प्रियतम,
मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू
जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म तिम्रो प्र्रेमको छहारीमा सुस्ताउन चाहन्छु । म तिम्रो प्रेमको स्वप्निल संसारमा डुब्न चाहन्छु । आऊ, तिमी र म भएर प्रेमको एउटा नयाँ परिभाषा दिऔँ अनि यो संसारले हाम्रो उदाहरणीय प्रेमलाई लिएर फेसनझैँ फेरिने प्रेमको घृणा गरून् अनि क्षणिक आसक्तिमा रमाउन तिरस्कार गरून् ।
हाम्रो प्रेममा विभिन्न बाधा अवरोधले तगारो हाल्न आउलान् र यो समाजले पनि सजिलै स्वीकार नगर्ला तर आऊ, अजर अमर हाम्रो अप्रमेयलाई युगौँयुग अनुकरणीय बनाउने प्रण गरौँ । म तिम्रो प्रेममा जीवन्त बाँच्न चाहन्छु । प्रत्येक श्वासमा तिम्रो प्रेमको आभासमा लिप्त हुन चाहन्छु ।
प्रेमको जति नौ भाव फैलाए पनि जति नै शैली लम्ब्याए पनि अनि जति नै शब्दले भराए पनि तिमीप्रतिको मेरो प्रेमाशक्ति भाव कमै हुन जान्छ । शाहजहाँ ले मुमताजका लागि मजनूले लैलाका लागि हिरले राझाका लागि अनि मदनले मुनाका लागि आफ्ना प्रेमिकाका लागि प्रेम जीवन्त बनाएजस्तै आऊ, हामी पनि एकआपसमा डुबौँ अनि रमाऔँ क्षितिजपारिको प्रेमिल संसारमा ।
तिम्रो र मेरो प्रेम आज हैन , बीस वर्षगाडि नै सुरु भएको थियो । त्यस बेला म भर्खर यौवनको खुड्किलामा चढ्दै थिएँ । त्यस समयमा मलाई कुनै अदृश्य शक्तिले तानिरहेको र म कतै हराइरहेको भान हुन्थ्यो । मलाई थाहा थियो त्यो आकर्षाको बिन्दु तिमी नै थियौँ भनेर । अचेतन मेरो मन कतै डोरिरहन्थ्यो । मलाई तिम्रो प्रेमको केही मात्रामा भए पनि आभास त थियो तर त्यसलाई आब्रति दिन सक्ने मेरो सामर्थ्य थिएन । तिम्रो र मेरो प्रेम फस्टाउन , फुलाउन हामी कतै एकान्तमा घुम्न जानुपथ्र्यो अनि हराउनुपथ्र्यो एकआपसमा । तर त्यो समय, त्यो समाजमा घर छोडेर छोरी मान्छेले एक्लै बाहिर कतै जानु भनेको अपराध गर्नु बराबर थियो । प्रेमको उजागर गर्नु भनेको आफ्नो हत्या आफैँले गर्नु बराबर थियो । यस्तै विवशता र बाध्यताले तिम्रो मेरो प्रेमको बीजारोपण हुन नपाउँदै कतै शून्यमा हराएर गयो ।
त्यसपछि मैले परिवेशको दास भई कतै एउटा सम्झौता गर्नुपर्यो । त्यो जीवनको अति महत्वपूर्ण निर्णयपनि थियो । त्यो निर्णय मलाई दाम्पत्य जीवनमा बाधिन बाध्य तुल्यायो । त्यसपछि म, तिमी र तिम्रो भावानाबाट धेरै टाढा पुगेँ । म आफ्नो वैवाहिक जीवनमा यसरी रुमल्लिएँ कि तिम्रो र मेरो आकर्षाको सूक्ष्म आभाससम्म मलाई भएन ।
वैवाहिक जीवनको गाडी चलि नै रह्यो । त्यसपछि मैले दुई छोरीका आमा हुने सौभाग्य पाएँ । म सानैदेखि आत्मास्वाभिमानी र स्वावलम्बी प्रवृतिको मान्छे थिएँ । यसै प्रवृतिले मलाई जागिर खुवायो अनि म स्वावलम्बी भई बाँच्न सक्ने बनायो । तर मान्छेले आफ्नो चाहना सत्यलाई पन्छाएर पनि बाँच्नुपर्दो रहेछ । जीवनका वास्तविक कतिपय यथार्थबाट म अनभिज्ञ रहेछु । म सामाजिक विसङ्गति विब्रतिबाट पीडित भएँ । म नारीहुनुको पीडाले थिचिएँ । म राष्ट्रियताको पीडाले निचोरिएँ र रुढीग्रस्त समाजदेखि विरक्तिएँ । हो, यस्तै पीडाले म तडपिएँ । म जीवनको सत्यको खोजीमा भौतारिएँ । मैले आफूले आफूलाई प्रत्रि्रश्न गर्न थालेँ, जीवन के हो अनि सत्य के हो - अनि आस्तित्वबोध के हो - मैले आपत्तिको यो अवस्थामा तिमीलाई सम्झन पुगेँ । तिमीबाहेक अरू कसैबाट सहारा पाउन सक्दिनथेँ । तिमी नै मेरो अस्तित्व जीवन्त राख्न सक्थ्यौ, सत्यलाई बोध गराउन सक्थ्यौ ।
म आफ्ना विगतका पानाहरू पल्टाउन थालेँ । संस्मरणका बहावमा म बग्न थालेँ अनि तिम्रो हृदयमा शरण लिन पुगेँ तर यो समाज, यो व्यवहारले तिम्रो र मेरो प्रेमलाई सजिलै स्वीकार गर्लान् त - स्वीकार गरे पनि कुन रूपले र कसरी गर्लान्, मलाई डर लागिरहेछ । मैले झण्डै छ सात वर्षघि छद्मनाम 'नीहारिका' प्रयोग गरी तिमीप्रतिको प्रेमासक्तिलाई उजगार गरेको थिएँ । तिम्रो गहिरो प्रेममा डुबेर मैले मेरो तिमीप्रतिको भावनालाई यसरी आकार दिएको थिएँ । त्यसको सबुत सप्रमाण म तिमीलाई यहाँ यसरी उपकथाबाट पेश गर्न चाहन्छु ।
असफल सङ्र्घर्ष
आज उसलाई हेर्न आउने भएका छन् केटापक्षहरू । अब उसलाई कुनै नौलोपना लाग्न छोडिसकेको छ । हेर्न र हेराउने कार्यक्रमबीच ऊ अभ्यस्त भइसकेकी छे । उसका अगाडि नाच्छन् लमतन्न परेको बैठक कोठामा कुँदेको सोफामाथि बेहुलो हुने केटो र छेउछाउमा एकदुइजना साथीहरू अथवा आमा, दाजु, भाउजू आदि । पाँच वर्षेखि उसको जीवनमा शृङ्खलाबद्ध रूपमा सम्पन्न हुँदै आएको कार्यक्रम हो यो । सुरुमा त ऊ डराएझैँ हुन्थी । ऊ सोच्थी अब विवाह भइहाल्नेछ र उसले माइतीघर सदाका लागि त्याग्नुपर्नेछ तर होइन रहेछ, यहाँ त दाइजो, रूप, घर रहनसहन आदिको मोलतोल भएर मात्रै जीवन गाँसिने रहेछ । त्यसैले अब उसको मस्तिष्कमा कुनै प्रतिक्रिया हुँदैन । मानौँ ऊ परिचित व्यक्तिसँग भेटघाट गरिरहेकी छ, साँच्चै हेर्न आउने प्रत्येक कालो, गोरो, मोटो, पुड्को कुनै पनि मानिससँग ऊ परिचित छे । किनभने हेरेर गइसकेपछि उनीहरू आफ्नो नकारात्मक धारणालाई विभिन्न फूलबुट्टा भरेर तेर्स्याइदिन्थे । ऊ यसलाई सहर्षस्वीकार गर्थी । त्यसैले आज फेरि हेर्न आउने पात्रको उत्तरप्रति ऊ ज्ञात छे ।
सोफामा सबै बसेका छन् । ट्रेमा चिया तयार छ तर बाहिरबाट 'ल्याउनूँ' भन्ने आदेश आएको छैन । चियाको बाफसँग उसको कल्पना उडेर निराशाको बादलमा ठोकिएर छताछुल्ल हुन्छ । त्यसै बेला बाहिरबाट 'चिया ल्याउनू' भन्ने हुकुम हुन्छ । नीता चिया लिएर जान्छे । परिचयको औपचारिकतापछि नीता भित्र पस्छे । केटो राम्रो, बोलक्कड र बान्की परेको थियो । उसको व्यक्तित्वलाई सुन्दरताले अझ उजिल्याइदिएको थियो ।
बैठक कोठाको छेउमा बाहिरको वार्तालाप सुन्ने गरी बसी, नीता । केटो स्वतन्त्र विचारको उच्च आदर्श र मर्यादाको पालना गर्ने खालको लाग्यो नीतालाई । केटो उसकै सहपाठी स्वरूपाको अफिसमा काम गर्ने रहेछ । ऊ स्वरूपाको भेटघाटको समयमा हराउन पुगी ।
स्वरूपा आफ्नो अफिसको दृश्य यसरी प्रतिविम्बित गर्दथी उसलाई । मिलेको नाकनक्सा, छरितो जीउ भएकी स्वरूपामाथि धेरै पुरुष सहकर्मीहरूका आँखा गाडिन्थे । चञ्चले स्वभाव र यौवनले उन्मत्त भएको जवानीमा ख्यालठट्टा र हँसीमजाकले थप सुन्दरता थपिदिन्थ्यो । अफिसको काम जिम्मेवारीपर्ूवक ननिभाए पनि उसलाई कुनै प्रतिक्रिया हुँदैनथ्यो । आफ्नो लापरबाहीलाई हाँसेर नै सबैको सामु मादकताको रसपान गराउँदथी । कतिले विवाहबन्धनमा बाँधिने प्रस्ताव पनि राखेका थिए । जति उसको सौर्न्दर्यमा निखार थियो भविष्यप्रति ऊ त्यति नै सजग थिई । विवाह भइसकेपछि अविवाहिताको जस्तो स्वतन्त्रपना नहुने र वैवाहिक बन्धनले आफ्नो चाहनालाई बाँध्ने हुनाले तुरुन्त यस कुरामा निर्णयगर्न सकेकी थिइन तर प्रब्रतिमाथि पुरुषको विजय भएजस्तै उसको जीवनमा पनि प्रेमको बीजारोपण भयो । कुनै एउटा सहकर्मीसँग होटल, पार्क, सिनेमाघर आदि घुम्न थाली स्वरूपा । सम्पूर्ण रमणीय स्थलहरूमा मगमगायो उनीहरूको प्रेमगाथा । प्रेमको थुँगा मालामा परिणत भइसकेको थियो । मात्र अब पहिरिन बाँकी थियो तर स्वरूपाले सो व्यक्तिको विवाह पहिले भएर पारपाचुके भइसकेको कुरा अन्त कतैबाट थाहा पाई । आफूसँग जीवनको यति गहिरो सत्यबाट टाढा राखेको हुनाले सो व्यक्तिप्रति स्वरूपालाई अविश्वास जागेर आयो । सोही अविश्वासले उनीहरूलाई धेरै टाढा पुर्याइदियो । त्यसपछि स्वरूपाले अर्कै अफिसको आफूभन्दा माथिको हाकिमसँग विवाह बन्धनमा बाधिई । स्वरूपाको कुरा उसलाई फिल्मको कथाजस्तै लाग्दथ्यो । छाती चरक्क चिरिन्थ्यो । कहाँ ऊ सोकेसमा सजिएर बिक्री हुन बसेकी गुडियाजस्ती, जसलाई ग्राहकहरू मोलतोल गरेर छोड्छन् भने कहाँ स्वरूपा जो आफ्नो जीवनसाथी बनाउन पुरुषहरूको मूल्याङ्कन गर्दथी । आफ्नो अभिशप्त जिन्दगीदेखि भागेर अन्तै जान मन लाग्छ नीतालाई, तर परिवार, समाज र संस्कार पहाड बनी छेकिदिन्छ । उसका अपहृत चाहनाहरू संस्कारको वेदीमा बलि दिइसकेका छन् । उसका उत्कण्ठा र भावनाहरू शून्यमा हराइसकेका छन् ।
नीतालाई फेरि बाहिर कोठामा बोलाइन्छ । केटा र नीताबाहेक अरू सबै हिँड्छन् । केटाले आफ्नो विगतका घटनाहरू भन्छ र व्यक्तिगत कुराहरू पनि भन्छ र नीताको बारेमा थोरै सोध्छ । छोरी मान्छेले थोरै बोल्नुपर्ने र लजालु स्वभावमा हर्ुर्किनुपर्ने संस्कारको अनुशासनलाई राम्ररी पालना गरेकी छे नीताले, अन्तिममा उसले आफ्नो पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भएको कुरा गर्छ । र यसै कारणले एउटी प्रेमिकाले धोका दिइसकेको हुनाले यसपटक उसले पहिले खुलस्त पारेको कुरा पनि भन्छ । नीता छाँगाबाट खस्छे । उसलाई असमञ्जसताको झोलुङ्गे पुलमा हल्लिएझैँ लाग्छ, रिंगटा लाग्छ । स्वरूपाको जीवनसँग भएको अपूर्ण कथा ऊसँग आएर पूरा हुन्छ भन्ने उसले सपनामा पनि सोचेकी थिइन । उसलाई लाग्छ स्वरूपाझैँ अस्वीकार गरिदिऊँ तर उसका इच्छाहरू बन्धकमा राखिएका छन् । स्वरूपाझैँ स्वतन्त्र विचारमा उड्न उसका पखेटाहरू काटिएका छन् । उसले विरोध गर्न ठूलो सङ्र्घर्ष गर्नुपर्नेछ र त्यो सङ्र्घर्षमा उसको पराजय निश्चित थियो । ऊ सङ्र्घर्षका लागि पाइला चाल्छे र बिस्तारै भित्र जान्छे । भित्र सबैजना आशा र निराशाका नजरले हेरिरहेका हुन्छन् । बढ्दै गएको आफ्नो उमेरसँग घट्दै गएको आमाको मायाले थकाइ मार्न चाहेको देखिन्छ । दाजु, भाउजू यसपाला त आफू दायित्वबाट मुक्त हुने सपना देखिरहेका हुन्छन् । सबैका आँखाले नीतासँग प्रश्न गरिरहेका हुन्छन् । सबैको चाहना र इच्छाले नीताको भावनालाई थिचिदिन्छ, किचिदिन्छ ।
नीहारिका
मैले यसरी छदमनामप्रयोग गरेको हुनाले कसैले पनि तिमीप्रतिको मेरो प्रेमोभावलाई थाहा पाउन सकेनन । तर होइन रहेछ समाज बन्धन अनि व्यवहारसँग डराएर कसैसँग प्रेमगर्न सकिँदैन रहेछ । एउटा निष्कपट विशुद्ध र स्वच्छ प्रेमलाई र्सार्वजानिक रूपले स्वीकार गर्नु पर्दोरहेछ नत्रभने त्यो प्रेमको भ्रुणहत्या हुन्छ भन्ने अवश्यभावी छ । त्यसैले मैले केही समयअघि नै हाम्रो प्रेमको शङ्खघोष गरिसकेको छु । जुन शङ्खघोष शुभमङ्गलका साथ प्रारम्भ भएको छ । म तिमी विनाको कुनै पनि क्षणको कल्पना गर्न सक्दिनँ । आऊ, एउटा दह्रो प्रतिज्ञा गरौ अविस्मरणीय मिलनको । तिमी मलाई तिम्रो विशाल हृदयमा राखेर शिवशक्तिझैँ एकीकार हुन देऊ अनि बाँच्न देऊ मेरो अस्तित्व, व्यक्तित्व र आफ्नोत्वलाई युगयुगान्तरसम्म ।
अन्तमा यस उपकथाकी नीता म स्वयम हूँ भन्दा मलाई यौटा फरक अनुभूति हुन्छ । त्यो तिमीले बुझ्यौ होला बुझ्नु पर्छ । हो, यस्तै धेरै उपकथाकी नीता हुँ म, जसले समाजका धेरै विकृति, विसङ्गति र वितृष्णाहरूसँग जुधेकी छे । पछारिइएकी छे र सङ्र्घर्ष गरिरहेककी छे । समाजमा रहेका यस्ता विब्रतिलाई म तिमी मार्फ देखाउन चाहन्छु । त्यसैले म तिमीलाई आफूभित्र साक्षात्कार बनाउन चाहन्छु । अनि तिमीभित्र आफूलाई समेटन चाहन्छु । म अवश्य यस कुरामा विश्वस्त छु कि हाम्रो मिलन अजर, अमर र अप्रमेय हुनेछ ।
तिम्रो हृदयमा समाहित हुन चाहने
उही तिम्रो पुरानी प्रेमिका नीहारिका
July 24, 2009
1 comment
सानो प्रेमपत्र प्रेमीलाई
11:40 AM
कथा
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
शर्मिला जी , हाम्रो दैनिक चर्याकै एक भाग जस्तो भएपनि लेखाइमा तागत छ । राम्रो लाग्यो ।
Post a Comment