November 15, 2010

यो दिल आखिर दिल हो

यो दिल आखिर दिल हो , कुनै खेलौना होइन
स्विकार या नस्विकार तिमी, मलाई कुनै दरकार छैन
दुख्नु थियो दुख्यो, टुट्नु थियो टुट्यो
जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन

कैयौँ नजर आए, यो नजरको बाटो छेक्न
कुनै नजरको पछि लागेर, मैले बाटो टुग्याएको छैन
भवराझैँ चाखि हिँड्छौ, त्यसैले पारखी बनेका रहेछौ
दिल टुटाउने खेल कति खेल्यौ मैले हिसाब गरेको छैन

प्रेमको मुहान सुक्न हुन्न, कसैको दिल सुकेपनि
प्रेम र घृणा जीवनका लेनदेन हुन्, भो म सन्तुलन बिगार्दिनँ
तिम्रै मात्र भनी यो दिल, म साँचेर राख्न पनि सक्दिनँ
प्रेमको परिभाषालाई नै बदलिदियौ, अरु व्याख्या गर्न म सक्दिनँ

सपना आखिर सपना हुन्छ, विपना कहिले हुन्न
टुटेको सपना बोकी म अब, वियागको गीत गाउँदिनँ
तिमीजस्तो रसस्वीका लागि प्रेम रसलिने भोजन बनेपछि
प्रेमकै लागि भनी म अब, दुहाइको गीत गाउने छैन

4 comments:

Shiva Prakash said...

"दुख्नु थियो दुख्यो, टुट्नु थियो टुट्यो
जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन"

गजबको अभिव्यन्जना ।

शखदा said...

धन्यवाद, शिवजी ,....तपाइजस्तो प्रतिभाशाली स्रष्टाले, अझ भन्नु पर्दा राम्रो गीतकारले गीतको मर्म बुझेर कमेन्ट गर्नु भएकोमा खुसी लागेको छु ।

prabin said...

didi namaskar,
aja pahilo palta tapaiko blog sathile bhanera padna paye .rachana ramra6n..
di di gadya ra padya sahitya bhaneko k ho ra? sarita jee ko question ko ans pade, k kabitatmak katha ma bimba haru use garda kun niyam ma rahanu par6?
prabin

Itahari News said...

Yo Kathama Malai Sabai vanda Badi Man Pareko Vanai............................
"दुख्नु थियो दुख्यो, टुट्नु थियो टुट्यो
जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन"

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।