ऊ पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसँग भयो । सन्तसँगको सत्सङ्गले उसले धेरै अर्ती-उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूकोर् इष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती-उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो ।
त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन थाल्यो । उसले सबैलाई समान व्यवहार गर्न थाल्यो । आफूभन्दा मुनिका कारिन्दाको सम्मान गर्न थाल्यो । यसो गर्दै जाँदा आफूमुनिका कारिन्दासमेतले उसलाई हेप्न थाले । आफू चापलुसी, चुक्ली नगरी त्यसो गर्ने अरूहरूलाई पनि अर्तीउपदेश दिँदा ऊ छुच्चो कहलियो । असत्य कुरामा होमा हो नमिलाउँदा ऊ असामाजिक मानिसमा गनिन पुग्यो । यसरी ऊ कार्यालयमा हाकिमको समेत आँखाको कसिङ्गर बन्न पुग्यो । उसको सरुवा दुर्गम ठाउँमा भयो ।
उसलाई दिक्क लाग्यो । सन्तले देखाएको जीवनमार्गमा हिँड्दा सुखशान्ति मिल्ला भनेको झन् ठूलो आपत्ति आइपर्यो । उसले राजीनामा दियो । अनि ऊ व्यापार गर्न थाल्यो । व्यापारमा पनि उसले उदारवादी नीति र सत्यवादी नीति अपनाएको हुनाले ठूलो घाटा बेहोर्नुपर्यो । ऊ धेरै गरिब हुँदै गयो । घरमा खानलाई एक गेडो अन्नसमेत रहेन । एक दिन उसको घरमा चोर आयो । चोरले चोर्ने सामान केही नदेखेपछि उसलाई गाली गर्यो । उसलाई चोरले यसरी गाली गरेकामा साह्रै चित्त दुख्यो ।
उसले चोरलाई आफ्ना विगतका कुरा सबै बतायो । चोरले उसलाई सन्तको होइन आफ्नो सत्सङ्ग गर्ने सल्लाह दियो । चोरले उसलाई आफूजस्तै बन्ने र समयको प्रवाहअनुसार आफूलाई पनि बहाउने सल्लाह दियो । चोरले यी सबै सिक्न उसैसँग जानुपर्छ भनी सल्लाह दियो । उसले पनि चोरसँग जानुसिवाय अरू विकल्प केही देखेन । किनभने घरमा समेत ऊ स्वास्नी-छोराछोरीबाट दिक्क भइसकेको थियो ।
ऊ चोरसँग केही वर्ष बिदेसियो । केही सम्पत्ति लिएर पुनः घर फर्कियो । अब उसले समाजमा बाँच्ने सबै तरिका सिकेर आएको थियो । उसले समयको माग बुझेको थियो । अब उसले मागबमोजिमकै व्यवहार गर्न थाल्यो । ऊ सबैको अगाडि आस्तिक देखिन्थ्यो । तर भित्रभित्रै समाजलाई हानि हुने जुनसुकै काम पनि गथ्र्यो । 'मुखमा रामराम पेटमा छुरा' हुने काम गथ्र्यो । उसले व्यापार सुरु गर्यो । व्यापारबाट उसलाई ठूलो फाइदा भयो । ऊ केही वर्षभत्रमा नै करोडपछि व्यापारी मात्र भएन प्रतिष्ठित समाजसेवी र ठूलो धर्मात्मा कहलियो । घरमा सम्पन्नताले गर्दा होला सबै खुसी र सन्तुष्ट थिए । तर जब ऊ सन्तका कुरा सम्झन्थ्यो उसको मन कु“डिन्थ्यो अनि आत्मा तड्पिन्थ्यो ।
3 comments:
शर्मिला खड्काका प्रतेक श्रीजनाहरुलाई निफनेर हेर्दा सरल,सरस र मार्मिक हुन्छन। भाव र अभिब्यक्तिमा उत्तरोत्तर परिमार्जन देखाउने कला उहामा ससक्तरुपमा पाईन्छ। सामाजिक घटनालाई लयात्मक रुप दिएर अभिब्यक्त गर्न खप्पिस हुनुहुन्छ। उहाका पछील्ला कथाहरुमा चित्रात्मकता प्रखर हुँदैगएको देखिन्छ।
समाजको राम्रोसँग चिरफर गरियको शसक्त कथा । राम्रो लाग्यो दिदी प्रगतिको कामना ।
धन्यवाद विमलजी अनि केदार भाइ खुसी लाग्यो । म गर्दै छु तपाइहरुको शुभकामनाले मलाइ उर्जा मिलेको छ ।
Post a Comment