वास्तवमा निबन्ध, लेख्छु र सङ्ग्रह बनाएर प्रकाशित गर्छु भन्ने सोच उषाकालीन मेरो साहित्य लेखनमा उदय भएकै थिएन । मेरो सीमित सोचाइको घेरामा निबन्धसङग्ररूपी विराट महासागरले आकार नै लिएको थिएन । सबै सोचेको कुरा हुन्छ भन्ने छैन र सबै नसोचेका कुरा हुँदैनन भन्ने सिद्धान्त सबैको जीवनमा लागु हुन्छ भन्ने कुरा म मान्छु । यो जडसूत्र जन्मनुको मुख्य कारणचाहिँ मेरो बौद्धिकतामा हुने यान्त्रिक खराबी हो- म भन्छु । जसले गर्दा निबन्धरूपी वायुयान धेरै चोटि उडाउन खोज्दाखोज्दै पनि असफल भएकी थिएँ । यदि कसैले मेरो विषयमा भन्नुपर्दा यही कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ...