April 30, 2010

दुर्भाग्यको चोट

कान्तिपुरी असाध्यै राम्री थिइन् । उनको रूप र सौन्दर्य वर्णन गरिनसक्नुको थियो । उनको सौन्दर्य देखेर मुग्ध नहुने सायद कोही थिए होला । अझ उनको शिरको ताज यति सुन्दर थियो कि धेरैजसो मानिसहरू उनको सुन्दरता हेर्न लालायित हुन्थे । उनको सुन्दरताको वर्णन देशविदेशमा हुन्थ्यो । उनको सुन्दरतामा सबैभन्दा बढी आकर्षित भएको थियो विकास । विकास र कान्तिपुरी वनपाखामा रमाउँथे, घुम्थे । उनको प्रेमगाथा वनपाखामा घन्किन्थ्यो र प्रतिध्वनित हुँदै धेरै टाढासम्म पुग्दथ्यो । यसरी मौलाएको प्रेमकथा दुर्भाग्यले बीचैमा चुँडाइदियो । कान्तिपुरीको विवाह नेपालस“ग भयो । कान्तिपुरीको...

कुहिरोभित्रको कागकथा

जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको...

सानीको साहसदेखि मेरो साहससम्म

सिहंदरवारअगाडिको सडकको पेटीमा निलो शिरीष ढकमक्क भएर फुल्न थालेको छ । म काठमाडौं आउनअघि निलो शिरीष मैले पारिजातको शिरीषको फूलमा मात्र पढेकी थिएँ । यसरी देख्न पाएकी थिइनँ । निलो शिरीष देखेर म रोमान्चित हुन्छ । मलाई आफू पारिजातको शिरीषको फूलमा रुपान्तरित भएझैं लाग्छ र आफूलाई विश्लेषण गर्न थाल्दछु । धेरै हौसला, उत्साह र शक्ति लिएर काठमाडौं आएकी छु । म कीर्तिपुरबाट र्फकदै छु । गाडी जाममा छ । एकपछि अर्को गाडी आफ्नो अस्तित्वको शङ्ख फुकिराखेका छन्-कान खानेगरी । फेरि उनीहरूले ओकेलीरहेछन् विषाक्त धूवाँ पनि उसैगरी । सायद यिनीहरू पनि दिनभरिको चक्करमा दिक्क...

पुग्न पाए हुन्थ्यो

हावासँग म पनि उड्न पाए हुन्थ्यो माथिमाथि बादलमा पुग्न पाए हुन्थ्यो चड़गा उडछ सररर  धागोलाई समाउदै म उड्दा कसले समाउने सोध्न पाए हुन्थ्यो घाम हुन्छ पानी हुन्छ  आकाशमा उड्दा घामपानी छेकिदिने छहारी पाए हुन्थ्यो भोक लाग्छ थकाइ लाग्छ धेरै माथि पुग्दा खानेबस्ने ठाउँ पाए कति राम्रो हुन्थ्यो साथीभाइ सबै मिली खेल्न पाए हुन्थ्यो माथिमाथि आकाशलाई छुन पाए हुन्थ...

मायाको परिभाषमा खोज मेरो माया

उजाड मरभूमिमा खोज मेरो माया सुन्दर फूल बनेर फुलेको पाउनेछौ । त्यो फूलमा तिमीपनि मायाको अलिकति सुगन्ध छर हावाभरि मेरो माया सुवासित भएको पाउनेछौ ।। झरनाको कञ्चन पानीमा र्स्पर्श गर मेरो माया मधुरो धूनसहितको निश्चलता पाउनेछौ । प्रकृति बनेर तिमीपनि अलिकति सौर्न्दर्य छर त्यस सौर्न्दर्यमा आफैँलाई हराएको पाउनेछौ ।। मायाको क्यानभासमा सादृश्य गर मेरो माया मोनालिसाझैँ मेरो माया मुस्कुराएको पाउनेछौ । अलिकति मेरो मायामा तिम्रो पनि मायाको रङ्ग थप लियोनार्दो दा भिन्ची कमजोर भएको पाउनेछौ ।। मायाको अर्थमा परिभाषित गर मेरो माया शब्द-शब्दमामा मेरो माया जीवित...

समयको मागलघुकथा

ऊ पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसँग भयो । सन्तसँगको सत्सङ्गले उसले धेरै अर्ती–उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूको ईष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती–उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो । त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन...

सानी सानी पुतली

ससानी सानी पुतली सानो छ झोली त्यो झोलीमा बस्ने पुतलीको छ बोली खोइ मेरा बाआमा  खोई मेरा साथी पुतलीले सोधिन् मलाई मेरो बेहुला खोई जुन पनि ल्याइदिउला  तारा पनि ल्याइदिउला मेरी पुतली तिमीलाई राम्रो बेहुला ल्याईदिउला सानी सानी पुतली हुदैछिन् बेहुली बेहुला लिन आउनेछ राम्रो डोली लिई सानी सानी पुतली सानो छ झोली बेहुला बेहुली बस्नेछन् सधै मिलिज...

April 5, 2010

जीवनको परिवृतमा

ऊ हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र फर्केर टेम्पो ड्राइभरले 'मर्लास नि !' भनेर गाली गर्यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको । उसको मुटु ढुकढुक गर्यो - 'थुइक्क ˜.. आज यो बनढाडेको गाली खानुपर्यो एकाबिहानै ।' उसले मनमनै सरापी, त्यस टेम्पो ड्राइभरलाई । 'यो हतार, यो व्यस्तता, यी पाइलाहरू पनि अलिक लामा भइदिए हुने नि ! फटका जति लामो पारु भन्छु त्यति नै छोटो भइदिन्छ । नौ-बीसमा स्कुल...

तीजको कथा

नेपाली हिन्दूनारीहरूको महान चाड तीज यसरी आउँछ नेपालको शहरमा, शहरको के भन्नु नाम मात्रको शहरलाई गाउँघरमा तीजको रमझम यसरी सुरु हुन्छ -सुरूमा नारी सामाजिक सँघ, सँस्थाबाट तीजको कार्यक्रम सुरु हुन्छ ।पहिलो दिन - दर खानेदेास्रो दिन- नृत्य प्रतियोगितातेस्रेा दिन- नारी शक्तिकरण विषयमा वक्तृत्वकला प्रतियोगिताचौथो दिन- रक्तदान कार्यक्रमपाँचौ दिन- नारीहरूको अधिकारबारे कानूनी सल्लाह गोष्ठीपाँचौ दिने कार्यक्रम मिटिङ्गबाट पारित हुन्छ ।' तीजमा नाच्नलाई चुरा र धागो चाहिँ एउटै मिलाएर किन्नु पर्छ है साथी हो !'' दिदी, यसपाली तपाईको रातो साडी छ भने दिनोस् है । कति...

लोग्ने र लात्ती

उसको श्रीमान् आज पनि टन्न सोमरस पिएर आउँछ । बाटैदेखि हल्ला गर्दै आउँछ । "ढोका खोल पुन्टेकी आमा, ढाका खोल...." गायक हुँदै घरको नायक हुन पुग्दछ । "जा भात पस्की †" स्वास्नीको छेउमा आएर कराउँछ । स्वास्नी पनि रौद्ररस पिउँछे Ð"आज पनि रक्सी धोकेर आयौ, हैन.... - हातमा पैसा पर्न हुन्न घरमा कति थोकको आवश्यकता छ । यस्ता हुतिहाराको स्वास्नी हुनु भन्दा त मर्नु निको †" पत्रिका पढ्दै पड्किन्छे । "मलाई धेरै रिस नउठा, तेरो मुख देख्नैबित्तिकै मलाई के भएर आउँछ कुन्नि खुत्रुक्कै घुचुक्कमा हानेर मारिदिउ जस्तो लाग्छ । जान्छेस् कि मारिदिऊ“ - " यस्ता...

भ्रामक सत्य

चिया उद्योगका कर्मचारीले गरेको हडताल झन्डै दुई हप्ता भइसक्यो । मेरो चिन्ताको तापक्रम बढेको बढ्यै छ । न सम्झौता हुन सक्यो न त सहमतिमा नै पुगियो । सब बर्बाद छ । चियाको पत्ता बढेर कामै नलाग्ने भइसक्यो । न वार्ता नै सफल हुन सक्या छ । यी मु....हरू ले गर्नसम्म गरे , न आफू गरेर खान्छन् न अरूलाई गर्न दिन्छन् । म क्रोधित हुन्छु आफैँसँग के गरौँ - स्वास्नी , छोराछोरी माया मारेर विदेश बसेर ल्याएको सम्पत्ति सबै चिया खेतीमा लगाइयो । अहिले कमाइ खानेबेलामा यो हविगत भयो । कतै काठमाडौमा बसेर पनि टाढाको फल सजिलै खान पाइँदो रहेछ त - यो भन्दा त बरु घरघडेरीमा लगाएको...

बालसाहित्यकार विजयराज आचार्यको व्यक्तित्व र कृतित्व

बालसाहित्यको छोटो परिचय -विद्यालयको पाठ्यक्रमलाई आधार नमानी स्वतन्त्रतापूर्वक लेखिएको बालमस्तिष्कलाई रुचिकर हुने सरल, सुलभ भाषाका साहित्यलाई बालसाहित्य भनिन्छ । बालसाहित्य बालकको उमेर, अवस्था परिवेशलाई ध्यानमा राखी उनीहरूको बालमनोविज्ञानलाई नजिकबाट अवलोकन गरी लेखिन्छ । नेपालमा बालसाहित्यको इतिहास त्यति लामो छैन । गाउघरमा काम गर्दै, अँगेनीको डिलमा केटाकेटीलाई राखेर आगो ताप्दै लोककथाहरू सुनाउने चलनसँगै बालसाहित्यको विकास भएको हो । दुई दशक अघिसम्म नेपाली बालसाहित्यमा यथेष्ट विकास नभएको अवस्थामा अहिले यो क्षेत्र फराकिलो हुँदै गएको छ । नेपाली बालसाहित्यको...

चुलबुले बादल

बादलहरूकी आमा समुन्द्र थिइन् । समुन्द्र विशाल थिइन् । माता समुन्द्रले धेरै बादलहरूलाई जन्म दिएकी थिइन् । तीमध्ये फिका नीलो रङ्गको बादल अलिक चकचके थियो । उनीहरूले उसको नाम चुलबुले राखिदिएका थिए । बादलहरूले जन्म लिएपछि उनीहरूको धर्म पानी बोकेर आकाशमा जानु र संसारको रमिता हर्दै हिँड्नु थियो । त्यसैले सब बादलले गुरु हावाको साथमा आकाशमा जानुपर्दथ्यो । तीमध्ये चुलबुले बादलचाहिँ हतारहतार हावा गुरुको बुइ चढेर अकाश जान तम्सियो । आमा समुन्द्रले उसलाई सम्झाउँदै भनिन् "बाबु चुलबुले तिमी धेरै चकचक गर्र्छौ, त्यसैले बाटो बिर्सन सक्छौ । दाजुभाइहरूको साथ नछोड्नू...

अस्थायी सम्झौता

दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दै छन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ, पत्नी सिर्जनालाई- 'यता आऊ न ।' "हजुरलाई खालि यस्तै कुरामा मात्र जोस आउँछ हैन.... विजयी हुन लागेको सिपाही झैँ । घरको अरू कुरामा गम्भीर बन्नपर्दैन हगि -" थर्मामिटरको पारो अलिक बढेको अनुभव गर्छ सिर्जन । "दिनभरिको थकाइपछि केही रिल्याक्स गर्ने समय र साधन यही त हो नि.... । अनि त्यत्रो गम्भीर हुने समस्या के आइपर्यो तिमीलाई -"- स्पष्टीकरणका साथ प्रश्न...

झिँजाको कथा

उसको नाम मानव थियो । उसलाई प्रकृतिको हरेक परिस्थितिसँग जुध्ने शक्ति दिइएको थियो । ऊ सङ्घर्ष गर्दै गयो । सङ्घर्ष गर्ने क्रममा उसले आगोको सिर्जना गर्यो । आगोको सिर्जना गरेर मात्र भएन उसले यसबाट फाइदा पाउन झिँजाको आवश्यकता पर्यो । अब झिँजा उसको सहयोगी भयो । झिँजाबाट उसले धैरै फाइदा पायो । त्यसपछि उसले आफूलाई मूढामा रूपान्तरित गयो । झिँजा नभई ऊ बल्न सक्दैनथ्यो । उसले झिँजालाई आफनो अस्तित्वको परिपूरक ठान्यो ।  समय बित्दै गयो । झिँजा चाहिने नचाहिने ठाउँमा बल्न थाल्यो । उसले झिँजालाई सम्झायो, होसियार गरायो, खबरदारी गरायो । तर झिँजाले सुनेन । मूढालाई...

April 3, 2010

संवत्-अफिस

पुसमाघको मुटु छेड्ने चिसोले बिदा लिइसकेको छ । चारैतिर नयाँ पालुवा फेरिएको छ । वसन्त ऋतुले प्रकृतिलाई सिँगारेर सुन्दर बनाएको छ । थरीथरीका सुन्दर फूलहरूले सजिएकी प्रकृति बेहुलीजस्ती भएकी छिन् । प्रकृतिका प्रत्येक पदचापले नयाँ वर्षको आगमन हुँदै छ भन्ने कुरा बताइरहेको छ ।\ म चौतारीमा बसेर सुस्केरा लिँदै छु । मेरा स्मृतिपटलमा विगतका कुरा सलबलाउन थाल्छन् । आजको ठीक एक वर्षगाडि म यसै चौतारीमा सुस्केरा लिँदै थिएँ । यत्तिकैमा चिसो बतासले थकाइसँग मितेरी लगाएर...

कर्मको फल

हाकिम गजेन्द्रबहादुर गर्जियो पिउन होसप्रसाद माथि "जहिले पनि भुलेर आउँछौ के गरी काम गर्र्छौ, यो अफिसको...... कसरी काम लगाउनु मैले -..... तिम्रा नाबालक छोरा-छोरीको मुख हेरेर मात्र...... नत्र सरुवा गरेर पठाइदिन्थे सोलुतिर..... कमसे कम वहाँ पुगेर फोन त गर्नुपर्छ मलाई । कति सम्झाउनु - म नै हरेस खाइसकेँ जहिले पनि यस्तै हो, कहिले सुध्रिने हैन ।"होसप्रसाद हाकिमको खुराकले टन्न अघायो । अनि हिँड्यो त्यहाँबाट लुसुक्क । माथि हाकिमको क्वार्टर थियो । तल गेटनिर...

उज्यालो बाटो शिक्षाको

पात्रहरू :- वीरमान - बुबा -४५ वर्ष आमा - -४० वर्षशेखर - दाजु, वीरमानको जेठो छोरा -१६ वर्षप्रदीप भाइ, वीरमानको कान्छो छोरा -१४ वर्षंनेप्टे - १३ वर्ष नोकरनरेन्द्र - प्रदीपको साथी(अन्य साथीहरू -६, ७ जना)रमा - छोरी -१० वर्ष (साधारण बैठक कोठा । एकतिर भाइ प्रदीप पढ्न व्यस्त देखिन्छ । अर्कोतिर दाजु शेखर नेपाली डिस्को गीतमा नाच्न मस्त देखिन्छ । गीतको अन्तिम समयमा नोकर नेप्टे किस्तीमा चिया लिएर प्रवेश गर्छ । सुरुमा किस्ती नै बोकेर नाचको नक्कल गर्छ । फेरि किस्ती टेबुलमा राखेर आफ्नो धुनमा नाचको नक्कल गर्छ । यत्तिकैमा बुबाको प्रवेश हुन्छ ।)बुबा - बन्द गर...

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।