February 27, 2010

अतृप्तताको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका हामी दुवै हौँ तर तपाई यस घटनाको पहिलो चरणसम्म तपाई विज्ञ हुनुहुन्छ भने दोस्रो चरणप्रति पुरै अनभिज्ञ । आज यो कथाको माध्यमबाट त्यस घटनालाई मेरो कथालयको स्क्रीनमा लग इन गर्न गइरहेको छु ।कथाको प्रारम्भको घटनाप्रति त तपाई पनि विज्ञ हुनुहुन्छ । जब तपाईले मसँग भेट गर्ने मनसाय मेल मार्फ व्यक्त गर्नु भयो तब म काठमाडौ आउने प्रयोजन...

February 19, 2010

विरहको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन् । त्यो पत्र यसप्रकारको थियो - प्रिय छोरा शुभाषिर्वाद पत्र कहाबाँट सुरु गरूँ, अल्मलिएकी छु । शब्दहरू दुब्लाएका छन् । भावहरू साँगुरिएका छन् । भौतिकरूपले तिमीलाई नदेखेको पूरा तीनवर्षचार...

छोरीको फर्माइस

छोरीले आमालाई भन्दै छे - 'मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने - मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि ? अहिलेको जमाना कहा पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौँभनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने ? यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि ? आमा भन्छे - 'छोरी...

February 12, 2010

समयको माग

ऊ पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसँग भयो । सन्तसँगको सत्सङ्गले उसले धेरै अर्ती-उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूकोर् इष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती-उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो । त्यसउप्रान्त उसले कार्यालयमा...

सिर्जना र सन्त्रास

बिहान सखारै उठेर केहीछिन किताब पढिन“ वा केही लेख्ने काम गरिन“ भने मलाई दिनभरि बोहनी ब्रि्रेको व्यापारीको मानसिकताजस्तै हुन्छ । त्यसैले सबेरै उठेर कलम र कापीको सङ्गतमा म जुट्न पुगेँ । छोरीको हिजोको अभिव्यक्तिले मेरो आत्मा जुमुराएको थियो अनि भावनाहरू शब्दमा पोख्न थाले“ । फेरि केको लागि युद्ध -'मम्मी मलाई सारै डर लागिरहेछ , आज तपाई“स“गै सुत्छु है -'- मेरी चौध वर्षी छोरीले भनेकी थिई । मैले भनेकी थिए“- 'के को डर छोरी -' उसले पुनः भनेकी थिई- 'हिजो पल्ःलोपटि््ट...

February 5, 2010

तीन गमला

सुन्दर घरकोअगाडि बरन्डाको डिलमा पुराना तीनओटा गमला थिए । ती गमलामा तीतेपाती, तुलसी र घोडताप्रेका बोटहरू रोपिएका थिए । यस्तो राम्रो घरको बरन्डामा त्यो पनि डिलमा यस्ता फुल्दै नफुल्ने फूलका गमला राख्नुपर्दा बुहारीपात्र चिढचिढिएकी थिई । सासूपात्रलाई उक्त गमला त्यहाँ नराखी नहुने भएकाले दुइ पात्रबीच वाक्युद्ध पर्दथ्यो । अनि त्यस युद्धको बीचमा तटस्थता अपनाउन छोरा भनौँ श्रीमान्पात्रले आफ्नो सम्पूर्ण कला र प्रतिभा खर्च गर्नुपर्दथ्यो । ऊ कहिले श्रीमतीले हानेको बाणले निशाना हुनपुग्दथ्यो भने कहिले आमाले हानेको बाणको । ती बाणहरूले ऊ मर्माहत हुन पुग्दथ्यो ।...

ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

दशैं तिहार त्यसैपनि विदाको दिन । फुर्सदै-फुर्सद अनि बेफुर्दी पनि । यस अवसरमा कुनै खास पोष्ट लेखौं भन्ने लागेको थियो । नजानिदो पाराको व्यस्तताले गर्दा लेख्न पाइनँ । इटहरीकी साहित्यिकार तथा ब्लगर शर्मिला खड्का(दाहाल) आफ्नो गृहथलो आउने इमेल खबरले भेट्ने इच्छा जगायो मलाई । आफ्नो घर इटहरी नै भएपनि उहाँसँग औपचारिक यसरी भेट भएको थिएन । विदाको दिन, कामको बोझ थिएन, ब्लगर र साहित्यकारको भेट ऐतिहासिक नै बन्न पुग्यो हाम्रो लागि । वि.सं. २०२३ साल भोटेपुल धरानमा...

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।