January 28, 2010

बाँसुरीको धुन

तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा...

January 9, 2010

म हराएको समयकथा

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गईरहेकी छु । काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम...

आतिथि सत्कारको परिभाषा

गाउँमा हत्या, हिंसा र अपहरण बढेपछि ऊ नौ(दसजनाको सन्तानको भार बोकेर सहर पस्यो । तीन पुस्ताअघि चिनेको आफन्तकहाँ वासका लागि सहारा लिन पुग्यो । सहरको खुम्चिएको आत्मीयता र अपनत्वमा उसले वास पाउन सकेन । भाडामा दुर्इ कोठामा जीविका चलाएका उसका आफ्नाकी श्रीमतीले चार(पाँच दिनदेखि ननुहाएको गन्हाउने जीउ बोकेर आएका उसका सन्तानलाई वास दिन अस्वीकार गरी । नजिकैकको लजमा वास बस्ने सल्लाह दिई । तर लजमा बस्दा पैसा खर्च गर्नुपर्ने पीडाले ऊ मर्माहत भयो । केही नभए आफ्नो...

मैनबत्तीको शिखा

आमापछिकी दिदी, उनको भावना पोखियो बैनीमाथि अनि एकिकार लियो माया र स्नेहले । उनले बैनीलाई एस.एल.सी पास गर्नेबित्तिकै लगिन् सहरमा पढाउन । सहरमा राम्रो क्याम्पसमा पढाइन् । बैनीले पनि दिदीको भावना उजिल्याउँदै लगी अनि सपना साकार पार्दै लगी । आफ्ना श्रीमान्का आफन्तहरूको विचारस“गै कुस्ती खेल्दै बैनीलाई धेरै पढाइन् । आफूले खाने गाँस मासिन् अनि आफूले लाउने लुगाको अधिकार खोसिन् । आफू त विवाह भइसकेकी मान्छे, बैनी भनेको लाऊँ-लाऊँ खाऊँ-खाऊँ भन्ने बेलाकी, उसका...

अस्तित्वको खोजी

ऊ सहर बसेर पढ्यो । सहरमा नै जागिर खायो । बेलाबखत विदेश पनि जान्थ्यो । उसले आर्थिकोपार्जनका लागि यथेष्ट जिजीविषाहरू पहिल्यायो । लगनशीलताका पाइलासँगै जीवनमा सफलताले चुली उक्लँदै गयो । आधारभूत आवश्यकतका सम्पूर्ण काँडे झ्याङहरू उखेलेर सम्पन्नतालाई घेरेर राख्यो । उसको महत्त्वाकाङ्क्षा जीवनको सफलतासँगै उचालिएर गयो । अनि सम्पन्न घरानाकी केटीसँग वैवाहिक सम्बन्ध गाँसेर सम्पन्नतालाई वैभवताले माझेर समाजमा प्रतिष्ठित भएर चम्कने चाहना गर्न थाल्यो । नभन्दै उसले...

January 8, 2010

मेरी अजी

जब म शारीरिक थकाइले चुर हुन्छु अनि क्रियाशील मस्तिष्कमा बौद्धिक ज्ञान घुसाउन अर्समर्थ हुन्छु तब म सिर्जनशील मस्तिष्कमा कल्पनाका तारहरू बुन्न थाल्दछु । बुन्दाबुन्दै एउटा राम्रो जाल बनाउन पुग्दछु अनि त्यही जालमा कथाको पात्रलाई माकुराले सिकार पारेजस्तै सिकार बनाउँछु । त्यो पात्र जोकोही पनि हुन सक्छ । एउटा अथवा एउटा भन्दा धेरै पनि । कल्पनाको जालो म मेरो परिवेशको वरिपरि नै बुन्छु । तर म यसलाई यति मजबुत बनाउन चाहन्छु कि कुनै पनि व्यवधानले यो नचुडियो्स । मजबुत बनाउने क्रममा वर्षौ लाग्न पनि सक्छ अनि केही समय पनि । तर म सधैँ कल्पनाको तार मात्र बुन्दिन ।...

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।