आँसु बने सागर, किनारा कतै देखिएन
पीडाको सागरमा डुबिरहेँ मोती कतै भेटिएन ।
बुझाउन सम्झाउन यो मन, भाषा कुनै भेटिएन
अथाह पीडा पोख्न, शब्द कुनै भेटिएन ।
भाग्यको खेल अनौठो कर्म दासी हुदोरहेछ
भाग्य भयो बैरी दुःखले कहिल्यै साथ छोडेन ।
मृत्युसँग जीवन साट्ने, चाहाना धेरै भयो
चाहाना मेट्ने बाटो खोजे, तर समयले साथ दिएन ।
जीवनको पाइला सँगै पीडाले सधै पछ्याइरह्यो
पाइलासँग छाया मेटियो तर पीडा कहिल्यै मेटिएन...