November 13, 2009

मायाको क्यानभासमा

यो कथा कथोपन्यास 'क्यानभासमा कोरिएका कथाहरू'को एउटा श्रृङ्खला हो । कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग 'समयको क्यानभासमा' कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी । त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ । - लेखिका )
कथाकार दिवाकर नेपालीज्यू, तपाईँको कथा 'कल्पनाको क्यानभास'मा पढेँ । अद्भूत लाग्यो । तपाईँ कसरी अमूर्त कलालाई मूर्तता दिन सक्नुहुन्छ । प्रेमको अमूर्त कलाको उद्बोधलाई मैले मुरीमुरी धन्यवाद दिएँ । वास्तवमा प्रेम नै संसार हो, प्रेम नै इश्वर हो र प्रेम नै सत्य हो । प्रेम र समपर्णको त्यो सचित्र चित्रणलाई म कसरी व्याख्या गरूँ। मलाई खुसी लागेको छ । तपाईँले मजस्तो एउटा सामान्य नारीको समिप्यबाट यति सुन्दर रचना सिर्जना गर्नुसक्नुभयो । वास्तवमा तपाईँ महान हुनुहुँदो रहेछ । म पनि तपाईँको प्रतिभाबाट प्रभावित भएर आफूलाई यसैमा र्समपित गर्न खोजिरहेकी छु । तपाईँजस्तो कुनै पनि आफ्नो अनुभूतिलाई तुरुन्त कलामा उतार्न त म सक्दिनँ तर पनि पात्रको अुनभूतिलाई उनीहरूको भाषामा चाहि कोर्न सक्छु । भनौँ उनीहरूको भाषामा ब्यक्त गर्नसक्छु ।
तपाईँले कल्पना गर्नुभएको त्यो क्यानभासको अमूर्तकलामा मैले मेरा कथाहरूको बिम्ब पाएँ । त्यहाँ मैले मेरो अति प्रियवस्तुको प्रतिबिम्ब पाए । वास्तवमा त्यो अमूर्तकला प्रेमको एउटा अदभूत उद्बोधन हो । मैले भनि सकेँ म तपाईँ जस्तो अमूर्तकला सिर्जना गर्न त सक्दिनँ तर अहिले म मेरो मायाको क्यानभासमा दुइटा पात्रहरूको चित्र कोर्न गइरहेकी छु । कसरी उनीहरूको आकस्मिक मिलनले प्रेमको आकार लिएर विछोडमा परिवर्तन भयो भन्ने कथाको चित्रलाई मूर्तरूप दिन गइरहेछु । मेरो मायाको क्यानभासमा ती दुइ पात्रहरूको चित्र यसरी चलचित्र बन्छन् । अनि एक आपसमा भावनाहरू यसरी साटासाट गर्छन् -
प्रिय उपासक, म तिम्रै बाटो कुरेर बसिरहेकी छु । तिमीले छोडेर गएका तिम्रो बन्धकीरूपी प्रेमसँग म बाँचिरहेकी छु । मैले त्यसलाई मिल्काउन सकेकी छैन । तिमीले हामीबीच प्रेमको नौलो अनुभूति सिर्जना गरेर कतै हरायौ । मलाई थाहा छ तिमी अर्कै दुनियाँमा छौ त्यो संसारमा जहाँ साइबर युग छ । विज्ञानका सबै अत्याधुनिक चमत्कारहरू छन् । सायद तिमीले भुलि पनि सक्यौ होला - अठारौँ शताब्दीको दुनियाँमा बाँचेको प्रेमको अद्भूत अनुभूतिलाई । सायद तिमीलाई सम्झने फुर्सद पनि नहुन सक्छ । किनभने तिम्रो आत्मा नै विज्ञानका चमत्कारहरूमा साटिइसकेको छ । तिमी त निर्जीव रोबोटसरह मात्र काम गरिरहेका हुन सक्छौ । तर म तिम्रो प्रेमको वासना बोकेर हावामा, नदीमा, पहाडमा बाँचिरहेकी छु । तिम्रो प्रेम मैले नदीमा देखेकी छु । प्रत्येक पल तिम्रो मायाको सन्देश बोकेर- लाग्छ ती तिमीलाई खोज्न दौडिरहेका छन् । मैले तिम्रो प्रेम सूर्योदयको पहिलो किरणमा भेटेकी छु । ती किरणहरू तिम्रो उपस्थितिको दृश्य हेर्न भौतारिरहेको पाएकी छु । हावाहरू तिम्रो उपस्थितिको सुगन्ध खोज्न हिँडेको पाएकी छु ।
तर तिमी हरायौ - जसरी आकाशमा इन्द्रेणी आफ्नो अद्भूत सौर्न्दर्य छरेर क्षणभरमा नै अदृश्य बन्दछ । अनि आफ्नो सौर्न्दर्य र्छन फेरिफेरि पनि उदाउने गर्दछ । हो त्यसरी नै अहिले तिमीले एउटा प्रेमको सन्देश पठाएका रहेछौ । प्रिय उपासक, अहिले म त्यो सन्देश पढिरहेकी छु -

प्रिय मधुरिमा,
असीम स्नेह
दृश्यहरू बादलका टुक्रा भएर छरिदै, बटुलिँदै गर्दथे । हामी पनि बादलका टुक्रा भई उडिरहेका थियौँ । कतिखेर बादलहरू पहाडमा ठक्कर खाई हाम्रा कल्पनाहरूझैँ छतछुल्ल हुन्थे, हामीलाई थाहा हुदैन्थ्यो । प्रकृतिको मनोरमतामा तिम्रो उपस्थितिले थप सुगन्धको काम गरेको थियो । जीवनका कोलाजहरू हामी यतै कतै खोजिरहेका थियौँ । अनूभुति र विचारका आकृतिहरू भत्कदै बन्दै गर्दथे । हामी त्यसलाई जीवनको र्सार्थकतामा साट्ने प्रयास गरिरहेका थियौँ । प्रिय मधुरिमा, तिम्रो रूप र सौर्न्दर्यले एउटा नयाँ आयाम सिर्जना हुनसक्दथ्यो । त्यसमा डुबेको म स्वंयम्ं आफैलाई हराइरहेको पाएको थिएँ । प्रेमको एउटा नयाँ अनुमूति नयँ सिद्धान्त प्रतिपादन गर्न खोजिरहेका थियौँ हामीहरू ।
मलाई थाहा छ तिमीले वर्डर्स्वर्यको लुसी पढेकी छैनौ, देवकोटाको लुनी पढेकी छैनौ । तर म त बगिरहेको थिएँ- लुसी र लुनीमा । तिमी प्रकृतिमा रमाएकी सुन्दर फुल- तिम्रो सुगन्ध, तिम्रो सौर्न्दर्यमा पहिलो र्स्पर्श मैले गरेको छु । तिमी पहाडबाट बगेकी कञ्चन झरनाको पवित्रतालाई परावर्तित गरिाखेकी थियौ - मेरा आँखाहरूमा । तिमी र म हुनुको बीचमा झरनामा तिनै कञ्चन थोपाहरू साक्षी थिए ।
प्रिय मधुरिमा, तिमी र म बग्दै गयौं । झरनाको कञ्चन पानीमा हामी कहाँबाट कहाँ कुनआकृतिमा बग्यौं हामीलाई थाहा हुन सकेन । बग्नु नै हाम्रो नियति थियो । हामी फर्केर फेरि मुहानमा पुग्न सक्दैनथ्यौं । प्रिय मधुरिमा, न तिमी समयलाई बाध्न सक्थ्यौं, न म नै बाध्न सक्थे । समय बगिरहेको थियो । झरनाको पानी भएर मैले आफूभित्र तिमीलाई खोजे अनि तिमी भित्र आफूलाई । तिमीलाई गरेको प्रेमको परिभाषा खोजेँ । मैले बादलमा खोजेँ, झरनाको पानीमा खोजेँ, प्रकृति आफैले बनाएका सुन्दर पहाडहरूमा खोजेँ । प्रेमको नौलोनौलो परिभाषा यतैकतै पाएँ मैले । मैले र्स्पर्श गरे प्रेमको त्यो मीठो अनुभूतिलाई, मैले साक्षात्कार गरे प्रेमको त्यो सुन्दर आकृतिलाई, मैले आलिङगन गरे प्रेमको त्यो मूर्तिलाई र विराजित गरे हृदयमा कहिले अदृश्य नहुनेगरी ।
प्रिय मधुरिमा, तिमी सधै यस्तै प्रेमको प्रतिमूर्ति भएर बाँच्न सक्छौं - कतै तिम्रो सौर्न्दर्य शरदको चिसोले कठयाङ्ग्रिने त हैन अथवा कतै तिम्रो सौर्न्दर्यलाई ग्रीष्मको अविरल बषाले चुटेर रूपहीन पार्ने त होइन अथवा कतै बसन्तको हावाले उडाएर कतै पुर्याउने त होइन - प्रिय मधुरिमा, कतै तिमीप्रतिको मेरो प्रेम आकृतिविहीन, अस्तित्वविहीन भएर हराउने त होइन - किनभने जीवनका प्रत्येक वस्तु नाशवान छन् । कही यतैकतै हाम्रो प्रेम हराएर म भौतारिहरेको हुने त छैन - तिमी जीवन मात्र होइनौं, तिमी प्रकृति पनि हौ । प्रकृति कहिल्यै नाशवान हुन सक्दैन । अनुभूति कहिल्यै मर्न सक्दैन । कैयौँ प्राकृतिक दुःख खेपेर फुलेकी तिमी कहिल्यै र्झन सक्दिनौं ।
प्रिय मधुरिमा, त्यो दिनको दृश्य स्मरण गर्दै छु अहिले म । पर्यटकलाई स्वागत गर्न बसेकी तिमी सायद त्रि्रो हातको माला मेरो गलामा पहिरिन उत्सुक भइरहेका थिए होलान् । त्यसैले समय र परिस्थितिले तिमीले हजारौँ स्नेह र आस्थाका थुँगा मिलाएर उनेकी माला मेरो गलामा पहिरिन संयोग मिलेको थियो । सायद ती प्रत्येक थुँगाका सौर्न्दर्य मिलेर तिमी बनेकी थियौं । अलिकति प्रकृतिले आफ्नो सौर्न्दर्य तिम्रो रूपलाई अर्पित गरेको थियो क्यारे, अलिकति फुलहरूले अलिकति मेरा आँखाहरूले । तिमी शुक्लपक्षको चन्द्रमाझैं सौर्न्दर्यको मधुरो प्रकाश छरिरहेका थियौं । प्रकृतिको मनोरम गाउँ- तिम्रो रानीगाउँ । साँच्चै तिम्रो गाउँ सौर्न्दर्यकी खानी थिई । प्रत्येक सौर्न्दर्य पारखीकी मुटुकी रानी थिई । सायद सौर्न्दर्यपारखीलाई पनि मुस्किल पर्न सक्थ्यो - तिम्रो सौर्न्दर्य र तिम्रो गाउँको सौर्न्दर्यलाई तुलना गर्नेका लागि ।
र् पर्यटकहरूको स्वागतको भब्य तयारीमा जुटेको - तिम्रो गाउँ। आधुनिकताको नाममा एउटा एयरपोट र तारविनाको एउटा टेलिफोनबाहेक अरू कुनै कुरा भेट्न मुस्किल पर्दथ्यो । चारैतिर प्राकृतिक मुस्कानहरू छरिएका थिए । अनि व्यवहार र बोलीवचनमा निश्छलता, हार्दिकता र आत्मीयता थिए । कतै मिसावट थिएन । तर हामी सहरियाहरूमा विशुद्धता थिएन । हामी आफूआफू नै अविश्वास र अनास्थाका पुजारी थियौँ । हामीले हाम्रो व्यवहारको सिकार तिमीलाई बनाउन पुग्यौँ । हामीले त्यो दिन बेलुका तिमीमाथि आरोप र लाञ्छनाका बल्छी फ्याक्यौँ । तिमीलाई घाइते बनायौ“ । तिम्रो रूप र सौर्न्दर्यमा दोष र खोट मात्र देखायौं । राति कोठामा सुत्ने तरखर गर्दा कुनै एउटा साथीको केमरा र बहुमुल्य सामान भएको झोला हराउँदा हामीले त्यो दृष्कार्यको सम्पूर्ण जिम्मा तिमीमाथि थोपार्यौं । हामी सहरिया मानिस अमानवीय र अविश्वासी वातावरणमा हुर्केको मान्छे, तिम्रो पवित्र हृदयको मूल्याङ्कन नै गर्न सकेनौं । भोलिपल्ट तिमीले जब कतै बेवारिसे भइरहेको त्यो झोला सकुशल ल्याईदिएका थियौं तब तिमीप्रतिको मेरो विश्वास, आस्था र प्रेम चुलिएर सगरमाथा भएको थियो । हामी हिनताबोधले ग्रस्त भएका थियौँ । त्यसपछि मैले आफ्नो हृदयमा तिमीलाई राखेको थिएँ ।
प्रिय मधुरिमा, त्यसपछि रानीगाउँको प्रत्येक कुनाकुना हाम्रो प्रेमबाट परिचित हुन पुग्यो । म डोरिएको थिएँ तिमीसँगै, कहिले डाँडामा, कहिले सामुदायिक वनमा, कहिले झरनाहरूमा हामी रानीगाउँको प्रत्येक वस्तुसँग साटियौँ । कहिले मेरो शिर तिम्रो काखमा अलौकिक प्रेमानुभूतिको मीठो र्स्पर्शमा हुन्थ्यो भने कहिले तिम्रो शिर मेरो काखमा । दिनहरू घण्टामा बदलिन्थे , घण्टाहरू मिनेटमा बदलिन्थे र मिनेटहरू सेकेण्डमा । हामी पनि समयस“ग बदलियौं । हामी कहिले ठोसबाट तरल बन्यौं । कहिले तरलबाट ठोस बन्यौ.। कहिले वाफिएर हावा भएर अखण्ड ब्रहमाण्डमा विचलन गर्न पुग्यौं“ । फेरि तरल भएर ठोसमा परिवर्तन भयौँ । समय बलवान थियो । हाम्रो मिलन, हाम्रो ढुकढुकी र हाम्रो एकात्मकताभन्दा बलियो थियो । त्यसैले तिमीसँगको अलौकिक प्र्रेभानुभूतिको अविस्मरणीय भारी बोकेर म एक्लै र्फकनु परेको थियो । त्यो विछोडको पिडा सायद म शब्दमा वणर्न गर्न सक्दिनँ । सायद तिमी पनि क्षत विक्षत भएर टुक्रिएकी थियौं । त्यो पिडाले तिमीले आफ्नो खण्डित अर्न्तहृदयलाई मुस्किलले जोडेर मलाई विदा गरेकी थियौं ।
प्रिय मधुरिमा, अब म फेरि तिमीलाई उही रूप र सौर्न्दर्यमा फेरि कहिले, भेट्न सकुला - मलाई डर लाग्छ कतै तिम्रो मेरो मिलन अतीत बनेर हराउने त होइन - तर पहाड, बादल झरना साक्षी छन् - मैले तिमीलाई गरेको पवित्र र अमर प्रेमको कथा । सायद हाम्रो प्रेमको कथा प्रकृतिले सधैँ गाइरहनेछ ।
तिम्रो उपासक

प्रिय उपासक, तिमीले आफ्नो सन्देशमा धेरै कुरा लुकाएका रहेछौ नि † तिमी र म जङ्गलजङ्गल दौडदै गर्दा तिमीलाई सिस्नोले पोलेर कहालिएको कुरा त लेख्न नै बिर्सेछौ नि । फेरि हामी दुइ एकान्तमा हराउँदा कसैले थाहा पाउ“छ भनी र्सतर्क भएका कुरा र थाहा पाएँ कि भनी डराएको कुरा त भन्नै सकेनौ किन हो - हाम्रो मायासँगै फूल मात्र होइन काँडा र विषालु झारहरू पनि सँगै उम्रेका थिए । हामीले काँडा र बिषालु झार फाल्न धेरै मिहिनेत र युक्तिहरू प्रयोग गरेका थियौ। कतिपय ती युक्तिहरू सफल पनि भए र कतिपय असफल पनि भए । सफल हुँदा हामी हषिर्त हुन्थ्यौ र असफल हुँदा हामी चिन्तित । तर पनि हामी हाम्रो प्रेम विशुद्ध, कञ्चन र स्वच्छ हावामा फुलाउन सफल भएका थियौ“ । एकपल्ट तिमी मलाई भेट्न आउँदा खेतको कान्लाबाट पछारिएर तल पुगेको कुरा त खुलाएनछौ नि † किन हो बिर्सेछौ नि † त्यो बेला तिम्रो खुट्टा भाँचिएको भए के गर्ने भनेर म औधी डराएकी थिएँ। तर्रर् इश्वरको कृपाले तिमीलाई केही भएन । त्यो बेला तिमीले सबै कपडा भिजेर सुकाउनु परेको थियो । अनि तिमीले जङ्लका ठूलठूला रूखका पातहरूले आफ्ना गोप्य अङ्गहरू छोपेको कुरा लाजले होला खोल्न नै सकेनछौ नि † मैले त कुनै कुरा बिर्सेको छैन । सबै कुरालाई जीवन्त बनाएर हृदयमा साँचेर राखेकी छु ।
तिमीले मलाई त्यसबेला एउटा कविता पनि कोरेर कोशेलीको रूपमा छोडेका थियौ । उसबेला छोडेको कविता अहिले पनि मलाई कण्ठस्थ छ -
प्रिय मधुरिमा
तिम्रो माया फुल्नु थियो फुल्यो
तिम्रो माया खै कहाँ फुल्यो भनूँ -
तिम्रो माया फूलमा फुल्यो भनूँ भने
प्रत्येक रात अँध्यारोको डरले तडपनुपर्ने थिएन
तिम्रो माया माटोमा फुल्यो भनूँ भने
सुगन्ध र्छर्दै मुस्कुराउन कफर्यूको आदेश मान्नुपर्ने थिएन ।
तिम्रो माया बारुदमा फुल्यो भनूँ भने
तिम्रो मायाको आयु क्षणिक हो भन्न गाह्रो हुने थिएन ।
तिम्रो माया फुल्नु थियो ।
फुल्यो ।
त्यो स्वाभाविक थियो ।
तिम्रो माया पहाडमा फुल्यो क्यार †
त्यसैले तिम्रो मायाको सुगन्ध लिन हावाहरू बतासिइ रहेछन् ।
तिम्रो माया सागरमा फुल्यो क्यार †
त्यसैले नदीहरू बेजोडले भेट्न दौडिरहेछन् ।
तिम्रो माया सायद यतै कतै फुल्यो कि †
तिम्रो माया मेरो मनमा फुल्यो क्यारे †
त्यसैले मेरो मन तिम्रो मायाले भरिएको बेलुन भएर उडिरहेको छ ।
तिम्रो माया सायद मेरो तनमा फुल्यो क्यार †
त्यसैले मेरो तन तिम्रो मायाको बिद्युतीय तरङ्गले तरङ्िगत भइरहेको छ ।
त्रि्रो माया सायद मेरो भावनामा फुल्यो क्यार †
त्यसैले मेरो भावानाहरू अवरोधहरूका अविरल वषारलाई रोकेर
सप्तरङ्गी इन्द्रेणीझै हाँस्न सफल भइरहेछ ।
तिम्रो माया सायद मेरो चाहनामा फुल्यो क्यारे †
त्यसैले अवरोधका हजारौँ शिखर काटेर
गङ्गाझैँ अविरल बगिरहेछ ।
प्रिय उपासक, तिमी शिक्षित मानिस । तिमी एक्काइसौँ शताब्दीमा बाँचेको मानिस । तिमी जीवनको अनुभूतिलाई कलामा सिँगारेर बाँच्ने मानिस । तर म अठारौँ शताब्दीमा रुमलिएकी मसँग तिम्रो जस्तो अनुभूतिलाई कलामा उतार्ने खुबी छैन । म आफ्ना भावानाहरू प्रकृति मार्फ मात्र व्यक्त गर्न सक्छु ।
तिम्रो सन्देशले लाग्छ तिमी जसरी भएपनि हाम्रो प्रेमलाई जीवित राख्न अवश्य आउनेछौ । अहिले सम्म त्रि्रो मधुरिमा तिम्रो पर्खाइमा उही रूप, उही सौर्न्दर्य उही आत्माकाङ्क्षाका फूलले सजिएको माला बोकेर उभिइरहेकी छे , पर्खिबसेकी छे ।
प्रिय कथाकार दिवाकर नेपालीज्यू, मेरो मायाको क्यानभासका यी दुइ पात्रहरूको कथा पनि हाम्रो जस्तै मिलनपछि विछोडमा बदलिएको छ । हाम्रो मिलन त क्षणिक थियो । हाम्रो मिलनमा यति धेरै एकात्मकता, आत्मीयता र र्समर्पण थिएन । तर मेरो मायाको क्यानभासका यी दुइ पात्रहरूको प्रेम मीठो अनुभूतिमा डुबुल्की मार्दै उत्रर्दै गरेका छन् । त्यसैले यी दुइ पात्रको अवश्य भेट हुनुपर्दछ । यी दुइ पात्रलाई तपाईको अमूर्त कलाले कसरी व्याख्या गर्दछ म भन्न सक्दिनँ तर मेरी मधुरिमाले प्रेमको अदालतमा अवश्य न्याय पाउँनेछे भन्ने ठानेकी छु किनभने मधुरिमा उपासकविना सधैँ अधुरो र अपूरो रहन्छे ।
इटहरी ३मंसिर २०६४

सिर्जनशील सशक्त नारी हस्ताक्षर शर्मिला खड्का (दाहाल)

वाणी प्रकाशनमा सुनेको थिएँ- इटहरीको बालग्राममा पढाउने एकजना शिक्षिका हुनुहुन्छ साहित्य, बाल-साहित्यमा रुचि राख्ने । उहाँले वाणी प्रकाशनको सदस्यताका लागि रकम बुझाउनु भएको कुरा पनि सुनेको थिएँ । परन्तु त्यो रकम हामीकहाँ प्राप्त भएन, न त सम्बन्धित शिक्षिका नै आउनुभयो । समय आफ्नै किसिमले बगिरह्यो ।
एकदिन शर्मिला आफ्नो 'सानी' को पाण्डुलिपि लिएर वाणीमा आइपुग्नुभयो- के कस्तो छ भनी प्रतिक्रिया लिन र परिचय गर्न । उहाँको पाण्डुलिपि हामी बूढाबूढी (कल्पना प्रधान र म) ले राम्ररी पढ्यौँ । धेरै बेर छलफल गरेर हामी एउटै निष्कर्षा पुग्यौँ- यो बाल-उपन्यास अति राम्रो छ । आधुनिक प्रविधि र शैलीमा लेखिएको यस्तो उपन्यास नेपाली बाल साहित्यभण्डारमा अति आवश्यक छ ।
फेरि हामीले सल्लाह दियौँ- यो उपन्यास तुरुन्त छाप्नुहोस् । उनले स्वीकारिन् । आफ्नै खर्चमा छापिन् र बधाई छ उनको पहिलो सन्तानले साझा बालसाहित्य पुरस्कार पायो । उनको लेखनका निमित्त यो ब्रेक भयो । 'गरिमा'मा प्रकाशित उनको रचनागर्भमा उहाँले सानीको विस्तृत दिनुभएकै छ । अनि थाहा भयो- उनका आधा दर्जन भन्दा बढी बालउपन्यासहरू रहेछन् । ती सबै उम्दा र आधुनिक रहेछन् तर दराजमाथन्किएर बसेका रहेछन् । अझ थाहा भयो- उनी प्रौढ कथाहरू पनि लेख्दि रहिछन र ती पनि नराम्रो भन्न नमिल्ने रहेछन् । अझ जानकारी भयो - उनी सानीको सिरिज लेख्दै रहिछिन् । मैले स्वीकारेँ - हेरी पोर्टरको प्रभाव । तर उनले केही दिनमा नै अर्को पाण्डुलिपि ल्याइन्- सानी भाग दुइ अर्थात् 'सानीको साहस' । मैले विश्वास गरेँ - नेपाली साहित्यको जङ्गलमा कहीँकतै सुन्दर प्रतिभायुक्त फूल फुलेको रहेछ । अनि सोचेँ- यस्ता फूलहरू जङ्गलमा नै ओइलाउन नदिऔँ, त्यसमा मलजल हालौँ । ती फूलहरू कुनै व्यक्ति वा समुदायका नभई राष्ट्रका हुन् र राष्ट्र हामी सबैको हो ।
शर्मिला खड्का (दाहाल)को बाल-साहित्यलेखनको फरक अध्ययन हुनसक्छ । तर म अहिले उनको पहिलो कथा-सङ्ग्रह 'समयको क्यानभासमा' पढेर, सोचेर आफ्नो मन्तव्य लेख्न बसेको छु । पहिले स्पष्ट पार्न चाहन्छु- यो समालोचकीय टिप्पणी होइन । खालि परिचय, पृष्ठभूमि वा अर्न्तर्कथा हो ।
म लिङ्गभेद, विशेषतः साहित्य सृजनामा गर्न चाहन्नँ । तर पनि नेपाली महिला कथालेखनबारे केही प्रस्तुत गर्न चाहन्छु । यसको प्रारम्भ पनि 'शारदा' -१९९२ वि.स.) बाट नै भएको छ र तुषारमल्लिकाको कथा 'स्त्रीरत्न' ले प्रथम नेपाली महिलाको कथाको रेकर्ड राखेको छ । शारदामा महिलाहरू एक समूह नै आए जसले नेपाली कथालाई सशक्त रूपमा प्रारम्भ गरे । मोतीलक्ष्मी उपासिका एम.लक्ष्मी, वियोगिनी, श्रीमती सुशीला कोइराला, श्रीमती एम.पी.पी. शर्मा, सिस्टर इन्दिरा र बुना बरालहरूले प्रारम्भ गरेको महिला कथालेखनलाई २००० को दशकमा आफ्ना केही कथाहरू लिएर लोकप्रियादेवी जोशी उदाइन् । अर्की नारी कथाहस्ताक्षर श्री विद्यादेवी दीक्षित पनि यस समयमा आफ्ना केही पारिवारिक कथाहरू लिएर देखा परिन् जसको कथासङ्ग्रह भने धेरैपछि अर्थात् २०२० को दशकमा मात्र प्रकाशित भयो ।
श्री देवकुमारी थापा यही दशकमा बालमनोविज्ञानमा आधारित सशक्त, साहित्यिक मूल्यका कथा लिएर अगाडि आइन् । उनका हालसम्म पा“च कथासङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । भारतीय प्रवासी क्षेत्रमा लेख्खीदेवी सेवा, राधिका राया, अमृता क्षेत्री र नीलम प्रधानहरू पनि यही समयमा देखा परे ।
श्री प्रेमा शाहको उपस्थिति नेपाली कथासाहित्यमा भिन्न रूपमा भयो । मनोवैज्ञानिकताभित्र यौनजन्य भावनालाई प्रेमा शाहले अगाडि बढाइन्, जसका दुइ कथासङ्ग्रह २०२० को दशकमा आएर प्रकाशित भएका छन् । नारीअधिकार र चेतनालाई विषयवस्तु बनाई 'स्वास्नीमान्छे' की सम्पादिका शशीकलाको कथासङ्ग्रह उसको सुरुवाल २०१९ मा प्रकाशित भए पनि, कोसेढुङ्गाको रूपमा नारी जागरणलाई प्रस्तुत गरेकी छिन् । अर्की प्रगतिवादी मोड वा धारामा पारिजातले आफ्नो वर्चस्व कायम गरिन् । उनका प्रकाशित चार कथासङ्ग्रहले मानवीय संवेदना, नारीप्रेमका साथै नारीचेतनालाई सबल रूपमा प्रस्तुत गरेर आफ्नो प्रतिष्ठा कायम गरेकी छिन् ।
२०२० को दशक नारी कथालेखिकाहरूको उपलब्धिपूर्ण दशक रह्यो । नारीकथाकारहरूको यौटा सशक्त समूह नेपाली कथासाहित्यमा सबल रूपमा प्रवेश भयो । जसमा अङ्गुरबाबा जोशी, माया ठकुरी, भुवन ढुङ्गाना, बेञ्जु शर्मा, मञ्जु काँचुली, भागीरथी श्रेष्ठ, अनिता तुलाधर र पद्मावती सिंहहरू मुख्य छन् । यसमा अङ्गुरबाबा जोशीबाहेक अन्य लेखिकाहरू अहिले पनि कथालेखन र चिन्तनमा सक्रिय छन् ।
शारदा शर्मा र सीता पाण्डेको उपस्थिति २०३० को दशकमा महत्त्वपूर्ण रूपमा उपस्थित भयो । सीता पाण्डेको कथाले यौनलाई अझ बोल्ड रुपमा प्रस्तुत गरी आएको छ भने शारदा शर्माको अन्तरमनोविज्ञान उल्लेखनीय रहेको छ । २०४० को दशकको प्रारम्भ र २०४७ को महत्त्वपूर्ण राजनीतिक परिवर्तनपछि नारी कथाकारहरूको एक प्रतिभासम्पन्न टोली नै नेपाली कथासाहित्यमा आयो । कमसेकम नामको सूची यस्तो छ- किरण शाक्य, चन्द्रकला नेवार, राधिका राया, आइ सिंह, कमला खन्तावली, शान्ता श्रेष्ठ, भद्राकुमारी घले, रेवती राजभण्डारी, मीरा प्रधान रेम, कल्पना प्रधान, लीला श्रेष्ठ, कमला सरूप, हिरण्यकुमारी पाठक, वेदकुमारी न्यौपाने, सम्पूर्ण र्राई, पुष्पलता आचार्य, कमला र्राई, साधना प्रतीक्षा, सुधा बस्नेत, बाबा बस्नेत, सङ्गीता स्वेच्छा, कमला पराजुली, ललिता दोषी आदि । यस लामो सूचीमा गीता केशरी र दार्जिलिङको विन्द्या सुब्बाको आख्यानीय योगदान पनि सम्झनयोग्य छ । नामको यो सूची अझै लामो छ- सानुमती र्राई, किशु सिलवाल, सुधा त्रिपाठी, इन्दिरा प्रर्साई“, विन्दिया प्रधान, सुलोचना मानन्धर, लक्ष्मी उप्रेती, निर्मला पोखरेल, देवी शर्मा, बबिता बस्नेत आदि इत्यादि । नारी कथाकारको यो सूची लगभग ५० जनाको छ । धेरैको कथासङ्ग्रह पनि प्रकाशित छन् भने कतिपयको फाटफुट कथाहरू प्रकाशित भइआएका छन् ।
एक दशकदेखि बालकथा र स्तरीय प्रौढकथामा आफ्नो सृजनशीलतामा सक्रिय सबल र सक्षम श्री शर्मिला खड्काको पहिलो कथा 'समष्टि' (२०५५)मा प्रकाशित भएको थियो र त्यसपछि उनका कथाहरू बरोबर राष्ट्रिय तथा क्षेत्रीय पत्र-पत्रिकामा प्रकाशित भइआएका छन् । लगभग एक दशकको कथा-लेखनयात्रामा समर्पित शर्मिलाको मूल्याङ्कन, समीक्षा लेख्नु न हतार हुन्छ न अहिल्यै शर्मिलाले धेरै उत्कृष्ठ कथाहरू लेखेर धेरै माथि पुगिन् भनेर फुर्क्याउन वा प्रशंसा गर्ने पनि आवश्यकता छैन र म यसको विरोधी पनि छु । त्यस्तै प्रति पेज रु.१००० लिएर ७०/८० पेजको पुस्तकभन्दा ठूलो भूमिका लेखिदिने समीक्षक डाक्टर पनि म होइन । तर पनि नयाँ प्रतिभा वा नयाँ बिरुवालाई घामपानी दिने, गरेको कामलाई प्रोत्साहित गर्ने, सृजनशीलताको कदर गर्ने, साहित्यप्रतिको र्समर्पणलाई हामी सबै स्रष्टाहरूको कर्तव्य हो भन्ने म ठान्छु ।
शर्मिलाका २५ कथाहरू यसमा सङ्गृहीत छन् । यी कथाहरू पढेर आफ्ना केही राय वा विचार समष्टिरूपमा राख्छु ।

क) शर्मिलाका सबै कथाहरू समसामयिक आधुनिक चेतनाको प्रतिनिधित्व गर्छन् । अर्थात् यिनले नेपाली कथाको मूलधारलाई छाडेका छैनन् । आज सक्रिय, सिर्जनशील र नाम कमाएका कथाकारहरूको लाइन वा रेखामा सबै कथाहरूलाई लिएर शर्मिला खड्का उभिएकी छिन् ।

ख) शर्मिलाका कथाहरूमा नारी-संवेदना, नारी-पीडा, वेदना, चिन्ता र शोषणहरूको राम्रो तस्बिर पढ्न पाइन्छ । तर, नारी हुनुको कारणले मात्र ती लेखिएका होइनन्, सामाजिक यथार्थका प्रतिबिम्बहरू हुन् । तिनले सबै क्षेत्र, वर्ग, स्तरका नारीहरूको मनोभाव, बाँच्नुको पीडा र विसङ्गतिको घाउलाई प्रतिनिधित्व गर्छन् ।

ग) नारीवादी लेखन उनको पनि उद्देश्य हुन सक्छ तर नारी र पुरुष प्रकृतिका सुन्दर उपहार वा फूलहरू हुन्, तिनका बीचमा एक आपसमा शोषण हुनु हुँदैन, ती एक अर्काका परिपूरक अथवा सहयोगी भएर कर्मक्षेत्रमा अगाडि बढ्नुपर्छ भन्ने शर्मिलाको दृढ-विचार छ । नारीवादी लेखनका नाममा आएका उग्र क्रान्तिकारिता, विरोध र ज्वालाले नारी-पुरुषको प्राकृतिक, सामाजिक, आर्थिक र अन्य सबै सृष्टिकालीन सम्बन्धलाई समाप्त पार्छ भन्ने सोचाइ देखिन्छ ।

घ) शर्मिलाका कथाहरूमा विषयवस्तु, घटना र चरित्रको विविधता पाइन्छ । अर्थात् नेपालका पहाडी र तर्राई जिल्ला मात्र होइन, विश्वका उन्नत मुलुकहरू अमेरिका, अस्ट्रेलिया र जापानजस्ता विकसित देशमा पुगेका नेपाली चरित्रहरू पनि उनका कथाभित्र समेटिएका छन् । यसबाट उनका कथाको क्यानभास विश्वव्यापी ९न्यिदब० िर चिन्तन पनि साइबरमुखी छ भन्ने देखिन्छ । अनि द्वन्द्व र लडाइँका विश्वव्यापी चिन्ताको विषय पनि उहाँका कथाले छाडेका छैनन् ।

ङ) शर्मिलाको उमेर, शैक्षिक योग्यता, अनुभव, काम गर्ने स्कुल, साथीभाइ, परिवार र वातावरणले कथामा धेरै प्रभाव पारेको छ । यो नितान्त स्वाभाविक पनि हो । उहा“का समकक्षी धेरै साथीहरू यही परिस्थिति र वातावरणभित्र बाँचिरहेका अर्थात् जिन्दगी भोगिरहेका होलान्, तर शर्मिलाको अनुभूतिमा जुन तीव्रता छ, त्यसले उनलाई कथाकार बनाएको हो । यस्तो लाग्छ, कथा लेख्नु उनको विवशता र बाध्यता हो ।

च) कथाहरू पढ्दै जाँदा कुनै पनि पाठकलाई पट्यार लाग्दैन । एउटा खोलाको प्रवाह जस्तो हरेक कथामा stream of conscious अर्थात् चेतनप्रवाह छ, जो कथाको मुख्य शक्ति हो । यही शक्तिले कथालाई अन्य आख्यानात्मक तत्त्वबाट फरक राख्छ । त्यही फरक वा कथाबिन्दुलाई शर्मिलाका कथाहरूले टिपेका छन् ।

छ) नेपाली मध्यम र तल्लो परिवारका सामाजिक समस्या, तिनका घात-प्रतिघात, प्रेम र यौन, गरिबी र पीडा, बाँच्नुको सङ्घर्ष आदि नै उहाँका कथाका विषयहरू हुन् । यी दुइ वर्गले नै आजको नेपालको प्रतिनिधित्व गर्दछ । एक किसिमले समकालीन कथा भनेकै यिनै वर्गका विकृति, विसङ्गति, नियति, निर्णय निश्चयहरू हुन् । तिनको सम्यक् प्रतिनिधित्व प्रायः सबै कथाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरेका छन् ।

ज) शर्मिलाका कथाहरूको उद्देश्य सकारात्मक छन् कहीँकतै नकारात्मक, ध्वंसात्मक वा नचाहिँदो व्रि्रोहात्मक छैनन् । सामाजिक यथार्थ, संरचना र घटनाले बगाएर ल्याएका पात्र-पात्रा उहाँका कथाहरूभित्र अटाएका छन् । कुनै बनावटी, नक्कली वा कृत्रिम पात्र-पात्राहरू कुनै कथामा छैनन् ।

झ) आजको कथाले विधाभञ्जन गर्न खोजिरहेको छ, अर्थात् परम्परागत पर्खाललाई तोड्न खोजिरहेको छ । कथावस्तु, शैली वा प्रस्तुति, पात्र-पात्रा, चरित्रहरूमा मात्र नवीनता होइन कि अन्य विधाहरू जस्तो कि निबन्ध, कविता, गजल,वा अन्य विधाहरूलाई आफूभित्र आत्मसात् गर्दै कथा-विधा अगाडि बढ्न खोजिरहेको छ । आजको इन्टरनेट युगमा कथाले खोजेको जुन नयाँ हाँक वा प्रस्तुति छ, त्यसलाई शर्मिलाका कथाहरूले पछ्याएका छन् अथवा त्यस ट्रेन्ड (गति) लाई बुझेका छन् ।

ञ) अन्त्यमा कथाका भाषा सरल, सरस र रोचक छन् । पात्र-पात्राहरू त्यही जीवन्त वा व्यावहारिक भाषामा कुराकानी गर्छन् जो प्रचलित छन् । शर्मिलाका सबै कथामा नेपालीपन अर्थात् हाम्रो खास मौलिकता छन् भन्ने मलाई लाग्छ ।

ट) शर्मिलाका कथा, बालकथा र कविताहरू पढेको छु । तर यस क्रमलाई राख्नुपर्दा उहाँ पहिलो सशक्त बाल-साहित्यकार नै हुनुहुन्छ, त्यसपछि कथाकार र अनि मात्र कवि वा गजलकार । अहिलेसम्मको लेखन-ऊर्जा वा सृजना-क्षेत्र हेदा उहाँलाई बाल-साहित्यकार नै भन्नुपर्छ, अरू क्रमशः आउँछन् वा आउनेछन् । किनभने उहासँग थुप्रै वर्षरू बाँकी छन् ।
शर्मिला खड्काका कथाहरूमा भविष्यमा राम्रो कथाकार -बाल पनि) बन्ने धेरै सबल पक्षहरू छन्, अर्थात् उनी अहिले आसलाग्दो बिरुवा हुनुहुन्छ । उहाँले साधना गर्नुपर्ने, भोग्नु र लेख्नुपर्ने धेरै लामा वर्षरू बाँकी छन् । नेपाल राष्ट्रले, नेपाली समाजले उनबाट धेरै स्तरीय, राम्रा साहित्यिक फलफूलहरू पाउन सक्छन् । उहाँलाई प्रोत्साहन गरौँ, मलजल हालौँ, गोडमेल गरौँ भन्ने मात्र मेरो अनुरोध हो, यसलाई कसैले अन्यथा नलिऊँ । भोलिका सफल कथाकारको सूचीमा शर्मिला खड्का दाहालको नाम हाम्रा भावी-पुस्ताले पढ्न पाऊन्, यही मेरो हार्दिक शुभकामना छ ।

अन्त्यमा उनलाई अमेरिकी नेपाली साहित्यँ समाजले अनेसास सर्वोत्कृष्ट नारी हस्तक्षार 2005 र 2006 को स्व डिल्लीराम तिम्सिना स्मृति पुरस्कारदारा सम्मान गरेको छ । अथार्त उनी राष्टियवाट अन्तराष्टिय भएको छिन ।
उनमा देखिएको साहित्यिक उर्जाशीलता , लगन, प्रतिभा र अध्ययनको मूल्याकन गर्दा नेपाली साहित्यले आख्यान र बाल-साहित्यमा उल्लेखनीय योगदान पाउने निश्चित देख्छु । राष्ट समाजले उहालाई अझ बढी प्रेरणा, सहलियता र सुविधा दिनपर्छ भन्ने मेरो दृष्टिकोण छ ।
परशु प्रधान,विराटनगर २०६४ साउन
(कथासग्रह “समयको क्यानभासमा” को भूमिकावाट लिइएको हो )

पुनर्जीवित विगत

बागबजारको एउटा गल्लीमा उसले देखी - अधिवक्ता रमेश कु. शर्मा । बिस्तारै उसले कार साइड लाई अनि र्फमभित्र पसी । 'आवश्यकता नै आविष्कारकी जननी हो'- भन्ने कुरामा उसलाई आज विश्वास लाग्यो । नत्र भने काठमाडौँको यत्रा गल्लीहरूमा अधिवक्ता रमेश कु. शर्मालाई उसले कहिल्यै भेट्ने नै थिइन होला र सायद भेट्नका लागि यति धेरै प्रयास पनि गर्ने थिइन होला । उसको स्मृतिपटलमा मात्र रमेश कु. शर्मा थियो । तर आज विशेष प्रयोजनका लागि अधिवक्ता रमेश कु. शर्मालाई आविष्कार गरेकी थिई आफ्नै लागि ।
ल र्फमभित्र उसले सम्बन्धित मान्छे भेट्न सकिन । त्यसपछि ऊसम्बन्धी विशेष जानकारी लिएर घर फर्की । घर र्फकँदा निकै रात परिसकेको थियो । आलिशान महलअगाडि गाडी रोकी । निकै बेर हर्न बजाइसकेपछि एउटा बूढो मान्छेले गेट खोलिदिन्छ । गाडी ग्यारेजमा राखेर कोठामा पुगी । कोठामा उसका लागि खानेकुरा हटकेसमा राखिएका छन् । उसलाई खाने कुरा खान मन छैन । थकाईले शरीरका नशा-नशा शिथिल भएका छन । दिन त्यति गरम छैन तर पनि उसलाई विगतका रापले पोलिरहेको छ ।
यही घर हो, जहाँ आजभन्दा सातवर्षअघि उसको श्रीमान् श्री कामेश्वर लाल र ऊ कति रमाई-रमाई घरभित्र पस्दथे । गेटमा चौकिदारले ढोका खोलेर सल्युट मार्दथ्यो । अनि घरभरि नोकरचाकर कार्य विभाजनअनुसार काम गरिरहेका हुन्थे । इष्टमित्र आउने जानेको दोहारी झुत्ता हुन्थे । दिनहुँ जसो घरमा पार्टी गेटटुगेदर अनि मन्त्रीदेखि लिएर भन्सारको पालेसम्मको खातिरदारी हुन्थ्यो । तर आज यही घर भुतबङ्गला जस्तो भएको छ । यहाँ न आवाज छ न चहलपहल न त सजीवताको नै कुनै आभाष पाइन्छ ।
जति नै निराशता र एकांकीपनाले गाँजे पनि भौतिकवादी शरीरलाई उर्जाको आवश्यकता हुन्छ नै त्यहीमाथि ऊ ग्यासटि्रकको विमारी थिई । त्यसैले अलिकति खाने कुरासँग व्यवहारिक सम्झौता गरेर ऊ अधिवक्ता रमेश कु. शर्मासँग सर्म्पर्क गर्न पुगी । टेलिफोनमा नम्बर डायल गरी तर बिल चुक्ता नगरेको हुनाले डायल हुन सक्दैन । ऊ मोबाइल चलाउ“छे ।
'हेलो रमेश कु. शर्मा हुनुहुन्छ । ...... मलाई चिन्नुभएन....- तपाईँलाई राम्ररी चिन्छु .... तपाईँको घर धनकुटा होइन - म निशा हुँ .... म पनि धनकुटा की नै हुँ ।.... हामीले सँगै हाइस्कुल पढ्या हैन । ....अहिले म कोटेश्वरमा छु ..... । भोलि भेटौँ न एउटा जरुरी काम छ .... कहीँ एकान्तमा वा रेस्टुरेन्टमा..... हुन्छ ।'
ऊ वर्तमानको विश्लेषण गर्न पुग्छे - 'ओहो π रमेशले मलाई बिर्सिसकेछ । नबिर्सियोस् पनि कसरी - मैले पनि उसलाई बिर्सिसकेको त थिएँ नि π अहिले जीवनको बगाईमा यो भुमरीमा म नफसेको भए सायद सम्झने कोशिश पनि गर्दिन थिएँ होला । तर उसले कानून पढेर राम्रै गरेछ । नत्रभने यत्रो भुमरीबाट निस्कन म एक्लो अवलाले कसरी आँट गर्न सक्थेँ हुँला । जे भएपनि ऊ मेरो हितैषी मित्र, शुभचिन्तक र पुरानो प्रेमी सबै हो । निशा विगतका घटनाहरूमा आफूलाई पर्छार्न पुग्छे - आहा π ती दिनहरू कति रमाइला थिए । रमेशले मलाई कति मन पराउँथ्यो । म पनि बिछट्टै राम्री थिएँ । मेरो रूप देखेर मोहित नहुने सायद कोही थिए होलान् । जो सुकैस“गको पहिलो भेटमा मेरो रूपको प्रसंशा भइहाल्थ्यो । म वास्तवमा नै राम्री छु कि छैन भनेर ऐना हेरिरहन्थेँ । अनि आफैँलाई देखेर लाज लागेर आउँथ्यो । सायद मलाई भगवान्ले फुर्सदमा नै बनाएका थिए होलान ।
ममा सौर्न्दर्यको अभिमान बढ्दै गयो उमेरसँगै । रमेश एउटा मामुली गाउ“ले केटो त्यो पनि साधारण परिवारको, उसलाई आफ्नो यत्रो सौर्न्दर्यको भण्डार सुम्पन म तयार थिइनँ । मेरो सौर्न्दर्य पहाडमा फुल्ने लालीगुँरासझैँ अदीप्य थियो भने रमेश लालीगुरा“सको सौर्न्दर्यमा आशक्त प्रेमी उत्तीसझैँ । भर्खर यौवनको खुड्किलोमा टेक्तै गरेको रमेश मप्रति अति नै भावुक थियो । ख्याल ठट्टामा आफ्नो असीमित प्रेमको प्ररदर्शन गर्न पछि पर्दैनथ्यो । म भने उसका कतिपय गम्भीर कुराहरूलाई हावामा बेलुन उडाएझैँ उडाइदिन्थेँ । अझ..... मेरी दिदीको विहेमा उसले हामीलाई कति सहयोग गरेको थियो । त्यो दिन मैले साडी लाउँदा सायद उसको नजर अन्त गएको थियो । हरसमय छायाझैँ मेरो समीपमा बस्थ्यो । बिहेमा दिदीको काका ससुराको छोरा दिलीपले मलाई देखेपछि मेरो भाग्यको नयाँ रेखा कोरिएको थियो । सहरमा बस्ने दिलीपसँग केटी पट्याउने कला प्रशस्त थियो । ऊस“ग मेरा धेरै साथीहरू पनि लट्ठ परेका थिए । तर ऊ भने मप्रति आकषिर्त भएको थियो । सबैको रोजाइ दिलीपले मलाई राजेको देख्दा म पनि गर्वित भएको थिए“ । विहेको दिन दिलीप र मेरो ख्याल ठट्टा बढेको देखेर रमेश निराश भएको थियो । झन्डै उसले दिलीपसँग झगडा पनि गरेको । विहे पश्चात् दिदीको घर जानेक्रममा दिलीपस“ग मेरो सम्बन्ध बढ्दै गयो । दिलीपले आफ्नो जिन्दगीको उद्देश्य प्राप्त गरेको कुरा व्यक्त गर्यो । एनजिओ मा काम गर्ने आकर्ष व्यक्तित्वको धनी दिलीपलाई पाउँदा मैले पनि आफूलाई भाग्यमानी ठानेकी थिएँ । हाम्रो सर्म्पर्क वैवाहिक जीवनमा बाधिएर टुगियो । त्यस पश्चात् रमेश पनि काठमाडौ पढ्न गएको थियो ।
तर मेरा खुसीका दिनहरू धनकुटाको भीरपाखा र हाटबजारमा, तल्लोकोप्चे र माथ्लोकोप्चे अनि सल्लेरी वनमा मात्र सीमित लेखिएको रहेछ । विहे पश्चात् खै मैले वास्तविक खुसी र सुख पाउन सकेँ - ... यी खुसी र यी भौतिक सुविधा र विलासिताका साधनहरू मात्र देखावटी र बनावटी हुन्.. †
विगत र आगतको छाया उसको मस्तिष्कमा सल्बलाइरह्यो । सदाझैँ उसले निन्द्राको गोली लिएर निन्द्रादेवीको शरणमा परी ।
होटल सिटी प्लाजा अगाडि उसको भेट अधिवक्ता रमेशसँग भयो । चिनारीको नवीकरणपछि उनीहरू होटलभित्र पसे ।
रमेशले कुराको चोइली पस्कन थाल्यो किनभने पेसाले वकिल भएकाले ऊ बोल्न निकै खप्पिस थियो ।
"निशाजी, यत्तिका समयपछाडि तपाइँसँग भेट होला भन्ने सोचेको थिइनँ । खैर.. भेट भइहाल्यो के छ भलाकुसारी अनि यो सेवकलाई आदेश ।"
निशाको रमेशप्रतिको सोचाई अग्लिदै गयो । रमेश काठमाडौ आएर वकिल भएपछि परिवर्तन भइसक्यो होला भन्ने सोचेकी थिई । तर होइन रहेछ.. उनको सोचाइमा तुषारापात पर्यो । रमेशको व्यवहारबाट केही क्षण भएपनि आफ्नो वेथा हलुङ्गो भएको महसुस भयो उसलाई ।
"हेर्नोस्, तपाईँले साथी रमेशलाई भेट्न चाहनुभएको हो कि वकिल रमेश कु. लाई मैले पहिला यही“ बुझ्नुपर्ने हुन्छ । अनि तपाईँको घरव्यवहार कस्तो चल्दै छ । निकै पैसा कमाउनुभएजस्तो छ नि ।"
निशालाई आफ्नो विगत खोल्न मन छैन तर पनि ऊ बाध्य छे । उसले विगतको पाना नखोली आगतमा बाँच्न सक्ने स्थिति छैन ।
"भन्छु, रमेशजी ˜ ˜ तपाईँलाई सबै भन्छु । यो निशा गाउँकी त्यो चञ्चले र पवित्र केटी होइन । यो निशाले बाग्मती खोलाजस्तै सहर पसेपछि आफूसँग धेरै फोहोर मैला समेटेर ल्याएकी छ । त्यही दुषितताबाट पार पाउन मैले तपार्इ“को शरण मागेकी हुँ ।" ऊ भावुक हुँदै भन्न थाली -
"सायद स्त्रीको सौर्न्दर्य नै उसको शत्रु हुँदो रहेछ भन्ने कुरा सही रहेछ । मेरो यो अपूर्व सौर्न्दर्यले मलाई यो स्थितिमा पुर्यायो । मैले सौर्न्दर्यको घमण्डले गर्दा तिमीजस्तो असल मित्रको हृदयमा ठेस पुर्याएँ । सायद यसकै परिणति होला मेरो जिन्दगी ।"
"भैगो निशाजी, आफूलाई यति दुःखी नबनाउनोस् । यो सब समयको प्रभाव हो र भाग्यको खेल । ... अनि खोइ तपाईँको पति -"
"उसको कुरा नगर्नोस् रमेशजी, ऊ नै मेरो सुखी जीवनको खलनायक हो । म तपाईँलाई सविस्तार सबै भन्छु । दिलीपसँग मेरो विहे हुँदा म कति खुसी थिए“ । उसको एनजीओ.मा जागिर थियो । ऊ पनि मजस्तो सुशील र सुन्दरी पत्नी पाउ“दा खुसी नै थियो । हाम्रो दाम्पत्य जीवन रमाइलोसाथ बित्दै थियो । तर एउटा छोरी जन्मे पश्चात् उसको एनजीओ.को जागिर खुस्क्यो । त्यस पश्चात् हाम्रो जीवनमा अनेकौ“ मोडहरू आए । धेरै ठाउँमा जागिरको लागि प्रयास गर्दा पनि नपाएपछि हामी बिराटनगरबाट काठमाडौँ आयौँ । काठमाडौँमा पनि जागिर नपाएपछि बाच्क्रममा हामीले मम र डि्रङ्कस्को पसल खोल्यौँ । त्यसबाट जीविका चल्दै गयो तर दिलीपको डि्रङ्क गर्ने आदत बस्यो । उसका साथीभाइहरू पनि त्यसैअनुसारका हुन थाले । एकदिन उसको साथीले मलाई फाइव स्टार होटलमा जागिर लाइदिने कुरा गर्यो । फाइवस्टार होटेलको क्यासिनोमा धेरै मेहनत गर्नु नपर्ने तलब र फाल्टो टिप्स पनि हुने लोभमा उसले मलाई क्यासिनोमा होमिन बाध्य बनायो । घरमा पसल चलाउने मान्छे थिए । त्यसैले दिउँसो घरमा रेखदेख गरेर बेलुका क्यासिनोमा जाने गर्दथेँ। बेलुका ५ बजे गएर बेलुका एघार बजे र्फकन्थेँ। बिस्तारै पसलको हरहिसाब हर्ेन मलाई फुर्सद हुन छोड्यो । दिलीपको डि्रङ्कस्को साथसाथै केटी खेलाउने र तास खेल्ने बानी बस्यो । मलाई दिलीपप्रति वितृष्णा जाग्न थाल्यो । ऊ म भन्दा बढी मेरो पैसासँग आकषिर्त हुन थाल्यो । मैले कति सम्झाउँदा पनि उसले केही सुनेन । मैले मेरा सपनाहरू टुक्रेर चकनाचुर भएको देख्न थालेँ । मेरो सुखद संसारमा कालो ग्रहण लागेको अनुभव गर्न थालेँ । मैले छोरीलाई राम्रो शिक्षा दिन राम्रो स्कुलमा बोर्डस गरिदिएकी थिएँ। मेरो अनुहारमा हाँसो हराउन थाल्यो । ऊ छोरीप्रति कुनै चासो राख्दैनथ्यो ।
समयको क्रमसँगै मेरो कामेश्वरलालस“ग परिचय भयो । ऊ क्यासिनोमा जुवा खेल्न प्राय आउने गथ्र्यो । ऊ मलाई विशेष चाख दिइरहन्थ्यो । एउटा सुन्दरीलाई सबैले हेर्नु म सामान्य मान्दथे । तर उसको हेराइ सामान्यबाट असामान्य हुँदै गयो । एकदिन जाडोको दिनमा उसले मलाई गाडीमा घर पुर्याइदिने प्रस्ताव राख्यो । मैले नकार्न सकिन“ । उसको औकात हेर्दा धनाढ्य नै देखिन्थ्यो । यसरी पुर्याउने क्रम बढ्न थाल्यो । हामी रेस्टुरेन्ट, पार्कहरूमा घुम्न थाल्यौ“ । ऊ धनी बाबुको छोरो थियो र घरमा बाबुसँग झगडा गरेर काठमाडौँ आएको र यहाँ भौँतारिरहेको कुरा मलाई भन्दथ्यो । अनि ऊ सहाराको खोजीमा थियो । म उसको बलियो सहारा हुन सक्थेँ । दिलीपप्रतिको वितृष्णाले मलाई उसँग नजिक्याउँदै लग्यो । एकदिन दिलीपले यो सब थाहा पाएर पौरुषत्व देखायो । र म माथि कुटपिट गर्यो । मैले पनि सहन सकिनँ र दिलीपलाई सधैँको लागि छोडेर कामेश्वरसँग विवाह गरेँ । विहेपछि उसले मेरो नागरिकताबाट घरजग्गा किन्यो । मलाई आलिशन महलको मालिक्नी बनायो । काठमाडौँमा डेरा खोज्दै भौतारिएको मेरो आत्माले सन्तुष्टिको आभास पाएको थियो । म वास्तविक सुख पाएँ भनेर गद्गद् थिएँ । उसले बिस्तारै बैङ्कबाट ऋण लिएर फ्याक्ट्रीहरू खोल्यो अनि इम्पोर्ट र एक्सपोर्टको व्यापार गर्न थाल्यो । उसले मलाई रानीले पाउने सुखसुविधा दिएर राखेको थियो । मेरालागि कार, मोबाइल सम्पूर्ण सुविधाहरू थिए । मैले प्रयोग गर्ने परफ्युम, व्याग, लुगाकपडा सबै विदेशबाट मगाइन्थे । ऊ मलाई फिल्ममा खेल्न पनि सल्लाह दिन्थ्यो तर मैले मानिनँ। उसको माया र भौतिक सुविधाले म तृप्त थिएँ । त्यसबेला संसारका सारा खुसी र सुखसयल मेरा पोल्टामा छन् भन्ने सोच्दथेँ । बेला बेलामा दिलीप मलाई व्ल्याकमेल गर्दथ्यो । म केही रकम दिएर पठाउथे । छोरी मैले नै पढाइरहेकी थिएँ । कामेश्वरले के काम गर्छ भनेर म सोधीखोजी गर्दिनथे । उसले पनि 'तिमीलाई नचाहिदो वर्डन हुन्छ' भनेर भन्ने गर्दथ्यो । तर उसले सबै व्यापार मेरै नाममा गरेको थियो ।"
"अनि त्यस्तो सुखमय जीवन के भएर भत्कियो निशाजी -"
त्यसपछि केही वर्षहामी सुखसाथ बस्यौँ । दिलीपले पनि सुसाइट गर्यो । किन गर्यो भनेर चासो राखिन“ । पुलिसले दुःख दिन खोजे तर पैसाले मुख बन्द गरिदियौँ ।
"आजको यो स्थिति आउँला भनेर मैले कल्पना नै गरेको थिइन“ । नत्र भने बेलामा नै म र्सतक भएर कारोबार हेर्थे हुँला । जब मेरो हातमा फ्याक्ट्री, घर लिलाम हुने पत्र पर्यो, तब म वास्तविक धरातलमा पछारिन पुगे“ । कामेश्वरले मेरा लागि गरेका सबै कुरा वनावटी मात्र रहेछन् । उसले कमाएको फाइदा जति सबै घरमा पुर्याइसकेको रहेछ । फ्याक्ट्री घाटामा गएको भनेर मस“ग विशुद्ध झुटो बोलेर पन्छियो । यसै निहुँमा हाम्रो झगडा भयो । त्यसपश्चात् ऊ घर छोडेर कहाँ गयो मलाई खबर नै गरेन । उसले बैङ्कबाट यति धेरै ऋण लिएको रहेछ त्यो तिर्न मेरो नामको सबै सम्पत्ति बेचेर पनि पुग्दैन । अब म प्रायश्चित्को आगोमा जल्नु सिवाय केही छैन । यसरी जिउँदै मर्नुको बदलामा लाग्छ मरिदिऊ तर छोरीको भविष्यको पिर लागेर आउँछ । यस्तो स्थितिमा मलाई तपार्इँले नै पार लाउनु हुनेछ भनेर आशा राखेकी छु ।"
"ओहो˜˜, निशाजी अहिले आएर मैले कुरा बुझेँ तपाइ“ले वकिल रमेश कुमारलाई खोज्नु भएको रहेछ भनेर । म त तपाइँको यत्रो सुखमय जीवन देखेर आनन्दित भएको थिएँ । तर यो सब सुनेर दुखी भएको छु । मेरालागि तपाइँ उही धनकुटाकी सरल र चन्चल निशा हुनुहुन्छ । यो सबका लागि चिन्ता लिनु पर्दैन । म सबै कुरामा वकालत गर्नेछु । पहिला कागजपत्र हेरौँला । तपाइँको जीवनलाई मुक्ति दिलाउनेछु । सहरको प्रदुषणसँगै भएको तपाइ“को छविलाई म स्वच्छ र सुन्दर बनाउने छु । बस यसको लागि तपाइँको सहयोग चाहिन्छ । गंगा सधैँ पवित्र हुन्छ चाहे त्यसमा मानिसले जतिसुकै फोहोर पानी भएपनि निशाजी । म तपाईँको लागि अधिवक्ता रमेश नभई रमेश मात्र पनि हुनसक्छु ।"
रमेशको कुरा सुनेर निशा एकोहोरो टोह्लाईरही । उसले वास्तवमा नै संसार विचित्र देखी । जहाँ दिलीप, कामेश्वरजस्ता पाखण्डी र चरित्रहीनले राज्य गरिरहेको ठाउ“मा रमेश जस्तो पवित्र हृदय भएको चरित्र पनि भेटिँदो रहेछ भनेर । विगतका घटनाले उसका आगतका सम्भावनाहरूलाई अल्झाइरह्यो ।

November 6, 2009

नियतिले जन्माएको कुण्ठा

छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिन्छु । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै विमारी हेर्ने कुरा बताउँछ । उक्त ब्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्दछ । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक सस्कारलाई मपनि चाट्न पुग्दछु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हेर्यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षघिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई स्लाइन पानी दिनुपर्ने भयो दिइयो पनि ।
स्लाइनको पानीको थोपासँग म आफ्नो अतीत बगाउन पुग्दछु । मेरो जीवनले दश वर्षो साउने झरी बगाइसकेछ । प्रज्वल उही ब्यक्ति हो जसलाई म क्याम्पसमा मन पराउँदिनथेँ । ऊ आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर मलाई रिझाउन खोज्दथ्यो । तर म उसको छायासम्म मन पराउँदिन थिएँ । ऊ साधारण परिवारको साधारण ब्यक्तित्व भएको थियो भने म उभन्दा निक्कै सम्पन्न परिवारको र रूपवती थिएँ । उसँग मेरो तुलना नै हुन सक्दैनथ्यो । उसले कुनै उपाय नलागेर अर्को ब्यक्ति मार्फ बिहेको प्रस्ताव पनि पठाएको थियो । जुन म लगायत मेरो परिवारकले ठाडै अस्वीकार गरेका थियौँ । यसबाट उसलाई नराम्रो मानसिक असर परेको हुनुपर्दछ । नत्र भने साधारण पढाइ भएको प्रज्वलले कसरी डाक्टरी पढ्न सक्थ्यो होला र - अहिले उसको व्यत्तित्व पनि निकै लोभलाग्दो देखिन्थ्यो । पहिलेको प्रज्वल र अहिलेको प्रज्वलमा आकाश जमिन फरक थियो । ऊ एउटा राम्री युवती लिएर अर्को कोठामा पस्छ । अनि ढोका लगाउँछ । ती दुइजना त्यहाँ किन पसे, मेरो ध्यान त्यतैतिर जान्छ । त्यो केटीसँग आएकी आइमाई मान्छे मसँग बोल्न खोज्दछे । ऊ सोधपुछ गर्न खोज्दछे । म पनि उसको बारेमा सोध्छु । उसले छोरीलाई जचाउन ल्याएकी रहिछे पिलो आएर । उनीहरू एउटै गाउँका रहेछन् । एकछिनपछि उसकी छोरी र प्रज्वल हाँस्दै कोठाबाहिर निस्कन्छन् । म उनीहरूलाई शङ्का र कपटपूर्ण हेर्राईले हेर्छु मलाई कताकता रिस उठ्छ । म आफ्नो स्थानमा बसेर हेरिरहन्छु । फेरि उही सहायक आएर कराउँछ । त्यो ब्यक्ति मसँग निकै नजिक हुन चाहन्छ । सायद प्रज्ज्वलले भनेर होला वा मेरो नारी सौर्न्दर्यपान गर्न हो, यी दुइटा कुरामा एउटा चाहिँ पक्कै हो भन्ने निष्कर्षा म पुग्दछु । तर जे भए पनि नौलो ठाउँमा कसैले आत्मीयता देखाएको हुनाले म खुसी नै हुन्छु । प्रज्वल स्वयम् मसँग चासो राख्दैन । किन होला - सायद विगतमा बिझेको काँडाले वर्तमानमा पनि झस्काउँदो होला उसलाई । म यसो बाहिर चियाउन पुग्छु । ऊ अर्को राम्री लेडी डाक्टरसँग हाँस्दै गफ गरिरहेको देख्छु । ऊ सायद प्रतिसोधको भावानाले मलाई जलाउन खोजिरहेछ, भन्ने म अनुमान गर्दछु । तर होइन उसँग काम परेर गफ गरेको पनि त हुनसक्छ नि, भनेर मभित्रको कुण्ठालाई दबाउँछु । मलाई अब उसको जीवनसँग के सरोकार, ऊ जोसग हाँसे पनि मलाई किन चासो परिरहेछ, थाहा छैन । म आफूभित्रको आवश्यकताभन्दा बाहिरको चिन्तनलाई मेटाइदिन्छु ।
म वर्तमानमा आएर छटपटिन्छु । मलाई प्रज्वलले विगतमा पाएको नियति भोग्न बाध्य गराएको छ । म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु विखण्डित छु, कहिले नजोडिने गरी । व्यक्तिले गरेको निर्णय र सोचाइ कति गलत हुदोरहेछ भन्ने कुरा म आफैँले प्रमाणित गरेर देखाएको छु । म शून्यतामा मनोवाद गर्न पुग्दछु । सायद प्रज्वल मेरो वर्तमानबाट अनभिज्ञ छ । ऊ सोच्दो होला मैले राम्रो घरानामा बिहे गरेर खुसीसाथ बसेकी छु । जीवनमा पाउनु पर्ने खुसी सबै पाएको छु । तर उसलाई के थाहा म आ“सु पिएर बाँचेकी छु भन्ने । उसलाई म यो भन्न पनि चाहन्नँ किनभने उसले यो थाहा पायो भने मेरो स्थितिप्रति ऊ उपहास गर्नेछ अनि मलाई सहनुभूतिका अस्त्रहरू प्रयोग गरेर ऊ आफ्नो हृदयमा लागेको पीडामा मलहमपटी गर्नेछ । जुन म चाहन्नँ ।
केहीछिनपछि एउटी सिस्टर आउँछे । छोरीलाई अस्पतालमा भर्ना गर्नुपर्छ भनेर जान्छे । छोरीलाई वार्डमा लगिन्छ । म छोरीसँग हुन्छु । माइतमा फोन गरेर दाजुभाउजूलाई बोलाउँछु । घरमा फोन गर्नलाई कुनै औचित्य छैन । किनभने घर भन्नु मेरो चारपर्खालको गाह्रो मात्र छ । कान्छी छोरी माइतमा नै छ । घरमा को छ - उनीहरूका बुबा भनौँ मेरो लोग्ने, ऊ घरपरिवारको लागि निर्जिवसरह छ । उसको कुनै अवशेष बाँकी छ भने मात्र छोरीहरूको बाउ भन्ने एउटा पहिचान मात्र बाँकी छ । ओहो † यो पीडाले ठाउँ, बेठाउँ कतै पनि छोड्दैन । जुन बेला बढी दायित्व बोक्नु पर्ने ठाउँ पाउँछु पीडाले पोल्न थालिहाल्छ । यस्तो बेालमा बुबाको भूमिका प्रमुख रहन्छ बच्चाका लागि । तर...... त्यसैले त मुटु पोलिरहेछ । तर...... म पीडा पोख्न पनि सक्दिनँ। उकेल्न पनि सक्दिनँ । पीडाको आभाषसम्म दिन चाहन्नँ परिवेशलाई । त्यसैले त म बाँचिरहेको छु, एउटा शक्तिशाली नारी भएर । त्यहीँ शक्तिशाली नारी व्यक्तित्व दुर्गाको रूप लिएर ममाथि जाइलाग्छे ''किन सम्झन्छेस् उसलाई, तँलाई के दिएको छ उसले, पीडा, दुःख रोदन र एकाङ्की जीवन सिवाय, वास्तवमा उसले मलाई ठीक भनिरहेकी छे । किनभने ऊ अर्थात शेखरलाई म कति मन पराउँथे । ऊ मेरो हृदयको राजा थियो । उसको स्वर र सगीतप्रति मोहित भएर मैले मेरो माइतीको भावनालाई कुल्चाएर उसलाई अँगालेको थिए । ऊ मेरो सम्पूर्ण थियो, ऊ नै मेरो जिन्दगी थियो ऊ नै मेरो वर्तमान थियो, ऊ नै मेरो भविष्य थियो । ऊ विना एक छण पनि म कल्पना गर्न सक्दिनथेँ । उसको बोलीमा विश्वास गरेँ वाचालाई कबुल गरेँ। उसको सम्पूर्ण क्रियाकलापलाई विश्वास गरे अनि ऊप्रति सकारात्मक पाइलाहरू चाले“ ।
सुखद भविष्यको कल्पना गर्दै पाइलाहरू अघि बढ्न थालेँ । म ठान्दथेँ ऊ मेरो मात्रै हो अरू कसैको होइन । ऊ मेरो सिवाय अरू कसैको हुनै सक्दैन । मेरो अपरिपक्व सोचाईमा तब ठेस पुग्यो जब ऊ रातभर पनि घर आउँदैनथ्यो । उसलाई म र मेरो भावानाप्रति कुनै सरोकार थिएन । ऊ रातभर स्टुडियो, सुटिङ्ग, र रेकडिङ्गमा नै ब्यस्त रहन्थ्यो । बिस्तारै उसको गायन क्षेत्र मौलाउँदै गएको थियो ऊ राष्ट्रियस्तरको गायक तथा कलाकार बन्यो उसका फेनहरू धेरै भए । शुभचिन्तकहरू धेरै भए । ऊ मप्रति मात्र हैन छोरीहरूप्रति पनि उदासिन रहन थाल्यो । कान्छीछोरी जन्मँदा उसले मलाई आफ्नो वास्तविक चरित्र देखाएको थियो । ऊ एकपल्ट पनि अस्पतालमा मलाइ भेट्न आएन । ऊ धेरै माथि पुगिसकेको थियो । उसको लागि म साधारण महिलामात्र थिए । कतिले छोरी जन्म्यो भनेर नआएको होला पनि भने । सबैले आ-आफ्ना अडकलका बिस्कुन फिजाएका थिए । मैले त्यस्तो नाजुक अवस्थामा पनि आफूलाई सम्हालेँ । अनि छोरीहरूलाई पनि सम्हालेँ । त्यसपछि शेखर र मेरो असमझदारीको दूरी बढ्दै गयो । वास्तवमा ऊ, यही चाहन्थ्यो किनभने मसँग उसले खोजेको ग्लैमर्स, प्रतिभा, र सम्पत्ति केही थिएन । माइतीले दिएका केही सम्पत्ति पनि उसका एलबमहरूमा खर्च भइसकेका थिए । त्यसैले उसले मबाट पाउने कुरा केही थिएन । बरु उसको सफलतामा बाधा पर्ने तत्वहरू धेरै थिए मसँग । त्यसैले ऊ मदेखि धेरै टाढा हुँदै गयो । म भने मेरो कोमल नारी हृदयलाई विद्रोही अर्न्तभावले कठोर बनाउँदै लगेँ । अनि आफूलाई जस्तासुकै परिस्थितिमा पनि बाँच्न सक्ने शक्ति पैदा गर्दोरहेछ । जिन्दगीलाई सम्झौता र सङ्रघर्षका पयार्यकारूपमा लिएर पाइलाहरू अघि बढाउँदै लगे ।
पुन ः प्रज्वल र अरू दुइ डाक्टर आएर मेरो एकाग्रता भङ्ग गर्न आइपुग्छन । छोरीलाई एपेन्डिक्सको अपे्रशन गर्नुपर्छ भनेर जान्छन् । म गहिरो चिन्तामा डुब्छु । भोलिपल्ट दिउँसो छोरीको अप्रेसन छ । म रातभर छटपटिन्छु । छोरीको पीडासँगै आफूपनि बग्छु । प्रज्वल किन हो त्यति आएन । रातभर स्लाइन पानी दिइयो । मनमा अनेकौ तर्कनाका ज्वारभाटाहरू उठ्तै, बस्तै गए । आफूले आफैलाई सान्त्वना दिए । तोकिएको समयमा अप्रेसन भयो । अप्रेसन सफल हुन्छ । अप्रेसन सकिएपछि र्सजन डाक्टरले मलाई बोलाउँछ । उसले भन्छ ''तपार्इँको छोरीको वास्तवमा एपेन्डिक्स फूलेको रहेनछ । हामीसँग भिडियो एक्सरेको मेसिन बिग्रेको हुनाले राम्रो डायग्नोसिस नगरी अप्रेसन गरेछौँ तर पनि केही भएको छैन । यो साधारण कुरो हो ।'' म आक्रोसित बन्न पुग्दछु अनि क्रोधलाई शब्द शब्दका वाणमा परिवर्तन गर्न पुग्दछु । ''तपार्इ“हरूको लागि यो साधारण कुरो हो तर मेरो लागि होइन । तपाईँहरूले के ठान्नुभएको छ - मेरो छोरीलाई खसी काटेझैँ काट्दा साधारण भन्नु हुन्छ वा एउटा गोली खाएर निको हुने विमारलाई चिरफार गर्नुहुन्छ । मैले यतिका समयसम्म कति मानसिक वेथा सहे हु“ला । तपाईँहरूले यो कल्पना पनि गर्न सक्नु हुन्न । त्यसको क्षतिपूर्ति तिर्नसक्नु हुन्छ - यत्रो नाम चलेको अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन तयारी अवस्थामा राख्नु पर्दैन । विमारीको जिन्दगीसँग खेलवाड गर्नुहुन्छ -''
मेरो आवाजले अप्रेसनथियटरको बाहिरको कोठा थर्कन्छ । म आफूभित्रको कुण्ठा सबै पोख्दछु त्यो डाक्टरलाई । उसलाई झम्टन्छु । छुट्टयाउन प्रज्वल आइपुग्छ । मेरो आक्रोशित र व्रि्रोही हृदय पग्लेर आ“सुमा परिणत हुन पुग्दछ । म गल्छु, नियतिले भिज्छु, कुण्ठाले चुटिन्छ । प्रज्वल मूर्तिवत हुन पुग्दछ । यसमा उसको कुनै दोष थियो वा थिएन म भन्न सक्दिनँ । किनभने उसैले मेरो निकटता खोजेर मेरो छोरीको अप्रेसन गराएको पनि हुन सक्दछ । यसोगर्दा उसले मलाई उसको शान शौकत देखाएर मस“ग बदला लिन सक्थ्यो । म उसलाई शङ्कालु र दोषपूर्णहेर्राईले हेर्छु मलाई सबै पुरुषहरू देखि घृणा लागेर आउँछ । छोरीको अवस्था देख्दा मुटु फुटेर आउछ । सास थुनिएर आउँछ । मातृत्व वात्सल्यताले मुटु चिरिएर ज्वालामुखी निकाल्न खोज्दछ । म लामो सुस्केरा लिन पुग्छु । छोरीको नाजुक स्थितिले म छटपटिन्छु । त्यहाँ एक सेकेण्डपनि बस्न सक्दिन। त्यसपछि मेरा दाजुभाउजूलाई छोरीको हेरविचार जिम्मा लगाएर म हिड्छु कतै एकान्तमा जहाँ जाँदा पनि मेरो नियतिले भनिरहेको थियो - 'जसरी मैल प्रज्वलको प्रेमको एउटै गोली खाएको भएहुने ठाउँमा शेखरको प्रेमलाई राम्रा् डायग्नोसिस नगरी जीवनलाई नराम्ररी चिरफार गर्न पुगेँ त्यसरी नै यी डाक्टरहरूले मेरो छोरीले एउटा गोली खाँदा निको हुने विमारलाइ चिरफार गरेर मैले मेरो जिन्दगीमा भोग्नु परेको नियति भोग्न बाध्य गरायो । म जुन मानसिक पीडामा छटपटिरहेछु त्यहीँ पीडा भौतिकरूपले मेरी छोरीले भोग्न बाध्य भएकी छे । '

अनिर्णयको बन्दी

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।
"ओहो † भिनाजु कहिले आउनुभयो नेपालबाट -"
"केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ - ह्वाट अबाउट यु - "
"सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "
यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा गर्नमा चाहिँ पछि पर्दैनन् उनी ।
" ओहो † दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "
"ल पार्सल बिस्तारै हेर्नू मलाई अलिक हतार छ , सालीज्यू , भिनाजुको खातिरदारी गर्दिर्नौ - "
"भिनाजुको लागि यो ज्यान नै हाजिर छ नि , आज्ञा मात्र होस् न । "
"भैगो अरू केही गर्नुपर्दैन अहिलेलाई चाहिँ विदा दिए काफी ।"
" ओं के हवाई नट "
प्रो डा.शान्ताराम बाहिरिन्छन् । दिदीले पठाएका पार्सल उत्सुकताका साथ खोल्छु , ओहो † यति मीठो अचार अनि पेन्ट र र्सट सायद यहाँ महङ्गो पर्छ भनेर पठाइदिएकी हुनुपर्छ । ओहो † दिदी त कस्ती मोटी भइछिन् चिनी नसक्नु , फोटोहरूसँगै म नेपाल पुग्छु । ओहो र भिनाजु त बूढो देखिएछन् । छोरीहरू त ठूला भइसकेछन् । म चित्रसँगै डोरिन्छु नेपालतिर ।
दिदीले मेलमा भन्ने गर्थिन्, छोरीहरू ठ्याक्कै हामी जस्ता छन् । हामी सानामा जस्ता थियौँ त्यस्तै छन् रे । साँच्चै म र मेरो दिदीमा कति धेरै भिन्नता थियो ऊ जाडोमा जन्मेकी थिई , म गर्मीमा ,ऊ गुलियो मन पराउँथी म अमिलो । ऊ कम बोल्ने लज्जाल रु आज्ञाकारी थिई भने म धेरै बोल्ने चञ्चली र घमण्डी स्वभावको थिएँ । साँच्चै हामीलाई देख्ने , बुझ्ने जोकाहीले हामीलाई अमेरिका र अफ्रिका भनेर मुल्याङ्न गर्ने गर्दथे । वास्तवमा हामी थियौँ नै त्यस्तै । बाबा सरकारी अफिसमा अधिकृत हुनुहुन्थ्यो भने मम्मीले डेकेयर चिल्डेन सेन्टर चलाउनु भएको थियो । मेरी मम्मी पाश्चात्य जीवन शैलीबाट प्रभावित हुनुहुन्थ्यो । तर्सथ हामीलाई पनि त्यस्तै वातावरण र परिवेशमा हुर्काउनु भयो । बालबालिकालाई स्वतन्त्ररूपमा हुर्काइएन भने उनीहरूको भावाना , प्रतिभा र सोचाई संकुचित र कुण्ठित हुन पुग्दछन् । भन्ने सोचाई राख्नु हुन्थ्यो उहाँ । हाम्रो समाजमा बालबालिकालाई दमित र शोषित वातावरणमा हुर्काइएको हुनाले नै उनीहरू शोषित मानसिकता बोकेका हुन्छन्, अनि उनीहरू आफूलाई परेको कुनै पनि अन्यायका विरुद्ध आवाज उठाउन नसकेका हुन् भनेर आम नेपालीको चरित्रलाई चित्रण गर्नु हुन्थ्यो । यसरी स्वतन्त्रपूर्ण वातावरणमा हुर्कदै जाँदा दिदीमा चाहिँ कुरानै असर परेन तर ममा भने मेरो जिद्दी र घमण्डी स्वभाव बढ्दै गयो । जे चाहना गरे पनि पाइने मानसिकताले गर्दा ममा हठीपन बढ्दै गयो । म केही व्रि्रोही र झगडालु हुँदै गएकी थिएँ । मेरो मम्मी कहिलेकाहीँ मेरो स्वभाव र प्रव़तिदेखेर दिक्क मान्नु हुन्थ्यो । उहाँले यसको दोषी आफैलाई ठहर्याउनु हुन्थ्यो । छोरीलाई चाहिने भन्दा बढी अधिकार र स्वतन्त्रता दिएको हुनाले त्यसको परिणाम आफैले नराम्ररी भोग्नु परेको दुखेसो ब्यक्त गर्नुहुन्थ्यो । वाल्यावस्थामा म आफूलाई सबैले माया गर्नुपर्छ र मेरो चाहना पूरा हुनर्ुपर्छ भन्ने कुराको ठाडो आदेश नै दिने गर्दथे । त्यससमय म केटासाथीहरूसँग बढी खेल्न रुचाउँथे । जब म वयस्क हुदै गए तब म केटासाथीहरूसँग टाढिनु पर्ने बाध्यताले पिरोलिन्थे । चौरमा खुलारूपमा केटाहरूसँग मैले खेल्न किन हुँदैन भनेर आवाज उठाउँथे । तर मेरो आवाज कोठाको चार भित्तामा मात्र सीमित रहन्थ्यो । छोरा- छोरी, नारी- पुरुषबीच यस्ता गरिने धेरै रुढीवादी संस्कारको म विरोधी हुँदै गए छोरीमान्छेलाई प्रवृत्तिले समेत ठगेको हुनाले म प्रवृत्तिलाई नै चुनौति दिन पछि पर्दिनथे । छोरीमान्छे महिनावारी हुँदा वार्नु पर्ने, लज्जालु स्वभावको हुनुपर्ने नारीसुलभ आचरण गर्नपर्ने कुराको म पूरै विरोधी थिएँ। म घरमा मम्मी द्वारा यस्ता कुराको निर्देशन भनौ सल्लाहहरू पाउँथे । तर ती सल्लाह मेरालागि कानमा तेल हाल्नु बराबर थियो । म आफ्नो स्वभाव र प्रवृत्तिमा दृढ थिएँ कतै नहल्लनेगरी । यसरी परम्परागत संस्कार मान्नु भनेको मेरो स्वाभिमानमा ठेस पुग्नु बराबर ठान्दथेँ म । बिस्तारै उच्चशिक्षाको लागि मैले काठमाडौ आउनुपर्यो । म र मेरी दिदीसँगै बसेर पढ्न थाल्यौँ ।
समयसँगसँगै ममा घमण्डीपन र स्वभिमान बढ्दै गयो । म रूपमा दिदीभन्दा केही राम्री पनि थिएँ । म आफूलाई पुरुषले रोजेको हैन मैलेचाहिँ पुरुषलाई रोज्नुपर्छ भन्ने मान्यता राख्दथें । पुरुषको प्रेमआर्कषणमा मात्र नारीले सधै किन डोरिनुपर्छ - नारीले पनि पुरुषलाई आकषिर्त पार्न सक्छे भन्ने म देखाउन चाहन्थेँ । मेरी दिदीको सोचाई अर्कै थियो उनी आफूलाई मनपराउनेलाई रोज्ने इच्छा गर्थिन् । नभन्दै उनलाई असाध्यै मनपराउने डाक्टरसँग बिहे गरेर घरजम गर्न थालिन् । म भने मलाई मन पराउने धेरै केटाहरूलाई पछार्दै सुदर्शनलाई प्रेमको माला पहिराउन पुगेँ । संस्कारविरोधी मेरा धारणा र विचारले मलाई आज अमेरिकाको चिसो खान ल्याइपुयाएको छ । म आफूले आफैलाई धेरै विश्लेषण र मूल्याङ्न गर्न थालेकी छु ।
कलवेल बजेको झझल्को आउँछ । तर कोही छैन सायद रिर्चडको सम्झनाले झस्कायो मलाई । रिचर्ड, अमेरिकामा मेरो आफन्त, साथी जे भनेपनि उहीमात्र थियो । ऊ र म एउटै विश्वविद्यालयमा पिएचडी गर्दै गरेको हुनाले हाम्रो धनिष्टता बढेको थियो । यो विरानेा शहरमा उसले आत्मीयता देखायो अनि हृदय खेालेर सहयोग गर्यो । म पनि लचिलो र समर्पित भइदिए उसको हार्दिकता र आत्मीयतामा ।
आज अमेरिकाको चिसोझैँ रिचर्ड र मेरो सम्बन्ध चिसिन पुगेको छ । खै किन हो -
ऊ भन्ने गथ्र्यो नेपालीहरू मलाई खूब मन पर्छन् उनीहरू इमान्दार मात्र हैन नैतिकवान र लगनशील पनि हुन्छन् । त्यसैले म तिमीलाई माया गर्छु , तिमीलाई म आफ्नो जिन्दगी सुम्पिदिन्छु । तिमी र म एक हुनुपर्छ । नेपालको द्वन्दमा पिल्सेको समाजबारे विद्यावारिधी गर्दै गरेको म र ऊ धेरै नजिक भएका थियौँ। अब नजिक हुनको लागि कुनै रेखा बाकी थिएनन् । हामी जीवनको परिभाषा खोज्थ्यौँ । ऊ भन्ने गथ्र्यो, 'तिमी त आम नेपाली भन्दा फरक रहेछौ , तिम्रो विचार , स्वभाव नेपाली संस्कारभन्दा धेरै फरक रहेछ । त्यसैले म तिमीबाट अत्यन्त प्रभावित भएको छु ।' साँच्चै म आम नेपाली भन्दा पृथक भएकै कारणले त अमेरिका जस्तो देशमा पिएचडी गर्न छात्रवृद्धि पाउन सकेँ । म आफूले आफैलाई स्पष्टीकरण दिन पुग्दथेँ । साँच्चै म पनि रिचर्डको व्यक्तित्व र विचारबाट अत्यन्त प्रभावित भइसकेकी थिएँ । मैले उसको धेरै कुरामा विस्वास गरेँ । केही कुरा बाहेक किनभने धेरै थोरै अमेरिकनमा रिचर्ड पनि पर्दथ्यो जसले नेपाल र नेपाली को तारिफ गरेको होस् । धेरै वर्षघि ऊ पिसकोर भोलियन्टरको रूपमा नेपाल आएको थियो । यसैले नेपालको राजनीति, सामजिक, आथिर्क स्थितिबारे उसलाई पूरै ज्ञान थियो । प्रत्येक छट्ुटीमा हामीसँगै हुनेगथ्र्यौ । हामीले मुटु साट्यौँ । तन साट्यौँ। दुखसुख बाड्यौँ । कुनै क्षणपनि म रिचर्डको सोचाइको परिवेशभन्दा बाहिर हुन्नथेँ । कतै रिचर्ड पनि सुदर्शन जस्तै हुने हैन - म झस्कन्थेँ । उसका अविश्वास गरेका कुरामा विबाह पर्दथ्यो । अमेरिकी समाजमा विवाह सम्बन्धलाई अत्यन्त महत्वका साथ लिइन्थ्यो । हाम्रो यात्राकहाँ सम्म पुग्ने हो कसरी टुङ्गिने हो भन्ने कुरामा म चिन्तित रहन्थेँ । तर वर्तमानसँग सम्झैता गरेर बाँच्नुपर्छ, रमाउनुपर्छ भन्ने रिचर्डको भनाइले मलाई केही सान्त्वाना दिने गर्दथ्यो ।
अँह, हुँदैन रिचर्ड पाश्चात्य मुलुकमा हुर्केको, उसको र मेरो धेरै स्वभाव बानीबेहोरा मिल्दछ । तर खै † अहिले किन हो यो चिसोपना, एकांकीपना , उसले धेरैदिन देखि सर्म्पर्क गरेको छैन म उदासिएको छु , पिल्सिएको छु । सायद सुदर्शनले पनि यस्तै सोचेको थियो होला । तर ऊ त नेपाली परिवेशमा हुर्केको मान्छे उसले मेरो व्यक्तिगत स्वतन्त्रतालाई मन नपराएको हुन सक्छ । तर रिचर्डलाई त त्यस्तो कुनै कुराले कुनै असर नपर्नु पर्ने हो ।
म फेरि आफ्नै तन्द्रामा तन्द्रिन पुग्दछु । दिदीले विहेगरेपछि म आफ्नै रोजाई सुदर्शनसँग लटि्ठन पुगेको थिएँ त्यसबेला । उसले मलाई त्यति चासो नदिएपनि मैले मेरो यौवनको जादूले उसलाई प्राप्त गरिछाडेँ । किनभने म आफूले चाहेको कुनैपनि वस्तु प्राप्त हुनैपर्छ भनी दावी गर्दथे । उसले मेरो प्रेमप्रस्ताव स्वीकार गरेपनि तत्काल विहे नगर्ने विचार पोख्यो । मपनि सहमत भइदिएँ । हामी लोग्नेस्वास्नीझैँ सँगै बस्न थाल्यौँ । ऊ प्राइवेट सहकारी संस्थामा काम गथ्र्यौ भने म प्लस टुमा पढाउँथेँ । सबैले हामीलाई पतिपत्नीको उपाधि दिइसकेका थिए । मेरो यस व्यवहारबाट घर परिवारका खुसी थिएनन् । बिस्तारै मेरो हठी, स्वतन्त्र विचारसँग सुदर्शन परिचित हुँदै जान थाल्यो । ऊ पुरुषप्रधान समाजमा हुर्केको मान्छे आफ्नो पुरुषत्वको रवाफ ममा देखाउन सक्दैनथ्यो । उसलाई आफ्नो पतित्वको भार बोक्ने पत्नी चाहिएको थियो । म जस्तो स्वतन्त्र विचारधारा भएकी केटीलाई जीवनसाथी बनाउनु भनेको उसको लागि फलामको च्युरा चबाउनु बराबर हुन सक्थ्यो । त्यसैले होला बिस्तारै हामीमा मनमुटाव बढ्न थाल्यो । त्यसपछि ऊ यसरी मबाट छुटि्टयो जसरी तेलबाट पिना छुटि्टन्छ । उसकेा विकर्षाले म रन्थिनिएँ , बौहलाएँ, छटपटिएँ । मेरी मम्मीले नेपाली समाजमा नारीको भूमिका र संस्कारबारे दिएको लामै भाषण मेरो कानमा गुञ्जिरह्यो । तर म आफ्नो स्वभाव र प्रवृत्तिमा अडिग थिएँ । मेरी मम्मीले बेला बेलामा ल्याएको अरेन्ज मेरिजलाई पनि ठाडै अस्वीकार गरिदिन्थेँ । किनभने अरेन्ज मेरिजले मेरो स्वाभिमानी विचारलाई आघात पुयाउन सक्दथ्यो । म आफूलाई दानगर्ने बस्तु ठान्न सक्दिनथेँ । म आफ्नो स्वतन्त्र विचारहरू लगनगाँठोमा बन्धक भएर बाधिएको हेर्न सक्दिनथेँ । अरेन्ज मेरिज द्वारा गरिएको विवाह कर्मकाण्डमा नारीलाई धेरै होच्याएको र अपमानित गरेको महसुस म गर्दथे । त्यसैले मम्मीको प्रस्तावलाई धेरैचोटि मैले अस्वीकार गरिसकेको थिएँ । म तडपिएँ , भौतारिएँ । जीवनको सार खोज्न थालेँ। जसले मलाई अथाह समुन्द्रबाट पार गराउन सक्दथ्यो, नभन्दै सपनाको शहर अमेरिकामा विद्यावारिधी गर्न पाउने छात्रवृत्तिले मलाई नयाँ जीवन दियो । म सम्पूर्ण विगत भुलेर अमेरिकाको वैभवतामा रमाउँदै आफ्नो उद्देश्य पूरा गर्ने सपना देख्न थालेँ ।
तर आज अमेरिकाको यो वैभकताले पनि मलाई मेरो विचार सोचाईलाई विजयी बनाउन सकेको छैन । मेरा विचारहरू उड्न सकेनन्, सोचाइहरू रमाउन सकेनन । मेरा स्वभाव र प्रवृत्ति सुन्दर फूलझैँ फक्रन सकेनन् । म फेरि एक्लिएँ । मेरो सोचाइ एक्लियो । रिचर्डको व्यवहारले मेरा आस्था र विश्वासहरू कतै शरणार्थी हुनलाई तडपिरहेको भान भएको छ मलाई अहिले । मेरा विचार र धारणाहरू अन्तरआत्मादेखि नौ पलायन हुन खोजिरहेका छन् । गजब लाग्छ यो देश, यहा“का मानिसहरू, सम्पूर्ण देश , महादेश र विश्व यही छ । सम्पूर्ण विश्वको सभ्यता र संस्कृति यही छ । यो अपरच्युनिटिको देश .....। कथाको पहेली जस्तो लाग्छ.... यो देश जहाँ फर्मालिटी अथार्त औपचारिकतामा बाँचेका छन नारी पुरुषहरू । त्यही“ औपचारिकतामा मेरा भावानाहरू हराइरहेका छन् । म कहिलेकाही“ खोज्छु आफूले आफैले यो विशाल सागरमा ।
म सम्झन्छु , मम्मीको मेल चेक गर्नुछ । तुरुन्त कम्प्युटर अन गर्छु मम्मीले मेलमा लेख्नु भएको छ - 'बिहे गर्न केटो तयार छ । तुरुन्त आउनू । ऊ पनि अमेरिका जाने प्रोसेसमा छ । त्यसैले प्रेस गरिरहेछ । बारेमा मैले सबै बताइदिएको छु । केटो असल छ । '
के साँच्चै, ऊ मलाई बुझ्न सक्छ, पढ्न सक्छ । कि ऊ मात्रै अमेरिका आउनको लागि एउटा सहाराको खोजीमा छ । जसको लागि म दह्रो बैशाखी बन्न सक्छु । ऊ पनि सुदर्शन , रिचर्ड हुन के बेर । तर अब त मेरा विचार , सोचाई कतै शरणार्थी हुँदै छन् । म आफ्नो सोचाई , विचारहरू हराएर कसैलाई पाउँदैछु त्यसैले त्यसो नहुन पनि सक्छ । म मम्मीको केटो असल छ भन्ने शब्दमा अडिन्छु , मलाई कहिले यसरी केटाको बारेमा भन्नु हुन्न थियो । म मम्मीलाई अलिकति विश्वास ग त्यही विश्वासले मलाई नेपाल पुर्याउछ , थुप्रै अनुहारहरूले सोधिरहेको जस्तो लाग्छ 'आखिर नेपाली केटाको फेला परिस् हैन । कहाँ गए तेरा स्वतन्त्र विचारहरू सुमी' , मलाई थाहा छैन , म जिन्दगीको के कस्तो निर्णय लिँदैछु । यस्तो निर्णय पहिलो हुन सक्छ , दोस्रो वा तेस्रो हुन सक्छ । म भ्रममा रुमलिन्छु । विगतहरूमा रुमलिन्छु अनि अनायास मेरा औलाहरू टाइप र्राईटरमा जान्छन् । केही क्षण ओके टाइप गर्छपफेरि र्सतर्क हुँदै 'आइ विल डिसाइड आफ्टर ए मन्थ' टाइप गर्छु फेरि ओ. के. टाइप गर्छु म मूतिवत हुन्छु । अनायास मेरा औलाहरू 'ओ.के. मम्मी... ओ.के. ड्याटस मस्ट बी ए राइट च्वाइस...' टाइप हुन्छन् र म आफूलाई र्सवाङ्ग बिर्सेरड्वाङ्गराङ्ग पल्टन्छु । मैले निर्णय लिएँ । म अनिर्णय बन्दी हुन चाहिनँ ।

यी आँखाहरु..........

यी आँखाहरु आँसु नै आँसुले सिचित छन्
यो छाती पीडा नै पीडाले चिन्तित छ
दुखै दुःखले भरिएको यो संसारमा
खै कहाँ खुसी सजिएको छ -

यो जीवन अभावैअभावले ग्रसिद छ
यो पाइला ठेसैठेसले त्रसिद छ
डुब्न लागेको क्षितिजभित्र
खै कहाँ राप भेटिएको छ

यो मष्तिक बोझैबोझले दमित छ
यो शरीर व्यथैव्यथाले शिथिल छ
उमगहीन यो उजाड भाग्यमा
खै कहाँ सौभाग्य कोरिएको छ


यो मन तिरैतिरले भेदित छ
यो तन काडैकाँडाले रोपित छ
सधर्षशील यी हातहरुमा
खै कहाँ दूर्भाग्य मेटिएको छ

यी आवाजहरु आवाजहरुबाट कुण्ठित छन्
यी खुसीहरु अरुका लागि नै शहिद छन्
निष्काम गर्ने यी हातहरुका लागि
खै कहाँ सही मूल्याकन अंकित छन्

यो उसको कथा हो

"हेलो शर्मिलाजी के छ हालखबर -" एउटा साहित्यिक कार्यक्रममा मेरो ऊसँग भेट हुन्छ । म पनि औपचारिकता निभाउँछु । उसँगको मेरो चिनारी कलिलै थियो । ऊ केही आक्रोशित र चिन्तित देखिन्थ्यो । ऊ झरनाबाट झरेको पानीझैँ बग्न थाल्यो - "तपाईँका कथाहरू त भटाभट छापिन्छन् नि, कसरी छापिन्छन् - मलाई पनि उपाय बताउनोस् न् । तपाईँको 'समय'मा छापिएको कथा 'समयको क्यानभासमा' र गरिमामा छापिएको 'अनिर्णयको बन्दी' पढेँ । तर मलाईचाहिँ 'समयको क्यानभास'मा नै मन पर्यो किनभने आफूपनि एउटा सफल कथाकार भएर तपाईँले झैँ कुनै युवतीले मलाई त्यसरी नै मन पराउँछे कि भन्ने लागेको छ ....."ऊ अस्पष्ट हाँसो हाँस्यो । मैले उसको मनोवैज्ञानिक अध्ययन गरेँ ।
"तर खैर यो कुरा छाडौँ । हेर्नोस् न मैले एउटा कथा कति मुस्किलले लेखेको थिएँ । तर त्यो छापिन नै सकेन । लेख्नुको पीडा बेग्लै, फेरि नछापिदाको पीडा बेग्लै । अब त आफू लेख्न पनि छोडुजस्तै लागेको छ । त्यसैले म अति दुखी छु । शर्मिलाजी , तपाईँको कतै चिनजान भए प्रयास गरिदिनुहोस न् ।" यति भनेर ऊ रोकियो ।
ऊ आफू धेरै बोल्ने अरूको कम सुन्ने व्यक्तिमा पर्दथ्यो । त्यसैले ऊ कहिले आफ्नो कुरामा ब्रेक लगाउँला भन्ने प्रतीक्षामा थिएँ म ।
"त्यो कुन कथा होला हेरौँ न । यदि कथा उत्कृष्ठ र समसामायिक भएमा छापिने समस्या नै हुँदैन किन पीर मान्नु हुन्छ - फेरि सुरुसुरुमा त सबैलाई गाह्रै हुन्छ । मलाई पनि कति गाह्रो भएको थियो भन्ने कुराको तपाईँ कल्पना नै गर्न सक्नुहुन्न । अहिले मात्र केही सजिलो भएको हो । अहिले पनि कतिपय मेरा रचना प्रकाशित हुन सकेका छैनन् । लेखन पनि माझिनुपर्दो रहेछ ।" उसको विश्वास जित्न खोज्दै भन्छु । उसले फेरि एक्सिलेटर दबायो ।
"यो कथा मैले धेरैअगाडि लेखेको हुँ। त्यसबेला यो समसामायिक थियो । तर एउटा कथा एक ठाउँमा दिएपछि एकवर्षसम्म अर्को पत्रिकामा नदिनू भन्ने नियमले यो कथा त्यसै प्रकाशनको मारमा पर्यो । फेरि पछि दिँदा यसको कुनै दम छैन भनेर सम्पादकहरूले त्यसै हुत्याइदिए । हेर्नोस् न मेरो कथा मैले कति मिहिनेत गरेर लेखेको छु । तपाईँले पढेपछि थाहा पाइहाल्नुहुन्छ... ।"
मैले नै उसको कुरामा ब्रेक लगाउँदै भनेँ - "मलाई पनि कथा पढ्न दिनोस् न, त्यसपछि म तपाईँको कुरा सुन्न तयार हुन्छु ।" त्यसपछि उसले आफ्नो सानो ब्यागबाट कथा निकालेर पढ्न दियो ।
ऊ फेरि सुरु भयो- " हेर्नोस् यो मेरो आफ्नै कथा हो । यो कथा पढेपछि थाहा पाइहाल्नुहुन्छ ।
म कथा पढ्न थालेँ । कथा यसप्रकारको थियो ।


मेरो अन्तिम कामना यही छ †
यहाँहरूलाई थाहै छ, म नव सिलवालको "कारगिलको मोर्चा" मा बाँचेछु भने आफ्नै देश र्फकन्छु भनेको । साँच्चै कारगिलको युद्धमा म बाँचेँ । मृत्यु मबाट निराश भएर र्फकनुपर्यो, भनौँ मुखमा आएको मृत्यु फर्केर गयो । तत्पश्चात् म भाँडाको सिपाही भएर अस्तित्वविहीन र उद्देश्यविहीन भएर हैन आफ्ने देशको परिचय लिएर बाँच्छु भनेर भारतीय सैनिकबाट राजीनामा दिएर फर्केँ ।
देश र्फकदा मसँग केही रकम, राष्ट्रियताले पोलेको मुटु र साथी हर्केको माया छातीभरि थियो । यो सब बोकेर म आफ्नो गाउँ तनहुँको वसन्तपुरतिर लागेँ ।
बाटामा मेरा काका पर्नेको घर थियो । मृत्युले फ्याकेको अनुहार एकपल्ट काकालाई देखाएर मात्र गाउँ जाऊ भन्ने सोचले म काकाको घरमा पसेँ । काकाको घरमा पसेपछि पो थाहा पाएँ, काकाको घरमा ठूलो आपत्ति आइपरेको रहेछ भनेर । म ड्युटीमा रहेकाले देशमा भएको यत्रो ठूलो दुर्घटनाप्रति म अनभिज्ञ रहेछु । मेरा काकाको छोरालाई इराकमा आतङ्ककारीले वीभत्स हत्या गरेका रहेछन् । काकाले मलाई देख्नेबित्तिकै डाँको छोडेर रुन थाल्नुभयो । सायद मलाई देख्दा आफ्नो कलकलाउँदो मुनाजस्तो छोराको सम्झना आयो होला उहाँलाई । फेरि काकाको छोरा र म दाजुभाइमात्र नभई दौँतरी पनि थियौँ । त्यसैले मेरो उपस्थितिमा छोराको सम्झनाले पिरोलेको हुनसक्छ उहाँलाई । समयसँग सम्झौता गर्दै थामिएको पीडाको भेल एक्कासि पोखियो मेरा समीपमा । त्यस समयमा उहाँ मात्र हैन लाखौ नेपालीको मुटु दुखेको थियो रे नेपाली हुनुको पीडाले । राष्ट्रियताको बाढी उर्लेको थियो रे । अनि धेरै राष्ट्रिय सम्पत्ति बगायो रे त्यस बाढीले । राष्ट्रियताको भावनाले पोलेको मेरो मनले केही शीतलता प्राप्त गर्छ कि भनेर सोचको थिएँ, तर झन् तड्पियो मेरो मन । जेनतेन आफूलाई सम्हाले अनि काकालाई सहानुभूतिका शब्दले शीतलता प्रदान गरेँ । त्यसदिन काका र मैले एकआपसमा पीडा साटासाट गर्यौ । मैले देशको स्थितिको बारेमा धेरै कुरा थाहा पाएँ । काकाले मेरो गाउँ जाने कुरामा असहमति जनाउँदा-जनाउँदै पनि म भोलिपल्ट आफ्नो गाउँतिर लागेँ ।
गाउँ जाँदा बाटामा पहिलाको जस्तो चहलपहल केही थिएन । गाउँघर असाध्यै शून्य थिए । मान्छेविहीन, पशुपन्छीविहीन गाउँ निर्जीवजस्ता देखिन्थे । बाटैमा रात पर्यो । वास बस्नका लागि उपर्युक्त घरको खोजी गर्न थाले । जताततै सन्नाटा थियो । केही पर एउटा घरमा धूवाँ आएजस्तो देखेँ । त्यहाँ केही गाईबस्तु पनि देखेँ। त्यहीँ सजीवताको अभासले मलाई त्यसै घरतिर डोर्यायो ।
"घरमा को हुनुहुन्छ - वास पाइन्छ कि.... -" - मैले विनम्रता बिछ्याएँ।
घरभित्रबाट एकजना वृद्ध लौरो टेक्तै बाहिर निस्के अनि सशङ्कित र आर्श्चर्यमिश्रति भावले घोरिँदै मलाई हेरेर भने- "बाबुको नि - परदेशीलाई वास बस्न दिन पनि गाह्रो छ †"
मलाई आर्श्चर्यभावले घेर्यो, पाहुनालाई भगवान्सरह मान्ने हाम्रो सभ्यतामा एउटा बुजुगले यसो भनेको सुनेर ।
"किन र बा, पाहुना त देवतासरह हुँदैनन् र -" मैले वास नपाउने सम्भाव्यतालाई पन्छाउँदै प्रश्न गरे“ ।
मेरो प्रश्न नसकिँदै बूढामान्छे जोसिए- "हुँदैन बाबु, हुँदैन, अब पाहुना देवतासरह मान्ने दिन सकिए ।"
वृद्धको कुराले बास नपाइएला कि भन्ने मनमा सन्त्रास उत्पन्न भयो अनि मैले अझ नम्र हुँदै भने- "साँझको पाहुना हुँ बा, अन्त कहाँ जाऊँ बास बस्ने ठाउँ पनि देखिँदैन । आजको रात दिनुहोस् कुनै अप्ठ्यारो पर्दैन,बरु धर्म नै हुनेछ ।"
मेरो कुराले बूढाको मुख अलिक उज्यालो भयो । ममा पनि आशाको मुना पलायो । बूढाले घरभित्र बोलाउँदै भने- "त्यसो भए आउनुहोस् बाबु, भित्र बस्नुहोस् भनेर अगेनीको छेउमा सुकुल बिछ्याइदिए ।
बूढा पनि आगो छेउमा बसे । आगोको उज्यालोमा वृद्धको मुहारमा अनौठा भावहरू देखिन्थे ।
कुराको लिस्नो थप्दै वृद्धले भन्न थाले- "बाबु धेरै समयपछि पहाड आउनुभएजस्तो छ ।....... यो पहाड पहिलाको जस्तो छैन बाबु,...... तपाईँले पढेको, भोगेको र देखेको जस्तो छैन । नत्रभए हेर्नोस् - गुरूप्रसाद मैनालीले हामीलाई गुमाने र्घर्ती र धनजीते भोटे बनाएर छिमेकमा जन्माए । उनले मर्दाको मलामी, जिउँदाको जन्ती भन्ने पाठ सिकाएका हुनाले हामी त्यस्तो काटामार झगडा गर्दा पनि मिलेर बस्यौँ । तर हाम्रा छोराछोरी छिमेकमा मिलेर बस्नु त कता हो कता आफूआफू दाजुभाइ काटामार गरेर मर्न लागे बाबु ।"
वृद्धको कुराले म रोमाञ्चित भएँ । गुमाने र्घर्ती र धनजीते भोटे यसरी मिलेर बसेको देखेर आनन्दित पनि भएँ । मलाई उक्त वृद्धको कुराले अझ बढी उत्साही र जिज्ञासु बनाउँदै लग्यो । मैले संवाद बढाउने चेष्टा गर्दै भनेँ-
"अनि बा तपार्इँ को नि -"
वृद्धले भने-"म धनजीते हुँ बाबु, गुमाने भित्र बिरामी भएर सुतिरा'छ । उसले पहिला मलाई बिमारी हुँदा निकै चाकर गरेको थियो त्यसैले आज म उसको स्याहार गरिरहेछु ।" असीबाट पनि निकै माथि लागेको वृद्धको शारीरिक क्षमता देख्ता म छक्क परेँ । "हुन पनि हो, पहाडको विशुद्ध हावापानी अनि विशुद्ध खानेकुरा खाएर हुर्केका मान्छे हुन् । हामीजस्ता हुन् र -"
मेरो उत्सुकता बढ्दै गयो । "अनि तपाईँका श्रीमती र छोराछोरी खोइ नि बा ।"
उनले भृकटी तन्काउँदै भने- "हाम्रा श्रीमतीहरू छोराछोरीका पीरले मरिसके । अनि हाम्रा छोराहरू त अघि नै भने“ नि बाबु । एकअर्काका शत्रुझैँ बनेका छन् । सानोतिनो कुरालाई बिर्सेर सबैजना एक भएर बस्नुपर्नेमा बाबु..............।"
बोल्दाबोल्दै धनजीते बाका शब्द रोकिए । मलाई धनजीते बाका कुराले मुटु छोयो । हुन पनि हो छिमेकमा गुमाने र धनजीते कसरी मिलेर बसेका थिए रे । गाउँमा एउटा नमूना थियो रे त्यस समयमा । एकआपसमा झैझगडा भए पनि परेको बेला ज्यान दिन पनि तयार हुन्थे रे । तर आज तिनै गुमाने र धनजीतेबाका छोराहरू मिलेर बस्नु परै जाओस् पानी-बाराबार भएका छन् । "जिउँदोका जन्ती मर्दाका मलामी" भनेर बस्ने बाबुका छोराहरू "मर्दाको जन्ती, जिउँदाको मलामी" भएका छन् । यसो कसरी भएछ त भनेर मैले धनजीते बालाई प्रश्न राखेँ -"धनजीते बा, कसरी तपाईँका छोराछोरी मिलेर बस्न सकेनन् त ......अनि यो गाउँ यति बिघ्न उजाड कसरी भयो -"
मेरो कुराले धनजीते बा गम्भीर भए अनि भन्न थाले -"हेर बाबु, कसरी हाम्रा छोराछोरी एकआपसमा मारामार गर्न थाले, हामीलाई केही थाहा छैन । हामीले त हाम्रा छोराछोरी पढ्न सहर पठाएका थियौ“ । छोराछोरी धेरै पढ्छन्, बाबुआमालाई सुखशान्ति दिन्छन् अनि गाउँ र देशको विकास गर्छन् भनेर सोचेका थियौँ । तर उनीहरू त एकआपसमा मारामार गोली हानाहान गर्न पो सिकेछन् बाबु........ कतै यो सब त्यही अधर्मी र्घमानन्द पाध्येको काम हो कि भन्छु म त बाबु । किनभने मुखमा रामराम बगलीमा छुरा हुनेको भर हुन्न रे बाबु, हाम्रा अल्लारे छोराछोरीहरूलाई उसैले बझाएको हो कि भन्छु बाबु, म त । तर के गर्नु हाम्रा कुरा खाँदैनन् छोराछोरीहरू, उनीहरू आफै पनि त पढेलेखेका विद्वान् छन् नि बाबु, हैन त, ल भन्नोस् त ।"
धनजीते बाको "होमा होँ मिलाएँ मैले । उनी फेरि जोस्सिँदै भने- "हामीले कति दुःख गरेर हुर्काएका छोराछोरी मर्दा क्रिया गर्छन् बूढेसकालमा सहारा हुन्छन् भन्ने सोचेका थियौँ । तर अहिले भकाभकी मरेको खबर आउँछ । कहिले गुमानेको छोरा मर्छ कहिले मेरो, बाबु ..। हामी जिउँदै मरेजस्ता हुन्छौँ यता पुत्रशोकले आँसु बगाउनबाहेक केही सक्तैनौँ भने उता विधवा बुहारी र नातिनतिनाको बिजोक हेरेर बस्नबाहेक केही गर्न सक्तैन बाबु हामी .........।" यति भनेर धनजीते बा घुँक्कघुँक्क गरेर रुन थाले । म पनि पग्लिएँ धनजीतेबासँगै । मुटु फुलेर आयो, मस्तिष्क शून्य भएर आयो । मैले धनजीतेबाका आँखामा आँसु रोक्न सकिनँ । रात निक्कै छिप्पिसकेको थियो । धनजीतेबालाई निक्कै समयसम्म सान्त्वना र आश्वासन दिएपछि उनी सामान्य भए ।
मेरो पेटमा भोकले मुसा कुदिरहेको हुनाले साथमा रहेको चाउचाउ पकाएर खाने विचार जाहेर गरेँ । धनजीतेबाले पनि "हुन्छ" भनेर सबै सरसामान ठीक पारिदिए । चाउचाउ खाएपछि हामी सुत्ने तरखर गर्न थाल्यौ“ । मलाई भने निन्द्रा पटक्कै लागेको थिएन ।
देशको माया, गाउ“को सम्झनाले पिरोलिएर आएको मान्छे म अब गाउँ के जानु, गाउँ त पहिलाको जस्तो कोही रहेनछ । यहाँ त साथीभाइ, नाताकुटुम्ब आफन्त सबै साइनो मरिसकेछ । अब के भनेर गाउँ जाऊँ । बरु सहरतिर लागेर देशका लागि केही गर्नुपर्यो, यस्तै विचारले द्रवीभूत हुँदै साथी हर्केको सम्झना त्यही बिसाएर काठमाडौँ जाने विचार गरेँ मैले ।
उज्यालो भएपछि धनजीतेबासँग बिदावारी भएर काठमाडौँतिर हान्निएँ म । जीविकोपार्जनका लागि केही त गर्नैपर्यो । भोकभोकै केही गर्न पनि त सकिँदैन नि, फेरि पुख्यौली सम्पत्ति पनि केही थिएन जीविकोपार्जनका लागि मैले धेरै सोच बनाएँ । तर जुनसुकै क्षेत्र पनि देशमा चलेको गृहयुद्धले तहसनहस भएको रहेछ । होटेल खोलौँ भने पर्यटन व्यवसाय चौपट्ट थियो । उद्योगधन्दा खोलौँ भने बन्द र आन्दोलनले आक्रान्त थियो । मैले कुनै बाटो पहिल्याउन सकिनँ । त्यसपछि मैले कला, साहित्य, सङ्गीततिर आफूलाई डोर्याएँ । त्यतातिर पनि मैले सबै ठाउँमा देश दुखेको देखे । राष्ट्रियताको भावले ओतप्रँेत भएको मेरो मस्तिष्कले राष्ट्रियता पोखिने बाटो खोज्यो । मैले सबैभन्दा बढी राष्ट्रियता भण्डारन हुने ठाउँ साहित्य नै देखेँ । त्यहाँ मैले मजस्ता धेरै पात्रहरू मजस्तै सजीव भएर बाँचेको देखेँ । त्यहाँ मैले धेरै दिदी बहिनीहरू परशु प्रधानका 'सीताहरू' र 'निर्मला', अनि महेश विक्रम शाहको 'सिपाहीको स्वास्नी' भएर बाँचेको देखे । धेरै दाजुभाइहरू नगेन्द्रराज न्यौपानेको 'लुरे 'र महेश विक्रम शाहको 'छापामारको छोरा' भएर बाँचेको देखे । त्यस्तै प्रदीप वाग्लेलाई 'अघोषित युद्ध'मा पिरोलिएको देखेँ । महेश विक्रम शाहलाई "गाउँमा गीत गुन्जँदैनन्" भन्दै भौतारिएको देखेँ ।
यसरी धेरै कथाकारको कथामा गीतकारको गीतमा, चित्रकारको चित्रमा, मन्दिरको शङ्खमा विद्यालयको घण्टीमा देश दुखेको देखेँ । देशका लागि केही गर्छु भनेर आएको म मेरो सुर्याइँ मसँग सीमित रह्यो । म राष्ट्रका लागि केही गर्न नसक्ने नामर्द भएँ । जताततै च्यातिएको मेरो राष्ट्रियताको ध्वजा कतै सिलाउने र टाल्ने ठाउँ नै मैले देखिनँ र भेटिनँ । त्यसैले म आफैँ भत्किएँ, टुक्रिए । यसरी टुक्रिएर, भत्किएर बाँच्नुभन्दा त देशको माया छातीमा राखेर भाँडाको सिपाही भएर बस्ता नै मलाई शान्ति थियो । अब त एउटै कुरामात्र अनुरोध गर्न सक्छु त्यो के भने देशमा यस्तो वीर पुरुषहरूको जन्महोस् जसले देशको अस्तित्व, राष्ट्रियता चम्काउन सकोस् अनि शान्ति फर्काउन सकोस् । धनजीते र गुमानेबाका शिक्षा र आदर्शलाई जीवन्त राख्न सकून । मेरो अन्तिम कामना यही छ ।

मैले कथा पढ्दापढ्दै धेरैचोटि रोकिएर उसको मुख हेरेको थिएँ । ऊ विदेशबाट फर्किएको भन्ने चाहिँ थाहा थियो । उसको स्वभावले नै ऊ सिपाही हो भन्ने पनि देखिन्थ्यो । तर ऊ त नव सिलवालको कारगिलको मोर्चाको पात्र भन्नेचाहिँ मलाई थाहा थिएन । म कथा पढिसकेर पाना बन्द गर्दानगर्दा उसले फेरि आफ्नो रफ्तार शुरु गयो । म उसकै कथाको विषयमा घोरिइरहेको थिएँ। यो कसरी सम्भव छ भनेर । एउटा कथाको पात्र पनि जीवित भएर बा“च्न सक्छ । उसले शुरु गयो - "हेर्नोस् न शर्मिलाजी, यसो कथालेखन गरेर देशको सेवा गरौ भनेको यो आफ्नै कथा लेख्दा त छापिएन भने अरू त के छापियोस् । त्यसैले मत लेख्ने काम छोडूझैँ लागेको छ ।"
"होइन, होइन, तपाईँको यो कथा धेरै राम्र्रो छ । तर अहिले देशमा शान्ति आइसकेको छ । त्यही भएर होला तपाईँको यो कथा जनयुद्घताकाको रहेछ ।
"होइन,यो कथा त मैले जनयुद्घताका लेखेर नै दिएको थिएँ । तर छापिन्छ भनेर कुदार्कुर्दा देशमा जनयुद्घ नै समाप्त भयो । त्यसपछि त कसैले छाप्न नै मानेन । तपाईँ पत्याउनुहुन्छ शर्मिलाजी - यो कथा छाप्नका लागि मैले कति दुख गरेँ । कोही भन्छन् यो गुमाने र धनजीते को हो - कोही भन्छन् तपार्इँ को हो - तपाईँको परिचय के हो - म त आजीत भइसकेँ । मेरो परिचय यही कथाले दिएको काफी छैन र - अहिलेको एक्काइसौँ शताब्दीको विश्व कहाँ पुगिसक्यो । यहाँ भने लेखकले अनेकौ परिचय दिनुपर्ने अनि पात्रले म पात्र भएर बाँचेको भन्न नपाइने । यो कहाँको न्याय हो -" म मनोवाद गर्दछु किनभने उसले मलाई बोल्ने मौका दिने छैन भन्ने मलाई थाहा छ । वास्तवमा हो पनि हामी नेपाली नयाँ कुरालाई सजिलै पचाउन सक्दैनौँ । नयाँ कुरा विश्लेषण गर्न सक्दैनौँ । कुनै पनि राम्रा नराम्रा कुरा अरूले भनिदिनुपर्छ । हामी नयाँ सोच र विचारलाई सजिलै पचाउन सक्दैनौँ । अझ झन नारीले गरेका नयाँ कुरा त कहिल्यै मान्य र पच्य हुँदैन यो समाजलाईं । म पनि उसका यी कुरामा सहमत थिएँ । तर उसको कथा छापिने विषयमा सहमत थिइनँ किनभने देशमा शान्ति आइसकेको छ भन्ने मेरो सोच थियो । यो अवस्थामा उसको कथा असान्दर्भिक हुन सक्थ्यो । मैले उसलाई सुझाव दिँदै भने- "तपाईँको यो कथा अति उत्कृष्ट छ । पाठकले रुचाउन सक्छन् । बरु यसलाई यसो परिमार्जन गर्नुभए राम्रो हुन्थ्यो ।"
ऊ जङिगदै भन्न थाल्यो- "शर्मिलाजी अझै देशमा स्थायी शान्ति आएको छैन । देशमा साम्प्रदायिक द्वन्द्व भट्किएको छ । तर्राई दुखिरहेको छ । अब मेरो भेट धनजीते र गुमानेसँग नभएर कुनै बुधराम, सनिरामसँग अवश्य हुनेछ अनि उनीहरूले मलाई यिनै कुरा गर्नेछ । मात्र तपाईं समय पर्खनोस् । मेरो अन्तिम कामना पूरा भएको नै छैन । बरु तपाईँ एउटा काम गर्नोस् तपाईँ नेट चलाउनु हुन्छ । कतै पत्रिकामा मेल गरेर पठाइदिनोस न् । तपाईँले पठाउँदा छापिन्छ कि - बरु कथाकारको नामचाहिँ आफ्नै राख्नोस् ।"
मैले निकैबेर साचे“ । अरूको कथा त्यो पनि कथाकार नव सिलवालजीको पात्रको कथा आफ्नो नाममा छाप्दा कतै अप्ठ्यारो पर्ला कि भनेर । तर यो कथा समाजले पढ्नै पर्छ भनेर मैले सोचेँ , कथाकार जो भए पनि के भो र अहिले अरूको गीतलाई रिमिक्स बनाउँदै गाउँदा त भइरहेको छ भने यो त झन् सिर्जनाको कुरा भयो । बौद्घकिताको कुरा भयो । यसमा नयाँ प्रयोग र धार पनि छ । त्यसैले मैलै उसको कथा आफ्नै छाप्ने निर्णय गरेँ र पत्रिकामा मेल गरेर पठाएँ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।