्दै नसुनी आफ्नो हिँडाइलाई अघि बढाएँ ।

‘म ट्याक्सीसम्म पुयाइदिन्छु ।’ श्रीमान् भन्दै थिए ।
मैले ‘घरमा केटाकेटी सुतिरहेका छन्, कोठामा कोही हुन्न ।’ यति भनेर हतारिँदै पछाडि पनि फर्कदै नफर्की सरासर बाटो लागेँ । मस्तिष्कमा तिमी बाहेक अरू केही थिएन ।
– सुषुप्तअवस्थामा रहेको मेरा चित्रकारिता मौलाउँदै थियो । एनजीओको जागिरे म अनि तिमी समाजसेवी । अफिसले तराईमा शीतलहरको लागि कपडा र कम्बल बाँड्ने योजना अन्र्तगत हामी तराई जाँदै थियौँ । तर यो त हात्तीका देखाउने दाँत जस्तै थिए हाम्रा लागि । वास्तवमा हामी दुवै गहिरो प्रेमको तलाउमा चुर्लुम्म डुबेका थियौँ । तिमी सामाजिक सेवामा लागेका मानिस म एनजीओको जागिरे । कतिपय अवस्थामा एनजीओले तिमीहरूजस्तो समाजसेवीको सहयोग लिनुपर्ने अवस्था हुन्थ्यो । यस्तो भेटघाटको प्रक्रियामा हाम्रो परिचय भएको थियो । तिमी काठमाडौँको धनाढ्य–तिमीले दुईचार लाख समाजसेवामा लगाउँदा पनि कुनै फरक नपर्ने अवस्था थियो । तिमी मनका पनि धेरै धनी थियौ । हो वास्तवमा त्यो बेला तिमीमा मैले गुणैगुण मात्र देख्दथे । यति धनी भइकन पनि तिमीमा घमन्डको कतै कुनै गन्धसम्म पनि आभास हुँदैनथ्यो । तिम्रो व्यक्तित्वपनि त्यस्तै निखारिएको थियो । तिम्रा दुइचारवटा फ्याक्ट्री र आफ्नै फाइनान्स कम्पनी पनि थियो ।
– अँ, साँच्चि हामीले तराईमा चलेको शीतलहरका लागि कपडा र कम्बल भेला पार्ने योजना बनाएका थियौँ । यसमा तिमीलाई सहभागी नबनाउने कुरै हुँदैनथ्यो । यस अघि नै हाम्रा भावनाहरू फेसबुक र मोबाइल हुँदै मनभित्र पसिसकेका थिए । बिस्तारै हामी दुई बीचमा प्रेमको बीउ उम्रन थालेको थियो । फेसवुकमा मेरो चित्रकारितालाई धेरै मन पराउनेमा तिमी पनि थियौ । मेरो चित्रकारिता फेसवुकको नौलो संसारमा बिस्तारै तरङ्गित भएर प्रशंसा पाउँदै थियो । तिम्रो स्टाटस हेरेर म तिमीप्रति आकर्षित भएकी थिएँ । आफ्नो मौलाउँदै गरेको चित्रकारिता कसरी समाजमा सजाऊ भन्ने चिन्ताले मलाई खाइरहेको थियो । यसको लागि तिमी सहारा हुनसक्दथ्यौ । बिस्तारै तिम्रो मानसिक समर्थन पाउन फेसबुकमा तिमीप्रति म आर्कषित हुँदै थिएँ । तिमी पनि आकर्षणको नयाँनयाँ गोटी फ्याक्न कम थिएनौ । त्यसैपनि सामाजिक सेवामा लागेको मानिस, मेरो चित्र प्रदर्शनीमा केही सहयोग पक्कै गर्छौ हौला भन्ने सोचि मेरो मनको कोलाजलाई तिम्रो च्याटमा यसरी पेस्ट गरेको थिएँ – ‘म चित्र प्रदर्शनीको धुनमा छु केही सहयोग गर्नुहुन्छ ?’
तिमीले पनि सजिलै भन्यौ – ‘यहाँलाई केही सहयोग गर्न सके मेरो अहोभाग्य हुनेछ । धेरै त होइन थोरै यो हृदयको कुनाबाट सहयोग गर्न सक्छु ।’

अहो ! कति मीठा थिए ती शब्दहरू ! आफैमा तरङ्गित प्रेमको मधुर ध्वनिजस्तो । रसैरसले भरिएको महको चाकाजस्तो । तिम्रा शब्दहरूमा म त्यसैत्यसै लट्ठ परेकी थिएँ । मलाई लाग्यो मैले ठूलो बैशाखी पाएको छु । अब लङ्गडो बनेको मेरो चित्रकारिता तिम्रो बैशाखी पाएर दौडनेछ । ठूलो विश्वास पलायो तिमीमाथि मेरो । मेरो चित्रप्रदर्शनीमा तिमीले ठूलो भौतिक र मानसिक सहयोग ग¥यौ । मेरो प्रर्दशनी चर्चित बन्यो । मिडियाहरूले राम्रो कभर गरिदिए । यसमा तिम्रो ठूलो हात थियो । मिडियामा आउन अलिक दरै बैशाखी नभई कसैले सक्दिैन रहेछ भन्ने कुरा यो कार्यक्रम गरेपछि मलाई थाहा भयो । मिडियाको लिक कहाँ कसरी फैलिएको हँुदो रहेछ भन्ने कुरा तब मात्र मैले थाहा पाएकी थिएँ । तर तिम्रो दरो सहाराले गर्दा होला मैले कुनै दुःख गर्नु परेन । त्यसैपनि तिमी समाजमा प्रतिष्ठित र स्थापित छँदै थियौ । तिम्रो व्यक्तित्वको अगाडि मेरो श्रीमान्को व्यक्तित्व निकै मायालाग्दो देखिन्थ्यो । उनी अपरिचित मानिसहरूसँग खासै बोल्न सक्दैनथे । फेरि उनलाई यो क्षेत्रमा त्यति धेरै ज्ञान पनि थिएन । यसरी हामी बीचको सम्बन्धको दुरी छोटिदै थियो । यसरी फेसवुक, च्याट मोबाइल हुँदै हाम्रो दुरी शून्यमा आएर विलिन भयो । हामी बीचको गहिरो सम्बन्ध दिन प्रतिदिन उच्च तापमानमा बढ्दै गयो ।
‘अमर ! जीवन कति आनन्दमय रहेछ ।’ म तिम्रो प्रेमको समुद्रमा डुबुल्की लगाउँदै भन्थे । तिमीबाट म एउटा सुरक्षित प्रेम पाएको महसुस गर्दथे । घरपरिवारमा हुने अनेकौ तनावबाट टाढा तिम्रो प्रेमको मधुर ध्वनीमा हराइरहु जस्तो लाग्दथ्यो मलाई । जीवनमा सबै कुरा भएर पनि तिम्रो प्रेमबिना त म अधुरो नै रहेछु जस्तो लाग्दथ्यो । तिमी पनि आफूले अहिलेसम्म यस्तो साथी नभेट्टाएको भन्दै ममाथि प्रशंसाका नयानयाँ फर्मूला प्रयोग गर्दथ्यौै । म मख्ख पर्ने गर्दथे तिम्रा यी कुराहरूमा । एकातिर तिमीजस्तो समाजमा स्थापित र प्रतिष्ठित व्यक्तिलाई साथी बनाउन पाउनु अर्कोतिर मेरो चित्रकारिता पनि मौलाउँदै जानुले म निकै उमङ्गित बनेकी थिएँ । लाग्थ्यो मेरो जीवनमा उमङ्गको बाढी नयाँ भेल आएको छ । त्यो भेल कसरी थाम्नु ? आफैलाई मुश्किल लाग्दथ्यो । तिम्रो यो प्रेमको छहारीले मलाई कति शीतलता दिएको छ भन्ने कुरा म तिमीसँग भेटमा भनिरहन्थे । तिम्रो यो प्रेम नपाएको भए मेरो जीवन के हुन्थ्यो होला ? आफै कल्पना गर्न सक्दिनथे । ढुसी लागेको सुन्तलाझै कुहिएर आफै झथ्र्यो होला मेरो यो जीवन । म तिम्रो प्रेममा डुब्दा असीम आनन्दको महसुस गर्दथे । यसरी हामीबीचको एकआपसी समझदारीले पनि हाम्रो सम्बन्धले दिन प्रतिदिन फल्ने र फुल्ने अवसर पाएको थियो ।
– अहिलेको तराईको भ्रमणमा तीनदिन मेरो काज थियो भने दुई दिन तिमीसँग बिरगन्जमा बिताउने सल्लाह भएको थियो । तिमीले आफै आइट्वान्टी चलाएर लगेका थियौ । अरू साथीहरू सामान राखिएको गाडीमा बसेका थिए । म र केही अन्य साथी तिम्रो गाडीमा चढेका थियौँ । तीन दिनसम्म तराईको केही जिल्लामा कपडा र कम्बलहरू बाँड्न हामी व्यस्त भयौँ । निकै झन्झटिलो काम थियो यो । यसभित्र पार्टी र जातीयताको नमिठो गन्ध छि¥यो । हामीलाई निकै गारो भयो समयमा वितरण गर्न । देशको राजनितिले दुरदर्शीता नअपनाउँदा हामी विना बाउका टुहुरा सन्तान जस्ता बन्न पुगेको चारित्रिक प्रमाणपत्र यहाँ भेट्टाएझँै लाग्यो मलाई । ग्याँस, पानी, विजुली, इन्धन बिना पनि बाँच्न हामी बाध्य नेपाली हरु कुनै दिन अफगानीस्तानको लडाइमा औपधि नपाई मर्ने बिमारीको हालत हुन्न भन्न के बेर र ? अझ साम्प्रादायिकताको उग्ररुप देखेर सर्वियाको गृहयुद्धमा कोसोभोको एउटी बूढीआमै आफ्नै चिहान खनेर मृत्यु कुरेर बस्नु पर्ने बाध्यता हामी नेपालीलाई आउँदैन भन्न के बेर छ र ? हो , यो सामाजिक सेवामा पनि आत्मसन्तुष्टिलाई बिथोल्ने विषाक्त तत्वबाट हामी नराम्ररी सक्रमित बनेका थियौँ । एकातिर तराईवासीको भाषा नबुझिने भएर पनि हामीलाई धेरै कठिनाइ परेको थियो । स्थानीय संघसस्थाले हामीलाई सहयोग गरे पनि उदारकर्ताले गरेको यत्रो सहयोगलाई पनि उनीहरू खासै अनुग्रहीत हुन नसकेको व्यवहार गर्दथे । यसले हाम्रो मानसिकतामा हल्का नकरात्मक असर परेको थियो । तर जान्ने बुझ्नेहरूले यस कार्यको सह्राना र प्रशंसा गरेर हामीलाई धन्यवाद दिएका थिए । वास्तवमा सबै क्षेत्रमा अँध्यारो र उज्यालो दुईवटा पाटो हुँदोरहेछ जो हामीले पनि यहाँ भेट्टाएका थियाँै ।

चौथौ दिनको काम सकेर दिउँसो साथीहरू काठमाडौँ फर्के । हामी दुईजना चाहिँ बिरगन्जको रक्सौलमा सामान किनेर फर्कने भनेर बहाना बनायौ । केही साथीलाई हाम्रो सम्बन्धको बारेमा थाहा थियो । अहिलेको समयमा धेरैजसोले यस्ता कुरालाई सामान्यरुपमा लिन थालेका छन् । अहिलेको खुला स्वतन्त्रता भएको समयमा यस्ता कुरालाई खोतलिरहने कसलाई फुर्सद होस् र ! हामीले विरगन्जको एउटा लजमा कोठा बुक गराएका थियौ । त्यही बसेर भोलिपल्ट सपिङ्ग गरेर घर फर्कने योजना ग¥यौ । यो योजना तिमीले नै बनाएका थियौ । मलाई यसरी रक्सौलमा सबै साथीभाइले थाहा पाउने गरी आउने विचार थिएन । तर तिमीले पटक्कै मानेनौ । तीनदिनसम्म तिमीले मसँग कुनै प्रेमलीला मनाउन नपाएकोले मेरो सान्निध्यताको लागि निकै व्यग्र देखिन्थ्यौ ।
त्यो व्यग्रता एकान्त कोठामा यसरी पोखियो, तिमी भन्दै थियौ – ‘लुकेर गरेको यस्तो माया कति प्रिय हुन्छ हगि डालिङ्ग हेर न घरमा श्रीमती भएपनि तिम्रो यो चुम्बन कति मीठो छ ।’
मैले तिम्रो भनाइमा पौष्टिकता थपेर रसिलो बनाएर तिमीलाई यसरी पिलाइदिए– ‘हो नि घरको खानाभन्दा बाहिरको चट्ट पकाएर दिएको कति मीठो हुन्छ । घरमा त पकाउँदा पकाउँदै अमन भइसकेको हुन्छ ।’
मेरो भनाइले तिमीलाई निकै उर्जा दिएछ क्यार मलाई अझ जोडले च्याप्तै म्वाइ खाइदियौ । म पनि लुटपुटिएर तिम्रो चौरासी व्यन्जनको भोजनमा मिठास थप्न उद्विग्न बनेँ । तिमीले ममाथि खर्च गरेको पैसा र समयको एकएक पाइ उकास्न मबाट आत्मसन्तुष्टि लिइरह्यौ । हुन पनि हो यति धेरै पैसा र लगानी गरेपछि जो कोही पनि लगानी उठाउन तत्पर रहन्छ भन्ने तिम्रो वकालती तर्कलाई मैले पूर्णरुपले व्यवहारिक समर्थन गरेकी थिएँ । तिम्रा कुनै पनि कुरालाई म नकार्न सक्दिनथेँ । वास्तवमा यो एकपक्षिय लेनदेन थिएन, दुई पक्षिय थियो । तिमीमा भएको चीज तिमीले मलाई दिएका थियौ । ममा भएको चीज मैले तिमीलाई दिएकी थिएँ । यसमा कसैलाई हानी भयो कसैलाई नाफा भयो भन्ने थिएन । लजमा पुगेको दिन र रात तिमी मेरो यौनको मधुर रस पिउन निमग्न रह्यौ । हामी यौनको नौलोनौलो चरणपार गर्दै आकासिइरहेका थियौ, बेखवर यो दुनियाँबाट धेरै टाढा हराइरहेका थियौँ । निकै लामो दैहिक र अलौकिक आनन्दपछि हामी यथार्थ जीवनको धरातलमा ओर्लन आइपुग्यौँ । प्रेमको रुग्ण प्राणीझैँ तिम्रो प्रेमको शीतल जलले मेरो जीवनले संजीवनी पाएसरह महसुस ग¥यो ।
अमर ! तर आज ती सब बिलाएका छन् । मात्र म खालीखाली शुन्य छु । मभित्र महाशुन्य मात्र छ । अरू सब अतीतका गर्तमा बिलाइसकेका छन् । अहिले छ भने मात्र सहरभरि तिमीसँग मैले नाजायज सम्बन्ध गाँसेर तिमीबाट फाइदा लिएको प्रदुषित हावाका झोकाहरू छन् । जुन झोकाहरू काँडा बनेर मेरो मन र मस्तिष्कलाई बिझाउने गर्छन् । हेर, अमर ! नारीहरू कति विवश र निरीह रहेछन् । हुन पनि हो प्राचीनकालदेखि नै शक्ति हुनेले निर्धो र निरीहलाई थिचोमिचो गर्दै आएको छ । यसमा हामी नारीहरू पुरुष र समाजबाट थिचिएको कुरा अपवाद हुनसक्दैन । वास्तवमा तिम्रो र मेरो सम्बन्ध लोकलाई सुहाउँदो थिएन । यसलाई मानिसहरूले मान्यता दिने कुरा हुँदैनथ्यौ किनकि हामी दुवैको आआफ्नो संसार थियो । तर जब मान्यताको कुरा आउँछ समाज द्विविधामा पर्न जान्छ । यसलाई अनैतिक र चरित्रहिनताको उपाधि दिन पुग्छ । यसमा पनि तिमी पुरुषलाई समाजले यथेष्ट बचावट गरिदिन्छ अनि सबै आरोप र लाञ्छानाहरू कन्टेनर बनेको हाम्रो भाग्यमा थोपरिदिन्छन् । यो अचम्मको कुरा पनि होइन । एउटा महिला कसैसँग प्रेम सम्बन्ध राखेर गर्भधारण गर्छे तर समाजले पुरुषलाई केही भन्दैन ऊ चोखो रहन्छ तर महिलालाई नै व्यभिचार र पातकी भन्ने विभुषणले विभुषित गरिदिन्छ ।
– हो, अहिले सहरभरि यही हल्ला छ । तर तिमीले यसको प्रतिकारको लागि केही भनेका छैनौ । त्यसैले मेरो मन बोझिलो भएको थियो । धेरै दिनसम्म हुस्सु लागेको आकाशजस्तो भइरह्यो । मैले मेलमा यसबारे तिमीलाई प्रश्न र जिज्ञासा राखेको थिएँ तर धेरै दिनसम्म तिमीले कुनै प्रतिउत्तर दिएनौ । त्यसैले धेरै दिनसम्म मेरो मन हुस्सुलागेको आकाशजस्तो भइरह्यो । मैले तिम्रो मेलको धेरै प्रतीक्षा गरे भने मोबाइल त तिमीले उठाउँदै उठाएनौ ।

– अँ साँच्चि, हामी बिरगन्जको रक्सौलबाट सामान किनेर फर्कदै थियौ । गाडी तिमीले नै ड्राइभ गरेका थियौ । जे हुनु थियो यही समयमा भयो । समयले ठूलो बिडम्बना बोकायो मेरो भाग्यमाथि । आउँदाआउँदै मुग्लिङमा हाम्रो कार एक्सिडेन्ट भयो । मैले केही थाहा पाउन सकिनँ । पछि हस्पिटलमा होश आउँदा मलाई टाउकोमा ठूलो चोट लागेको थियो । एउटा खुट्टा दुई ठाउँमा फ्याक्चर भएको थियो । अर्को खुट्टा र हातहरूचाहिँ राम्रै थिए । यो घटनापछि हाम्रो सम्बन्धको विषयमा दुषित हावा सहरभरि अश्रुग्यासझै फैलियो । तिमीले त आफ्नो बचावको लागि आफूलाई मानसिक र शारिरीकरूपले नै तयार राखेका रहेछौ । एक्सिडेन्ट भएको देख्ने मान्छे भन्थे ‘ड्राइभरले आफूलाई जोगाएछ ।’ हो, तिमीले आफूलाई जोगायौ । त्यसैले तिमीलाई केही भएन । तिमीले आफ्नो शरीर मात्र जोगाएनौ आफ्नो चरित्रलाई र व्यक्तित्वलाई पनि जोगाउन हस्पिटलमा ‘मलाई को ?’ भनेर मानिसहरूले सोध्दा ‘बाटोमा लिपट दिएकी मान्छे हो’ भनेर भनेछौ । तिमीले किन यसौ ग¥यौ ? ‘तिमीले मेरी प्रेमिका भनेर भन्न पनि त सक्थ्यौ नि !’ तिमी यति लाचार र पानीमरुवा हौला भन्ने मैले कहिले सोचेकी थिइनँ । म स्त्रीजाती भएर अर्काकी श्रीमती भएर पनि आज म तिमीलाई मैले प्रेम गर्थे भनेर यी सब कुरा सार्वजनिक गर्ने साहस गर्दैछु भने तिमीले मलाई त्यो मरणशील अवस्थामा किन यस्तो निर्दयी व्यवहार ग¥यौ ? तिमीले मलाई मेरी पे्रमिका, साथी वा अरू कोही आफन्त भन्न पनि सक्थ्यौ । किन सकेनौ ? तिमीलाई त केही भएको रहेनछ । मलाई हेर्न एकपल्ट पनि किन अस्पताल आएनौ ? तिमीलाई तिम्रो आफ्नो स्टाटसको यत्रो चिन्ता रहेछ ! तिमीले मलाई तिम्री पे्रमिका नै भनेको भए पनि मलाई विवाह गर् भनेर म भन्ने थिइनँ । तिमीसँग म अंश माग्न पनि आउने थिइनँ । किन की हामीले जे ग¥यौ त्यो सब दुवैको सहमती र आत्मसन्तुष्टिका लािग गरेका थियौ तर तिमीले आफ्नो घृणित हृदयको परिचय यसरी दिन्छौ भन्ने मैले सोचेकी सम्म थिइनँ । तिम्रो त्यो नालायकी पुरुषार्थप्रति मेरो धिक्कार छ । आज तिमीले मेलमा आफ्नो मनको कालो सबै पोखेका रहेछौ । त्यसैले पनि मेरो मन आज घाम लागेको दिन भएर उज्यालिएको छ ।
अमर ! आज म धेरै खुसी छु । मेरो श्रीमान् मेरो स्वास्थ्यको लागि हरदम लागिपरेका छन् । सहरभरि आफ्नो श्रीमतीको बारेमा चारित्रिक हत्या हुने हल्ला फैलदा पनि उनी पटक्कै निरश र विचलित बनेका छैनन् । अझ मेरो स्वास्थ्यप्रति उनी निकै चिन्तित छन् र मेरो सेवासुसारमा उत्तिकै लागिपरेका छन् । वास्तवमा प्रेम को परिभाषा के हो ? मैले प्रेमको परिभाषालाई यसरी बुझेको छु – पवित्र प्रेम त्यो रहेछ जुन आफ्नो खुसी सँगै खुसी हुन्छ र दुःखसँग दुखी हुन्छ । अहिले मैले त्यो पवित्र प्रेम मेरो श्रीमान्को आँखा पढिरहेको छु किनकी म तिमीसँग रासलीलामा बिताएको समय खुसी हुँदा उनी पनि खुसी देखिन्थे र अहिले म तिम्रो घृणित व्यवहारबाट दुःखी बन्दा उनी पनि दुःखी बनेका छन् ।

आइफल – तिमीसँग बाँच्दा

फ्रान्सबाट फर्केपछि म जयाजीको घरमा बस्ने कुरा तय भएको थियो । मलाई लिन वाटर लु स्टेशनमा बुद्धि दाइ आइपुग्नुभएको थियो । जयाजीको घरमा आएपछि जयाजीलाई लेख्नका लागि केही पेपर मागेँ । उहाँले मलाई मोटो डायरी हातमा थमाइदिनुभयो । मैले ‘भो दुइचार वटा पेपर भए हुन्छ’ भन्दा पनि उहाँले पटक्कै मान्नुभएन ।


‘तपाईंले यो डायरी भर्नुपर्छ साथी ।’ साथी जयाको अनुग्रहयुक्त आत्मीय बोलीले मलाई गलाएको थियो । त्यसो त बेलायतमा संस्मरण विमोचन हुने र पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गोपीकृष्णजीले गर्ने भनेपछि मेरो संस्मरण ‘सिर्जना र सन्त्रास’को पिडीएफ फाइल पठाइसकेकी थिएँ । मेरो संस्मरण ‘सिर्जना र सन्त्रास’ पढिसकेका गोपीकृष्णजी भेट हुँदैपिच्छे मेरो सस्मरणसङ्ग्रहको ‘के सारो हाउ..!’ स्तम्भ निकै मन परेर मलाई बारम्बार जिस्काइरहनु हुन्थ्यो । अनि भेट हुँदैपिच्छे संस्मरणमा यो कुरा त पक्कै आउँछ होला नि भनेर मलाई जिस्काइ रहनुहुन्थ्यो । धेरै साथीहरूले ‘बेलायत भ्रमणको बारेमा चाहिँ पक्कै लेख्नुपर्छ है ।’ भनेर हुटहुटी लगाइरहनु भएको थियो । यो हुटहुटीको भेल भेटमा त छँदै थियो अझ बढी अहिले निकै चलेको भेटघाटको चौतारो फेसबुकमा भेलबाढी उर्लेर नै आउने गरेको थियो । सबै भेलबाढीलाई साम्य बनाइ बेलायतको यात्रामा यात्रारत थिएँ म । अरू यात्राको जे जस्तो भए पनि मेरो यो पहिलो विदेशको साहित्यिक भ्रमणलाई पक्कै शब्दमा अमर बनाउँछु भन्ने दृढसंकल्पले मेरो मनमा इच्छाको खिचडी पकाइरहेको थियो । मेरो लेखनको फाँटमा एउटा यात्रासंस्मरणको विज त्यहीसमय मैले रोपिसकेकी थिएँ । बेलायत र फ्रान्सको भ्रमणभरि मैले उक्त बिज हुर्काउन र मलजल गर्न हरसम्भव प्रयास गरिरहेँ । भ्रमण र सम्मेलनको प्रत्येक पललाई मैले आफूभित्र जीवित बनाइरहेँ । परदेशमा लेख्नको लागि अनुकुल वातावरण हुन सकेको थिएन । फ्रान्सबाट फर्केपछि चाहिँ जयाजीको एकान्त कोठामा केही लेख्ने अनुकुलता मिल्यो । जयाजीले डायरी दिनुबित्तिकै भ्रमणलाई यसरी खेस्राको रूपमा अभिलेख गर्न थालेकी थिएँ ।

शीर्षक ऐतिहासिक सम्मेलन र मेरो बेलायत भ्रमण वा बेलायतबाट बिदा लिँदा
बुदाँहरू १)बेलायतबाट बिदा लिँदा
२) आइफल – तिमीसँग बाँच्दा
३) सत्यको विजय
३)इतिहासका स्वर्ण अक्षरले लेखिएको त्यो क्षण
४)कार्निभलको त्यो मेला

यति बुँदा लेखिसकेपछि म सर्वप्रथम ‘आइफेल–तिमीसँग बाँच्दा’को बुँदामा पोखिन पुगँे । मेरो जीवनको यात्रामा म आइफल टावरमा पुग्दाको जस्तो रोमाञ्चित कहिल्यै कतै हुनसकेको थिइनँ । टावरमा पुगेर मैले पानामा त्यहाँ पुग्दा मलाई कस्तो अनुभूति भयो त्यो कुरा लेखेकी थिएँ । त्यहाँ पुग्दा म यति रोमाञ्चित भए कि सकेसम्म म त्यो अनुभूति चाँडो शब्दमा उतार्न चाहन्थे । त्यसैले मैले पहिलो संस्मरण ‘आइफल– तिमीसँग बाँच्दा’ लेख्न पुगे ।
‘जीवनका अनुभूतिले अनेकौँ रङ्ग बोकेर हिँड्दो रहेछ । मैले सायदै कल्पना गरेकी थिएँ हँुला । एकदिन आइफल टावरमा चढछु भनेर । त्यो कल्पना अहिले यथार्थ भएको छ । जीवनको अनुभूति बोकेर हिँड्ने क्रममा हामी अनेकौँ यात्रामा दौडिरहेका हुन्छौँ । बालककालदेखि नै म पहाड चढेको सपना देख्थे । कहिलेकाहीँ माथिबाट तल हेर्दा डराइरहेकी हुन्थे र त्यो पहाड चढाइ आज आइफल टावरमा आएर साकार रूप लिएको छ । सपनामा पहाड चढनु सफलताको प्रतीक मानिन्छ । सायद मेरो जीवनले पनि एउटा सफलताको उचाइ बोकेर आइफेल टावरबाट मेरो सपनालाई विपनामा परिणत गरिरहेको छ । यो सौन्दर्यको अद्भूत दृश्य सायदै कतैबाट देख्न सकिएला ! टावरको मुनि सेन नदी मलीन मुस्कान बोकेर बगिरहेकी छे । स्टीमरमा खचाखच पर्यटक बोकेर सेन नदी दौडिरहेकी छे । सेन नदी पर्यटकको रमझम देखेर नयाँ दुलहीझँै लज्जालु मुस्कान बोकेर शालीन भावमा चहलपहल गरिरहेकी छे । लाग्थ्यो आइफल टावर आत्मास्वाभिमानको बिशाल छाती लिएर पेरिस सहर र सेन नदीलाई आफ्नो आस्तित्वको आभास गराइरहेको छ । त्यसैले विश्वको लाखौँ पर्यटकले उसलाई आरोहण गर्दा पनि ऊ पटक्कै बिचलित भएको छैन । अझ ऊ गौरव र आत्मस्वाभिमानको प्रतीकात्मक कथा बनेर विश्वलाई पढाइरहेको छ । मलाई टुप्पोमा आएर करीव तीनसय मिटर तल हेर्दा पटक्क डर लागेको छैन । बेलाबेलामा यो टावर हल्लिएझैँ लाग्छ । पर्यटकहरू खचाखच छन् । अग्लोबाट तल हेर्दा देखिने डर र त्रास मलाई पटक्कै भएको छैन । म पेरिस सहरको मनोरम सौन्दर्यमा आफैलाई हराउँछु । टावरको एकतर्फ जोडले हावा चलिरहेको छ । अर्को तर्फ म साथी गीता छौँ । अब केहीछिन पछि हामी फोटो खिच्न लाग्नेछौँ ।’

टावरको टुप्पामा पुगेर मैले यी माथिका वाक्यांश एउटा पेपरमा लेखेकी थिएँ । मनमा अनेकौँ अनुभूति र भावहरू तछाडमछाड गर्दै टावर हल्लिएझैँ मन हल्लिरहेको थियो । तर सबै भावलाई एकैछिनको बसाइमा पोख्न नसकिदो रहेछ । टावर चढ्न फेदीमा बस्दादेखि नै मेरो मन त्यसैत्यसै विचलित भएको थियो । म कसरी यहाँ आइपुगेँ ? मनभित्र प्रश्नका उत्तरहरू एकपछि अर्को पाना उघ्रिएझँै उघ्रन तम्तयार थिए । हामी आइफल टावर चढ्न फेदीमा टिकट काटेर लिफ्टमा चढ्न लाइनबद्ध भएर बसेका छौँ । आइफेलको भव्यता देखेर म अघि देखि नै निकै रोमाञ्चित भइरहेकी थिएँ । आइफेलको अगाडि रहेको ठूलो पानीको फोहरा भएको दृश्यलाई आँखाभरि बिछ्याएर आइफेल टावरलाई हृदयमा उभ्याएका थियौ । आइफेलको अगाडि रहेको ठूलो पानीको फोहरा भएको दृश्यलाई आँखाभरि बिछ्याएर आइफेलको आँगनमा आइपुगेका छौँ । आइफेल टावरको चार ठूलठूला स्तम्भ जमिनमा यसरी गाडिएका छन् कि ती आफै जमिनबाट उम्रिएका हुन् कि झैँ लाग्दथे ।
आजभन्दा करीब सवासय वर्षअगाडि तयार भएको यो आइफेलको भव्यता देखेर भित्र कताकता डर लागेजस्तो अचम्म लागेजस्तो भएर अनेकौँ अनुभूतिले छोपेजस्तो भएको थियो । अहिले हामी आइफल टावरको टुप्पाबाट तलतिर झर्दै गरेको लिफ्टको प्रतीक्षामा छौँ । हामी उभिएको छेउमा ठूलठूला पहेँला घ्याम्पाजस्ता मेसिन उठेर माथि आउन थाल्यो । यसरी आउँदा माथिका लिफ्ट तलतिर झर्दो रहेछ । त्यो दुई खन्डमा बाँडिएको लिफ्टमा झण्डै पचासजना जति पर्यटकहरू राखिदो रहेछ । त्यो स्वचालित लिफ्टलाई ठूलठूला फलाममा डोरीले तल झार्दै र माथि तान्ने काम गरिदोरहेछ ।

यसरी चारैतिरको स्तम्भबाट यस्ता लिफ्टहरूमा मानिसहरूलाई टावरको सेकेन्ड फ्लोरमा पु¥याइदो रहेछ । त्यसपछि अर्को सानो लिफ्टमा करीब बीस जनाजतिलाई टुप्पामा लागिदो रहेछ । निकैबेरको पर्खाइपछि हामी सेकेन्ड फ्लोरमा पुग्यौँ । त्यहाँ मानिसहरू खचाखच थिए । धेरै जसो फोटो खिच्नमा व्यस्त थिए । हामी पनि एकछिन फोटो खिचेर टुप्पामा जाने लिफ्ट चढ्न लाइनबद्ध भयौँ । झण्डै पैतालिीस मिनेटको प्रतीक्षापछि हामीले सानोे लिफ्ट चढ्ने सौभाग्य पायौँ ।
यतिञ्जेल म भावनामा नै डुबिरहेकी थिएँ । मनमा फ्रान्स भ्रमणको तयारीको नोस्टाल्जियाले वर्तमानको ढोका ढकढकाउन थाल्यो । क्रमशः सबै दृश्यहरू एकपछि अर्को गर्दै मेरो स्मृतिबिम्बमा उघ्रन थाले ।

फ्रान्स आउन म मनोवैज्ञानिकरूपले तयार थिइनँ । किनभने फ्रान्समा कोही नातेदार वा चिनजानको मानिस नहुनु यस्को प्रमुख कारण थियो । तर मित्र जया र विकलको बारम्बारको फ्रान्सको भिसा पनि जसरी भए पनि लिएर आउनू
भन्ने आत्मीय आग्रहलाई मैले नकार्न सकेको थिइनँ । फ्रान्सको भिसा लिनु मेरो लागि अत्यन्त बोझिलो काम भएको थियो । तर पनि साथीहरूको आत्मीय भावले लफ्रक्क भिजायो मलाई अनि त्यो बोझिलो काम पन्छाउन फ्रान्सको भिसा अप्लाई गर्न गोविन्ददाजु र गीताजीसँगै फ्रान्स एम्बेसी पु¥यायो मलाई । युके उड्नु पाँच दिन अगाडि हामीले भिसाको लागि पासपोर्ट एम्बेसीमा बुझाएका थियौँ । हामीलाई सोमबार पासपोर्ट दिने भनिएको थियो तर सोमबार नदिएर मङ्गलबार दिने भनियो । हाम्रो युकेको उडान बुधबार थियो । तर हातमा पासपोर्ट थिएन । मनमा अनेकौँ शका र उपशकाले धर्ना दिइरहेका थिए । मङ्गलबार बिहान फ्रान्सको भिसा हातमा परेपछि मात्र युकेजान पाउने सफलताले मनमा खुसीको पङ्खा लगाएर नाच्न थालेको थियो । हातमा भिसा लागेको पासपोर्ट परेपछि मात्र आफू वास्तविक रूपमा सपनाको सहर युके पुग्ने भए भनेर मनमा उमङ्गको बाँसुरी बज्न थालेको थियो । सबै साथीभाइ र इष्टमित्रबाट पाएको शुभकामनाहरू बाँसुरीको मिठो धून भएर कानमा गुन्जन थालेपछि मन रोमाञ्चित र हर्षित भएर नाच्न थालेको थियो । कहिल्यै बोइङ्ग नचढेको यो तन मन भावनाका अनेकौँ लहरले उचालिन र पछारिन थालेको थियो । बेलायत जाने भनेपछि नै मैले यो सम्बन्धि यात्रासस्मरणका केही थोरुै पुस्तक पढ्न थालेकी थिएँ ।

अहिले गीताजी र म लाइनबद्ध छौ । युके आएदेखि हामी एकछिन पनि छुट्टिएका छैनौँ । अहिले गफका विभिन्न च्यानलहरू फेर्दै हामी गप्फिन मस्त छौँ । आइफेल टावरको फलामको यो बनोट देखेर म यति मन्त्रमुग्ध हुन्छु कि कसरी यी यन्त्रहरूलाई एकअर्कामा जोडेर यत्रो भीमकाय मेसिन बनाउन इन्जिनियरहरू सफल भए होलान् । मनले विचारसँग दोहरी खेल्न थाल्यो । यतिधेरै वर्षसम्म ती फलामहरूलाई कसरी स्याहारसम्भार गरेर जतनले राखिएको होला भन्ने उत्सुकताले मनको पहाडलाई खोतल्न थाल्यो । फ्रान्सको भौतिक विकासमा यो आइफल टावरलाई उत्कृष्ट उदाहरण मान्नुपर्छ । यसले गर्दा आज फ्रान्सले पर्यटकक्षेत्रमा राम्रो प्रगति गर्न सकेको होलाझै लाग्यो मलाई । मैले आइफेल टावरसम्बन्धी अघिपछि केही जानकारी लिएकी थिएँ । यो टावर इन्जिनियर गुस्ताभ आइफलले सन् १८८९मा दुई वर्ष दुई महिना पाँच दिन लगाएर बनाएका थिए । वर्षको करीब ६ करोड मानिसहरू यो टावर को अवलोकनलाई आउँदथे । संसारको सातौँ आश्चर्य मध्ये एक पर्ने यो टावर फ्रान्सको मात्र नभई विश्वको नै ऐतिहासिक धरोहरको रुपमा स्थापित रहेछ । यसरी आइफेल टावर सम्बन्धि छोटो जानकारी मलाई थियो ।

म यो टावरको प्रत्येक सानासाना यन्त्रहरूमा आँखा डुलाउन पुग्छु । ती साना यन्त्रहरू यति धेरै मिलाएर राखिएका छन् म निकै अचम्मित बन्दछु । हामी टुप्पामा पुग्न लाइनबद्ध भएको छौँ । यस दोस्रो तलामा रेस्टुरेन्ट र केवीनहरू छन् । मानिसको सुरक्षाको लागि ठूलठूला तारको बार बनाइएको छ । भने प्रत्येक ठाउँमा कता जाने भन्ने विषयमा राम्ररी निर्देशन दिइएको छ ।

एकछिन पछि हामी लिफ्टमा चढ्छौँ । यो लिफ्टलाई चलाउन भित्र एकजना मानिस बसेका थिए । लिफ्ट माथि जानथालेपछि मनमा डरले बास लिएजस्तो भयो । सिसाबाट टाढा र मुनिका दृश्यहरू देखिइरहेका थिए । फलामका ठूलठूला विमहरूलाई छिचोल्दै लिफ्ट माथिजान थाल्यो । अहो यहाँबाट झरे कसरी तल पुगिएला? मानिसले यात्रामा मनको डरलाई निकालेर घरमा नै ताला लाएर हिँडेमात्र यात्राको वास्तविक मजा लिन सकिन्छ भन्ने आफ्नो मनको सिद्धान्तले आफैलाई सिँगारेर राखे आइफेल टावरको सौन्दर्यसँगै । त्यसपछि मन केही शान्त भयो ।

माथि पुगेपछि मलाई मेरो सगरमाथाको सम्झना भयो । वास्तवमा उचाइ भनेको उचाइ नै हो । मेरो सगरमाथाबाट पनि यस्तै दृश्य देखिएला जस्तो लाग्यो । आइफेल टावर र मेरो सगरमाथाबीच ठूलो भिन्नता थियो त्यो के भने मेरो सगरमाथा प्रकृतिको अनुपम उपहार थियो भने आइफेल टावर मानिसको उच्च बौद्धिकता र लगनीलताको प्रत्यक्ष उदाहरण थियो । टुप्पामा पुगेपछि लाग्यो म आइफल टावरसँग समाहित भएकी छु । म यसैभित्र हराएकी छु । सम्पूर्ण विश्वलाई आत्मास्वाभिमानको पाठ पढाइरहेको आइफल टावरलाई म यसरी पढिरहेकी छु ।

‘आइफल तिमी महान छौ । कसरी तिमी ससारलाई आफ्नो अस्तित्व कायम राख्दै सेन नदी र पेरिस सहरलाई आफ्नो भव्यता र सुन्दरताको परिचय दिइरहेका छौँ ।’ यो परिचय तिमीले त्यत्तिकै पाएका हैनौ । तिमीले कति लडाई लड्नुप¥यो होला यो परिचय दिन । तिमीले ठूलो सङ्घर्ष गरेका छौँ । आज लाखौँ पर्यटकले तिमीलाई आरोहण गर्दा पनि तिमी पटक्क विचलित भएका छैनौ । हो तिमीबाट हामीले धेरै कुरा सिक्नुपर्छ । एउटा सङ्घर्षशील, अपराजित मानसिकता, उत्कृष्ट कालगढीको सफल नमूना बनेर तिमी हाँसिरहेका छौँ । मलाई लाग्छ तिमी म हौ र म तिमी हुँ ।’
आइफलाई मैले यसरी पढेँ । मन असाध्यै रोमाञ्चित र उद्वेलित भएको थियो । मैले मेरा प्रिय मित्र जया र विकललाई सम्झे र धेरै धेरै धन्यवाद दिएँ । उनीहरूले आत्मीय आग्रह नगरेको भए आज म विश्वलाई आफ्नो आत्मस्वाभिमानको पाठ पढाउने आइफललाई आरोहण गरी आफूभित्र समाहित गर्न सक्ने थिइनँ हुँला । मलाई लाग्यो मेरा अघिका पूर्खाले यो आइफललाई हेर्न पाएनन् भनौँ सकेनन् । अब मेरा आउने पुस्तामा पनि कसैले हेर्न पाउला कि नपाउला मेरो मनले मनको तार लाई रेट्न थाल्यो मेरो जीवनले ठूलो मोक्ष पाएको राग अलाप्न थाल्यो । आज मैले विश्व प्रसिद्ध टावर आइफल टावरलाई आरोहण गरेकी छु । मेरो जीवनको लक्ष्य आइफेल टावरको अस्तित्वसँगै प्रतीकात्मक भएर मनभित्र उभिएको छ । मेरो मनमा अर्को आइफेल टावर बन्दैछ सघर्ष, अस्तित्व, लगनशीलता, साधना र आत्मस्वाभिमानको ।

म डुबिरहेको छु, आइफेलको भव्यतामा । जति नै आइफललाई पढ्न खोज्छु उति नै आफूले कम पढेझैँ लाग्छ । आइफलको भव्यतासँगै यसका निर्माणकर्ता इन्जिनियर गुस्ताभ आइफलको प्रतिबिम्ब मेरो आँखामा उत्रन्छ । जस्को फोटो टावरको ठाउँठाउँमा राखिएको छ । टावरको टुप्पामा एउटा केविनभित्र उनै इन्जिनियरको मूर्ति अहिले बोलुलाझँै गरी राखिएको छ । साथमा अन्य एक स्त्री र अको एकजना सहयोगीको मूर्ति पनि छ । मलाई लाग्यो प्रतिभा कला, लगनशीलताका पयार्यबाची बनेका तिनै इन्जिनियर गुस्ताभ आइफल नै टावर हुन कि भनेझै लाग्यो । यसरी मैले विभिन्न कोणबाट आइफललाई पढेँ ।

शब्दलाई आकृतिसँग संयोजन मिलाउन हामी फोटो खिच्न तम्तयार हुन्छौ । टावरको टुप्पामा धेरैजसो मानिस फोटो खिच्नमा नै व्यस्त देखिन्थे । टावरबाट पेरिस रहरको टाढाटाढाको दृश्यलाई आँखामा कैद गरेर राखेँ मैले । टुप्पाबाट देखिने सबै दृश्यलाई आँखा र मनमा समेटेपछि हामी तल झर्ने मनसायले सिढीबाट ओरालिन्छौँ । कहाँकहाँ धेरै तल मानिसहरू एउटा बिन्दु सल्बलाइझँै सल्बलाएका देखिन्छ । निकै तलझरेपछि चारवटा स्तम्भ जोडिएको एउटा ठूलो क्षेत्रफल भएको फराकिलो बजार जस्तोमा हामी आइपुग्छौ । यहाँ आइपुग्दा हामी टावरमा छौँे जस्तो पनि लागेन । यो एउटा व्यस्त बजारजस्तो लाग्यो । रुखबिरुवा फूलबारी भएको अनि ठूलो रेस्टुरेन्ट र सिनेमा हल भएको बजारजस्तो लाग्दथ्यो । हामी चारैतिर फनफनी घुम्यौ र फोटो खिच्यौँ । अघि माथि जाँदा हामीले यो भाग देख्न पाएका रहेनछौँ । अहिले हिँडेर आउँदा थाहा पायौँ । यसरी हिँडेर आउँदा राम्रो गरेको लाग्यो । अब फर्कनलाई सूत्र मिलाउन थाल्यौँ । अब हिँडेर जान निकै तल रहेछ । त्यसैले बरु लिफ्टबाट जाऊ भन्ने मनको तार मिलेपछि हामी लिफ्टका लागि लाइनबद्ध हुन्छौँ । केही बेरको प्रतीक्षापछि लिफ्टले हामीलाई सिधै फेदीमा पु¥यायो । हामी अहिले फेदीमा थियौँ ।

जैविक प्रक्रिया वास्तवमा मानिसको जीवनको अत्यावश्यक कुरामा पर्दोरहेछ । त्यसपछि मात्र भावना र अनुभूतिका कुरा आउँदारहेछन् । आइफेल टावरको भव्यताको अनुभूतिमा डुबिरहेको मनलाई अहिले भोकले आक्रमण गरिरहेको थियो ।
हरिहरमामाको बुहारी ज्योति अर्यालले टावरमा खान भनी झोलामा प्रेमपूर्वक राखिदिएको चिप्स र बिस्कुटले टावरमा लाइनबद्ध हुँदा नै मुक्ति पाइसकेका थिए । फेदीमा आएपछि सर्वप्रथम हामीहरूलाई शौचको समस्याले आक्रमण ग¥यो । आइफेल टावरको फेदीको छेउमा रहेको ट्याइलेटमा मानिसको लाइन निकै लामो थियो । मलाई अचम्म लाग्यो, दिनमा नै हजारौँ पर्यटक हेर्न आउने आइफेल टावरमा किन एउटा मात्र ट्याइलेट राखेको होलाजस्तो लाग्यो । यस कुरामा चाहिँ ध्यान नदिएको हो कि झै लाग्यो । हुन त अन्त पनि हुन सक्छ । शौचको कार्यलाई सुध्याइ गरेपछि हामी भोजनका लागि तडपियौँ । भाषाको अनभिज्ञताले हामीले आँखा अगाडिको सामान पनि किनेर खान सकेनौँ ।

निर्मलभाइले आइफेल टावरको प्राङ्गनमा छोडेपछि हामी आफै दिनभरि घुम्छौँ भनेर गफ हाकेका थियौँ नब्बेको स्पिडमा । अहिले ब्रेक लागेझै भयो । अब आइफेल टावरको अवलोकनपछि कता जाने भनेर सोच्दासोच्दै पानी पर्न थाल्यो । पानी छल्न सेन नदी माथि बनाइएको एउटा रेस्टुरेन्टमा पस्यौँ । के खाने ? उही भाषाको समस्याले हामी अलमलियौँ । र तुरुन्त बाहिर आयौँ । अहिले पानी रोकिइसकेको थियो । अब स्टीमर चढ्न दुई जनाको सल्लाह भयो । स्टीमर चढेर मानिसहरू घुमिरहेको देख्यौँ तर यो कहाँसम्म जाने हो, कति समय लाग्ने हो केही थाहा पाएनौ ? के गरौ त अझै मनमा अनिश्चितता बादल छ । अनिश्चितताको बादलमा मडारिदै बरु स्टीमर नचढौँ, नक्सा हेर्दै पेरिस गएर लुभ्र म्युजियम जाऔँ भन्ने हामी दुईको सल्लाह भयो । नक्सा हेर्दै, भाषा नबुझे पनि सोध्दै पेरिस गेटसम्म आइपुग्यौँ । पेरिस गेट आइपुग्दा सम्पूर्ण पार्टपूर्जा ढिला भइसकेका थिए । भोक थकान र हैरानले चुटेर हामीलाई लखतरान पारेको थियो । नजिकको एउटा बुकपसल जस्तो पसलमा सबै मानिस पसेको देख्यौँ । हामी पनि त्यतै पस्यौँ । यो पसल डिपार्टमेन्टस्टोर रहेछ । त्यहाँ पानी किन्यौ र एउटा सादा ब्रेड बोकेर बाहिरको फलैचाँमा बसेर निस्फिक्री खान थाल्यौ ।
अब भोकलाई हामीले पराजित गरिसकेका थियौँ । तर थकाइले चाहिँ जरो गाडेर शरीरका सम्पूर्ण पार्टपूर्जालाई समाएर बसेको थियो । गीताजीले पेरिस गेटको पारिपट्टि जाऔँ भनेर निकै चोटि भन्नुभयो तर म अलिकति पनि ढलमल गर्न नसक्ने अवस्थामा थिएँ । उहाँको तोलाको वचन खोलामा गएपछि आफ्नो भाउलाई घटाएर शून्यमा पु¥याउनु भयो र मेरो इच्छामा सम्झौता गर्न बाध्य हुनु भयो ।

ज्योति बहिनीले गीताजीलाई मोबाइल दिनुभएको थियो । अब हामीले त्यही मोबाइलबाट निर्मल भाइलाई बोलाएर घर जाने अन्तिम फैसला ग¥यौ । नभन्दै निर्मल भाइ र ज्याति वहिनी हामीलाई लिन आइपुग्नु भयो । बिहेको रमझमबाट समय चोरर हामीलाई लिन आउनुभएको थियो । हामीलाई घर पु¥याएर उहाँहरु फेरि बिवाह मन्डपतिर लाग्नुभयो । घरमा भात, दाल तरकारी सबै पकाएर तयार गरेर ज्याति बहिनी जानुभएको रहेछ । हामीलाई सबै कुरा देखाइदिएर भोक लाग्यो भने खानु है भनेर जानु भयो । अहो कस्तो आत्मीयता ! कत्रो प्रेम ! यो प्रेमको कस्तो परिभाषा होला ? ज्याति बहिनीलाई सोध्न मन लाग्यो । तर उहाँको बिवाहमा जनाउनुपर्ने हाजिरीको व्यस्तताले यो प्रश्नको दस्तावेज मेरै हृदयमा मात्र लेखियो । त्यो भोकमा त्यस्तो परिकारयुक्त भोजन देख्ता मेरो मनको हर्षले स्वर्गको विरचन गरिरहेको महसुस ग¥यो । मलाई लाग्यो मैले ठूलै धर्म गरेको रहेछु नत्र यो परदेशमा यो आत्मीययुक्त चौरासी व्यञ्जन पाउनु पेरिसजस्तो सहरमा इन्द्रको भाग्य नै मैले खोसेर लिएको हो कि झँै लाग्यो । हामी दुई भकाभकी मनमा खान इच्छाभएको खानेकुरा लिएर भोजनकक्षमा दाइँ गर्न थाल्यौँ । गीताजीले सुरुमा खरवुजा खाने इच्छा दर्ता गराउनु भयो मैले भने दाल, भाल, कुखुराको चाइनिज परिकारमा आफ्नो इच्छाशक्तिलाई सुदृढ बनाउँदै मैले सन्तुष्टिको मोर्चा कसेँ ।

धन्य ! ज्योति बहिनी, निर्मल भाई यो स्वर्गजस्तो देशमा इन्द्रको आसनलाई डगमगाउने धर्म तपाईँहरूले गर्नुभयो । कतै तपाईँले बली राजाले झैँ पाताल भासिनुपर्ने हुन्छ कि यो धर्मको ज्योतिलाई अलिक कम गर्नुभए घरको ज्योतिलाई अलिक राहत मिल्ला कि ?

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।