September 17, 2009

विद्रोहको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू- मैले पहिले भनिसकेको छु , म पात्रको कथालाई उनीहरूको शब्दमा मात्र ब्यक्त गर्नसक्छु भनेर । त्यसैले अहिले म पात्रहरूको अर्न्तव्यथाको कथा लेखिरहेको छु । कुरा के छ भने, मेरा कथाका पात्रहरूसँग मेरो सम्बन्ध बिग्रिदै गएको छ भनौँ चिसिदै गएको छ । यसरी सम्बन्ध ब्रि्रेको निकै दिन भइसक्यो अब उनीहरू आन्दोलन गर्ने, सङ्धर्षमा उत्रने धम्की दिइरहेका छन् । किनभने अहिले मुलुक नै आन्दोलन र सङ्धर्ष सङ्क्रमणले ल्कान्त छ । प्लेग रो गसरह फैलिएको यो सङ्क्रमणले सबै वर्ग, समुदाय, जात र प्रान्तलाई यसले ग्रस्त बनाएको छ भने मेरा पात्रहरू चाहिँ किन नउत्रिउन र आन्दोलनमा होइन र - मेरा पात्रहरूसँग मेरो सम्बन्ध किन कसरी बिग्रियो भन्नुपर्दा कारणहरू धेरै छन् । मैले उनीहरूको वास्तविक कथा लेखिन रे । उनीहरूको भावअनुसारको शिल्प र शैली दिन सकिनँ रे । उनीहरूलाई जीवन्त बनाउन सकिनँ रे । मैले माया र प्रेमको कथा मात्र लेखिदिए रे । विद्रोही पात्रहरूको कथा लेखिदिइन रे । त्यसैले अहिले म मेरो कथाको क्यानभासमा तिनै विद्रोही पात्रको चरित्र चित्रण गर्न गइरहेको छु । मेरो यस विद्रोहको क्यानभासमा तिनै विद्रोही र असन्तुष्टी पात्रहरूका विरोधात्मक छायाहरू छन् । त्यसैले उनीहरू कहिले भोक हडताल, कहिले नाकाबन्दी, त कहिले आमहडताल, त कहिले चक्काजामका आव्हान लिएर सङ्धर्षा उत्रेका छन् । म इमानदारकासाथ भन्छु कथाकार दिवाकर नेपालीज्यू- उनीहरूको कथन धेरै हदसम्म सत्य छ । तर यसमा मेरोमात्र दोष छैन । म पनि विवश वर बाध्य छु । यस आरोपलाई म यसरी स्पष्टीकरण दिन चाहन्छु । म एक गृहणी , आमा र कर्मचारी पनि हुँ । मैले सम्पर्ूण्ा दायित्व पूरा गरेर साहित्यमा लाग्नर्ुपर्छ । फेरि म आफैमा बौद्धिकता नहुन सक्छ अथवा भाषिक गहनता मैले दिन नसेकेको हुनसक्छ । अर्को कुरा लेखकीय उष्णतामा मेरो कथाको तापक्रम शून्यमा झरेको हुनसक्छ । सफल कथाकारहरू जस्तै तपाईँहरूको जस्तो स्तरीय समकालीन कथा लेख्न नसकेर मेरो कथा धेरैपल्ट प्रकाशकीय मारमा थिल्थिएको हुनसक्छ । मेरा यिनै बाध्यता र विवशताले गर्दा मेरा पात्रहरू मदेखि रुष्ट भएका हुन् ।

कथाकार दिवाकर नेपालीज्यू- अहिले मेरो एउटी केटीपात्रसँग समञ्जस्यता मिलेको छ । ऊ भर्खर अरबबाट बलत्कृत भई, मानसिक रुपले विक्षिप्त भएर आएकी छे । उसलाई कुनै गैरसरकारी संस्थाले उद्धार गरेर नेपाल ल्याईदियो रे । ऊ अँध्यारा दिनहरूमा आशाको दियो बालेर विदेश गएकी थिई । तर उसलाई के थाहा विदेशमा यति भोका नरपिशाचहरूको यौनशिकार बन्नुपर्दछ भनेर । ऊ जीवन र मृत्युको दोसाँधमा पुगी रे । अन्त्यमा मर्नुभन्दा बौहुलाउनु निको भन्ने उखान लागु भयो रे उसलाई । उसको कथा हृदयविदारक छ । म उसको कथा सुन्दै छु । त्यहीबेला अर्को बलत्कृत पात्र पनि आइपुग्छे मभए ठाउँमा र भन्न थाल्छे - ' उसको कथा कथाभन्दा मेरो कथा हृदयविदारक छ । मेरो कथा लेखिदिनु' भन्छे । ऊ भन्छे- 'उसलाई छ विदेशमा विदेशीले बलात्कार गरेको छ । तर मलाई त मेरो आफ्नै देशमा आफ्नै दाजुभाईले बलात्कार गरेको छ । साम्प्रदायिक आगोको ज्वालामा उनीहरूले मेरो अस्तित्वलाई स्वाहा पारेका छन् । उनीहरूले को आफन्त को पर्राई, को बूढाबूढी को चेलीबेटी, केही भनेन भने विदेशीको त के कुरा गर्नु -' ती दुर्इ पात्रहरू आ-आफ्ना कथा महत्वपूर्ण भन्दै वादविवाद गर्न थाल्छन् । म उनीहरूको पीडादायक कथा सुनेर कथा लेख्न चाहन्छु र समाजलाई भावुक र सचेत गराउन चाहन्छु । तर अफसोच † उसको र मेरोबीच अवरोध आइपुग्छ । मेरी सानी छोरी 'भोक लाग्यो' भन्दै रुँदै आउँछे । म छोरीलर्ँइ खानेकुरा खुवाउन थाल्छु । त्यत्तिन्जेलसम्ममा मेरा पात्रहरू हिँडिसक्छन् । उनीहरू आफूलाई न्याय नभएको गुनासो गर्दै विद्रोहमा उत्रने चेतावनी दिँदै मबाट टाढा भाग्छन् । म उसलाई समाउन खोज्छु । तर असफल हुन्छु ।

म हरेस खादिनँ दिवाकार नेपालीज्यू, फुर्सद हुनुबित्तिकै अर्को पात्रको खोजीमा हिँड्छु । अहिले मसँग जनआन्दोलनमा उत्रेको एउटा घाइते राजनैतिक कार्यकर्ता छ । ऊ मेरो विरुद्धमा पनि आन्दोलनमा उत्रेको छ । किनभने धेरै लामोसमयदेखि उसले मलाई आप\mनो कथा लेखिदिन अनुरोध गर्दै आएको थियो । ऊ देश र जनताको लागि लड्यो रे र्सवहारावर्गको लागि लड्यो रे । ऊ जनताको मौलिक अधिकारको लागि बाधझै गर्जन्थ्यो रे । लोकतन्त्रको स्थापनाको लागि ज्यान दिएर लड्यो रे । राजनीतिमा लाग्दा ऊ कहिले टाउको फुटाएर आउँथ्यो रे कहिले घरबाट महिना“ैदिनसम्म गायब हुन्थ्यो रे । त्यसैले ऊ परिवारको अगाडि भिजेको मुसो भएर बस्न बाध्य थियो रे । तर पनि उसले राजनैतिक विचारधारा परिवर्तन गरेन र । अहिले देशमा उसले गर्दा नै लोकतन्त्र आएको रे । तर उसँगै लडेका कार्यकर्ता कारमा कुद्न थाले रे । तर ऊ घरको सँधारमा कुद्न नसक्ने भएको छ । राज्यले उसलाई वास्ता गरेन रे । पार्टी कार्यकर्ता साथीहरूले पनि उसलाई वास्ता गरेन रे । म उक्त पात्रको मानसिकता बुझ्न गहिराइमा प्रबेश गर्छु उसलाई पढ्छु । उसलाई विश्लेषण गर्छु उसलाई उसको मागअनुसारको कथावस्तुमा ढाल्न शब्द र शैलीको समायोजन गर्न खोज्छु । त्यसैबेला भान्साकोठामा खाना तयार गर्नेबेला भएको सङ्केत पाउँछु । म झल्याँस्स हुँदै झ्यालबाहिर आँखा उघार्छु साँझले सँधारभित्र पाइला राखिसकेको पाउँछु । म अत्तालिन्छु । त्यसैसमय मेरो पात्र वैशाखीको साहाराले ढोकाबाट फुत्तबाहिर निस्कन्छ । म उसलाई समाउन चाहेर पनि समाउन सक्दिनँ किनभने मैले उसलाई समाएर मात्र हुँदैन उसलाई समय दिन पनि सक्नुपर्दछ । उसँग रमाउन सक्नुपर्दछ उसका भावाना बुझ्न सक्नुपर्दछ । तर यो सबकुराको कमी छ मसँग ।

म भान्साकोठाको कामतिर लाग्छु । म भान्साकोठामा काम गर्दागर्दै आमहडतालले बन्द भएको रेस्टुरेन्टमा काम गर्ने एउटी केटीलाई उदास अनुहार लिएर चियापसलमा चिया खाइरहेको देख्छु । म उसैलाई समाउँछु । म उसको कथा सुन्दै काम गर्छु ऊ वादी केटी हो रे । उनीहरूलाई समाजले तल्लोस्तरको नागरिकको रुपमा राख्यो रे । उनीहरू शोषित र पीडित छन् रे । उनीहरू बषौदेखि यौनशोषित हुँदै आएकाले अहिले आक्रोशित र विद्रोही बनेका छन् रे । ऊचाहिँ अलिक टाढीबाठी भएकीले रेष्टुरेन्टमा काम गर्न थाली रे । तर के गर्नु बन्द र हडतालले रेष्टुरेन्ट पनि बन्द भएपछि उसलाई जीवन गुजार्न पनि गारो भइरहेको छ । आफ्नो अस्तित्व बेचेर कैयौँ भोका यौनपिचासुलाई सन्तुष्टि दिएर पनि बाँच्नका लागि उनीहरूले गर्नुपरेको सङ्धर्षअत्यन्त दर्दनाक भएकोले उसको कथालाई कथामा ढााल्न अनुरोध ऊ मलाई गर्छ झन अहिले बन्दले गर्दा ऊ राजनैतिक नेताहरूप्रति नै तीखो व्यङ्ग गर्छु आन्दोलनमा उत्रने खारो चे तावनी दिन्छे । अहिले ऊ झन बढी आन्दोलित र आक्रोशित देखिन्छे । ऊ मलाई आफ्नो सम्पूर्ण कथा सुनाउन चाहन्छे र त्यसको परिभाषा खोज्न चाहन्छे । म उसलाई उसको कथाको परिभाषा दिन सक्दिन र म छटपटाउँछु । त्यति नै बेला चुलामा तरकारी डढेको र दाल उम्लेर गएको आभास पाउँछु । म उक्त पात्रलाई सहनुभूतिका शब्द प्रकट गर्दै चाँडै उसको कथा प्रकाशित गरिदिने ढाडस दिँदै चुलोतिर लाग्छु । उसलाई दिएको वचनमा कतिको खरो उत्रन्छु त्यो मलाई थाहा छैन । किनभने मेरा पात्रहरू सङ्धर्षा उत्रनुको अर्कोर्र् प्रमुख कारण उनीहरूको कथा समयमा प्रकाशित नहुनु पनि हो ।

कथाकार दिवाकर नेपालीज्यू, अब म पात्रको खोजी गर्दिनँ । किनभने पात्र खोज्दाखोज्दै म धेरै थाकिसकेको छु । एउटा पात्र धेरै समयदेखि मसँगै छ । उसले मलाई कथा लेख्न धेरै अनुरोध गरेको थियो तर मेरो जागिरे दायित्वले उसलाई कथामा ढाल्न सकेको थिइन“ । त्यो बेला देशमा जनयुध्द चलेको थियो । उसको कथा यस प्रकारको थियो । ऊ रङ्गेली बजारमा रिक्सा चलाई खाने मजदुर हो । धेरै दिनदेखिको नाकाबन्दीले उसले राम्रो आम्दानी गर्न सकेको थिएन । घरमा छोराछोरी भोकै र नाङ्गै थिए । ऊ रिक्सामा बिमारी लिएर विराटनगर हि“ड्यो । बाटामा पुलछेउमा बोरामा बालुवा भरेर राखिएका थिए । सबै यात्रु बम छ भनेर तर्केका थिए । तर मेरो पात्र साहसी बन्छ किनभने उसले घरमा चामल किनेर लानु छ, दाल र कपडा किनेर लानु छ । छोराछोरीको भोको पेटमा चारो भर्नु छ । उसलाई अहिले मान्छे भएर जन्मेकोमा दिक्क लागेको छ । ऊ चराचुरुङ्गी भएको भए सजिलै आहारा खोज्न सक्थ्यो । ऊ बिमारी टाढै राख्छ । आफू भने बोराको नजिक जान्छ । ऊ भोकले ग्रसित छोराछोरीको अनुहार सम्झन्छ अनि सयसयका हरिया नोट आ“खाअगाडि देख्छ । ऊ त्यहाँ बम छैन भन्ने कुरामा विश्वस्त हुन्छ । ऊ बोरा उचाल्छ । बोरा उचालीनसक्दै उसको विश्वास पड्केर धेरै टाढासम्म छरिइसकेको हुन्छ । ऊ भन्दै छ- 'हम गरीब कथिले बिगारने छे - हमरा बेटाबेटी भुखले प्यासले कथिले नाङ्गै छे ,हमरा बेटाबेटी के कौन दोष छेलै छे - हम कथिले एनान सजाय पहिली - '

उसको कथा सुन्दासुन्दै उसँगै अर्को पात्र आइपुग्छ । ऊ राज्यद्वारा पीडित पात्र हो । उसको नाम हर्के हो । ऊ निदोर्षथियो रे । राज्यले छापामार र आतंककारीको बिल्ला लगाएर उसको ज्यान लियो रे । ऊ बूढा बाबु दलसिंहको एकमात्र सहारा, तरुणी स्वास्नी झिम्कीको आर्दश पति र छोरा लट्टेको आधारशिला थियो रे । उसलाई राज्यले मारेपछि आतंककारीको बिल्ला लगाईदियो रे । ऊ भन्दै छ -'माओवादीद्वारा राखिएको बोरामा बम छ भन्दाभन्दै रिक्शाचालक बोरा उचाल्न गएको थियो । ऊ नगएको भए ऊ मारिने नै थिएन तर मलाई त सैनिकले कुनै कारण नदेखाइ मेरा बाबुको अगाडि नै मलाई गोली हानेका थिए । त्यसैले मेरो कथा बढी महत्वपूर्ण छ' ऊ भन्दछ । हुन पनि देशमा चलेको एक दशकको जनयुद्धमा धेरै निदोर्षजनता मारिएका थिए । अब ती दुर्इमा वादविवाद चल्छ । म सम्झौता गराउनपटि्ट लाग्छु । म हर्केलाई भन्छु -'तिम्रो कथा त कथाकार पुण्यप्रसादले लेखिदिएका छँदै छन् नि । विचरो † त्यो रिक्शाचालकको कथा कसले लेखिदिन्छ - ऊ मलाई चुनौति दिँदै भन्छ - त्यसो भए पक्कै रिक्शाचालकको कथा लेखिदिनु हुन्छ त - म उसलाई लेखिदिने वाचा गर्दछु ।
भोलिबिहानको सूर्योदयको पहिलो झुल्कोमा नै उसको कथा लेख्ने सङ्ंकल्प गरेर म निदाउँछु ।
बिहान उज्यालो हुँदा नहुँदा मेरो घरको उषाकालीन दायित्व मसँगै ब्यूँझन्छ । उक्त पात्रको विश्वास बटुल्न धेरै चोटि कलम र कापी लिएर बस्ने जमर्को गर्छु तर असफल हुन्छु । असफलताको झटारो खाँदाखाँदै मेरो अफिस जाने समय भइसक्छ । कुनै फुर्सदको समय पारेर कथा लेखिदिने प्रतिज्ञा गरेर म अफिस जान्छु । तर म सोच्छु यो कथा त बासी भइसकेको छ । देशमा विद्रोहीपक्षले युद्ध त्यागेर शान्ति सम्झौतामा फर्किसकेको छ । त्यसैले उक्त रिक्शाचालकको कथा कसले पढीदिन्छ । त्यसैले म उक्त पात्रको कथा लेख्ने मन गर्दिन । अनि फेरि म उक्त पात्रबाट टाढिन्छु अनि अविश्वासी र असक्षमीको उपाधि पाउ“छु ।

अब म पात्र खोज्न सक्तिनँ - दिवाकार नेपालीज्यू । म धेरै थाकिसकेको छु । म पात्रहरूसँग शान्तिवार्ता गर्न चाहन्छु । सरकारले विभिन्न आन्दोलित वर्ग, समुदाय, र जातहरूसँग शान्तिवार्ता गर्न चाहेझैँ म पनि शान्ति वार्ता गर्न चाहन्छु तर मभित्र अहम् र हुँकार छ । जसले गर्दा म तिनीहरूको अगाडि झुक्न सक्तिनँ । किनभने म उनीहरू बिना पनि बाँच्न सक्छु भन्ने घमन्ड ममा छ । त्यसैले पात्र र मबीच खाडलको गहिराइ बढ्दै गएको हो । मेरा पात्रका कुण्ठित भावनालाई मैले नस्वीकार्नुले मलाई मात्र हैन पात्र स्वयम्लाई र धेरै पाठकहरूलाई हानि गरिरहेको छ । पाठकहरूलाई पनि राम्ररी थाहा छ, उनीहरूलाई म ढाट्न सक्तिनँ किनभने उनीहरूले मलाई राम्ररी पढिरहेका छन् । त्यसैले हामीबीच मध्यस्थता कायम गर्न तपार्इँ साँघु भएर आउनुपर्छ । मेरा आन्दोलित पात्रहरूसँग शान्ति सम्झौता गराउन तपाईँ मात्र सक्नुहुन्छ दिवाकर नेपालीज्यू यदि तपाईँ आउनुहुन्छ भने, मेरा कथाहरूको क्यानभासमा चाँडै सम्झौताको क्यानभास तयार हुनसक्छ ।

11 comments:

रोस्मन लिम्बु said...

राम्रो कथा
शर्मीला जी तपाई मेरो अत्यन्तै मनपर्ने लेखक हुनुहुन्छ । तपाईले लेख्नुभएको कथाहरु भेटेँसम्म सबै पढ्ने गरेको छु । म सल्यानी ठिटो हुँ हाल काठमाण्डौंमा छु । ब्लग संचालन गर्नुभएको रहेछ अब त रचना पढ्नका लागि भौतारिनु पर्ने नभयो । सफलताको शुभकामना छ तपाईलाई । ब्लगलाई निरन्तरता दिनुहोला ।

कृष्ण कट्टेल, सल्यान said...

कथा निकै सरल मिठासपूर्ण लाग्यो शर्मिला जी मलाई । मेरो सहकर्मी मित्र मनोजले तपाईको बालपुस्तक मेरी छोरीलाई दिनुभएको रहेछ । उनले तपाईको पुस्तक निकै मन पराई । तपाईका अन्य बालपुस्तकहरु दर्जनौ जति पुस्तकपसलहरुमा खोजेँ पाउन सकिँन । आज इन्टरनेटमा डुल्दै जाँदा तपाईको ब्लगमा डुबुल्की मार्न पुगेँ । अब नियमित पढिन्छ । शुभकामना हैँ ।

यम जागाली said...

शर्मिला जी तपाईका प्रयाशः कथाहरु प्रेम र यौन बासनाले भरिपूर्ण भएको पाइन्छ । म यौन मनोवैज्ञानिक कथाहरु पढ्न रुचाउँछु । हदैको अश्लिलता भनै पटकै मनपर्दैन जसले उत्तेजना बाहेक अरु केही सिकाउँदैन । मानिसहरुमा माझ यौनका बारेमा सर्किण सोचाई हुन्छ त्यो मलाई मन पर्दैन् । ‘समयको क्यानभासमा’को फ्रेम भित्रको फोटो भन्ने कथा निकै राम्रो लाग्यो । अझ लेख्दै जानुहोला ।

सीता सन्ध्या राई said...

निकै दिनदेखि हेर्दैछु तपाईको ब्लग धेरै रचनाहरुले भरिदै छन् । तपाईको कति छिटो रचना गर्नुहुन्छ हँ ? कि पहिलेदेखि नै स्टक थियो तपाईसँग ।

रचना श्रेष्ठ said...

म पनि एकाध मात्रामा कथाहरु लेख्ने गर्छु । आफुलाई पढ्दा कथा राम्रो लाग्छ । बिभिन्न पत्रपत्रिकाहरुमा पठाउछु प्रकाशित हुँदैन । गरिमा र मधुपर्कमा निकै पठाईसके छापिएन । के रचना प्रकाशित गर्न पनि चाकडी गर्नुपर्छ हो ? कथाका लागि धन्याबाद शर्मिला जी ।

दिपनारायण चौधरी said...

वेबसाइट निकै राम्रो लाग्यो मलाई । रचनाहरु पनि सबै उत्कृष्ठ लागे मलाई सफलताको शुभकामना ।

सुशिल कोइराला said...

मेरी श्रीमति अनिता तपाईको ‘फ्यान’ छिन् । तपाईका पुस्तकका कथाहरु निकै पटक दोहो¥याएर पढ्ने गर्दछिन् । के हामीलाई भेट दिनुहुन्छ ?

बसिबियाँलो भाइ said...

हैन शर्मिला जी तपाईको कसरी कथा सिर्जना गर्नुहुन्छ । आफ्नो यो खोपडीमा के आउँदैन बा ? कथा निकै राम्रो लाग्यो । अरु पनि पढ्न पाएँ हून्थ्यो ।

बिष्णु रिसाल said...

शर्मिला दिदी तपाईको पुस्तक ‘समयको क्यानभासमा’ पढेर सिध्याएँ । अब तपाई के प्रकाशन गर्दै हुनुहुन्छ ? छिटो है ।

Anonymous said...

Sharmila jee

I read your stories. They are excellent.

Devendra Bhandari, Canada

शर्मिला खड्का (दाहाल) said...

Thank you Devendra jee, Its a great honour for me, as Ive been least able to satisfy my readers , it boosted up effort to do my best in future,

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।