April 3, 2010

सिर्जनशील हातहरूमा नयाँ विचार बोकेर अघि बढौँ

हाम्रो समाजमा धेरै परिवर्तन आइसकेको छ । सामन्तीसोचमा वर्षौ रुमलिएको हाम्रो संस्कारमा धेरै परिवर्तन आइसकेको छ । अहिले समाज अत्यन्त संवेदनशील अवस्थामा छ । हामीले आफ्ना पुराना रुढीवादी विचारधारालाई धोई पखाली गरी नयाँ र परिष्कृत विचारधारा आउने पुस्तालाई हस्तान्तरण गर्नै पर्दछ । हामी सबैजना मीठो भाषण गर्र्छौ । नयाँ नेपाल बनाऔँ भन्दै हिँड्छौ नयाँ नेपाल भनेको के हो - हामी सबै परिवर्तन चाहन्छौँ तर हामी नयाँ विचार बोकेर अघि र्सन डराउँछौँ । हाम्रो समाज यस्तो भइसक्यो कि हामी आफ्नो र आफ्नो परिवारको बारेमा मात्र चिन्ता गर्र्छौ । यदि समाजमा कोही त्यो भन्दा बेग्लै विचार राखेर विकासको कुरा गर्दै हिँड्छ भने त्यसलाई सबैजना बहुलाएको संज्ञा दिन्छौँ । हामी किन यसो गर्र्छौ - यहाँ निस्वार्थ भएर समाजसेवा र राष्ट्रसेवाको कुरा गर्यो भने विभिन्न शंका उपशंकाले हेरिन्छ । छिमेकीले एकबित्ता बाटो मिचेको छ भने अर्कोले दुई बित्ता बाटो मिच्नै पर्छ किनभने त्यो बाटो आफ्नो होइन सार्वजनिक हो । हाम्रो समाजको संस्कार यस्तो छ । यस्तो धमिलो वातावरणमा हामीले यो कार्यक्रम गर्दा यस्तै शंका उपशंकाका भुमरीले हामीलाई पनि छेकेको थियो । हामीले कालो बादल हटायौँ र हामीले निस्वार्थ सामाजिक सेवा हो भनी विश्वास दिलायौँ । यसरी समाजमा राम्रो काम गर्नेलाई धेरै शंका उपशंकाले हेरिन्छ । हामी सबै चाहन्छौँ , हाम्रो देश सिंगापुर , लण्डन बनोस् भनेर तर हामी नयाँ विचारधाराका संवाहक हुन चाहिँ चाहदैनौँ । आज देशको प्रत्येकक्षेत्र अस्तव्यस्त छ । विदेशी सहयोग नआई यहाँ कुनै कार्यक्रम हुन सक्दैन । समाजको प्रत्येक क्षेत्र सम्हालिनसक्नु गरी लथालिङ्ग छ । 

मेरो बालसाहित्यलेखन र बालअध्यापन पेशाले यस क्षेत्रमा पनि यति धेरै विकृति र विसंगति देखेको छु । त्यसलाई सुधार गर्न ठूलो क्रान्ति नै गर्नुपर्ने दे्खेको छु मैले । तर हामी कुरा गर्र्छौ कुरा गरेको भोलिपल्ट जस्ताको त्यस्तै आफ्नै संसारमा रमाउन पुग्दछौँ . त्यस्तै नारीवर्गमा ठूलो जनचेतनाको अभाव रहेको छ । यी कुरामा परिवर्तन गर्न समाजमा नयाँ विचारहरूको क्रान्ति हुनुपर्दछ । यस्तै नयाँ युग चेतना बोकेर हामी यो प्रतिष्ठानमार्फत र्सार्वजनिक भएका छौँ । हामी भन्छौ अब केही गरौँ सिर्जनशील हातहरूमा नयाँ विचार र धारणा बोकेर अघि बढौँ। समयलाई हामीले जित्नैपर्छ । हामी अघि बढनै पर्छ । कुनै पूर्वाग्रह वा अनुग्रह नराखी सबैको कार्यको निष्पक्ष मूल्याङ्कन गरौ । निस्पक्ष, निस्वार्थ र सकारात्मक हृदयले अरूको कार्यको विश्लेषण गरौँ । तब मात्र हाम्रो देश सिंगापुर वा लण्डन हुनसक्छ । 

वर्षौदेखि नारीप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहारलाई फराकिलो र सम्मानयोग्य बनाऔँ । हामीभित्र रहेको सामन्तीसोच, रुढीवादी र संकुचित धाराणालाई नयाँ विचारधाराले धोई पखाली गरौँ भनिन्छ, 'जहाँ नारीको सम्मान हुन्छ , त्यहाँ इश्वरको बास हुन्छ' । यो भनाइ मात्र भनाइमा सीमित रहेको आभास हाम्रो समाजले दिइरहेको छ । आधा आकाश थामेर बसेकी नारीको आस्तित्व आज सङ्धर्षत छ । सतीप्रथादेखि जिउँदै जलाइँदै आएकी नारीको अवस्था आज पनि विभिन्न प्रथा र चलनले प्रताडित छ । विगतको दसवर्षे जनयुद्धमा, युवापिढी विदेशीनु पर्ने बाध्यताले नारीहरूलाई अझ पीडित र मार्मिक बनाएको छ । नारीभित्र अथाह शक्ति हुन्छ । जुन शक्तिको पहिचान भएर नै समाजमा नारीलाई देवीको रूपमा पुजिँदै आएको छ । तर नारीको शक्तिलाई मूर्तिमा मात्र सीमित राखेर पुज्नुभन्दा त्यस्ता शक्तिशाली नारीलाई समाजमा प्रतिकको रूपमा प्रतिबिम्बित गरेर सम्मानित गरेर समाजमा पदार्पण गराउने उददेश्य लिएर हामीले प्रतिष्ठानमार्फ नारीसम्मान कार्यक्रम राखेका छौ । नारीका प्रगतिका बाधक नारी नै हुन भन्ने यदाकदा उठ्ने गरेको विवादास्पद भनाइ निर्रथक बनाउन , भावी पुस्तालाई सुसस्कृत, र सुसभ्य संस्कार हस्तान्तरण गर्न यो अभियान थालेका छौ । विगतका दिनमा जुन दिनमा नारीहरूलाई घरबाट बाहिर निस्कन दिइदैनथ्यो । परपुरुषको मुख हेर्न दिइदैनथ्यो त्यो अवस्थामा पुरुषसँग काधमा काध मिलाएर आर्थिकोपार्जनमा भरमग्दुर सहयोग गरी समाजसेवामा यथेष्ट योगदान दिनुहुने कर्मठ नारीलाई हामीले यो उत्खनन् अग्रज नारी सम्मान कार्यक्रम प्रदान गर्दै छौ । यस सम्मानद्वारा सम्मानित व्यक्तित्वले आफ्नो जीवनलाई र्सार्थक ठानेर अगामी दिनहरूमा समाजसेवामा कटिवद्ध भई लाग्नुहुनेछ भन्ने हार्दिक शुभकामना पनि व्यक्त गर्दछु । साथै यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय महानुभाव तथा साथीभाइ , दिदीबहिनीहरूमा हार्दिक धन्यवाद टक्रयाउन चाहन्छु ।
संयोजकको नाताले उत्खनन नारी साहित्यप्रतिष्ठानको मुखपत्रमा प्रकाशित २०६४ साल



2 comments:

GAUTAM RIJAL ( Doha , Qatar.) said...

शर्मीला जी हजुरको साहसिक कार्यको उत्तरोत्तर प्रगति को कमाना, अहिलेको अवस्था मा पुरुष भन्दा नारी बढ़ी शिक्षित भएका छन, एस्को उदाहरण बिदेश जाने नारीको संख्या बाट प्रस्ट हुन्छ .बिदेश गए अनी आफुले जानेको शिप आफ्नो देशमा प्रयोग गरलान भन्दा बरु बिदेशको आईडी भाको केटो खोजेर घर जम बसाउन तर्खर गर्छन . राम्रो कुरा मा प्रतिस्पर्दा गरलान भन्दा कसले छोटो लुगा लगाउने भन्ने कुरा मा बढ़ी जोड़ दिन्छ्न. तर पनी यिनी नारी बाहेक अरु नारी पनी छन जो उनीहरुलाई आफ्नो संस्कृति र सभ्यता थाहा छ. हो यिनी नारी हरुको खांचो छ हाम्रो देशका पीड़ित नारीको उद्दार र बिकाश गर्न . त्यसैले संपूर्ण शिक्षित नारी हरुलाई मेरो आग्रह अंग प्रदर्शन गर्नु भन्दा आफु मा भएको कला र कौशलता प्रदर्शन गर अनी नयाँ नेपाल को निर्माण हुन्छ . समाज परिवर्तन गर्न नारीको ठुलो हात हुन्छ त्येसैले नारीद्वारा स्थापित संघ संस्थालाई सहयोग गर अनी मात्र देशमा आमूल परिवर्तन हुन्छ नत्र " चाल पायियो ठुली चाल पायियो " भनेर पुरुष ले भनेको सुन्नु पर्ने छ.

शखदा said...

हो गौतमजी नारी आफुमा पनि धेरै कमी कमजीरी छन् । जसको बारे मैले www.khasskhass.com mc महिला शब्दको उत्पत्तिमा लेखेको छु । तर बिस्तारे सबै ठिक हुदै जाऩेछ । यस नारी प्रतिष्टानलाइ सहयोग गर्न सबैलाइ स्वागत गर्छौ । प्रतिष्टान मार्फन हामीले नारीको सम्मान र हक अधिकारका र सचेतताको कुरा गर्दै आएको छौ । तपाइले व्लग पढेर यति धेरै प्रतिक्रिया पठाउनु भएकोमा धेरै धेरै धन्यवाद छ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।