बागबजारको एउटा गल्लीमा उसले देखी - अधिवक्ता रमेश कु. शर्मा । बिस्तारै उसले कार साइड लाई अनि र्फमभित्र पसी । 'आवश्यकता नै आविष्कारकी जननी हो'- भन्ने कुरामा उसलाई आज विश्वास लाग्यो । नत्र भने काठमाडौँको यत्रा गल्लीहरूमा अधिवक्ता रमेश कु. शर्मालाई उसले कहिल्यै भेट्ने नै थिइन होला र सायद भेट्नका लागि यति धेरै प्रयास पनि गर्ने थिइन होला । उसको स्मृतिपटलमा मात्र रमेश कु. शर्मा थियो । तर आज विशेष प्रयोजनका लागि अधिवक्ता रमेश कु. शर्मालाई आविष्कार गरेकी थिई आफ्नै लागि ।
ल र्फमभित्र उसले सम्बन्धित मान्छे भेट्न सकिन । त्यसपछि ऊसम्बन्धी विशेष जानकारी लिएर घर फर्की । घर र्फकँदा निकै रात परिसकेको थियो । आलिशान महलअगाडि गाडी रोकी । निकै बेर हर्न बजाइसकेपछि एउटा बूढो मान्छेले गेट खोलिदिन्छ । गाडी ग्यारेजमा राखेर कोठामा पुगी । कोठामा उसका लागि खानेकुरा हटकेसमा राखिएका छन् । उसलाई खाने कुरा खान मन छैन । थकाईले शरीरका नशा-नशा शिथिल भएका छन । दिन त्यति गरम छैन तर पनि उसलाई विगतका रापले पोलिरहेको छ ।
यही घर हो, जहाँ आजभन्दा सातवर्षअघि उसको श्रीमान् श्री कामेश्वर लाल र ऊ कति रमाई-रमाई घरभित्र पस्दथे । गेटमा चौकिदारले ढोका खोलेर सल्युट मार्दथ्यो । अनि घरभरि नोकरचाकर कार्य विभाजनअनुसार काम गरिरहेका हुन्थे । इष्टमित्र आउने जानेको दोहारी झुत्ता हुन्थे । दिनहुँ जसो घरमा पार्टी गेटटुगेदर अनि मन्त्रीदेखि लिएर भन्सारको पालेसम्मको खातिरदारी हुन्थ्यो । तर आज यही घर भुतबङ्गला जस्तो भएको छ । यहाँ न आवाज छ न चहलपहल न त सजीवताको नै कुनै आभाष पाइन्छ ।
जति नै निराशता र एकांकीपनाले गाँजे पनि भौतिकवादी शरीरलाई उर्जाको आवश्यकता हुन्छ नै त्यहीमाथि ऊ ग्यासटि्रकको विमारी थिई । त्यसैले अलिकति खाने कुरासँग व्यवहारिक सम्झौता गरेर ऊ अधिवक्ता रमेश कु. शर्मासँग सर्म्पर्क गर्न पुगी । टेलिफोनमा नम्बर डायल गरी तर बिल चुक्ता नगरेको हुनाले डायल हुन सक्दैन । ऊ मोबाइल चलाउ“छे ।
'हेलो रमेश कु. शर्मा हुनुहुन्छ । ...... मलाई चिन्नुभएन....- तपाईँलाई राम्ररी चिन्छु .... तपाईँको घर धनकुटा होइन - म निशा हुँ .... म पनि धनकुटा की नै हुँ ।.... हामीले सँगै हाइस्कुल पढ्या हैन । ....अहिले म कोटेश्वरमा छु ..... । भोलि भेटौँ न एउटा जरुरी काम छ .... कहीँ एकान्तमा वा रेस्टुरेन्टमा..... हुन्छ ।'
ऊ वर्तमानको विश्लेषण गर्न पुग्छे - 'ओहो π रमेशले मलाई बिर्सिसकेछ । नबिर्सियोस् पनि कसरी - मैले पनि उसलाई बिर्सिसकेको त थिएँ नि π अहिले जीवनको बगाईमा यो भुमरीमा म नफसेको भए सायद सम्झने कोशिश पनि गर्दिन थिएँ होला । तर उसले कानून पढेर राम्रै गरेछ । नत्रभने यत्रो भुमरीबाट निस्कन म एक्लो अवलाले कसरी आँट गर्न सक्थेँ हुँला । जे भएपनि ऊ मेरो हितैषी मित्र, शुभचिन्तक र पुरानो प्रेमी सबै हो । निशा विगतका घटनाहरूमा आफूलाई पर्छार्न पुग्छे - आहा π ती दिनहरू कति रमाइला थिए । रमेशले मलाई कति मन पराउँथ्यो । म पनि बिछट्टै राम्री थिएँ । मेरो रूप देखेर मोहित नहुने सायद कोही थिए होलान् । जो सुकैस“गको पहिलो भेटमा मेरो रूपको प्रसंशा भइहाल्थ्यो । म वास्तवमा नै राम्री छु कि छैन भनेर ऐना हेरिरहन्थेँ । अनि आफैँलाई देखेर लाज लागेर आउँथ्यो । सायद मलाई भगवान्ले फुर्सदमा नै बनाएका थिए होलान ।
ममा सौर्न्दर्यको अभिमान बढ्दै गयो उमेरसँगै । रमेश एउटा मामुली गाउ“ले केटो त्यो पनि साधारण परिवारको, उसलाई आफ्नो यत्रो सौर्न्दर्यको भण्डार सुम्पन म तयार थिइनँ । मेरो सौर्न्दर्य पहाडमा फुल्ने लालीगुँरासझैँ अदीप्य थियो भने रमेश लालीगुरा“सको सौर्न्दर्यमा आशक्त प्रेमी उत्तीसझैँ । भर्खर यौवनको खुड्किलोमा टेक्तै गरेको रमेश मप्रति अति नै भावुक थियो । ख्याल ठट्टामा आफ्नो असीमित प्रेमको प्ररदर्शन गर्न पछि पर्दैनथ्यो । म भने उसका कतिपय गम्भीर कुराहरूलाई हावामा बेलुन उडाएझैँ उडाइदिन्थेँ । अझ..... मेरी दिदीको विहेमा उसले हामीलाई कति सहयोग गरेको थियो । त्यो दिन मैले साडी लाउँदा सायद उसको नजर अन्त गएको थियो । हरसमय छायाझैँ मेरो समीपमा बस्थ्यो । बिहेमा दिदीको काका ससुराको छोरा दिलीपले मलाई देखेपछि मेरो भाग्यको नयाँ रेखा कोरिएको थियो । सहरमा बस्ने दिलीपसँग केटी पट्याउने कला प्रशस्त थियो । ऊस“ग मेरा धेरै साथीहरू पनि लट्ठ परेका थिए । तर ऊ भने मप्रति आकषिर्त भएको थियो । सबैको रोजाइ दिलीपले मलाई राजेको देख्दा म पनि गर्वित भएको थिए“ । विहेको दिन दिलीप र मेरो ख्याल ठट्टा बढेको देखेर रमेश निराश भएको थियो । झन्डै उसले दिलीपसँग झगडा पनि गरेको । विहे पश्चात् दिदीको घर जानेक्रममा दिलीपस“ग मेरो सम्बन्ध बढ्दै गयो । दिलीपले आफ्नो जिन्दगीको उद्देश्य प्राप्त गरेको कुरा व्यक्त गर्यो । एनजिओ मा काम गर्ने आकर्ष व्यक्तित्वको धनी दिलीपलाई पाउँदा मैले पनि आफूलाई भाग्यमानी ठानेकी थिएँ । हाम्रो सर्म्पर्क वैवाहिक जीवनमा बाधिएर टुगियो । त्यस पश्चात् रमेश पनि काठमाडौ पढ्न गएको थियो ।
तर मेरा खुसीका दिनहरू धनकुटाको भीरपाखा र हाटबजारमा, तल्लोकोप्चे र माथ्लोकोप्चे अनि सल्लेरी वनमा मात्र सीमित लेखिएको रहेछ । विहे पश्चात् खै मैले वास्तविक खुसी र सुख पाउन सकेँ - ... यी खुसी र यी भौतिक सुविधा र विलासिताका साधनहरू मात्र देखावटी र बनावटी हुन्.. †
विगत र आगतको छाया उसको मस्तिष्कमा सल्बलाइरह्यो । सदाझैँ उसले निन्द्राको गोली लिएर निन्द्रादेवीको शरणमा परी ।
होटल सिटी प्लाजा अगाडि उसको भेट अधिवक्ता रमेशसँग भयो । चिनारीको नवीकरणपछि उनीहरू होटलभित्र पसे ।
रमेशले कुराको चोइली पस्कन थाल्यो किनभने पेसाले वकिल भएकाले ऊ बोल्न निकै खप्पिस थियो ।
"निशाजी, यत्तिका समयपछाडि तपाइँसँग भेट होला भन्ने सोचेको थिइनँ । खैर.. भेट भइहाल्यो के छ भलाकुसारी अनि यो सेवकलाई आदेश ।"
निशाको रमेशप्रतिको सोचाई अग्लिदै गयो । रमेश काठमाडौ आएर वकिल भएपछि परिवर्तन भइसक्यो होला भन्ने सोचेकी थिई । तर होइन रहेछ.. उनको सोचाइमा तुषारापात पर्यो । रमेशको व्यवहारबाट केही क्षण भएपनि आफ्नो वेथा हलुङ्गो भएको महसुस भयो उसलाई ।
"हेर्नोस्, तपाईँले साथी रमेशलाई भेट्न चाहनुभएको हो कि वकिल रमेश कु. लाई मैले पहिला यही“ बुझ्नुपर्ने हुन्छ । अनि तपाईँको घरव्यवहार कस्तो चल्दै छ । निकै पैसा कमाउनुभएजस्तो छ नि ।"
निशालाई आफ्नो विगत खोल्न मन छैन तर पनि ऊ बाध्य छे । उसले विगतको पाना नखोली आगतमा बाँच्न सक्ने स्थिति छैन ।
"भन्छु, रमेशजी ˜ ˜ तपाईँलाई सबै भन्छु । यो निशा गाउँकी त्यो चञ्चले र पवित्र केटी होइन । यो निशाले बाग्मती खोलाजस्तै सहर पसेपछि आफूसँग धेरै फोहोर मैला समेटेर ल्याएकी छ । त्यही दुषितताबाट पार पाउन मैले तपार्इ“को शरण मागेकी हुँ ।" ऊ भावुक हुँदै भन्न थाली -
"सायद स्त्रीको सौर्न्दर्य नै उसको शत्रु हुँदो रहेछ भन्ने कुरा सही रहेछ । मेरो यो अपूर्व सौर्न्दर्यले मलाई यो स्थितिमा पुर्यायो । मैले सौर्न्दर्यको घमण्डले गर्दा तिमीजस्तो असल मित्रको हृदयमा ठेस पुर्याएँ । सायद यसकै परिणति होला मेरो जिन्दगी ।"
"भैगो निशाजी, आफूलाई यति दुःखी नबनाउनोस् । यो सब समयको प्रभाव हो र भाग्यको खेल । ... अनि खोइ तपाईँको पति -"
"उसको कुरा नगर्नोस् रमेशजी, ऊ नै मेरो सुखी जीवनको खलनायक हो । म तपाईँलाई सविस्तार सबै भन्छु । दिलीपसँग मेरो विहे हुँदा म कति खुसी थिए“ । उसको एनजीओ.मा जागिर थियो । ऊ पनि मजस्तो सुशील र सुन्दरी पत्नी पाउ“दा खुसी नै थियो । हाम्रो दाम्पत्य जीवन रमाइलोसाथ बित्दै थियो । तर एउटा छोरी जन्मे पश्चात् उसको एनजीओ.को जागिर खुस्क्यो । त्यस पश्चात् हाम्रो जीवनमा अनेकौ“ मोडहरू आए । धेरै ठाउँमा जागिरको लागि प्रयास गर्दा पनि नपाएपछि हामी बिराटनगरबाट काठमाडौँ आयौँ । काठमाडौँमा पनि जागिर नपाएपछि बाच्क्रममा हामीले मम र डि्रङ्कस्को पसल खोल्यौँ । त्यसबाट जीविका चल्दै गयो तर दिलीपको डि्रङ्क गर्ने आदत बस्यो । उसका साथीभाइहरू पनि त्यसैअनुसारका हुन थाले । एकदिन उसको साथीले मलाई फाइव स्टार होटलमा जागिर लाइदिने कुरा गर्यो । फाइवस्टार होटेलको क्यासिनोमा धेरै मेहनत गर्नु नपर्ने तलब र फाल्टो टिप्स पनि हुने लोभमा उसले मलाई क्यासिनोमा होमिन बाध्य बनायो । घरमा पसल चलाउने मान्छे थिए । त्यसैले दिउँसो घरमा रेखदेख गरेर बेलुका क्यासिनोमा जाने गर्दथेँ। बेलुका ५ बजे गएर बेलुका एघार बजे र्फकन्थेँ। बिस्तारै पसलको हरहिसाब हर्ेन मलाई फुर्सद हुन छोड्यो । दिलीपको डि्रङ्कस्को साथसाथै केटी खेलाउने र तास खेल्ने बानी बस्यो । मलाई दिलीपप्रति वितृष्णा जाग्न थाल्यो । ऊ म भन्दा बढी मेरो पैसासँग आकषिर्त हुन थाल्यो । मैले कति सम्झाउँदा पनि उसले केही सुनेन । मैले मेरा सपनाहरू टुक्रेर चकनाचुर भएको देख्न थालेँ । मेरो सुखद संसारमा कालो ग्रहण लागेको अनुभव गर्न थालेँ । मैले छोरीलाई राम्रो शिक्षा दिन राम्रो स्कुलमा बोर्डस गरिदिएकी थिएँ। मेरो अनुहारमा हाँसो हराउन थाल्यो । ऊ छोरीप्रति कुनै चासो राख्दैनथ्यो ।
समयको क्रमसँगै मेरो कामेश्वरलालस“ग परिचय भयो । ऊ क्यासिनोमा जुवा खेल्न प्राय आउने गथ्र्यो । ऊ मलाई विशेष चाख दिइरहन्थ्यो । एउटा सुन्दरीलाई सबैले हेर्नु म सामान्य मान्दथे । तर उसको हेराइ सामान्यबाट असामान्य हुँदै गयो । एकदिन जाडोको दिनमा उसले मलाई गाडीमा घर पुर्याइदिने प्रस्ताव राख्यो । मैले नकार्न सकिन“ । उसको औकात हेर्दा धनाढ्य नै देखिन्थ्यो । यसरी पुर्याउने क्रम बढ्न थाल्यो । हामी रेस्टुरेन्ट, पार्कहरूमा घुम्न थाल्यौ“ । ऊ धनी बाबुको छोरो थियो र घरमा बाबुसँग झगडा गरेर काठमाडौँ आएको र यहाँ भौँतारिरहेको कुरा मलाई भन्दथ्यो । अनि ऊ सहाराको खोजीमा थियो । म उसको बलियो सहारा हुन सक्थेँ । दिलीपप्रतिको वितृष्णाले मलाई उसँग नजिक्याउँदै लग्यो । एकदिन दिलीपले यो सब थाहा पाएर पौरुषत्व देखायो । र म माथि कुटपिट गर्यो । मैले पनि सहन सकिनँ र दिलीपलाई सधैँको लागि छोडेर कामेश्वरसँग विवाह गरेँ । विहेपछि उसले मेरो नागरिकताबाट घरजग्गा किन्यो । मलाई आलिशन महलको मालिक्नी बनायो । काठमाडौँमा डेरा खोज्दै भौतारिएको मेरो आत्माले सन्तुष्टिको आभास पाएको थियो । म वास्तविक सुख पाएँ भनेर गद्गद् थिएँ । उसले बिस्तारै बैङ्कबाट ऋण लिएर फ्याक्ट्रीहरू खोल्यो अनि इम्पोर्ट र एक्सपोर्टको व्यापार गर्न थाल्यो । उसले मलाई रानीले पाउने सुखसुविधा दिएर राखेको थियो । मेरालागि कार, मोबाइल सम्पूर्ण सुविधाहरू थिए । मैले प्रयोग गर्ने परफ्युम, व्याग, लुगाकपडा सबै विदेशबाट मगाइन्थे । ऊ मलाई फिल्ममा खेल्न पनि सल्लाह दिन्थ्यो तर मैले मानिनँ। उसको माया र भौतिक सुविधाले म तृप्त थिएँ । त्यसबेला संसारका सारा खुसी र सुखसयल मेरा पोल्टामा छन् भन्ने सोच्दथेँ । बेला बेलामा दिलीप मलाई व्ल्याकमेल गर्दथ्यो । म केही रकम दिएर पठाउथे । छोरी मैले नै पढाइरहेकी थिएँ । कामेश्वरले के काम गर्छ भनेर म सोधीखोजी गर्दिनथे । उसले पनि 'तिमीलाई नचाहिदो वर्डन हुन्छ' भनेर भन्ने गर्दथ्यो । तर उसले सबै व्यापार मेरै नाममा गरेको थियो ।"
"अनि त्यस्तो सुखमय जीवन के भएर भत्कियो निशाजी -"
त्यसपछि केही वर्षहामी सुखसाथ बस्यौँ । दिलीपले पनि सुसाइट गर्यो । किन गर्यो भनेर चासो राखिन“ । पुलिसले दुःख दिन खोजे तर पैसाले मुख बन्द गरिदियौँ ।
"आजको यो स्थिति आउँला भनेर मैले कल्पना नै गरेको थिइन“ । नत्र भने बेलामा नै म र्सतक भएर कारोबार हेर्थे हुँला । जब मेरो हातमा फ्याक्ट्री, घर लिलाम हुने पत्र पर्यो, तब म वास्तविक धरातलमा पछारिन पुगे“ । कामेश्वरले मेरा लागि गरेका सबै कुरा वनावटी मात्र रहेछन् । उसले कमाएको फाइदा जति सबै घरमा पुर्याइसकेको रहेछ । फ्याक्ट्री घाटामा गएको भनेर मस“ग विशुद्ध झुटो बोलेर पन्छियो । यसै निहुँमा हाम्रो झगडा भयो । त्यसपश्चात् ऊ घर छोडेर कहाँ गयो मलाई खबर नै गरेन । उसले बैङ्कबाट यति धेरै ऋण लिएको रहेछ त्यो तिर्न मेरो नामको सबै सम्पत्ति बेचेर पनि पुग्दैन । अब म प्रायश्चित्को आगोमा जल्नु सिवाय केही छैन । यसरी जिउँदै मर्नुको बदलामा लाग्छ मरिदिऊ तर छोरीको भविष्यको पिर लागेर आउँछ । यस्तो स्थितिमा मलाई तपार्इँले नै पार लाउनु हुनेछ भनेर आशा राखेकी छु ।"
"ओहो˜˜, निशाजी अहिले आएर मैले कुरा बुझेँ तपाइ“ले वकिल रमेश कुमारलाई खोज्नु भएको रहेछ भनेर । म त तपाइँको यत्रो सुखमय जीवन देखेर आनन्दित भएको थिएँ । तर यो सब सुनेर दुखी भएको छु । मेरालागि तपाइँ उही धनकुटाकी सरल र चन्चल निशा हुनुहुन्छ । यो सबका लागि चिन्ता लिनु पर्दैन । म सबै कुरामा वकालत गर्नेछु । पहिला कागजपत्र हेरौँला । तपाइँको जीवनलाई मुक्ति दिलाउनेछु । सहरको प्रदुषणसँगै भएको तपाइ“को छविलाई म स्वच्छ र सुन्दर बनाउने छु । बस यसको लागि तपाइँको सहयोग चाहिन्छ । गंगा सधैँ पवित्र हुन्छ चाहे त्यसमा मानिसले जतिसुकै फोहोर पानी भएपनि निशाजी । म तपाईँको लागि अधिवक्ता रमेश नभई रमेश मात्र पनि हुनसक्छु ।"
रमेशको कुरा सुनेर निशा एकोहोरो टोह्लाईरही । उसले वास्तवमा नै संसार विचित्र देखी । जहाँ दिलीप, कामेश्वरजस्ता पाखण्डी र चरित्रहीनले राज्य गरिरहेको ठाउ“मा रमेश जस्तो पवित्र हृदय भएको चरित्र पनि भेटिँदो रहेछ भनेर । विगतका घटनाले उसका आगतका सम्भावनाहरूलाई अल्झाइरह्यो ।
2 comments:
शर्मिलाजीका प्रतेक श्रीजनाहरुमा प्रेम र प्रेमजनित,मानबबादी जीबन दर्शन बोकेकाछन। उहाको कथाहरुले आजको स्थितीमा नयाँ मुल्य स्थापनाका लागि जुन तरखर देखाएकोछ,त्यो मननिय छ। तिगेलाजी को "देश बोक्नुको पिडा"को बिभिन्न कोणबाट हेर्दा लेखिका को बिभिन्न स्वतन्त्र चिन्तन र अभिब्यन्जन स्पष्टिएकोछ। जीबनलाई नयाँ दृष्टिकोणले हेर्ने यथार्थको नयाँ व्याख्या प्रस्तुत गर्न असाध्य सिपालु शर्मिलाजी उतरोत्तर प्रगतिको कामना गर्दछु।
नमस्कार,
म Mr.Peter डेविस, एक वैध, सम्मानित पैसा ऋणदाता हुँ। हामी आर्थिक सहयोग संग एक कम्पनी हो। हामी आर्थिक सहायता को आवश्यकता परेकाहरूलाई बाहिर रकम ऋण वा पैसा को आवश्यकता मा व्यापार मा लगानी गर्न, बिल तिर्न। म तपाईं एक ऋण प्रदान खुसी हुनेछु रूपमा हामी विश्वसनीय लाभार्थी सहयोग पुर्याउने तपाईंलाई सूचित गर्न यो मध्यम प्रयोग गर्न चाहनुहुन्छ।
लाभार्थी को नाम: .........
देश: .............
सेक्स: .............
व्यवसाय: ........
राशि आवश्यक ............
ऋण उद्देश्य ........
ऋण अवधि: ............
फोन नम्बर .............
सादर।
श्री पत्रुस डेविस
यो इमेल ठेगाना, larrysmiths097@gmail.com अथवा whatsapp कल +2347062246289 मार्फत आफ्नो प्रतिक्रिया हेर्न आशा।
Post a Comment