एउटा राम्रो र शानदार घर थियो । त्यस घरमा परम्परागत सरसामानदेखि लिएर आधुनिक समयमका सरसामानहरू थिए । त्यस घरमा ढिकी जाँतोदेखि टिभी, भिसिडी, भिडियो गेम, कम्प्युटर सबै थिए । सबै सामानहरू आ-आफ्ना ठाउँमा मिलाएर राखिएका हुन्थे । ती सामान सफासुग्घर पनि हुन्थे । आउनेजाने मान्छेहरू त्यो घरको चाँजोपाँजो र सरसफाई देखेर प्रसन्न हुन्थे । त्यस घरका दुई घरमुली बूढाबूढी सरकारी कार्यालयमा काम गर्दथे । उनीहरूको जागिरबाट धेरे तलब नआए पनि घरमा सबै सामानहरू भरिपूर्ण थिए । त्यो देखेर अरू मानिसहरू त्यस घरको प्रशंसा नगरी बस्न सक्दैनथे । त्यस घरमा एउटा रहस्यमय कुरा यो थियो कि राती सधै त्यहाँ देवीमाता आउने गर्दथिन् । ती घरका बूढाबूढी भद्र इमान्दार, मिहिनेती भएका हुनाले देवी माताले राति सबै सामान मिलाई दिएर खानेकुरा भरिपूर्ण गरेर जाने गर्दथिन् । यो कुरा कसैलाई थाहा थिएन । भन्नेहरू चाहिँ भन्ने गर्दथे कि साँच्चै भगवान्ले सबै पुर्याइदिएका होलान् ।
त्यस घरमुलीकी एउटी असाध्यै राम्री र ज्ञानी छोरी थिइन् । तर तिनको नङ टोक्ने नराम्रो बानी थियो । उनी सात-आठ वर्षी थिइन् । उनको भर्खरै नङ टोक्ने बानी बसेको थियो । उनको नङ टोक्ने आदतले उनको आमाबुबा र गुरुगुरुमाहरू पनि दिक्क हुनुहुथ्यो । कतिभन्दा पनि उनले नङ टोक्न छाडेकी थिइनन् । झन उनको बानी बढ्दै गएको थियो । स्कुलमा फुर्सद हुने वित्तिकै आफै उनको नङ मुखमा पुगिहाल्थ्यो । झन गुरुगुरुमाले उनको कुनै गल्ती देखाएर गाली गर्नुभयो भने त झन् टोकेको टोक्यै गर्दथिन् । घरमा पनि टिभी हेरेको बेला नङ टोकिहाल्दथिन् । आज मिसले उनलाई गल्ती नगरिकन नै पिटेको हुनाले झन नङ टोक्न मन लाग्यो । यसरी चित्त दुखेको बेला उनी झन् नङ् टोक्ने गर्दथिन् । उनी टिभी हेरेको बेला पनि झन् धेरै नङ् टोक्ने गर्दथिन् । अहिले पनि उनी टिभी हेरिरहेकी थिइन् । टिभीमा टम एण्ड जेरीको कार्टुन दिइरहेको थियो । उनलाई आफू पनि जेरीजस्तै भएर टम भएकी मिसलाई झुक्याउन पाए हुने जस्तो लाग्यो । यस्तो बेलामा त उनलाई झन् बढी नङ टोक्न मन लाग्दथ्यो । त्यहीँ समयमा उनकी आमा आउनुभयो र कराउनुभयो- "कस्तो नङ मात्र टोकेकी ! यसको बानी कहिल्यै हराउने भएन ।" त्यसपछि उनी झसङग भइन् ।
वास्तवमा उनले नङ त टोक्न नहुने नि । केहीदिन उनले नङ टोकिनन् । फेरि उनको हात मुखमा गईहाल्थ्यो । उनले नङ टोक्ता कतिपय पेटमा पुग्दथ्यो भने कतिपय थुक्दा कोठाभरि हुन्थ्यो ।
केहि दिनपछि उनी विमारी भइन् । विमारी भएर उनी ओछ्यानमा परिन् । विमारी भएर ओछ्यानमा सुत्दा पनि उनी नङ टोकिरहन्थिन् । उनले टोकेर फ्याकेका नङहरू कोठाभरि हुन्थे । राती उनी मस्त निदाएकी थिइन् ।
उनी निन्द्रामा थिइन् । निन्द्रामा ओछ्यानका वरिपरि टोकेका नङहरू उफ्रीउफ्रीझगडा गर्दै थिए । पेटभित्रका नङ पनि बाहिरसम्म सुनिने गरी बाझिरहेका थिए । उनलाई अचम्म लाग्यो । उनले ती स-साना बाझिरहेका नङलाई भनिन् - "तिमेरू किन बाझेका हँ । तिनीहरूले एकै स्वरमा भने हामीहरू यो घरमा राज्य गर्न सैनिक अध्भास गर्दैछौं ।
उनी छक्क परिन् अनि भनिन्- "ओहो ! तिमेरूले राज्य गर्यौ भने के हुन्छ हँ -"
उनीहरूमध्ये एकले भन्यो - "हामीले राज्य गर्यौं भने घरको खानेकुरा हामी राति नै सबै खाईदिन्छौं अनि तिमेरु भोकै हुन्छौं ।"
उनले पेटभित्रको नङलाई पनि सोधिन्
उनीहरूले पेटको आन्द्राभुँडी नै खाइदिन्छौ भने । यो सुनेर उनी चिन्तित् भइन् । खानेकुरासम्म खाइदिँदा त किनेर फेरि ल्याऔला तर पेटको आन्द्राभुँडी नै खाइदिँदा कसरी बाँच्ने - उनलाई पिर लागेर आयो ।
उनी चिन्तित् भइन् त्यही समयमा सधैँ राती आउने माता आइन र उनलाई अब यसरी नङ नखानू भनेर सम्झाइन् । यसरी नङहरूले राज्य गरे भने उनी पनि त्यस घरमा आउन नसक्ने रहस्य बताइन् । अहिलेसम्म उनले नै राति आएर त्यस घरको सफासुग्घर चाँजोपाँजो मिलाइदिएको रहस्य पनि बताइन् । उनलाई देवीमाताले भनेका सबै कुरा साँचो लाग्यो । उनले अब नङ नटोक्ने संकल्प गरिन् ।
उनी कतिखेर निदाइन् , उनले पत्तै पाइनन् । बिहान उज्यालो हुँदा उनले बेलुका देखिएका सैनिक नङहरू देखिनन् । मसिना नङहरूचाहिँ ओछ्यान वरिपरि छरिएका देखिन् । उनले आमालाई डाकिन् र भनिन् - " आमा, यी छरिएका सबै नङ बढालेर म फ्याक्छु । अबदेखि म कहिल्यै नङ टोक्दिन हैं आमा" उनको कुरा सुनेर आमा खुशी हुनुभयो ।
July 2, 2009
3
नङ टोक्ने केटी
8:34 AM
बालकथा, बालसाहित्य
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
3 comments:
nice story, in my child hood i love to read story.
हिजो आज त बुढो भैसक्यो अब त सुनाउनलाइ मत्र काम लाग्छ
मैले पनि आफ्नो छोरीलाई सुनाउने बिचार गर्दैछु (हुन त नङ टोक्ने बानी त छैन, तर यस्तो कथा सुनाउँदा अरु कुनै लत पनि छुटाउन सकिएला सायद ।
नङ तोक्नु anxiety को लक्षण हो सानो मा त के अली अघिसम्म म पनि टोक्थे
Post a Comment