July 24, 2009

परिवर्तित मन

मेरो पाणिग्रहण आजभन्दा दुई वर्षगाडि भएको थियो । नयाँ वर्षँगै मैले मेरो जीवनको नयाँ उमङ्ग र आकर्षा प्राप्त गरेकी थिएँ । सामाजिक परम्परागत रितिथितिको र्समर्थन गर्दै मेरो विवाह सागरसँग भएको थियो । शिक्षित, सुन्दर र दाइजोले सजिएकी बुहारीपात्र भेट्टाउँदा सागरका सबै सदस्य रमाएका थिए । अझ मैले नब्बे ड्रि्रीबाट घोप्टिएर खुट्टामा ढोगिदिँदा त झन् 'सौभाग्यवती भएस्' 'चाँडै छोराको आमा भएस्' भन्ने आशावादीले टन्न अघाइसकेकी थिएँ । कुनै विदेशी संस्थामा तलबस्केल पनि राम्रै भएको बाबुआमाको प्रिय कान्छो छोरालाई पतिको रूपमा भेट्टाउँदा म पनि खुसी नै थिएँ । त्यसमाथि उसका...

सानो प्रेमपत्र प्रेमीलाई

प्रियतम,मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म तिम्रो प्र्रेमको छहारीमा सुस्ताउन चाहन्छु । म तिम्रो प्रेमको स्वप्निल संसारमा डुब्न चाहन्छु । आऊ, तिमी र म भएर प्रेमको एउटा नयाँ परिभाषा दिऔँ अनि यो संसारले हाम्रो उदाहरणीय प्रेमलाई लिएर फेसनझैँ फेरिने प्रेमको घृणा गरून् अनि क्षणिक आसक्तिमा रमाउन तिरस्कार गरून् । हाम्रो प्रेममा विभिन्न बाधा अवरोधले तगारो हाल्न...

मीठो बोल सधैँ हाँस

मीठो बोल सधैँ हाँस , जिन्दगीमा रमाई बाँच के छ र यो जोवनको भर , मरी के लानु पो छ र फूलैफूल हो जिन्दगी हाम्रो काँडा बनाई बिउँझाउने नगर हिलोमा नै फुल्छ कमल , दुखमा पनि हाँस्ने गर लाग्छ घाउ मुटुभित्र , बल्झाइबल्झाइ दुखाउने नगर दुखी सधैँ दुखी भइरहन्छ , खुसीले आनन्द पाइन्छ मीठो बोल सधैँ हाँस , जिन्दगीमा रमाई बाँच के छ र यो जोवनको भर , मरी के लानु पो छ र झै झगडा अशान्तिले , जिन्दगी नै बोझिलो हुन्छ आफू बाँच बाँच्न देऊ , यो नै ठूलो धर्म हुन्छ आउँछ समय पर्खदैन , भोलिलाई सोच्ने गर असल बन प्रिय बन , सबको यही कामना हुन...

कुहिरोभित्रको काग

जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर ।नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आँखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर 'पत्रकार' लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको...

चतुर स्यालको बुद्धि

एकादेशमा धूर्त नाम गरेको स्याल थियो । त्यो स्याल रानीवनको जङ्गलमा बस्थ्यो । त्यहाँ सिंह, हात्ती, बाघ, भालु बस्दथे । त्यो जङ्गलको राजा सिंह थियो भने महामन्त्री त्यही धूर्त स्याल थियो । महामन्त्री धूर्त स्यालको कपट र स्वार्थले सिंह राजा नाममात्रको राजा थियो । मौका परेको बेला जङ्गलका अरू जनावरहरू पनि र्सर्वेर्सवा हुन खोज्थे । धूर्त स्याल बाघ, भालु र हात्तीमा एकआपसमा कुरा लगाएर झगडा गराउँथ्यो । ऊ मौका हेरी चापलुसी र चुक्ली लगाउँदथ्यो । ऊ आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्दथ्यो । यसैले गर्दा राजा सिंह कमजोर हु“दै गएको थियो । बाघ, भालु, हात्ती राजा सिंहको...

बैगुनीलाई गुनले मार्नु

धरानको पूर्व दिशामा सेउतीखोलापारि एउटा रमाइलो गाउँ छ । त्यो गाउँको नाम पानमारा हो । त्यो गाउँ रमाइलो हुनाको साथै त्यहाँको जमिन मलिलो हुनाले प्रशस्त अन्नबाली पनि हुन्छ । धेरै समयअघिको कुरा हो, त्यहाँ कर्णबहादुर नाम गरेको किसान बस्दथ्यो । ऊ अत्यन्त मेहनती र इमान्दार थियो । उसको एउटा काली भैसी थिई । भैसी दूध प्रशस्त दिन्थी । भैसी गुनी पनि थिई । कर्णबहादुर त्यो दूध लिएर धरान बजारमा बेच्न जान्थ्यो । ऊ दूधसँगसँगै सागसब्जी पनि बेच्न लैजान्थ्यो । उसको सानो कोठेबारीमा सागसब्जी पनि प्रशस्त हुन्थ्यो । उसकी स्वास्नी पनि असाध्यै जाँगरिली र फुर्तिली थिई । उनीहरूको...

July 13, 2009

मूल्यहीन मृत्यु

मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुईपल्ट हिर्काउँछ । हिर्काउँदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोँकमा एक लात्ती बजाउँछ उसमाथि । बन्जो कुइँकुइँ गर्दै खाटमुनि गएर लड्छ ।भोलिपल्ट खाटमुनिबाट मरनासन्न अवस्थामा रहेको आफ्नो प्यारो कुकुरलाई मालिकले बाहिर निकाल्छ । माया गर्छ । आफूले रिसको आवेग थाम्न नसकेर हिर्काएकामा आत्माग्लानि गर्छ । बन्जो, असक्त भएको खबरले घरमा खैलाबैला मच्चिन्छ । डाक्टर बोलाइन्छ, देवी देवतालाई पुकारिन्छ...

समयको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू ? त्यो अभागी महिला म नै थिएँ । जसले कृतज्ञताका स्वरोच्चारित शब्दहरूले अभिषेचित हुन नपाई बिछोडिनुपरेको थियो । सायद तपाईँले भुलिसक्नुभयो होला ? त्यो समय र त्यो दिन, तर म कसरी भुल्न सक्छु र त्यो समय र त्यो दिन ! सम्भव भए त्यो समय सूर्यको किरण भैदेओस् जसलाई म प्रत्येक बिहान ग्रहण गर्न सकूँ ! त्यो समय एउटा न्यानो सिरक भैदिओस् जुन प्रत्येक चिसा दिनहरूमा म ओढ्न सकूँ । त्यो समय एउटा शीतल वासना बनिदेओस् जुन प्रत्येक गर्मीमा म श्वास लिन सकूँ ! सम्भव भए त्यो समय एउटा क्यानभास भैदेओस् जसमा हाम्रो कथा कोरिएको होस्, तर त्यो सम्भव छैन...

यो कुन लीला हो ?

'सर आज अलिक चाँडो घर जानुपर्‍यो, छोरा बिमारी छ ।' रामबहादुर पिताको दायित्व पोख्दछ । 'हेर्नोस्, रामबहादुरजी ! हामीले अफिसको दायित्व पनि बुझ्नुपर्‍यो । मैले देखिरहेको छु, धेरै दिनदेखि तपाई छोरा बिमारी भएर डिर्स्र्टब भइरहनुभएको छ । हामीले हाम्रो ठाउँबाट अफिसको जिम्मेवार काम बोकेका हुन्छौँ । यसरी डिर्स्र्टब भएर कहाँ हुन्छ र ? '- हाकिम हाकिमी दायित्व पोख्दछ ।'होइन सर, मैले छोरा बिमारी भएर अफिसको काममा कुनै लापरबाही गरेको छैनँ । उत्तिकै इमान्दारीका साथ गरिरहेको छु । मात्रै यो हो कि अलिक छोराको बिमारी बारे अफिसमा चर्चा गर्छु के गर्नु, बिमार पत्ता लागेन,...

कल्पनाको क्यानभास

प्रिय बहिनी, अनामिका, तिम्रो 'समयको क्यानभास'मा पढेँ । थाहा पाएँ तिमी उही प्रिया?साहित्य)को अर्को रूप रहिछ्यौ । वास्तवमा तिमीले परिचयको ढोका नखोलेर अपरिचयतामा नै परिचयको हजारौँ ढोका खोल्न बाध्य बनायौ मलाई । तिमीले मलाई छोडेर गएपछि म निकैबेर तिमीलाई पर्खिरहेँ । तर तिमी आइनौ । मैले यसबीचमा तिमीभित्र अनुमानका धेरै बिस्कुन फिजाएँ । तिमी एउटी तल्लोस्तरकी नारी हौ, जो स्वार्थपूर्तिका कुनै आधार नहुँदा बिना धार जोसुकैलाई जहाँ पनि छोड्न सक्छौ अथवा तिमी सीमाछेउका सामानहरू ओसारपसार गर्ने क्यारियर हौ, जसलाई मेरो उपस्थितिले बाधा पुर्‍याइरहेको हुनसक्छ , अथवा...

July 2, 2009

नङ टोक्ने केटी

एउटा राम्रो र शानदार घर थियो । त्यस घरमा परम्परागत सरसामानदेखि लिएर आधुनिक समयमका सरसामानहरू थिए । त्यस घरमा ढिकी जाँतोदेखि टिभी, भिसिडी, भिडियो गेम, कम्प्युटर सबै थिए । सबै सामानहरू आ-आफ्ना ठाउँमा मिलाएर राखिएका हुन्थे । ती सामान सफासुग्घर पनि हुन्थे । आउनेजाने मान्छेहरू त्यो घरको चाँजोपाँजो र सरसफाई देखेर प्रसन्न हुन्थे । त्यस घरका दुई घरमुली बूढाबूढी सरकारी कार्यालयमा काम गर्दथे । उनीहरूको जागिरबाट धेरे तलब नआए पनि घरमा सबै सामानहरू भरिपूर्ण थिए । त्यो देखेर अरू मानिसहरू त्यस घरको प्रशंसा नगरी बस्न सक्दैनथे । त्यस घरमा एउटा रहस्यमय कुरा यो...

सुरिया र भकुल्ले

भकुल्ले सानो कुकुर थियो । ऊ भुकलुक्क परेको थियो । ऊ कालो र सेतो, टाटेपाङ्ग्रे थियो । उसकी आमा ऊ सानै हुँदा मरेकी थिइन् । त्यसैले उसकी मालिक्नीले उसलाई सानैदेखि राम्रो हेरचाह गरेर हुर्काइन । उनकी मालिक्नी उसलाई खूब माया गर्दथिन् । ऊ घरभित्र र बाहिर गर्ने गर्दथ्यो । उसलाई जता जान पनि छुट थियो । ऊ कहिले सोफामा बस्दथ्यो । कहिले खाना खाने मेचमा बस्दथ्यो । मालिक्नी उसलाई असाध्यै माया गर्दथिन् । उसलाई दूध र भात खान दिन्थिन् । कहिलेकाहीँ आफूसँगै बजार पनि लिएर जाने गर्दथिन् । मालिक्नीको माया पाएर भकुल्ले पनि हलक्क बढेको थियो । ऊ खुसी भएर नाचिरहन्थ्यो ।...

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।